Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: शनिबार साहित्य

कथा : मैले श्रीमती नबेचेको भए हुन्थ्यो

Posted on January 10, 2015 by mysansar

-डा. गोबिन्दसिंह रावत अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए। काभ्रे पलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर… Continue reading

लघुकथा : वाह ! डलर मोह

Posted on January 3, 2015January 3, 2015 by mysansar

-आचार्य प्रभा- पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन्। उनको मन पनि धर्मर थियो ड्युटी जानलाई। किनकी यता उस्को ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाई रहेको थियो। सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो। त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा… Continue reading

कथा : १९ नम्बर

Posted on December 27, 2014December 27, 2014 by mysansar

-अनमोलमणि- अखबारमा उसको आत्महत्याको खबर छापियो। ऊ आफैले आफ्नो आत्माको स्वविवेक हत्या गरेको थियो। उसकाबारे लेखिएको खबर पढेपछि मेरो आँखामा नाचेको दृश्य यस्तो थियो— In the dark times Will there also be singing? Yes there will also be singing About the dark times. Bertolt Brecht यी कवितांश पढ्दा ऊ मसँग ढेप्पिएर बसेको थियो। विश्वविद्यालयको हरियो… Continue reading

कथा : कोलूसा

Posted on December 6, 2014 by mysansar

उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन् । आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन । मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई उनी भुँइतिर आँखा तेर्स्या ई निहुरिइरहिन् ।… Continue reading

लघुकथा : पलायन

Posted on November 15, 2014 by mysansar

-लेखनाथ काफ्ले/शिन्चु, ताइवान- “सबै प्रदेशहरू बर्गाकार हुनुपर्छ बुझ्नु भो। लम्बाई-चौडाई सबै बराबर। प्रदेशको एउटा छेउबाट अर्को छेउसम्म पुग्न उत्तिकै दुरी” एउटा नेताले यसो भन्दा अरुहरू ट्वा परे। “अरे बाबा, यस्तो गजबको आइडिया हाम्रो दिमागमा किन आएन” उनीहरूले त्यहि सोचे। “ल बाँकी भोलिको बैठकमा” सभापतिले भने। “बर्गाकार होइन, गोलाकार बनाउनु पर्छ। केन्द्रबाट सीमासम्म उत्तिकै दुरी, सीमाबाट… Continue reading

कथा: चक्र

Posted on October 19, 2014October 19, 2014 by mysansar

-डा. लेखनाथ काफ्ले/शिन्चु, ताइवान- चिसो हावा, शान्त तलाउ र हरिया पहाडसंगै हामी बेगनास तालको छेउमा थियौं। उ: संसारका सबै कुरा परिवर्तनशील छन। म: सत्य पनि? उ: हो सत्य पनि। म: कसरी ? उ: उहिले सुर्यले पृथ्वीलाई घुम्छ भन्थे त्यहि सत्य थियो। अहिले पृथ्वीले सुर्यलाई घुम्ने प्रमाणित भयो। सत्य बदलिएन त ? म: उसो भए कुन… Continue reading

कथा : नगरकोटको बस

Posted on October 11, 2014 by mysansar

-अविरल परिधि- दुइ महिना सम्मको एक्दम् दवाबमुलक कामले थकित भए पछि अफिसकी साथि अमिला र म नगरकोट गएर अलिकता फ्रेश हुने बिचारले बिहानै बस् पार्क पुगिउं। अब बिबाह हुन बचेका साथि भनेनि, हितैसि भनेनि, सहकर्मि भनेनि यहि एउटि बाकि छे। अरु त सबै आ-आफ्नै बुढा; धेरै त बच्चा पनि र घर परिवारमा ब्यस्त भै सके।… Continue reading

स्काइपको टीका

Posted on October 4, 2014October 4, 2014 by mysansar

– युवराज नयाँघरे – हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए। मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे। एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका ठाउँ ठहरै भए नन्दलाल बूढा। उनकी जहान भगवतीलाई एघार छोरा हुर्काउन गार्‍हो भो।… Continue reading

कथा : ब्रान्डेड

Posted on September 13, 2014September 13, 2014 by mysansar

-तारा खतिवडा/एडमन्टन, क्यानडा “अलिक मिलाउनोसन”, शोधपत्र (थेसिस) को पानाहरु पल्टाउँदै प्राध्यापक डा.सिंहले यसोभन्दा उ अलिक दुविधामा पर्‍यो। कहाँ, के नमिलेको हो भन्ने उसको जिज्ञाशामा सिहंले अगाडि थपे, “पहिलो चोटि भेट्दै हुनुहुन्छ, थेसिस जस्तो कुरा, हतारिएर हुन्छ र? अलिक मिहेनत गर्नुपर्‍यो। तपाईहरु मिहेनत नै गर्दैन। खालि पुरानो थेसिसमा नयाँ डाटा हालेर ल्याउँछ, सधै पुरानो बोत्तलमा नयाँ… Continue reading

दुई लघुकथा : जिम्मेवारी र निरस बिहीबार

Posted on September 6, 2014September 6, 2014 by mysansar

लघु कथा : जिम्मेवारी -नीता थापा, लन्डन- मोबाइलको घन्टी बज्यो हेरें रातिको १.४० बजेको रहेछ। को होला यति राती नो नम्बरबाट फोन गर्ने ? डर र आश्चर्य बीच फोन उठाएँ कतै नेपालबाट पो हो कि ? हेल्लो भन्न पाएको छैन उनको लर्बराउदो स्वर सुनेँ। फोन किन गरेको हो, कुनै छेउ छन्द नै पाइनँ मैले, फोनलाई… Continue reading

कथा : फेसबुक र मेरा बा

Posted on August 30, 2014September 6, 2014 by mysansar

– लेखनाथ काफ्ले/ताइवान- म कालो सडक भएको शीतल शहरमा नयाँ, ठूलो र आफ्नै घरमा बस्छु, मेरा बाआमा हिले बाटो भएको गाउँको थोत्रो घरमा। बा को मुख हेर्ने दिन आज बिहानै आफ्नो छोरालाई र श्रीमतीलाईसंगै राखेर “भोइस अन” गरी फोन गरे। बा आमा संगै रहेछन। म: बा दर्शन, आज बाको मुख हेर्ने दिन। बा: आशिर्वाद छ… Continue reading

कोइरालाको हात्माकथा : … अनि रक्तपात टर्‍यो !

Posted on August 23, 2014August 23, 2014 by mysansar

२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ। उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट ओर्ले र बुबालाई पञ्चायतमा भोट हाल्न भने। म… Continue reading

कथा : तिजको दिन

Posted on August 9, 2014August 9, 2014 by mysansar

-लक्ष्मी ज्ञवाली-   बिहान झिसमिसे उज्यालो हुँदै थियो। राधिका उठिसकेकी थिइन्। आज अति नै महत्वपूर्ण तिजको दिन थियो उनको लागि। त्यसैले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने तयारीमा जुटिन्। नुहाइसकेपछि सिउँदोभरी सिन्दुर लगाई रातो पहिरहनले आफूलाई सजाइन्, जुन हिन्दू विवाहित नारीहरुका लागि सौभाग्यको प्रतीक मानिन्छ। आफू आठ वर्षको उमेरदेखि यो व्रत बस्दै… Continue reading

कथा : ऊ नेपाल फर्केपछि (भाग २)

Posted on July 26, 2014 by mysansar

– ध्रुव थापा/ क्यालिफोर्निया- आजभन्दा १५ वर्षअघि जब ऊ पहिलो पल्ट सन फ्रान्सिस्को विमानस्थलमा उत्रेको थियो तब उसलाई एक प्रकारको डर, त्रास र संकोच थियो। यहाँ त आइपुग्यो अब गर्ने के? कहाँ जाने? कसरी आफ्नो जिविका चलाउने? जे होस्, केही दिन त बर्कलीमा हुने “हिमालयन फेयर”को रमझममा बित्ला। तर जसले उसलाई यहाँ नेपाली एक्सपोको नाममा… Continue reading

अनि ऊ नेपाल फर्कने निर्णय गर्छ

Posted on July 19, 2014 by mysansar

– ध्रुव थापा, क्यालिफोर्निया – आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो मान्छे भएर रुनु हुँदैन रे। त्यसैले त ऊ आफन्तको सामु वा आफ्नै श्रीमतीसित समेत आफ्नो दुःख पोखेर… Continue reading

कथा : हिमित हृदय

Posted on July 12, 2014 by mysansar

– डा. लेखनाथ काफ्ले/ शिन्चु, ताइवान – कहिलेकाहीँ मलाई कसैले बेसरी लखेद्छ। अनुहार, आकृती, प्रकृती केहि आभास हुदैन तर लखेद्छन। म तिनीहरूको लाखेटाईबाट बच्न मरुन्जेल दगुर्छु। दगुर्दा-दगुर्दै एक भयानक चट्टाने भीरको टुप्पोमा लड़ुलाँ झैँ गरी उभिदा तिनीहरू झम्टिन आइपुग्छन। म हाम फाल्छु टुप्पोबाट। जीउ सिरिंग हुन्छ। माथिबाट एकदमै हुत्तिएर तलतल झर्दाझर्दै ज्यान नै चीसो भएर… Continue reading

लघुकथा : फेसबुकले जन्माएको ध्रुवतारा

Posted on June 14, 2014June 14, 2014 by mysansar

-गोपी के. बराल- कुरा धेरै सय वर्ष पहिलेको हो। एकजना ध्रुव नाम गरेका केटा थिए। त्यतिबेलाको समाज नीतिनियम र शास्त्रले अहिलेको भन्दा पनि धेरै बाँधिएको थियो। मान्छेहरु स्वतन्त्र थिएनन्। सन् २०१६ मा फेसबुकले हिस्ट्री रिभिजिटेड प्रयोग थालेको घोषणा गर्‍यो। यसका लागि मार्क जुकरबर्गको क्लोन बनाई उसलाई धेरै सय वर्षअघिको समयमा टाइम मेसिनबाट पठाइयो। जुके ध्रुवको… Continue reading

पुरुष वेश्या

Posted on June 7, 2014June 7, 2014 by mysansar

-अमेत्य- आज ४ वर्षभन्दा ज्यादा भैसकेछ सुजुका यादरुपी जहरले मेरो मष्तिस्क रेटेको। भन्नुमात्र रेट्नु हो – आफैं रेटिँदै छु। हटाउन खोज्यो – पौराणिक कालको कालीको कथा पून: दोहोरिएको आभाष पाउँछु। जति काट्यो त्यति नै बढ्दै जान्थे रे – सानोमा सुनेको ती दैत्यहरु। सुजुका यादहरु नि जति दबाउन खोज्यो जति मेटाउन खोज्यो – त्यति नै झ्याङ्गिँदै… Continue reading

कथा : माया नं ६५३

Posted on May 31, 2014May 31, 2014 by mysansar

-शंकर लामिछाने- माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु… Continue reading

लघुकथा : परदेशी

Posted on May 24, 2014 by mysansar

– निराजन प्रभात लुइँटेल – म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ,… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • 11
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme