Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथा : भुइँचालो

Posted on December 28, 2013December 29, 2013 by mysansar

-अभय श्रेष्ठ- बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र स्वास्नीहरू लोग्नेलाई खै गरिरहेका थिए । यो क्रम नरोकिएपछि उनीहरूले थाहा पाए, भुइँचालो पो गएको रहेछ ।… Continue reading

कथा : अभियुक्त

Posted on December 21, 2013 by mysansar

-दीपेन्द्र दोङ तामाङ- “सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।” प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा । “के हो तैंले एकोहोरो पछ्याएको होस् ?” मनिलाको मौखिक जाहेरी पछि प्रहरीले अलि कडा स्वरमा उसलाई प्रश्न तेस्र्यायो । उ अर्थात दिल गुरुङ । आफ्नै प्रेमिकाको जाहेरीले अल्मलमा परेको दिल… Continue reading

सम्बन्ध

Posted on December 14, 2013December 14, 2013 by mysansar

-दीपक दाहाल- “ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा। “निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी। तिमी संग भएका भेटहरु त मैले बिर्सिन पो थालेछु।”, उनले भन्दा एकछिन अत्तालिए म। खै किन हो नमिठो पो लाग्यो त्यो… Continue reading

कथाः अन्तिम भेट

Posted on December 7, 2013December 7, 2013 by mysansar

-गणेश भट्ट- त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन। भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही। आफैंलाई चिनेको थिइन जतिबेला चाँदनीलाई चिनेँ। त्यतिबेला म नौ/दश बर्षको हुदों हुँ। म पाँच कक्षामा पढ्थेँ। ऊ दुईमा।… Continue reading

लघुकथाः ओरालो

Posted on November 9, 2013November 9, 2013 by mysansar

-उत्तम पौडेल- हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -“हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ” भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को कथा सुन्छौ ?” भुराले भने – “सुँगुरको।” नचिताएको बिषयले बाजे एकछिन तिरिमिरी भए, एकछिनमा जुँगा… Continue reading

कथाः जीवनको एउटा हरियो पक्ष

Posted on November 2, 2013November 2, 2013 by mysansar

-विवेक ढकाल- ” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो। ” सुनाउ न पाट्स” – एक हात मा गाँजा र “सिखर”को सूर्तिको धूलोको समिश्रन बनाउदै अनी अर्को हातको चोर र माझि औलाले… Continue reading

कथाः जीवनको नयाँ गारेटो

Posted on October 26, 2013 by mysansar

-गणेश भट्ट- “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु पनि धेरै परिवर्तनहरु। गत हप्ता एकैछिन भेटेको। एक्लै होइन, उनका परिवारका सबैसंग। झण्डै १० वर्ष अघि भेट हुदाँ अली–अली कुरा गरेका थियौं… Continue reading

शालीन वेश्या ! (कथा)

Posted on October 19, 2013October 19, 2013 by mysansar

-इन्द्रेणी शर्मा ‘जलद’- आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै नाक छोप्दै आफ्नो गन्तव्यमा जान्थें। के हो ? केको ? कसैलाई थाहा थिएन।

कथाः प्रेम प्रस्ताव (भाग- २)

Posted on October 5, 2013September 28, 2013 by mysansar

-सुरेश ‘समान’- (भाग १ छुटाउनु भएको यहाँ छ। अहिले सम्म हामीले रबीका कुरा सुन्यौ – अब पालो कब्तेको कुरा सुन्ने! कब्तेको मनमा चै के छ त? सुनौ उसैको मुखबाट) … क. कब्ते – मलाई डर लायो अनी म दौडेर घर पुगेँ। ममीले के भो भनेर सोध्नुभयो। मैले ‘त्यो रबिले मलाई आइ लभ यु भन्यो’ भने… Continue reading

कथाः प्रेम प्रस्ताव

Posted on September 28, 2013September 28, 2013 by mysansar

-सुरेश ‘समान’- क. “आइ लभ यु कब्ते!” “पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने। एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?” मैले “क्लास… Continue reading

लघुकथाः अन्जान सम्झौता

Posted on September 21, 2013 by mysansar

-आचार्य प्रभा- आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । “हजुरलाई साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ,त्यसैले त अब मोबाइेलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ।अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।” उस्को श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्याए । “कस्तो सम्झौता?” ऋचाले शर्माउँदै भनी। “क्या त बिहे गरेको पाँच… Continue reading

समयान्तरका (लघु) कथाहरू

Posted on September 14, 2013September 14, 2013 by mysansar

– उत्तम पौडेल – १. ‘रिभर्स डिस्क्रिमिनेसन’ पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?” मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”। “जस्तै ?” उनले स्वाभाविक जिज्ञासा पोखिन्। मैले पनि आफ्नो विद्वता छाँट्ने मौकाको… Continue reading

कथाः प्रतिष्पर्धा

Posted on September 7, 2013August 31, 2013 by mysansar

-अतुल पोखरेल- एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली छिटो हिंडने अभ्यास किन गर्दैनौ ?” कछुवाले भन्यो – “हेर खरायो, आफ्नोआफ्नो बिशेषताको कुरा हो। तिमीले दौडिन जानेको अभ्यासले हो र… Continue reading

कथा : कलाको विश्वविद्यालय

Posted on August 31, 2013August 31, 2013 by mysansar

-गौतम “उदय”- त्यति परसम्म जानै पर्दैन, हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन। उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर स्क्रिनको एक छुवाईले भान्सामा खाना पाकी डाइनिंग टेबलमा खाना तयारी अबस्थामा हुन… Continue reading

कथा : पहुँच

Posted on August 24, 2013August 31, 2013 by mysansar

– अतुल पोखरेल- बिराट राजाको पालाको कुरा हो, चारकोशे झाडीको एकछेउ जब मानिसको बस्ती शुरु हुन्थ्यो त्यहाँ एक जना जमिन्दारको बिशाल महल परिसरको एउटा लामो पर्खाल देखापर्थ्यो। सिर्फ एउटा आराम गर्न बनाइएको अग्लो मचान बाहेक त्यस पर्खाल भित्रको संरचना वा गतिबिधि बाहिरबाट खासै केही देखिदैनथ्यो। पर्खाल बाहिर जंगलमा एउटा बाख्रा गोठालो युवक बाँसुरी बजाउँदै बाख्रा… Continue reading

लघुकथाः दैवी इच्छा

Posted on August 17, 2013August 17, 2013 by mysansar

एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको भिसा लाग्छ कि लाग्दैन भन्ने उनीहरुको मूल जिज्ञासा थियो। इन्टरभ्यु पर्सि हुँदै थियो। पैसासैसा छेउमा चढाए, प्रणाम गरे र आफ्ना कुरा… Continue reading

कथाः उत्तरोत्तर स्खलन

Posted on August 10, 2013August 10, 2013 by mysansar

-हरि घिमिरे/भर्जिनिया- ऊ नेपालको विशुद्ध गाउँमा जन्म्यो। गाउँकै वातावरणमा हुर्क्यो। त्यहाँको प्राकृतिक सुन्दरतामा रमायो। भीर-पाखा,खोल्सा-झर्ना,वन-जङ्गल,उकाली-ओराली,भञ्ज्याङ्-चौतारी,टार-बेंसी,लेक-खर्क,यिनै हुन्-पहाडीजीवनका सुन्दर पक्षहरु! यहाँ ऊ उन्मुक्त हुँदै बाँच्यो। ओल्लो गाउँ-पल्लो गाउँ,तलको गाउँ-माथिको गाउँ,वारि-पारि नजिकका सबै गाउँमा सबैले सबैलाई चिन्छन्। ऊ पनि चिनिन्छ-फलानाको छोरा,फलानाको नाति, फलानाको भाइ-भतिज….आदि-.आदिका रुपबाट।

कथा : सुकुटी

Posted on August 3, 2013August 3, 2013 by mysansar

-जयराज भट्टराई- लेबरहरुको इलाका सनैया–८ पुगेको दिपेन्द्रले फोनमा सुनायो—‘रतन ! मान्छे भेटेँ। सुकुटी लिएर आउँदैछु।’ खबर सुन्नासाथ अलखोर भनिने ठाउँमा बेचैनीका साथ पर्खिरहेको रतनको मुख केही उज्यालो भयो । त्यसपछि उसलाई घेरेर बसेका अरु पाँचजना पनि उज्यालिए। यो सनलाइट पेन्टर्स नाम गरेको इजिप्सियन कम्पनीको लेबर क्याम्प हो। अघिल्लो महिना यहाँ हरेक रात पचहत्तर वटा गलेका… Continue reading

कथाः फ्रिडम टु डाइ

Posted on July 27, 2013July 27, 2013 by mysansar

-निर्मल ज्ञवाली- “नमस्कार! म पत्रकार खुशी।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !” “नमस्ते! हजुर मलाई याद आयो।” उसले मुस्कुराउँदै अगाडिको कुर्ची देखाउदै भन्यो “बस्नोस न।” एक जना अधबैसे मानिस मेरो अगाडि थियो। सायद उ त्यो कुर्चीमा नबसेको भए मैले चिन्ने थिइन होला। सेतो सिल्क सर्ट,… Continue reading

कथाः एउटा बिछोड यस्तो पनि…

Posted on July 20, 2013July 20, 2013 by mysansar

-झलक पौडेल- मैले फेरि निद्रामा बोनितालाई भेटेँ। रातको दश बजेर सोह्र मिनेट। चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ। ‘प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ…’ एक्कासी पछाडिबाट बोनिताले मेरा आँखाहरु छोपी। ‘को हो ?’, मैले नचिनेजस्तो गरेँ। तर बोनितालाई नचिन्ने कुरै थिएन। म उसका बास्नाहरुसँग परिचित छु।… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme