Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्री आलेको अडियो यसरी भएको रहेछ भाइरल

Posted on February 15, 2022February 15, 2022 by Salokya

आज धेरैले बिहान उठ्ने बित्तिकै फेसबुक, ट्विटर, टिकटक जताततै प्रेम आले नै प्रेम आले देखे। अनि अलि खोज्नेहरुले एउटा भिडियो पनि देखे जुन सबैका अगाडि सुन्न नसकिने खालको थियो। मुख छाडेर गाली गरिएको यो भिडियोको आवाज आले कै हो र भन्ने शंका पनि उनको सचिवालयलाई नै कोट गरेर आएको समाचार पढेपछि प्रष्ट हुने नै भयो। सचिवालयका हेमन्त रेग्मीले एक वर्षअघिको संवाद भनेर बचाउ गर्न खोजेको समाचार पढियो। यो भिडियो खासमा कसरी भाइरल भएको रहेछ त? यसो खोज्ने क्रममा यस्तो भेटियो।

हिजोसम्म यो भिडियोको कुनै चर्चा थिएन। आज बिहान उठ्ने बित्तिकै छ्यापछ्याप्ती कसरी भएको रहेछ ? भिडियोको ओरिजिनल स्रोत कुन रहेछ?

खोज्दै जाने क्रममा फेसबुकमा जगत ओली नामको प्रोफाइलबाट यो भिडियो सेयर भएको देखियो।

भिडियो राति १ बज्न ४ मिनेट बाँकी छँदा पोस्ट भएको रहेछ। आज बिहान साढे नौ बजे यो स्क्रिनसट लिँदासम्म यो पोस्टलाई ८ सय ७७ पटक सेयर गरिएको छ भने ९ सयभन्दा बढी रियाक्सन छन्।

यसैबाट डाउनलोड गरेर अरु थुप्रैले पनि यो भिडियो अरु थुप्रै सामाजिक सञ्जालमा हालेका छन्।

एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ- मुम्बईबाट कसैले कल गरेतै आधारमा मन्त्रीजस्तो मान्छे यसरी गफ गर्लान् त?

कुरा गराईको आधारमा पहिले परिचित व्यक्ति नै हो कि भन्ने भान पनि हुन्छ। जगत ओलीको फेसबुक खोतल्दै जाने क्रममा अर्को रमाइलो भेटियो। पहिले उनी प्रेम आलेका फ्यान रहेछन्। प्रेम आलेको विरोध गर्नेलाई ‘भेडा’ र ‘भतुवा’ भनेर गाली गर्दा रैछन्।

२५ मे २०२१ मा उनले यस्तो लेखेका थिए-

त्यस्तै अर्को

त्यस्तै अर्को स्टायटस जसमा सलाम गरिएको छ-

 

पहिले उनै मन्त्री प्रेम आलेका फ्यान र विरोधीलाई गाली गर्दै बस्ने उनी अहिले आफै विरोधी हुनुको कारण दुई जनाको राजनीतिक आस्थामा फरक हुनु नै देखिन्छ। आले अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् भने जगत ओलीका पोस्टहरु हेर्दा उनी एमालेमा आस्था राख्ने देखिन्छन्। पार्टी फरक भएदेखि आलेविरुद्धका कडा स्टायटस उनले लेखेका देखिन्छन्।

त्यो भाइरल भएको अडियो ताजा हो कि सचिवालयले दावी गरे जस्तै एक वर्ष पुरानो हो भन्ने बारे चाहिँ यकिन थाहा पाउन सकिएन। तर एक वर्षअघिका पोस्टमा त उनले आलेको प्रशंसा नै गरेको देखिँदा अडियो पुरानो त होइन कि भन्ने देखिन्छ। एक वर्षअघि त आलेका विरोधीलाई पो गाली थियो त। बचाउ गर्ने नाममा सचिवालय यसमा चुकेको जस्तो देखियो।

अनि फेरि गाली त गाली हो नि, पुरानो होस् कि नयाँ- के फरक पर्छ र !

जे होस्, आले भाइरल हुन मन पराउँछन्। आफ्ना काम भाइरल हुने गरी गर्छन्। अब अडियो पनि भाइरल भइदियो। भाइरल मन्त्री फेरि भाइरल भए। कुन नौलो कुरा भयो र !

आलेका कोही समर्थकले अमेरिकी राष्ट्रपति जो बाइडेनले त पत्रकारलाई पत्रकार सम्मेलनमै स्टुपिड सन अफ अ बीच भनेका थिए भने हाम्रा मन्त्रीले के नै भनेका छन् र भन्ने तर्क त गरेका छैनन् नि 🙂

1 thought on “मन्त्री आलेको अडियो यसरी भएको रहेछ भाइरल”

  1. ramesh says:
    February 15, 2022 at 1:08 pm

    “सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषय…” bhanera bachau gareko chha sachibalaya(Hemanta Regmi) le. call garne le “mantri” bhaneko pani chha. J hos Jagat Oli lai pahila nai prapta bhayeko video ahile Prem Ale mannapareko belama out gareko ho.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme