– नरेन्द्र पराशर – कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम के कस्तोरूपले राजनीतिमा देखा पर्नसक्छ भन्ने बिषयमा दरबार र उसका रणनीतिक योजनाकारहरूबीच दुविधा… Continue reading
Category: शनिबार साहित्य
मन्त्रीहरुको परीक्षा
एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन। “लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले… Continue reading
लघुकथा : अन्तर्वार्ता
-हरिप्रसाद भण्डारी- बिरामीलाई दौडाएर लगेँ र इमर्जेन्सीको बेडमा सुताएँ । बिरामीको अवस्था चिन्ताजनक थियो । नर्सलाई छिटो उपचार सुरु गर्न अनुरोध गरेँ । “पहिले भित्र जानोस् ।” नर्सले भनिन् । भित्र ठूलो टेबुलको आडमा एउटा घुम्ने कुर्सी राखेर एक जना ठूला व्यक्ति बसेका थिए । आत्तिँदै उनलाई नमस्कार गरेँ र नजिकै अर्को कुर्सीमा बसेँ ।… Continue reading
कथा : दैलो लगाएको आवाज
–गोविन्द बेल्वासे– दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा–डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठा मै विस्तरा लगाई दिए । दिनेशका श्रीमान श्रीमती नै दुवैजना पढाउने काम गर्छन्… Continue reading
कथा : प्रवासीको देश हुन्न
– पंचम अधिकारी – बाह्र वर्षपछि म स्वदेश फर्कंदा २४ वर्ष अघिकी मेरी मनकी राजकुमारी भेट भयो। मेरो जीवनका सबैभन्दा मीठा अनुभवहरू सँगालिएको हाइस्कूलमा। स्कूल छोडेको २४ वर्षमा काँचो माटोबाट म घैंटे बनिसकेको छु। अनुभवले र शाब्दिक रूपमा पनि। मेरो स्वदेश-फिर्ती योजनाको चाल पाएपछि प्रकाशले हाइस्कूल जान फर्माएको थियो। उसको नोस्टाल्जिक सुझावले म निथ्रुक्कै भिजेँ।… Continue reading
कथा : को अछुत ?
-हरिप्रसाद भण्डारी- श्याम बाहेक अरु कसैको रगत नमिलेपछि सबै जनाले अनुहार अमिलो बनाए । श्याम गरिब, अछुत र असहाय थियो तर पण्डितबा ठीक त्यसको बिपरित थिए । आकस्मिक बिमारी परेका हुँदा उनलाई श्यामको पिठ्यूमा बोकाएर औषधोपचारका लागि शहर पु¥याइएको थियो । श्यामको रगत पण्डितबाका शरीरमा चढाउने कि नचढाउने भन्ने बिषयमा गम्भीर छलफल भयो । “होइन,… Continue reading
कथा : अदृश्य आसय
– कञ्चन शर्मा – “ ओई शर्मा आंखां छैन तेरो देख्नै छाडिस् कि क्या हो” । आज चै यसलाई भेटन् नपरे नि हुन्थ्यो भनेको काहां बाट देखि यसले । “क्लास सुरु भै सक्यो बेल सुनिनस् काली” । ओहो मलाई कथा सुरु गर्न कस्तो हतार् पहिला परिचय दिन नै बिर्सेको । म आशिष शर्मा अनि कालि… Continue reading
लघुकथा : परामर्श
– रन्जु मार्ग – उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो। उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा अनि महँगो चमकदार कपडाले उनी निकै आकर्षक देखिएकी थिइन्। ‘तपाईँ यहाँ?’ उनको आकर्षक… Continue reading
लघुकथा : बहुमत
‘चित्तलाई एकाग्र गर्न एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति-पूजाको पक्षधर हुँ।’ एक धर्म ले अन्य दुई धर्मलाई आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो। ‘म मूर्तिपूजाका कडा विरोधी हुँ, तर म मुर्दाहरुको पूजाका पक्षधर हुँ, त्यसैले म श्रेष्ठ हुँ।’ अर्को धर्मले भन्यो। ‘म त मूर्तिपूजाका कट्टर विरोधी हुँ, तर म एक स्थान-विशेषमा बसेर एक चित्र विशेषको… Continue reading
कथा : सम्बन्ध
पि. आर. गिरी आज बिहानैदेखि मेरो मनमा खै के के भै रहेको थियो। मेरो बच्चा घरी यता घरी उता गरिरहन्छ, भर्खर ऊ डेढ वर्ष जतिको भयोl अलिअलि धर्मर धर्मर गरी हिंडन सक्छl म उसको छेउ मै हुन्छु स्ट्रोलर फोल्डिंग गरेर चउरमा थचक्क बसेकी हुन्छु म। सँधैजसो उसलाई मैले आफ्नो एक शव्द बोल्न सिकाउन धेरै कोशिश… Continue reading
लघुकथा : प्रायश्चित
-रन्जु मार्ग- उसले आफ्नो विगतमा गरेको पापकर्मको सजाय भोगिसकेको थियो। त्यसैले ऊ अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो। यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो। आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यकर्ममा जानु थियो। त्यस कार्यक्रममा देशका नाम चलेका गन्यमान्य प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो। यसपल्ट उसले… Continue reading
कथा : इमेल
-अर्जुन नवोदित- अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल आएको रहेछ। अगिल्लोदिन दुइटा र एउटाको मिति उल्लेख थिएन। दुइटामध्यो एउटा प्रकासनगृह बाट कथासङ्ग्रह प्रकाशनको… Continue reading
लघुकथा : ईन्दिरा
म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते! उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो? उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ,… Continue reading
लघुकथा : अन्तिम सपना
-गोरख प्रिथक – सँधै उसलाई मैले एउटा कुरा सिकाएँ, संसार निर्माण गर्ने कुरा सिकाएँ, सपना देख्न सिकाएँ। अझ भनौँ जीवनको लडाईमा बामे सर्न सिकाएँ। हिउँदमा उसको नाकबाट बगेको सिङ्गान सफा गरेको छु, मुख भरि लतपतिएको फोहर सफा गरेको छु। शरीरमै गरेको दिसापिसाब त कति हो कति! अझ भनौँ, आमाले निर्वाह गर्ने हरेक कर्तब्य पूरा गरेको… Continue reading
कथा : मास्टर्स थेसिस
-सन्तोष पौड्याल- हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। त्यसै होला। जाडोयाममा रातिको ९ बजेतिर भैरहवा क्याम्पस पढेर फर्किदा मेरो बाइक डम्म परेको कुइरोलाई… Continue reading
कथा : टर्निंग थर्टी
– दीपेन्द्र रोकाहा – सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ को ह्याङ्गले हप्ताभर पिरोल्छ। ६ वर्ष भो काठमांडू छिरेको। खै सोचेजस्तो केहि गर्न… Continue reading
कथा : सपना
कान्छा हाम्रो पनि एसरी नै चिल्ला सड़कमा सर्रर गुडने दिन आऊला नि ? तिनकुनेबाट गोठाटार जाने गाड़ी चढ़न कोटेश्वर तीर जादै गर्दा उसले सोधेको थियो मलाई | सायद म सामू उसले राखेको प्रश्न , प्रश्न नभैइ वास्तवमा बच्चै देखि ठुलो मान्छे बन्नूपर्छ भन्ने समाजबाट प्रत्यारोपित भाबी योजना र ठूलाबड़ा मानिसहरु नै निजी गाड़ीका चद्छ्न भन्ने… Continue reading
कथा : मन्त्रीहरुको लागि परीक्षा !
एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै टुक्रे र धोद्रे श्वरमा याचना गरिन। “लौनु हजुर आमा, पानी !” लोग्नेचाहिंले सान्सानो लोटाभरि पानी टक्र्याए। बुढीमाउले… Continue reading
कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग
– जगदीश घिमिरे – भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक । प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … चूँ … ढी … चूँ … गर्ने मन्त्रीहरुको आदत हुन्छ । यो मन्त्रीहरूको… Continue reading
कथा : फेसबुककी केटी
-नवराज बजगाईँ- मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी… Continue reading