-हरि घिमिरे/भर्जिनिया-
ऊ नेपालको विशुद्ध गाउँमा जन्म्यो। गाउँकै वातावरणमा हुर्क्यो। त्यहाँको प्राकृतिक सुन्दरतामा रमायो। भीर-पाखा,खोल्सा-झर्ना,वन-जङ्गल,उकाली-ओराली,भञ्ज्याङ्-चौतारी,टार-बेंसी,लेक-खर्क,यिनै हुन्-पहाडीजीवनका सुन्दर पक्षहरु!
यहाँ ऊ उन्मुक्त हुँदै बाँच्यो। ओल्लो गाउँ-पल्लो गाउँ,तलको गाउँ-माथिको गाउँ,वारि-पारि नजिकका सबै गाउँमा सबैले सबैलाई चिन्छन्। ऊ पनि चिनिन्छ-फलानाको छोरा,फलानाको नाति, फलानाको भाइ-भतिज….आदि-.आदिका रुपबाट।
उसको आफ्नो परिचय पनि छ-हिमाल। सबै गाउँले हिमाललाई छिटो-छरितो युवकका रुपमा चिन्छन्। मिजासिलो-जोशिलो-हँसिलोमात्र ऊ होइन गाउँमा आइपर्ने हरेक आपत-विपतमा अग्रसर हुने यवाका रुपमा ऊ चिनिन्छ। गाउँको धर्म उसले
निभाएको छ। सबैसँग ‘हाइ-हलो’ गर्नु, आपत-विपत पर्दा सहयोगी हात बढाउँनु,उत्सव-उमङ्गमा सहभागी हुनु यही त हो गाउँको धर्म। औसत गाउँलेले जे गर्छन् त्यसभन्दा फरक छैन-हिमाल। गाउँमा पनि मज्जाको वातावरण हुन्छ। मेला-पात जानु, दोहोरी खेल्नु, हाट-बजार भर्नु कम्ति रमाइलो हुँदैन। कहिलेकाहीं नराम्रा घटना घट्छन्-सबै जम्मा हुन्छन्। गाउँको वरिपरिको क्षेत्रमा कोही मर्यो भने तुरुन्तै थहा हुन्छ। ठाडो शंख बज्न सुरु गरेपछि सबैले सोधीखोजी गर्छन्-को मर्यो?
कहाँको मर्यो?। ठूलो आवाज गरेर होस् कि सुसेलेर होस् टाढाको घटनालाई पनि तुरुन्तै सोधपुछ गरेर पत्ता लगाइछाड्छन्। एकैछिनमा गाउँभरि हल्ला फैलिन्छ-बिचरा फलानो! मर्यो रे। फलानी मरी रे। घाटमा जान्छन्। मलामी बन्छन्। दु:खमासहभागी हुन्छन्। यस्तो संरचनामा हिमाल हुर्केको हो। आफ्नो युवावस्ता बिताएको हो।
लगभग प्रौढ उमेरमा ऊ काठमाण्डौ आयो। अर्थात शहर पस्यो। देख्छ-मान्छे-मान्छेको भिड। किचाघान। उकुसमुकुस। सोच्छ-यतीका मान्छे कहाँ हिडेका होलान्?,कहाँबाट निक्लेका होलान्? कसैले कसैलाई चिन्दैनन्। कोही कसैलाई सोधखोजगर्दैनन्। कसैको कसैसँग वास्ता पनि छैन। यिनीहरु के खाँदा हुन्?के काम गर्दा हुन्?। हिमाल जति शहर हेर्दै गयो उति आश्चर्यमा पर्दै गयो। गाउँकोभन्दा एक्लो अनुभव गर्दै गयो। यही हो त शहर?, यही हो त विकास?। हिमाल ठूलो बसमाबसेको छ। बसमा टनाटन मान्छे छन्। कोही कसैसँग बोल्दैनन्। उसलाई लाग्छ-उसका गाउँका सबै मान्छे यही बसभित्र छन् तर कोही कसैसँग बोल्दैनन्…। बरु सबैका हातमा मोबाइल फोन छ। एउटी महिला बसको शान्ति भङ्ग गर्दै फोनमाचिच्याउँछे-
-“नानी खाना खायौ?,
-“अब होमवर्क गरेर बस है, मामी बेलुका आउँछु”
-“होइन-होइन त्यो खाने होइन त्यो त बाबालाई राखेको”
-“ल है त राम्ररी ढोका लगाएर बस है, बाईईई..”
सबै त्यस आइमाईतिर हेर्छन्। हिमाल पनि हेर्छ। फेरि अर्कातिर आवाज आउँछ-
-“हेलो! विराटनगर हो?”
“मलाई कल गर न, मेरो ब्यालेन्स सकिएछ क्या!”
-चाँडै गर है, एउटा काम छ”
– बसको बीचबाट अर्को कराउँछ-
-“दुवईबाट हो?”
-“अँ, भन के छ खबर?”
-“मैले कत्ति ट्राइ गरें- तिमीलाई कल गर्न तर कन्ट्याक्ट नै हुँदैन यार!”
-“ए, हुन्छ-हुन्छ म पैसा लगेर दिउँला नि”
पछाडिबाट अर्को कराउँछ-
-“भोलि मलाई मिसकल गर न अनि म संझौंला है”
-“कहाँ बालाजूमा?, त्यहाँ होइन गोकर्णमा”
_”ओ के-ओ के”
कानैनेर एउटा कराउँछ-
-“अब दसै मिनेटमा आउँछु, जाममा फसें यार”
-“होइन-होइन आजै भेट्नु पर्छ”
हिमाल हेर्दै जान्छ-चारैतिर सबै मोबाइलबाट गफ गरिरहेकाछन्, बसमा कोलाहल छ। कोही एक्लै रिसाइ राखेका छन्, कोही एक्लै हाँसिरहेका छन्। कसैको आवाज उच्च छ, कसैको मधुर छ। कोही भन्नु नभन्नु गाली गरिरहेका छन्,मानौं
उनीहरुमात्र त्यहाँ छन् जस्तो गरेर बोलिरहेका छन्। त्यहाँ एउटा संसार छ तर त्यहाँका मान्छेको संसार अर्कै छ।
हिमाल बाहिर आयो। मान्छेको भीडमा मिसियो। बाटामा मूर्दा बोकेका मान्छेको सानो हुल छ। गाउँको जस्तो शंखध्वनी छैन। गम्भीर मुद्रा पनि छैन। शोक-सुर्ता त परै जाओस्। मानौं-धर्मनिर्वाह भैराखेको छ। त्यत्रा मान्छे बाटामा हिडेका छन्,
कसैलाई चासो छैन, चासो भएकालाई सोध-खोज गर्ने फुर्सद छैन। फेरि त्यो मानवसागरमा सोधेर पनि साध्य छैन। किनभने यो गाउँ होइन। हिमालले शहर देख्यो। शहरको सभ्यता बुझ्यो।
छोराछोरी अमेरिकामा बसेका लगभग पाँच वर्ष भएको थियो। राम्रै काममा लागेका थिए। बाबु-आमालाई बोलाउँने उनीहरुको धोको थियो तर हिमाल अमेरिका जान त्यति इच्छुक थिएन। श्रीमतीले पनि कर गरी अनि
छोराछोरीले पनि हत्ते गरेपछि लगभग बृद्ध अवस्थामा हिमाल अमेरिका आयो। उसले यती ठूलो जहाजमा यति धेरै समयको यात्रा जीवनमा पहिलोपल्ट गरेको थियो। अमेरिकाका बारेमा उसले धेरै कुरा सुनेको थियो-“संसारको सबैभन्दा धनी,सबैभन्दा विकसित, सुन्दर, स्वर्ग…..” विमानस्थलदेखि नै काठमाण्डौभन्दा भिन्न देखिन्छ-अमेरिका। ऊ छोराछोरी
लिन गएको कारमा चढेको छ। ठूला-चौडा बाटाहरु,कतै खाल्डा-खुल्डी छैनन्। चिल्ला-सफा बाटामा हिड्दा जेट विमानमै हिडे जस्तो लाग्ने। ऊ यस्ता बाटामा यस्तो द्रुत गतिमा गाडीमा हिडेको पहिलोपल्ट भने पनि हुन्छ। कस्तो राम्रो! कस्तो आनन्द! तब न भन्दा रहेछन्-अमेरिका। तर आश्चर्य! बाटामा कतै कोही मान्छे देखिदैनन्। जताततै कारै-कारका ताँतीमात्र छन्। जसरी उसले गाउँबाट काठमाण्डौ आउँदा बाटामा मान्छे-मान्छे देखेको थियो त्यसैगरी अहिले काठमाण्डौबाट अमेरिका आउँदा बाटामा कारैकारमात्र देखेको छ। एकैनासे बाटाहरु, एकैनासे घरहरु,लगभग कारहरु पनि उस्तै,रुखहरु पनि उस्तै तर मान्छे चाहिं कतै छैनन्।
छोराछोरीले विमानस्थलबाट अमेरिकाको ‘घर’ ल्याई पुर्याए। यसो हेर्छ-ठूला-ठूला’धरहरा’ घर छन्; कुनै टुबर्ग बियरको बोतल जस्ता कुनै सलाईका बट्टा जस्ता थुपुक्क-थुपुक्क खडा गरेर राखे जस्ता। हे भगवान्! हामी बस्ने घर पनि
यस्तै हो त? हिमाल चारैपट्टि घरको उचाइ हेर्छ -आकाशतिर। छोराले त्यही मध्येको एउटा अग्लो घर देखाउँछ-“हाम्रो यही हो”
ऊ त्यो ‘बिल्डिङ’ को तला गन्छ- एक-दुई-तीन………..चौबीस-पच्चीस.. ऊ तला गन्दा-गन्दै अलमलिन्छ। फेरि गन्छ फेरि अलमलिन्छ। बल्ल-बल्ल गनि भ्यायो-सत्ताइस तलाको रहेछ। तला गन्दा रिङ्गटा नै लाग्छ। यत्रो घर
मेरा छोराछोरीले किनेका? गर्वले छाती ढक्क फुल्छ। सुट्केस लिएर हिडेका छोराछोरीको पछि लाग्छ। सिसै-सिसाका ढोकाबाट भित्र छिर्छ। लिफ्टबाट माथि लैजान्छन्। खै कति तलामा हो- उसलाई अन्दाज हुँदैन। पछि थहा पाउँछ-त्यो एघारौं तला रहेछ। एघारसय उन्नाइस नम्बरको फ्ल्याटमा यिनीहरु बस्ता रहेछन्। कहाँ हुनु सबै घर यिनीहरुको! उनीहरु जस्ता सात सय पचास परिवार यहाँ बस्ता रहेछन्।
ऊ अमेरिकामा बसेको छ-अमेरिका होइन कोठामा बसेको छ। बाहिर निक्लन-भित्र आउँन साथी चाहिन्छ नत्र हराइ हालिन्छ। कोठामा कोही हुँदैनन्। छोराछोरी ऊ बिहान उठ्दा हिडिसकेका हुन्छ्न् भने बेलुका ऊ सुतिसकेपछि उनीहरु आएका हुन्छन्। भेटघाट भनेको शनिवार र आइतवारमात्र हो। अभ्यास गर्दा-गर्दा बल्ल-बल्ल तल ‘लबी’ सम्म जान सक्ने भएको छ। तर सबै सुनसान हुन्छ। त्यहाँ दुइचार जना बूढाबुढी समय बिताइरहेका हुन्छन्। बिस्तारै ऊ पनि उनीहरुको’दोस्त’ भएको छ-केबल मुस्कुराउने दोस्त। हिमालले बोलेको उनीहरु बुझ्दैनन्,उनीहरुले बोलेको हिमाल बुझ्दैन। कस्तो आनन्द-मुस्कुराई दियो खतम।
एक दिन शनिबार हो कि आइतबार हो हिमाल र छोरो तरकारी किन्न जानेक्रममा लिफ्टमा झर्दै थिए-तीनचार जना पुलिस एउटा दुर्गन्धित लाश लिएर आएका थिए। सबैले नाक थुने। तल ‘लवी’मा गएर थहा भयो-बिसौं तलाकी एउटी बूढी मरेकी एक हप्ता भएछ; कसैलाई थाहा नै भएन,गन्हाएपछि पुलिसलाई खबर गरेर आज आएर लगेको रहेछ।
हिमाल सम्झिदै जान्छ-गाउँको क्षितिजको वरिपरिको मानवमूल्य, काठमाण्डौंको सडकको मानवमूल्य र अमेरिकाको कोठाको मानवमूल्य..उत्तरोत्तर…उत्तरोत्तर…….!!!!
[तपाईँ पनि आफ्नो कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]
गाऊबाट सहर ,सहर बाट अमेरिका कथा सरासरी भयो पढीरहु जस्तो पटक्कै भएन
नोबेल पिस पुरस्कार विजयताहरु जन्मायको देश हो अमेरिका जहाँ सितिमिति मान्छे हरु लाइ मन पर्दैन र अमेरिका सबैको लागि पनि होइन | व्यक्तिले आफुले के उद्देश्य राखेर गयको छ त्यो उद्देश्य संग त्यहाको नीति नियम मेल खायो भने अमेरिका मन पर्ने अनि आफ्नो तरिकाको जीवन शैली सांगे मिल्दो जुल्दो भयान भने चाही त्यो देश मन नपर्ने | यत्रो बिशाल संसारको अर्को टुप्पो को देश जहाँ सबै कुरा फरक छ, मा आयर हिमालले आफ्नै गाउको जस्तो लेक बेशी र संयुक्त परिवार अनि बिशेष स्वास्नी मानिस हरु जति घरमा दिनभरी बिना काम धामको माहौल खोज्न थाले पछि कहाँ मन पर्छ त अमेरिका.|
लेखक हरि घिमिरेजी जो अमेरिका मा नै बस्नु हुदो रहेछ, ले आफ्नो कथामा अमेरिकामा मानव मूल्य नभयको भन्ने देखौन सक्दो प्रयास गर्नु भयको रहेछ | उहाले अमेरिका जहाँ मानव अधिकारलाई सर्वोपरि राखेर काम हुन्छा अनि जहाँ प्रत्येक व्यक्तिको व्यक्तिगत बिकाशलाई उसको गहनाको रुपमा हेरिन्छ, त्यस्तो देशमा नै मानव मूल्य नभयको भन्न खोज्नु कत्तिको न्यायपूर्ण कुरा हो ? कहिँ पुरानो उखान “आफु नाच्न जान्दैन आगन टेढो” त भएन ?
समय को बर्बादी…जे पायो तेही ..!!!
“ALL WRITERS ARE EQUAL BUT SOME WRITERS ARE MORE EQUAL THAN OTHERS”
“All animals are equal, but some animals are more equal than others.”
― George Orwell, Animal Farm
To be honest, it is Not really amazing or extraordinary story. But im sure this story will inspires others to write something once in their lifetime.
Cheers bro.
ताई न तुइ को कथा सिर्सक संग मेल खाएँन /
“तिमेरुको अमेरिका लु मलाइ चाहिं मन परेन ” दार्जिलिङ्गको सेन्ट जोसेफ कलेज पढेका मेरा दाइले नेपाल फर्कने बेला भनेका कुरा हुन् | अंग्रेजी भाषा फरर बोल्ने धरिले त अम्रिका मन नपराए पछि गाइखाने भाषा पिटिक्कै नबोल्ने हिमालहरुका आफन्तले कसरि मन पराओस! हरिजिले साह्रै मन छुने कुरो राखिदिनु भयो| शारीरिक रुपले अशक्त छ भने त कसैको केहि लागेन, तर उमेर ढल्केका जोशिला मनहरुले चाहिं जे पनि गर्न सक्दा रहेछन है !अ*ग्रेजी भाषा सिक्दै आफ्नै नाति नातिनिहरुको baby sitting गर्ने थुप्रै नेपालि अभिभावकहरु देखेको छु | केवल सकारात्मक सोच चाहिँदो रहेछ !!!!!
अहिलेनै हिमालको गाउँमा नै गएर घरजम गरेर बसौं बसौं जस्तो लागो, आफ्नो गाउँ त बेची हालियो / साक्षात् काहानी /
घिमिरेजी तपाइको कथा राम्ब्रो छ, तपाइले अहिले भैरहेको र हुनेवाला वास्तविक जीवनलै यहाँ चरीतार्थ गर्नु भयको छ / दीपक
this is life
कुरो बुझे मार्दिनु…….
कथाको मर्म मात्र राम्रो छ … तर उठान भएन, पस्काइ पनि भएन अनि स्वाद पनि लिन सकिन मैले त ! शब्द चयेन राम्रो भएर पनि केहि उत्साह जगायेन लेखन सैली ले | अर्को पल्टको लागि सुभकामना हरि सर लाइ |