Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथाः अपूर्ण प्यास

Posted on December 22, 2012December 22, 2012 by mysansar

-अनुपम रोशी- एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको तिमीहरुलाई, मान्ने होइन, घरको काममा अल्झनु पर्दा दिक्क लाग्छ उसलाई। अनि जहिले जानु पर्छ त… Continue reading

कथा: कुकुरको पुच्छर

Posted on December 15, 2012December 15, 2012 by mysansar

-उत्तम पौडेल- स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि नभएको नेपालको विवरण देखेर सबै देउताहरुले जिब्रो टोके| दिक्क मान्दै ब्रह्माले भने -” आफुले भने… Continue reading

कथाः नीला जीवित फर्की

Posted on December 8, 2012December 8, 2012 by mysansar

-दीप्स शाह- इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर… Continue reading

कथा : प्रतिशोध

Posted on December 1, 2012December 1, 2012 by mysansar

-शुषमा मानन्धर- त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, तिमीले कसरी सह्यौ यो कुरा? के हाम्रो कुनै मन हुँदैन? टिट फर ट्याट, बुझ्यौ यस्तालाई… Continue reading

कथाः मृत्यु रक्स!

Posted on November 24, 2012November 24, 2012 by mysansar

-झलक पौडेल- गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड १३ नं. बेड बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल अनि त्यस पल्तिर औषधिका बट्टा, कागज, बिल, जुसको बोतल, दुई चार गेडा स्याउ र केही दैनिक पत्रिकाहरु बेडको मुन्तिर पुर्पुरोमा हात लगाएर निरन्तर टोलाइरहेकि मेरी ममि र, ई.सि.जि. मेसिनको स्क्रिनमा मेरो पल्स चुपचाप… Continue reading

कथाः बाउको इज्जत

Posted on November 10, 2012November 10, 2012 by mysansar

-लेखनाथ काफ्ले- पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी कायम नै छ। सदरमुकाम जाने बाटो, त्यो पनि कालोपत्रे। गाढा निलो रंगका पहाडमा कालोपत्रे तरेली परेको… Continue reading

कथा : नफुल्दै फूल

Posted on November 3, 2012 by mysansar

-शुषमा मानन्धर- मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि ट्याक्सी ड्राइभरहरुले हड्ताल गरेका रे। यस्तो बेला, एक त ट्याक्सी पाउनै गाह्रो, अर्को पाइएको ट्याक्सीले… Continue reading

कथाः गुड्डी

Posted on October 20, 2012October 20, 2012 by mysansar

-वीणा सिन्हा- आमा ! म यो जुठो रसभरी खान्नँ। गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो। ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन। त्यही बेला श्यामजी (बुबा) आएर भन्नुभयो- चारवटा रसभरी थियो, बाँकी के भयो ? सोनुका लागि पनि मैले ल्याएको थिएँ। सबै खायो होला। सुधाको ठूलो आवाज… Continue reading

लघुकथा : तातो पानी

Posted on October 6, 2012October 6, 2012 by mysansar

-उत्तम पौडेल- ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो। ” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे… Continue reading

कथा : निरन्तरता

Posted on September 22, 2012September 23, 2012 by mysansar

-लेखनाथ काफ्ले- ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो र घामको रापमा मस्त छ। घरको माइलो छोरो, लामो नाक, माथिल्लो ओठको दाहिने पट्टि एउटा गहिरो… Continue reading

कथा: टिमुर्केहरु

Posted on September 15, 2012September 15, 2012 by mysansar

-प्रमोद अधिकारी- टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै पर्खियौँ निकैबेर। उखरमाउलो गर्मी, टाउका माथिको स्थिर पंखा तीनवटा पखेँटा फिँजाएर टक्क अडिएको। कुरो बुझ्नै… Continue reading

कथाः सबै प्रश्नका जवाफ हुँदैनन्

Posted on September 8, 2012September 9, 2012 by mysansar

-झलक पौडेल- करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। ओठहरु नै खुल्न पर्दोरैनछ, हाम्रा नजर जुधे निकै बेरसम्म। धेरै अघिको चिनारी जस्तै… ‘कहाँ पुग्ने… Continue reading

थुक्क! मेरो सपनाको अमेरिका!!

Posted on September 1, 2012September 1, 2012 by mysansar

-हरि घिमिरे, भर्जिनिया- सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा। सागरलाई अमेरिका जाने धून चढ्यो। उसले कयौं प्रयास गर्‍यो। तर सफल हुन सकेको थिएन। आफ्ना सम्पूर्ण नजिकका… Continue reading

कथाः कठिन प्रेमयात्रा

Posted on August 25, 2012August 25, 2012 by mysansar

-बिकास घिमिरे- “नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई… Continue reading

कथाः मेरो सर

Posted on August 18, 2012August 18, 2012 by mysansar

-पी. आर. गिरी- आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केही भएन, मेरो स्पर्शले; म मजाले मातिएँ तर ऊ चुपचाप मलाई मिठो मुस्कान दिइरह्यो;… Continue reading

कथाः आसन्न मृत्यु

Posted on August 11, 2012August 11, 2012 by mysansar

–राजेश नतांश- मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ । —सिल्भिया प्लाथ सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।” मेरा हात काँपिरहेका… Continue reading

कथा : छैन उन्मुक्ति

Posted on August 4, 2012August 5, 2012 by mysansar

– प्रमोद अधिकारी- मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल हुर्याउने होस कसैलाई आउँदैन। आ ! भोलि ठेगान लाउँला सब कचरा।… Continue reading

कथाः पछुतो

Posted on July 28, 2012July 28, 2012 by mysansar

साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला। -शुषमा मानन्धर- एउटा झिनो आशा लिएर मैले ढोकाको कापबाट चियाएँ, त्यही भुसतिघ्रे अझै पनि कोठाबाहिर थियो। यतिबेला उसको ध्यान मतिर थिएन। ऊ आफ्नो… Continue reading

लघुकथाः माया

Posted on July 21, 2012July 21, 2012 by mysansar

-माधव नेपाल (पूर्व प्रम हैन)- एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने बेला मधुरले आफ्नो ब्यक्तिगत नम्बर सबैलाई टिपाइदियो। त्यसपछि गोपीको दिनचर्या मधुरलाई फोन… Continue reading

कथाः अनुत्तरित ?

Posted on July 14, 2012July 14, 2012 by mysansar

-दामोदर कोइराला- २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ । अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् । बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme