आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै नाक छोप्दै आफ्नो गन्तव्यमा जान्थें। के हो ? केको ? कसैलाई थाहा थिएन।
उनको नाम हामीले पूर्णिका राखेका छौं। उनको पारिवारिक नाम र हुलिया गोप्य राख्नु हामी पत्रकारको कर्तव्य हो। सामाजिक जीवनमा आएका विकृतिलाइ केलाउनु पनि हाम्रै काम थियो। यस्तै सिलसिलामा मैले धेरै पल्ट व्यापारीहरुबाट मुद्दा खेपेको छु। नेताको खुलेआम कालो कर्तुत निकाल्दा अपहरणमा परेको छु।
अस्ति भर्खर साइबर ऐनको मुद्दालाइ लिएर धेरै बहस भए। पत्रकारको कलमलाई विशेष गरी ब्यापारी र नेताहरु आफ्नो निजी स्वार्थका कारण बैरी मान्ने गर्छन्। मैले एक जना नेताको पिएलाई अपराधी देखेको थिएँ। कुरो अर्कै रहेछ।
हेर्दा मंगोलियन युवतीको क्षतविक्षत लास छ भनेर गोठालाले सुनाए। म आफ्नो क्यामेरा र डायरीमा वरिपरिको अवस्थालाई नियाल्दै समाचार बनाउदै थिएँ। अचानक केही अपराधी देखिने मुन्द्रे कुण्डले जस्ता युवक मेरो नजिक आएर धम्काउन थाले। अचानक प्रहरीको भ्यान आउने बित्तिकै उनीहरु भाग्न थाले। मेरो सुरक्षित गोप्य क्यामेराबाट उनीहरुको भिडियो लिइसकेको थिएँ। प्रहरीले आफनै कर्तव्य पालन गर्यो मैले आफ्नै। मानिसको भिड बढ्दै गयो। युवतीको लाशको खबर नजिकको बुटवल बजारमा चैतेहुरीमा लागेको आगो झैँ फैलियो। अस्पतालको एक कुनामा करिब २४ /२५ को युवकले त्यो सुन्छ, ऊ आत्तिन्छ। उस्की साथी थिइ। ऊ रिक्सा चलाउँथ्यो। एक रात सडकको किनारमा उसलाई भेटेपछि आफैसँगै ल्यायो। उनीहरु सँगसँगैं बस्न थाले। उसले अचाक्ली माया गर्थ्यो। युवकलाई उसले आफ्नो वास्तविक कहानी सुनाई। आफ्नी बहिनी रेनुलाई बचाउन उसले सारा सम्पति बेची। आखिरी केही नभए पछि उसले आफ्नो अस्मितालाई शहरका ठूला ठूला मान्छेको सामु पस्कन थाली। उसले आफुलाई शितल भनेर ग्राहकसँग चिनाउँथी। रात बिताउँथी। मनग्ये पैसा लिएर ऊ डेरामा आउँथी। भोलिपल्ट त्यो पैसा डाक्टरको सामु दिँदै आफ्नी बहिनीलाई बचाउन हारगुहार गर्थी। यसरी नै महिनौँ चल्थ्यो। अरु नगरबधुहरु उसको कारणले रिसाएका थिए। मार्ने धम्की पनि दिएका थिए। उसले आफ्नो यथार्थ सुनाइ। सबैले सुने सहानुभूति दिदै भने- हामीले तिम्रो कुरा बुझ्यौँ। होस् गर तिम्रो ज्यानलाई पनि खतरा हुनसक्छ। यहाँ थुप्रै लुटेराहरु छन्। हेटौडा पोखरा बिरगंज काठमान्डूका भन्दा खुनी हत्यारा यता छन्। सतर्क हुनु बहिनी भनेर उनीहरुले सम्झाएर गए।
समय बित्दै गयो। उसले आफ्नो अस्मितालाई बहिनीको जीवन बचाउन लुटाउँदै लगी। ऊ बिरामी हुन थाली। औषधि खान्थी जान्थी। रिक्सावाला आउँथ्यो। उसको अवस्था देखेर दुःखी हुन्थ्यो। भन्थ्यो छोड अब हामीले नयाँ जीवन सुरु गर्नु पर्छ। ऊ मुसुक्क हाँसेर उसको नजिक टासिन्थ्यो। रिक्सावालले कहिल्यै अनुचित ब्यबहारले हेरेन। सँगै बस्थे रमाउँथे। छिमेकीले भनेको कुरामा उसले वास्तै गर्दैनथ्यो ! ऊ दतचित्त भएर बहिनीलाई बचाउन सफल भइ। ऊ अब केही महिना पछि दार्जिलिंग जाँदै थिइ। बहिनीलाई बुटवलको एक जना युवकले भगाएर ल्याएको रहेछ। उसको खवर सुनेर यहाँ आएकी थिइ। अवस्था ज्यादै नाजुक भएर नै उसलाई लान सकिन। उपचार यतै गर्न खोजेकी थिइ । सुन्दर अनुहार मंगोलियन भेषभुषा। सुमधुर मिठो बोलि लजालु आखालाई हेर्दा जो कोही पनि लोभिन्थें। पवित्र मन हुने हच्किन्थे। पूर्णिमालाई ३ दिन को लागि बिशेष प्रोग्रामको निम्ति करिब ५०००० को अफर आयो। उसले हुन्छ भनी। समय ठिक ३ बजेको थियो। ९ बजे तोकिएको ठाउँमा बोलाइयो। ऊ पहिलेको जस्तो सम्झेर गई। रिक्सावालले नै पुराएर आयो। तीन दिनसम्म पोखरा काठमान्डू जाने कुरा बताएकी थिइ। के गरोस् घरखर्च र बहिनीको उपचारमै ब्यस्त थिइ। बिरामी बहिनीलाई घरमा छोडेर ऊ निस्की। ऊ यो काम प्रति घृणा हुँदाहुँदै पनि विवश भएर लागेकी थिइ ।
रेक्सावाल घर आयो ।सोध्यो रेणुलाइ । फोन गर्यो फोन बन्द थियो । उसले धेरै बेर सोचेर फोन गर्ने साथीलाई भेट्यो ।ऊ पनि अचम्म पनि अचम्म बन्यो ।कहा गइ होलि त पुर्णिमा ? ऊ कति माया गर्थ्यो ? सबैतिर खोज्यो रेणु रातभर रोइ फेला पर्ने कुनै सम्भावना नै थिएन ।
स्थानीय fm हरु लुम्बिनी fm बुटवल fm ।तिनाउ fmमा सिद्द्बाबा मन्दिर मुनि को युवतीको बारेमा पटकपटक समाचार प्रशारण गरिरहेका थिए । प्रहरीमाथि जनदवाव बढिरहेको थियो ।कस्ले हत्या गरेको हो खुनी को हो भन्ने कुरा खुल्न सक्ने आधार थिएन
मैले संकलित गरेको आफ्नो समाचार पत्रिकामा आइ सकेकोले प्रहरीलाई केही राहत हुन् पुग्यो । सिलसिला कसरी सुरु भएको थियो ।कसरी त्यो लाश त्यहा आयो शंकास्पद मानिसको घेरामा कोको पर्छन भन्ने कुरा अनुसन्धानलाइ सहज बनाएको थियो ।मेरो मोबाइलमा अज्ञात फोन आउन थाले ।म आफ्नो फोन सुरक्षा निकायलाई सुम्पन बाध्य भए ।नभन्दै एक जना प्रत्यक्ष दर्शी देखा परे उनले खुलेर भने बुटवलका एकेक अपराधीहरु प्रशासनको गेरामा परे
आखिरी नेताका छोरा ।व्यापारीका छोरा ।प्रशासकका छोराहरुको संलग्नता भएको पुस्टि भयो .बुटवल बजार तिन दिन सम्म तनाब ग्रस्त भयो ।अपराधीले पुर्णिमासंगको सारा नगद सुनका गरगहना सिक्री औठी लुटेका उसलाइ बलात्कार गरि मारेर फ्याकेको बताए ।रिक्सावाललाइ प्रहरी निगरानीबाट निकाले र उसलाई बोलाएर रेणुको लागि जम्मा भएको रकमप्रहरीले रेक्सावालको रोहबरमा रेनुलाई दिलायो
रेणुलाई रिक्सावाल ले दिदीको बारेमा सम्पूर्ण कुरा सुनायो र भाबुक बनेर रोयो ।हो रेणु मैले तिम्री दिदीलाई माया गर्थें उनी बेश्याबृति तिम्रो जीवनको लागि गरेकी थिइन् ।पुर्णिमाको लाश लुम्बिनी अस्पितलबाट निकाली तिनाउ नदीमा जलाइयो । कानुनी प्रक्रिया तयार गरि अपराधीलाई जेलचलान गरियो
आज पनि सिद्द्बाबा जान रेक्सावाल हच्किन्छ ।पुर्णिमाको छ्तबिछ्त लाश तिनाउको किनार देखेको थियो कति रोहेको थियो जति उस्की आमालाई १५ बर्षको उमेरमा छोड्दा पनि रोएको थिएन उसको मन अझै शान्त भएको छैन । रेनुले धेरै सम्झाई एक दिन अचानक रिक्सावाललाइ नजिक भएर भनि “भेना के मलाई आफ्नी बनाउनुहुन्छ त ?“
ऊ चुप भयो । उसले पुर्णिमाको यादमा हराई रह्यो ।
पत्रकारको कलम भित्र मैले कथा देखे जे देखें त्यही लेखें
छेउ न पुछर्को कथा ! के हो एस्तो जे पी टि !! 😀
इन्द्रेणी जी. यो कथा सत्य घटना नै होला नि?…एक दम राम्रो लग्यो, पुर्णिमा साथै रेक्स वाला र बहिनि को कुरा ले सारै दुखि बनायो…येदि सत्य घटना भए पुर्णिमा को आत्मा ले सान्ति पावोस, हत्यारा जॆल…….
एकदम राम्रो कथा छ / “बुज्नेलाई श्रीखण्ड, नाबुज्नेलाई खुर्पाको बिड, बुझेर पनि बुझपचाउनेलाई मुसाको लीड /” यो कथा पढेपछि अनि प्रतिक्रीया पढे पछि को मेरो प्रतिक्रिया/
महोदय सार्है नै भाबुक हुनु भएछ क्यारे! ब्यन्ग्तामक शैलीमा प्रहार गरिएको उखान उत्तम छ.
बरु अस्पस्टता भएको कृतिको सार दिएमा हामी धन्य हुने थियौ. हुन त आफूले सधै खुर्पाको बिड मात्रै देखेको, कहाँ श्रीखण्ड खोज्दै हिड्नु?
नेपालमा अनि भारतमा हुने अपराध लगभग एकै प्रकार को हुन्छ / किन ? किनकि नेपाल र भारतको परिवेश लगभग एकै प्रकारको छ / लाग्छ भारत को अपराध कथा नेपाली पत्रिकामा फोटो कापी गरेको हो / भारतमा पनि दाईजो प्रथा को कारण बुहारी माथि आगो लगाउने देखि हत्या सम्म हुने गर्छ / यस्तै घटना नेपालको परिवेश मा पनि हुन्छ / यसलाई कथा बनायर प्रस्तुत गर्दा भारत को पत्रिका कपि गरेजस्तो हुन्छ / भारतमा पनि जतिप्रथा को कारण बीभेद हुन्छ / एस्तो घटना नेपाल मा पनि हुन्छ अनि एस बिसयमा कथा लेख्दा पनि भारत को कपि गरेको आरोप लाग्छ / भारतमा घोसित अघोसित अनेक यौन धन्दा हुन्छ / नेपालमा चाही अघोसित तरिकाले यौन धन्दा हुन्छ / एस भित्र अनेक कथा छ / येस्तै हो यो माथि को कथा पनि / भारतको पत्रिका बाट कपि गरेपनि नगरेपनि सहित्य समाज को ऐना हो / जो कोहि ऐनामा आफ्नो नराम्रो अनुहार हेर्न मनपराउदैनन / सबै आफु राम्रो छु भनेर र नै ऐना हेर्छ /
कथाको मर्म बुझिन रे ??? मर्म त भए पो बुझिन्छ त !
हैन जलद Jee यो कथा हो कि कुनै पत्रिका मा प्रकासित अपराधिक घटना !! न कुनै रस,न बिम्ब न अलन्ग्करिता हप्ता दिन सम्म कुरेर बस्यो कस्तो खिन्न भो मन पनि !! सल्योक्य जी रचना एशो उत्क्रिस्थाता को आधार मा चयन गर्नुपरो नि !!
The story is copied from this Savdhaan India episode of 01/10/2013.
http://www.desi-tashan.com/savdhaan-india-at-11-crime-alert-1st-october-2013-episode/
यो रातो मा टिका लगाउने हरु गरिब परिवार को भाबुकता माथि अरु केहि गर्न न सके पनि कमसेकम दुख मान्न पनि न सक्ने कठोर हृदये देखेर तिन छक्क पर्छु.
लेखकले हिन्दि सिरियल क्रायम पेट्रोलको कपी गरेको जस्तै लग्यो !!!
शुरुवातमा केके न होला जस्तो तर प्रस्तुति एंड अन्त्य अलि मिलेन ! बिसय छनोट राम्रो छ !
In Savdhan India,the guy is a rickshaw driver and the girl is from England working as commercial sex worker for treatment of her younger brother back in England.She gets murdered by a waiter of the hotel where she had gone to meet her client after he sees a lot of money in her bag..
story copied from savdhan india..What a shame!
पत्रकार भएपनि कथा लेख्ने कोसिस गरेको धन्यवाद./ म आफु भने कथा लेख्न जान्दिन पनि तर आर्काको कथामा रस छ या छैन भने जान्दछु / तेसथा यो पत्रकारको प्रयास राम्रो हो तर कथामा हुनु पर्ने स्वाद भने पैयेना / बुझाई आ आफ्नो हो बस /
बिष्णु अधिकारी
पेटै पाल्नका लागि पनि देह व्यापार गर्नुपर्ने अवस्थालाई पनि के व्येश्या भन्नु र खै ?
कथा ले मन छोयो !!!
Heart Touching…
RIP
Perfect example of “ताई न तुइ को साहित्य”
कथाको मर्म मैले चाही बुझिन…… या मेरो मगजले बुझ्न नसकेको हो!!
मर्म त भए पो बुझिन्छ त !