Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूगोल नबुझेको पत्रकारले समाचार लेख्दा ‘अनलाइनखबर’ आफूमात्र डुबेन, अरुको पनि भयो बिजोग

Posted on January 28, 2022January 28, 2022 by Salokya

अनलाइनखबरमा आज (२०७८ माघ १४ गते) एउटा समाचार आएको छ- ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते।

समाचारको पहिलो दुई वाक्य यस्तो छ-

सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।

भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो।

झट्ट मेसिन भएर पढ्दा केही गलत लाग्दैन। तर तपाईँ मेसिन हैन मानिस हुनुहुन्छ भने अलि लजिक लगाउनुस् त।

भैरहवाबाट वीरगञ्ज गएको बस सर्लाहीमा कसरी दुर्घटना हुन्छ ?

बुझ्नु भयो? बुझ्नेले बुझिसके यत्तिमै।

अझै बुझ्नु भएन भने चाहिँ तपाईँको पनि समाचार लेख्ने, छाप्नेको जस्तै नेपालको भूगोल (जियोग्राफी)को ज्ञान कमजोर रहेछ भनेर बुझ्नुपर्‍यो।  तपाईँको लागि नक्सा देखाएरै बुझाउनु पर्ने भयो।

यो गुगल म्यापको फोटोबाट प्रष्ट भयो होला- भैरहवा कता छ, वीरगञ्ज कता छ, अनि सर्लाही कता छ?

भैरहवाबाट वीरगञ्ज आएको गाडी सर्लाहीमा किन ट्रयाक्टरसँग ठोक्किन जान्छ? जबकि गुगल म्याप अनुसार वीरगञ्जबाट सर्लाही सय किलोमिटरभन्दा बढी पूर्वतिर पर्छ।

ल अनलाइनखबर त चिप्लियो मानौँ, अरु अनलाइनहरु चाहिँ के भएका? के उनीहरुको काम अनलाइनखबरमा जे आयो, त्यो Ctrl+C र Ctrl+V अर्थात् कपिपेस्ट गर्ने मात्रै हो त ?

गुगलमा खोज्दा २३ वटा रिजल्ट भेटियो। ती मध्ये केही अनलाइन यी हुन् –

 

मैले बुझेसम्म यो खबर कुनै न्युज एजेन्सीको होइन।  तर पनि यति धेरै अनलाइनमा एउटै गल्ती कसरी भयो त?

बिचरा यी अनलाइनहरुले अनलाइनखबरलाई एकदमै विश्वास गर्दा रहेछन्। अनलाइनखबरले जे लेख्दा पनि पत्याउने रहेछन्। त्यसैले कपिपेस्ट गर्दा भैरहवा कता छ, वीरगञ्ज कता छ अनि सर्लाही कता हुन्छ भन्ने भुसुक्कै बिर्सेछन्। बिजोग हैन त यो हाम्रो अनलाइन पत्रकारिताको ?

सही खबर भने रातोपाटीमा रहेछ।

खासमा बस भैरहवाबाट विराटनगर जाँदै रहेछ। विराटनगर सर्लाहीभन्दा पूर्व पर्ने भएकोले जियोग्राफी अनुसार पनि यो कुरो मिल्यो।

अनलाइनखबर चिप्लिँदा ऊमात्र डुबेन, अरु थुप्रै अनलाइन पनि सँगै डुबे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme