Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः अन्तिम भेट

Posted on December 7, 2013December 7, 2013 by mysansar

-गणेश भट्ट-

saturday-fiction त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन।
भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही।
आफैंलाई चिनेको थिइन जतिबेला चाँदनीलाई चिनेँ। त्यतिबेला म नौ/दश बर्षको हुदों हुँ। म पाँच कक्षामा पढ्थेँ। ऊ दुईमा। उसको घरवाट मेरोमा आउन दश मिनेट जति लाग्दो हो। हाम्रो टोलवाट स्कूल जाने साथहिरु त धेरै नै थिए तर रमिला आन्टीले उसलाई बिजय दादासंग जाऊ भन्नुहुन्थ्यो। अनी मसगैं जाने आउने गर्न थाली। करिब आधा घण्टाको बाटो हिडेर संगै आउने जाने त नाम मात्रै हो। मरिगए बोलचाल हुदैनथ्यो।
बाटोमा एकदिन उषा आन्टीले जिस्क्याइदिनु भयो। “तिमीहरु संगै हिड्छौ, बोलेको कहिल्यै सुनेको छैन।” मैले केही भनिन। ऊ लाजले रातो पिरो भई। संयोग हो वा अरु केही, भोलीपल्ट ऊ स्कूल गइन। सन्चो भएन कि भन्ने सोचेँ। तर बेलुका आन्टी म भन्दा चाडैं घरमा आएर बस्नुभएको रहेछ। मलाई लख काट्न कुनै आइतबार लागेन।

आन्टीले खोइ के भनेर सम्झाउनुभयो थाहा छैन तर त्यसपछि हामी राम्रैसंग कुरा गर्ने भयौं। पछि त बाटोमा उषा आन्टी भेट्दा मैले भन्दा पहिले उसले नै “नमस्ते आण्टी” भन्थी। वाटोमा भेट्दा अरुसंग पनि राम्रैसंग बोल्थी।

अर्कोदिन टिफिन टाइममा “विजय दादा” भन्दै आई। खाजा खान बोलाएकी रहिछ। सबैले दादा भनेर बोलाउँथे त्यसैले उसको साथीहरुसंग बसेर खान अप्ठेरो महशुस भएन। घरवाट टिफिन बोकेर लान त मलाई मरेतुल्य लाग्थ्यो।

मैले पढेका किताब उसलाई जम्मै मिल्थ्यो। गाता हालेर बढो जतनका साथ राख्दिन्थेँ। घरमा केही मिठो मसिनो पाक्दा ऊ दौडेर मेरोमा आइपुग्थी। मेरो सानी बहिनीलाई ऊ औधी माया गर्थी। हाम्रो निकटता देखेर ममी छक्क पर्नुहुन्थ्यो।

त्यसको केही दिनपछि उसलाई स्कूलमा देखिन। टिफिन टाइममा बोलाउन पनि आइन। साथीहरुले बिरामी भएर घर गई भने। म झस्किएँ। केही समस्या परेको भए मसंग भन्नु पर्ने। मलाई बिश्वाश लागेन। जरुरी काम छ भनेर सरसंग बिदा मागेँ।

घर जाने बाटोको केही तल वाटोमा बसिरहेकी रहिछ। मलाई परवाट देख्नासाथ लुकी। म त्यहीँ पुगेँ। नजिकै एउटा ठूलो “एल्” आकारको ढुङ्गा थियो। त्यहीँ चकले चित्र कोरेर बस्दै रहिछ। म पुगेको थाहा पाउनासाथ मेटाई। के थियो मैले बुिझन। चाँदनीमा आज ग्रहण लागेको थियो भन्ने बुझ्न भने मलाई केही अप्ठ्यारो भएन। रुझेर ओभाएका परेलीहरु मलाई सगंै पाएपछि फेरि भिजेका थिए।

म केही नबोली घर गएँ। एकपछिनमा आइपुगि। मेरो सामुन्ने आएर मायालु बोलीले “सरि” भनी। मेरो मन पग्लियो। कक्षामा साथीहरुले उसको र मेरो नाम जोडेर जिस्क्याएछन्। अनी नरमाइलो लागेर स्कूलवाट हिँडेकी रहिछ। एउटालाई सानो लागेको कुरा अर्कोलाई ठूलो लाग्न सक्छ नि। त्यसैले होला। सबै मान्छे एउटै किसिमका हुदैनन्। सम्झाएँ।

उसको चित्त दुखाउन आउँदैनथ्यो मलाई। ऊ बेला–बेला केही कुरामा भने चित्त दुखाउँथी। यस्तो होइन, यस्तो हो भनेपछि एकैछिनमा खुशी हुन्थी फेरि। कहिलेकाहीँ रिसाउँथी पनि। जिस्क्याइदिन्थेँ। हँसाइदिन्थेँ। फकाउन त्यति अफ्ठेरो थिएन।

भोलीपल्ट टिफिन टाइममा उसले विजय दादालाई बोलाइन। अब त झन् साथीहरुलाई जिस्क्याउने निहुँ बनिदियो। उसका साथहिरुले मलाई त केही भन्दैनथे। जो पायो त्यहीसंग हतपत बोल्दैनथेँ म। अल्लारे स्वभाव न हो, भुराहरुसंग के कुरा गर्नु जस्तो लाग्थ्यो मलाई। त्यही भएर उसका साथीहरुसंग औपचारिकता वाहेक अरु कुरा हुदैनथ्यो। मेरा साथीहरुलाई चाहीँ यो बारेमा चासो थिएन वा चासो भएर पनि मलाई केही भनेनन्।

स्कूले जविन थाहै नपाई बित्यो। एस.एल.सी. पछि घरवाट २ घण्टा टाढासदरमुकामको कलेजमा प्लस टू पढेँ।। पहिला जस्तो चाँदनीसंगै उठबस गर्न सक्ने अवस्था त अव थिएन तैपनि उसलाई समय दिन सकियोस् भनेर सचेत रहन्थेँ। तर समय नै हो, कहिलेकाहीँ आफूले सोचेजस्तो हुदैंनथ्यो।

अघिल्लो वर्ष मैले पहिलो पटक मेरो जन्मदिन मनाएँ। यसो भनौं, उसले मेरो जन्मदिन मनाइदिई। म भन्दा कैयौं गुणा खुशी थिई ऊ। जाने बेला मसंग त केही भनिन तर अर्को वर्ष दादाको जन्मदिन मनाउन पाउने होकि होइन भनेर बहिनीसंग अँधेरो मुख लगाई रे।

“मेरो भाउजु कस्तो हुनुहुन्छ होला? कुरै कुरामा एक पटक सोधी।

“जस्तो लेखेको छ, त्यस्तै हुन्छ।” मैले रेडिमेड उत्तर दिएँ।

मैले बि.ए. सकेर सदरमुकामकै एउटा अफिसमा काम शुरु गर्दा उसले प्लस टू सकेकी थिई। एकदिन म कामको शिलशिलामा अफिस बाहिर थिएँ। भेट्नुपर्ने जरुरी काम छ भनेर फोन गरी। यो भन्दा पहिले यसरि कहिल्यै फोन गरेकी थिइन। फोनमै भन भनेँ। भेटेरै भन्छु भनी। बेलुका भेटौं भनेँ। घरमा पाहुनाहरु हुनुहुन्छ भनी। बेलुकापख बाहिर निस्केको त्यति राम्रो हुदैन भन्ने लाग्यो। कामको ब्यस्तताले गर्दा पर्सिपल्ट भेट्ने कुरा भयो। तर, त्यो दिन उसको फोन उठेन। र त्यसपछि कहिल्यै उठेन।

बेलुकी उसको घरमै गएँ। तर कोही भेट भएन। बजारतिर किनमेलको लागि गएको भन्ने छिमेकीवाट थाहा पाएँ। मेसेज गरेर सबै कुरा भनेँ। रेस्पोन्स् केही आएन। ममीसंग काममा ब्यस्त भएर हो, पछि समय मिलेपछि कुरा गर्छु भनेर बल्ल मेसेज पठाई।

एक साता बित्यो। नरमाइलो लाग्यो। अफिसवाट फर्किदा पहिले स्कूल पढ्दा हामी बस्ने चौतारीमा एकछिन् बस्ने मन भयो। बसेर उठ्नै लाग्दा देखेँ, ढुंगामा ठूलो अक्षरमा लेखिएको मेरो नाम मेटिनै लागिसकेको रहेछ।

भोलीपल्ट अफिसमा पुग्ने बित्तिकै राम दाईले मेरो नाममा आएको एउटा चिठी हातमा थमाइदिनुभयो। लेखिएको थियो—

विजय दादा,
मैले हजुरको मेसेज अनि कल पनि पाएको थिएँ तर जवाफमा भन्ने र लेख्ने केही कुरै नपाएर म अवाक भएकी हुँ। धेरै कोशिश गरेँ हजुरलाई आफ्ना कुरा भन्न। कति पटक त इन्डाइरेक्ट्ली भनेँ पनि। हजुरले बुझ्नुभएन भन्दिन सायद मैले नै बुझाउन सकिन होला। अन्तिम समयसम्म पनि हजुरलाई भेटेर कुरा गर्न सक्छु कि भन्ने लागेको थियो। तर हजुरको ब्यस्तताका सामु मेरो केही लागेन। परिवारको इच्छा र चाहनालाई रोक्नका लागि मसंग कुनै बहाना पनि भएन। हजुरसंग अन्तिम पटक फोनमा कुरा गर्दासम्म हजुरलाई भेट्न स्वतन्त्र भएकी म त्यसकै भोलीपल्टदेखि परिवार र समाजको अधिनमा भैसकेको थिएँ।

मलाई सानैदेखि हातमा डोहोर्याएर स्कूल लैजानु भएको दिनदेखि आजसम्मका एक–एक पलहरु मेरो मष्तिस्कमा ताजा छन् र रहिरहनेछन्। हजुरले मप्रति लगाउनुभएको गुन म अर्को जुनी सम्म पनि तिर्न सक्दिन होला। मैले घर तलको ढुंगामा लेखेको हजुरको नाम त केही समयमा नामेट भएर जाला तर मेरो मनमा आफैं लेखिएको हजूरको नाम जीवनको आखिरी शाससम्म रहि रहनेछ।

हजुरले नै भन्नुभएको थियो नि, जस्तो लेखेको छ त्यस्तै हुन्छ भनेर। मैले हजुरलाई “दादा” नै भन्न लेखेको रहेछ। मेरो जीवनको सबैभन्दा ठूलो सपना त अधुरो नै भइसक्यो अब अरु सपनाहरुको मलाई डर लागेको छैन।

अब त झन् भेट्न मिल्छ, मिल्दैन वा भेटेर पनि बोल्न सक्छु, सक्दिन यसै भन्न सक्दिन। भोली कहाँ र कस्तो रहनेछु, त्यो त मलाई पनि थाहा छैन तर मोडिन लागेको मेरो जिन्दगीको वाटोको वारेमा मैले भनिन भने हजुरप्रति मेरो अपमान हुन्छ भन्ने ठानेर मैले आफ्नो जिम्मेवारी मात्र पूरा गरेकी हुँ। हजुरको जीवन सधैं सुखमय होस्। अलबिदा।

चाँदनी,
जिन्दगीमा पहिलो पटक गुमाउनुको पिडा बोध भयो मलाई। बल्ल महशुश गरेँ, मैले पनि चाँदनीलाई माया गर्दो रहेछु। त्यो दिन म कहाँ थिएँ, के गरेँ, अफिसमा काम गरेँ, गरिन केही पत्तो पाइन मैले। तर मन हलुका बनाउने प्रयासमा भक्कानीएर बाथरुम पुगेर जीवनमा पहिलो पल्ट त्यही दिन धेरैबेर रोएको चाहीँ मलाई याद छ। जति आशुँ बगाए पनि मन के हलुका हुन्थ्यो र, झन् गहौं बन्यो।

बेलुका घर पुग्ने बित्तिकै ममीले चाँदनीको बिहेको गाउँमा गाइँगुई हल्ला सुनेको छु भनेर सुनाउनुभयो। मेरो आलो घाउमा चुक छर्न यही नै काफी थियो।

त्यसको केही दिन पछि चाँदनीसंग बाटोमा भेट भयो। केही अगाडि मैले नचिनेको अर्को मान्छे पनि थियो। बाटोको एक छेउमा सिन्दुर पोतेमा सजिएकी चाँदनी मलाई पुलुक्क हेरेर गहभरी आँशु बनाउँदा म अर्को छेउवाट नचिने जस्तो गरि हिंडेँ। यो कस्तो बिडम्बना ? सम्हाल्नै गाह्रो भयो मलाई। मान्छेहरुले भन्थे, पहिलो प्रेम भुल्न सकिदैंन भनेर। तर, पहिलो प्रेम सँगको अन्तिम भेट झनै अविश्मरणीय हुने रहेछ। चाँदनीसंगको त्यही भेट मेरो मानस्पटलमा हरेक चौबीस घण्टामा चौबिस हजार भन्दा धेरै पटक घुमिरहेका हुन्छन्।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ। कथाहरु सम्पादन नगरी जस्ताको तस्तै छापिने भएकोले कृपया शुद्धाशुद्धिसहित आफैले वा जानेका कसैलाई देखाएर आफ्नोतर्फबाट सबै मिलाएर कथा पठाउनु होला। ]

4 thoughts on “कथाः अन्तिम भेट”

  1. Deepak Dahal says:
    December 11, 2013 at 2:33 pm

    कथा निक्कै मिठो लाग्यो। गणेश जीलाई फेरी फेरी लेख्न आग्रह गर्छु।

    Reply
  2. bishnu adhikari says:
    December 7, 2013 at 10:16 pm

    कथा राम्रै हो / बिजय दादा र चादनी बहिनि को सम्बन्ध सधै भरि दाजु बहिनि को रहिरहोस / बाल्यकाल को जस्तै पबित्र सम्बन्ध चादनी ले सोचेको सम्बन्ध भन्दा ज्यादा उत्कृष्ट हुन्छा /
    बिष्णु अधिकारी

    Reply
  3. Naresh says:
    December 7, 2013 at 9:48 pm

    लेखक को कथा को मिठास:
    “मैले पढेका किताब उसलाई जम्मै मिल्थ्यो। गाता हालेर बढो जतनका साथ राख्दिन्थेँ। घरमा केही मिठो मसिनो पाक्दा ऊ दौडेर मेरोमा आइपुग्थी। मेरो सानी बहिनीलाई ऊ औधी माया गर्थी। हाम्रो निकटता देखेर ममी छक्क पर्नुहुन्थ्यो।”

    “एउटालाई सानो लागेको कुरा अर्कोलाई ठूलो लाग्न सक्छ नि। त्यसैले होला। सबै मान्छे एउटै किसिमका हुदैनन्।”

    नलेखेको भए हुन्थ्यो :
    मैले बि.ए. सकेर सदरमुकामकै एउटा अफिसमा काम शुरु गर्दा उसले प्लस टू सकेकी …

    एकदमै राम्रो कथा, keep it on .

    Reply
  4. nisha says:
    December 7, 2013 at 9:44 pm

    कथा पढेर बर्षौ अगाडी को एउटा घटना को याद आयो . मेरी साथी कि एउटी सुन्दर बहिनि थीन उनको घर नजिकै को एउटा उनि भन्दा १७ बर्ष जेठो दै लाई उनि दाई भन्थीन . दाई phd गर्दैथे . उनि दश क्लास मा पढ़थिन . मेरो एउटा बुबुरो साथी उनलाई मन परौथ्यो तर भन्न सक्दिनथे किन कि उनि मेरो साथी कि बहिनि थीन . पछि उनको उनै दाजु संग बिबाह भयो . बिचरो मेरो साथी न उसले भन्न सक्यो न मैले केहि सहयोग गर्न सके आज भोलि पनि साथी संग भेट हुन्छ उ अझै अभिबाहित ६ . बेला बेला मा भेटघाट हुन्छ पार्टी हरु मा भेट हुन्छ हल्का तानेको बेला मा साथी त्यो प्रसङ्ग निकाल्छ म निसब्द सुनिरहंचु. सायद दुबैले यो मेरो कमेन्ट पद्छन होला किन कि दुवै जना युरोप तिर छन् र मेरो संसार का नियमित पाठक पनि हुन् . हयाट्स अफ कथाकार जीउ

    कथाहरु वास्तविक जीवन संग पनि मेल खादा रहिछन तर बास्तबिकता संग मेल खाएमा त्यो संयोग मात्र हो भनेर चित्त बुझाउनु पर्दोरहेछ . जय कथाकार.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme