Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सम्बन्ध

Posted on December 14, 2013December 14, 2013 by mysansar

-दीपक दाहाल-

saturday-fiction “ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा।

“निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी।

तिमी संग भएका भेटहरु त मैले बिर्सिन पो थालेछु।”, उनले भन्दा एकछिन अत्तालिए म। खै किन हो नमिठो पो लाग्यो त्यो वाक्य सायद जति टाढा भए पनि मैले उनलाई भुल्न सकेको थिइन।

“के साचै तिमीले मलाई भुली सकेउ?”, सोध्न मन लाग्यो तर खै किन हो कुन्नि आट नै आएन। कुरा मोड्न खोजे तर सकिन। मन मा फेरी एउटा प्रश्न कुल्बुलियो। “किन यति छिटो भुलेउ त मलाई?” तर त्यो पनि सोध्न सकिन।

“हुन त समय संगै सबै भुल्नु मानिस को व्यवहार हो तिमी पनि त आखिर एउटा मान्छे नै हौ राम्रो गरेउ मलाई भुली दिएउ। सायद हामी दुवै को लागि यही नै बेस होला।” मैले उनलाई भन्न त भने तर खै किन हो आफै संग सन्तुस्ट हुन सकिन। अझै मन मा एउटा डर पलाई रहेको थियो। उनले मलाई सदा का निम्ति भुली दीइन भने?
“भुल्नु नै जीवन को यथार्थ भए पछि सबै भुल्नु नै बेश हुन्छ, हैन र?” उनले म माथि प्रश्न तेर्साइन।

“सायद यो प्रश्न को उतर तिमीलाइ पनि थाहा छ “, मैले पनि बेसिक फर्म्याट म उतर दिए।

“जीवन को समुन्द्र मा प्रश्न का तुफानहरु आउदा नमिठो लाग्दो रहेछ”, उनि मलाई टोलाएर हेर्न थालिन।

“गाजलु ति ठुला ठुला आखा ……….” गाउन मन लाग्यो तर सकिन। कति पल्ट उनका निम्ति गाइसकेको थिए यो गीत तर आज पटक्कै मन लागेन। मन लागेन हैन हिम्मत भएन भनौ तर जे होस् गाउन सकिन, उनका निम्ति जाबो एउटा गीत पनि। कस्तो भएछ सम्बन्ध हाम्रो, सम्बन्धै सम्बन्धको भुमरी मा अल्झिएर यथार्थ को नजिक पुग्न खोज्दा एक अर्का संग धेरै टाढा भएछौ हामी।

खै कतिबेला?, कसरी?, किन? थाहा भएन तर स्मृति को समुन्द्र मा डुबुल्की लगाउन पुगेछु।

“कस्तो डराएकी निर्मल ले खान्छ र तलाई” मैले कतै ऋतु को आवाज सुने। एकछिन आफ्नो ध्यान आवाज आएतिर लगाए। ऋतुले कसैलाई संगै लिएर आएकी रहिछिन ऋतु र म क्लासमेट थ्यौ त्यतिबेला, हामी दुवै कक्षा बाह्रमा पढ़थ्यौ।

“निर्मल यो मेरो बहिनी ऋचा, अहिले क्लास टेन पढ्दै छे। दुई चार ओटा प्रश्न छ भन्दै छे। मलाई आउदैन निर्मललाई सोध भन्दा डर लाग्छ भन्छे”, ऋतु को कुरा ले म एकछिन कन्फ्युज भए।

“म तेस्तो डर लाग्दो छु र?” हल्का ठट्टा गर्ने प्रयास गरे।

यस्तै थियो मेरो ऋचा संग को पहिलो र संछिप्त भेट।

थाहा नै भएन कहिले हामी साथी भएछौ, साथी बाट राम्रो साथी भएछौ, राम्रो साथीबाट पनि मनमिल्ने साथी भएछौ, तर नियति लाई दोष दिउ कि आफैलाई साथी भन्दा बढी कहिले हुन सकेनौ। भन्छन “समय भन्दा पहिले र भाग्य भन्दा बढी कसैले पाउन सक्दैन” शायद उनि मेरो भाग्य मा नै लेखिएकी थीइनन। शायद त्यो समय नै दैव ले राख्न बिर्सेछ।

समय बित्दै गयो। मेरो बाह्रको परीक्षा आयो र उनको एस. एल. सि. को। परीक्षा सकाएर, म काठमाडौँ मा कम्प्युटर इन्जिनिएर पढ्न लागे। उनीबाट टाढा हुदा बल्ल उनको महत्व थाहा भयो। “आज उनी मसंग भएको भए” आफ्नै सपना मा भुल्न थाले। कति न्यास्रो लाग्न थालेको थियो मलाई। कहिलेकाही त सब छोडेर घर जाउ जस्तो लाग्थ्यो तर फेरी भविष्य सोचेर रोकिन्थे। “के उनले पनि मलाई यती नै सम्झिनछिन् होला?” कहिलेकाही आफैलाई प्रश्न सोध्थे। म संग त मोबाइल थियो तर उनी संग थिएन। अनि उनको घर फोन गर्न भने खै किन हो डर लाग्थ्यो मम्मी ले उठाउनु भयो भने?, बाबा ले उठाउनु भयो भने?, ऋतु ले उठाईन भने? सोची सोची डर लाग्थ्यो।
एकदिन अन्नोन नम्बरबाट फोन आयो। ऋचा को नम्बर रहेछ। उनी पनि काठमाडौँमै स्टाफ नर्स पढ्न आउने रे। मलाई त “अजिङ्गर को आहारा दैव ले पुर्याउछ” भने जस्तै भयो। फोन सम्पर्क बढ्न थाल्यो, भेटघाटहरु बढ्न थाले एक अर्का को झन् झन् नजिक हुन थालेयौ हामी। महिनाबाट हफ्ता, हफ्ताबाट दैनिक गर्दै हाम्रो भेट-अन्तराल घट्न थाल्यो। अब त एकदिनपनि नभेट्दा बर्सौ जस्तो लाग्थ्यो। दैनिक रुपमा म उनलाई आफ्ना कलेजका कथा सुनाउथे भने उनी आफ्नो क्रियाकलाप। अब त हामी दुई, दुई ज्यान एक मुटु भै सकेका थियौ। मात्र बाकी थियो त “आइ लव यू” भन्ने औपचारिकता पुरागर्न। म उनलाई मन पराउथे उनी मलाई। जब मानिस प्रेम मा हुन्छ वाक्य को आदान प्रदान हुनुपर्दैन। एक अर्काको ढुकढुकी बाट सबै थाहा हुन्छ। तर पनि यो “आइ लव यू” भन्ने वाक्य यति मिठो छ कि सुन्ने र भन्ने दुवै लाई एउटा छुट्टै किसिमको आनन्द आउछ।

समय बित्दै जादा मेरो पनि फाइनल जाँच आउन थाली सकेछ। दुई मैना पछि मेरो फाइनल जाँच थियो। “अब त मैले उनलाई सबै भन्नु पर्छ” मन मनै सोचे। खल्ती बाट मोबाइल निकाले कन्ट्याक्ट लिस्टबाट ऋचा को नम्बर सेलेक्ट गरे…

“पर्सि सेतो गुम्बा घुम्न जाउ न।” बाह्र फरवरी को दिन मैले उनलाई फोन गरे। शायद उनले पनि बुझिन मैले किन उनलाई पर्सि बोलाउदै छु। “चौध फरवरी”, “प्रेम दिवस”, “भ्यालेनटाइन डे” हो त्यही दिन म उनलाई आफ्नो मन को कुरा राख्न चाहन्थे।

“हुन्छ, तर तिम्रो कलेज?” उनले सहमति जनाईन अनि दुविधा पनि।

“बिदा छ”, मैले धाटे। “अनि तिम्रो?” मन नलागी नलागी यो प्रश्न गरे। के गरौ औपचारिकता पुरा गरनैपरयो।
“बिदा नै छ” उनको उतर संगै मन ढुक्क भयो। र थाहा पनि पाए धाटेकी थिईन, उनले मलाई। कुनै बिदा थिएन। मसंग जान चाहन्थिन उनी। शायद उनी पनि आफ्ना भावना म सामु पोख्न चाहन्थिन।

म खुसी थिए के गरौ, के लिएर जाउ गुलाब को फुल ठिक होला या टेडी बियर, चकलेट पो लैजाऊ कि क्या हो, के लगाऊ सर्ट प्यान्ट ठिक होला कि टीसर्ट र जिन, आजैदेखि प्लान बनाउन लागे। उनलाई के भनौ कहाँ बाट सुरु गरौ। सोच्दा सोच्दै दिन गएछ आज त म कलेज पनि गयेनछु, बल्ल सम्झे। जे होस् म तयार हुदै थिए पर्सिको निम्ति।

तेह्र फरवरी मा न्युरोड निस्के। ऋचा को लागि गिफ्ट किन्न दिनभर लागिरहे। दुई बज्दै थियो, मोबाइल भाईब्रेट गर्न थाल्यो। “पक्कै ऋचा को फोन हो”, मन मनै सोचे। यता उता हेरे। कतै उनि येतै कतै त छैनिन। गोजी बाट मोबाइल निकाले अन्नोन नम्बर रहेछ। मामा पो हुनुहुदो रहेछ। आज काठमाडौँ आउने रे। बढी बाठो भएर मैले येतै आउनु भनि हाले। अब के गर्ने मनबाट भने या औपचारिकता पुरा गर्न, थाहा भएन तर भनि हाले अब के गर्ने। हुनत मामालाई भेट्न पनि मन लागेको थियो। लगभग दस वर्ष भै सकेको थियो हाम्रो भेट नभएको। तर भोलिको प्लान? “हेरौ मिलाउला”, मनमनै सोचे।

शपिंग गर्दागर्दै सात बजेछ। मामा को फोन आयो “भान्जा मा कलंकी छु लिन आउन मिल्छ?” म कलंकी पुगे। भर्खर कोठा मा पुगेको थिए मोबाइल भाईब्रेट गर्न थाल्यो। ऋचा को फोन रहेछ तिन पटक काटे।

“मामा म तरकारी लिएर आउछु” बहाना बनाएर बाहिर निस्के।

मोबाइल निकाले र फोन लगाए।

“किन फोन न उठाको?” उनले प्रश्न गरिन।

“कोठा मा मामा आउनु भएको छ। भोलि अलि ढिलो हुन सक्छ। म मिलाएर तिम्लाई कल गर्छु नि है।”
“हुन्छ हजुर”, कति मिठा थिए उनका हरेक वाक्य।

मामा म्यानपावर को काम ले आउनु भएको रहेछ। भोलि बिहान आठ बजे इन्टरभिउ दिएर घरतिरलागि हाल्ने रे। म मनमनै प्रफुल्लित भए।

चौध फरवरी। मामालाई म्यानपावर पुराए अनि उनलाई फोन गरे। “लगभग एक घण्टामा आउछु तयार भएर बस्नु”, त्यति भनेर फोन काटे। मामा इन्टरभिउ भ्याएर बाहिर आउनुभयो। “अब तपाई सिधै कलंकी?”, सिधै प्रश्न गरे। खै किन हो आज औपचारिकता पनि पुरा गर्न मन लागेन। खाना खान जाउ पनि भनिन। मलाई त अन्तै जाने हतार थियो।

“बाबु मलाई बानेश्वर सम्म पुराई दिनुहुन्छ। दाई को फोन आएको थियो। छोरी लाई भेटेर फर्किनु भन्दै हुनुहुन्थ्यो” मामा ले आग्रह गर्नुभयो।

“भईहाल्छ नी, तर को दाई?” मैले प्रश्न गरे।

“तपाईले चिन्नु हुन्न। हजुर को कान्छो हजुरबुबा मतलब मेरो अङ्कल को छोरा”, मामा ले चिनाउनु भयो।
मामाले उनलाई फोन गर्नुभयो। उनी बानेश्वर चोक मै आउने भईन। मलाई सजिलो भयो। छिटै ऋचा लाई भेट्न जान पाउने भए। बानेश्वर चोक मा पुगे बाईक अडाये। एकछिन बैनीलाई कुर्ने निर्णय भयो।

“अंकल दर्शन”, पछाडीबाट एउटा मधुर स्वर आयो। चिने चिने जस्तो लाग्यो।

फर्केर हेरे।

ऋचा!!!!!!!!!! म हककबक्क परे। सेतो अम्ब्रेला कुर्तामा सिल्वर कलरको चुरा, खुट्टामा मलाई मनपर्ने ग्लासको हिल, कालो कपाललाई माथि लगेर हलुका काटामा अड्काई खुल्ला छोडेकी थिइन। ओठ मा मात्र लिपग्लोस, आखामा हलुका गाजल लगाएकी थिइन। एकछिन हेरीरहे निरन्तर, एकटक। कति सुन्दर देखिएकी थिइन उनी।
मामा ले हाम्रो चिनजान गराउनु भयो। “बहिनी एक्लै बस्छे कैलेकाही भेट्दै गर्नु है भान्जा”, भन्नुभयो। खै के भयो थाहा भएन। कतिखेर बाईक लिएर हिडे त्यो पनि थाहा भएन। घर आएर मोबाइल हेरे उनको मेसेज आएको रहेछ। “मेरो पनि अंकल आउदै हुनुहुन्छ। एसो भेटेर फर्की हाल्ने रे। म रेडी छु उहा फर्के पछि फोन गर्छु ल। सरी एकछिन ढिला होला जस्तो छ”, समय हेरे आठ बीस को रहेछ।

सम्बन्धको भुमरी मा परेछु म। हीजो सम्म आफ्नो मान्छे सोचेको थिए। अब आज बहिनी कसरी भन्ने। के सोचेको थिए, के भयो। मोबाइल स्विचअफ गरिदिए। फोन गर्न मन लागेन। खै कतिखेर आखाबाट आसु झर्यो थाहा नै पाइन। संसारको अन्त्य भए झैँ लाग्यो।

छ महिना सम्म काठमाडौँ मै बसे तर फोन सम्पर्क भएन। न त मैले गरे न उनले। अस्ट्रेलिया को भिसा लाग्यो। फ्लाईट कन्फर्म भयो। खै किन हो एउटा अन्तिम मेसेज लेख्न मन लाग्यो। ” सरी येत्रो समय सम्म फोन गरिन। किन? थाहा भएन। पास भएछौ, बधाई। मा विदेस जादै छु पाँच वर्ष को लागि। कुनै दिन दैव ले चाहेमा, भेट अवश्य हुन्छ होला। तिमीलाई सम्झिने छु राम्रो साथी को रुपमा” खै किन हो अगाडी लेख्न सकिन। येतिकै पठाईदिए। रिप्लाई आएन, धेरै बेर कुरी राखे। भोलि पल्ट बिहानै उठेर हिड्न थालेको मोबाइल मा मेसेज आएको रहेछ। “राम्रो संग जाउ। मिस यु एंड”, अधुरो लाग्यो मेसेज।

समय बित्दै गयो। पाँच बर्ष कसरी गयो थाहानै भएन। ऋचा को बिहे भएछ। ऋतु बाट थाहा पाए। रोए, कराए, आफै लाई चोट पनि पुर्याए तर क गर्न सक्थे म। समाज मा बस्ने, म सामाजिक प्राणी परे। सामाजिक रिति, रिवाज, संस्कार मान्नै पर्यो। मन लाई दह्रो बनाए, आत्महत्या गरिन। आज पांच बर्ष पछि फर्किदा, फेरी ऐयरपोर्ट मा यसरी अप्रत्यासित भेट होला भन्ने कहिले सोचेको थिइन।

स्मृति बाट बाहिर आए।

“तिमी कता जान लागेको?” प्रश्न गरे।

“अस्ट्रेलिया”, उनले संछिप्त उतर दिइन।

“एक्लै?” संछिप्त प्रश्न।

“हैन सर पनि संगै हुनुहुन्छ”।

“म जान्छु। थकाई लागि रहेको छ। भर्खर झरेको। शुभ यात्रा”, बिदा मागे।

बाहिर निस्किन थालेको, एकछिन चेकाउट मा रोकिए। फर्केर हेरे। आफ्नो हस्बैंडसंग कफी खादै रहिछिन। मौन रुपमा उनको जीवन बाट बाहिरिए। कल्पना मा डुबेर यथार्थ को घाटी रेट्नु ठिक हैन। चुपचाप बाहिर निस्के तर फेरी फर्केर हेर्न मन लाग्यो। उनी ढोका नजिकै आएकी रहिछिन। हात हल्लाएर बाई को संकेत गरिन। मैले पनि बाई भने तर अगाडी बढ्न सकिन। खै कुन सिक्री ले हो खुट्टा बाधे जस्तो लाग्यो मलाई। उनले हात उठाइन र संकेत गरिन। “आइ लव यू”। आखा बाट आसु झर्न थलेछ। कतिखेर सर्ट को कलर भिज्यो थाहा नै भएन।

आखाभरी आसु र मुटुभरि पिडा लिएर बाहिर निस्के।

अलविदा ऋचा!!!!!!!!!!!

6 thoughts on “सम्बन्ध”

  1. Bijay says:
    December 18, 2013 at 11:57 am

    अल बिदा भन्ने शब्द अलि मिठो लागेन. अरु पनि थुप्रै शब्दहरु थिए कथा को बिट मर्नलाई !

    Reply
  2. Bishnu Adhikari says:
    December 17, 2013 at 5:20 am

    कथा बाट के बुझिन्छ भने ऋचा र निर्मल दुवै जना उमेरले आल्लारे भए पनि व्यवहार पनि आल्लारे रहेछ / आलिक बिचार पुर्याएर दुबैले आफ्नो उद्गगम स्थल क बारेमा केहि भलाकुसारी गरेक भए उनीहरु लाइ मामा/ काकाले चिनाउनु पर्ने थिएन जसले गर्दा उनीहरुको पहुल्यै राम्रो चिनजान भैसकेको हुनेथियो र माया सतासत गर्नको लागि February १४ नै कुर्नु पर्ने थिएन

    बिष्णु अधिकारी

    Reply
  3. magar says:
    December 17, 2013 at 3:37 am

    कस्तोले पढ्ने हो यो कथा ?मामाको छोरी बिहे गर्नु हुन्न ?हाम्रो मगरहरुको त सोल्टिनी पो पर्छ त हो पहिलो हक |

    Reply
  4. Deepak Dahal says:
    December 15, 2013 at 9:47 pm

    हाम्रो पात्र चाही अति राम्रो हुनुहुदो रहेछ मन पनि दरो रैछ
    पात्र लाई सलाम
    पात्र लाई भेट्ने रहर लाग्यो

    Reply
  5. suzee says:
    December 14, 2013 at 2:26 pm

    फिल्मी !!!!!!!!!!!!

    Reply
  6. Bijay says:
    December 14, 2013 at 1:21 pm

    ” मन लाई दह्रो बनाए,
    आत्महत्या गरिन। ”

    लेखक लाइ प्रश्न
    माया मा आत्माहत्या गर्नै पर्छ र??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme