एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको भिसा लाग्छ कि लाग्दैन भन्ने उनीहरुको मूल जिज्ञासा थियो। इन्टरभ्यु पर्सि हुँदै थियो। पैसासैसा छेउमा चढाए, प्रणाम गरे र आफ्ना कुरा भने।
आँखा बन्द गरेर ‘जान्ने’ले आफ्नो चोर औँला उठाए, उही पृथ्वीनारायण शाहको शालिकको शैलिमा। ती तीन केटाहरु वाल्ल। के भन्न खोजेको भेउ पाएनन् उनीहरुले। अर्थ बताउन उनीहरुले आग्रह गरे। तर जान्नेले भन्यो- “दैवी इच्छालाई सीधा शब्दमा भन्न मिल्दैन। समय आएपछि आफै बुझ्छौ।”
ती तीनै जना ट्वाँ परेर फर्किए।
उनीहरु गइसकेपछि जान्नेका सहयोगीले सोधे, “तीन जना मध्ये कसले भिसा पाउँछ हजुर?”
जान्नेले भन्यो, “सही संख्या त पहिलेदेखि नै ज्ञात छ।”
“एक मात्र औँला उठाउनु अर्थ उनीहरु मध्ये एक जनाले मात्र भिसा पाउँछ ? ”
“हो”
“तर अनि उनीहरुमध्ये दुई जनाले भिसा पाए भने नि ?”
“त्यसो भएमा मेरो एउटा औँला उठाउनुको अर्थ एक जनाले पाउँदैनन् भन्ने हुन्छ।”
“तर अनि तीनै जनाले भिसा पाए भने नि ?”
“त्यसको अर्थ एक जना पनि असफल हुँदैनन् भन्ने हुन्छ”
“तीनै जनाले पाएनन् भने नि ?”
“त्यस्तो भएमा एउटा औँला उठाउनुको अर्थ उनीहरु मध्ये एक जनाले पनि भिसा पाउँदैनन्”
सहयोगीले कुरा बुझे। भने, “ए, यसो रहेछ दैवी इच्छा”
[चिनियाँ लघुकथाबाट भावानुवादः प्रतिभा]
लालटिन
अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री।
बाटोमा एक बटुवाले सोध्यो, “ए मूर्ख, तेरो लागि के दिन, के रात। दुवै एउटै। अनि यो लालटिन तँ अन्धालाई चाहिया किन?”
उसले जवाफ दियो, “यो लालटिन मेरो लागि हैन तेरो लागि जरुरी छ। रातको अँध्यारोमा मसँग ठोक्किएर तैँले मेरो माटोको यो गाग्री फुटाउलास् भनेर।”
[लियो टल्सटायको कथाबाट अनुवाद: प्रतिभा। तपाईँ पनि आफ्ना कथा, लघुकथा, अनुवाद पठाउन चाहनुहुन्छ भने [email protected] ]
दिमाख घुमौन सक्ने लाइ मान्नै पर्यो कति राम्रो कथा
यो कथा र प्रचण्ड को भासणा उस्तै उस्तै मिल्दो रहेछ.प्रचण्ड ले तराइमा भासणा गर्दा भैसी
पुजा गर्छु भन्नि, महिला सभामा भासणा गर्दा , मा पनि महिला हु भन्नि , विदेश मा गयर गाई काट्नु पर्छ ,भन्छन , अनि नेपाल मा गाई को पुजा गर्नु पर्छ भन्छन , राजा बादी संग राजा राष्ट बादी हुन् भन्छन , अनि राजा बिरोधि संग राजा देश द्रोही भन्छन बुझ्ने लाई येत्ति नै कफी छ ,,,,,,,,,,,,,,!
सन्देशमुलक कथा !!!
मैले पनि धेरै अगाडी कान्तिपुर मा एऔत लघु कथा पढेको थिय येह राखेको छु:
दुइ जना छेमेकी कृषक मित्र हरु एक रात खेत मा पनि लगुना जाँदै थियो. अँध्यारो भएको ले दुवै जना ले टर्च लाइट बोकेको थियो. दुवै जना एकदम लोवी भएको ले कुनै ले पनि बाटोमा संगै हिन्द तोर्च लाइट बालेना – ब्याट्री बचौना जब दुवै जना आफ्नो आफ्नो खेत मा पानि लगुना थाले एक जना ले अर्को को तोर्च लाइट चोरेर बल्न थालेयो अनि अर्को ले सोच्यो “मेरो तोर्च लाइट चोरेर बल्दै छ”, तेसकारण उसले पनि अर्को साथीको तोर्च लाइट चोर्यो र बल्न थाल्यो. अर्को साथी ले सोच्यो “येह तेस्ले मेरो तोर्च लाइट चोरे ब्याट्री सकुन्दै छ” तेसकारण उसले पनि तोर्च बलेको बलेकी गर्यो. अब दुवै जना ले तोर्च बाल्ने कम्पिटिशन गर्न थाल्यो.
“दैवी इच्छा” त पुकदाको द्वन्दात्मक भौतिकबाद जस्तै रहेछ, हुन्छ पनि हुदैन पनि!