गएको हप्ता मध्यरातमा संविधान सभा विघटन भएको थियो। एक हप्ता बितिसक्दा पनि नेपालको राजनीति जहाँको त्यहीँ छ। जे जे कुरामा असहमति थियो, त्यो जस्ताको तस्तै छ। एक इञ्च अघि बढेको छैन कुरा। सरकारले चुनाव घोषणा गरेको छ। तर प्रमुख दुई दलको असहमति हुँदाहुँदै चुनाव हुनसक्दैन भन्नलाई कुनै ज्योतिषको भविष्यवाणी आवश्यक पर्दैन। त्यसमाथि चुनावका लागि संविधानका विभिन्न धाराहरु संशोधन गर्नुपर्ने हुन्छ, यो पनि सहमति नभई हुनसक्ने कुरा हैन। तर सहमतिका लागि कङ्ग्रेस-एमाले र माओवादी-मधेसी मोर्चाको संयुक्त बैठक अहिलेसम्म हुन सकेको छैन। उनीहरुबीच पछिल्लो पटक कुरा भएको भनेको जेठ १४ को रात हो। त्यसको भोलिपल्ट राष्ट्रपति भवनमा गणतन्त्रको भोज खान उनीहरु ङिच्च दाँत देखाएर सँगै बसेको फोटोहरुमा देखिएको थियो। अब पनि उनीहरुबीच खाने कुरामा नै कुरा नमिलेकोले एकै ठाउँमा बस्न नसकेका हुन्।
कङ्ग्रेस-एमालेले चुनावको विरोध गरेका छैनन्। उनीहरुलाई चुनावी सरकारको नेतृत्व चाहिएको छ। चुनावी सरकारमा राम्रो भाग चाहिएको छ। त्यसैले कामचलाउ भइसकेका प्रधानमन्त्रीको पनि राजीनामा मागिरहेका छन्।
अहिलेका प्रधानमन्त्री स्वतः कामचलाउ भइसकेका छन्। कामचलाउ भन्नु नै अर्को सरकार बन्नुअघिको दैनिक प्रशासन चलाउने काम मात्रै पाएको सरकार हो। अब अर्को सरकार सहमतिबाट बनाउनु पर्ने हो। सहमति गर्न एकै ठाउँमा बसी बार्गेनिङ गर्न छाडेर यो गर्मीमा आफ्ना अन्धभक्त कार्यकर्ताहरुलाई उतारेर आन्दोलन गर्ने उनीहरु बताइरहेका छन्। यस्ता आन्दोलन हामीले पहिले पनि हेरेकै हौँ।
माधव नेपालको सरकार हटाउन माओवादीले सडकबाट के मात्र गरेन ? अनिश्चितकालीन बन्दको नाममा ६-६ दिन जनतालाई थुन्यो। तर सडकबाट सरकार ढाल्न सक्दै सकेन। अरु सँगै यसको प्रमुख कारण मध्ये एउटा थियो- भारतको सहयोग। अहिले त्यही विदेशी प्रभुले प्रचण्ड-बाबुरामलाई आशीर्वाद दिइरहेको दुनियाँलाई थाहा छ। यस्तो अवस्थामा सडकबाट सरकार ढाल्न नसकिने कुरा कङ्ग्रेस-एमालेलाई पनि थाहा नभएको हैन। तर के गर्नु, शक्ति त देखाउनै पर्यो। शक्ति देखाए पो बार्गेनिङमा पावरफूल भइन्छ।
माओवादी पनि के कम! यही बेला कङ्ग्रेस र एमालेलाई सकेसम्म गलाउने प्रयास उसले किन छाड्थ्यो?
यही शक्ति तानातान र अर्कोलाई गलाउने प्रयासमा महत्वपूर्ण समय खेर जाँदैछ। संक्रमणकाल लम्बिँदैछ। जेठ १४ मा संविधान आएको भए यतिखेर संसदको चुनावको कुरा भइरहेको हुन्थ्यो। चुनावबाट नयाँ स्थायी सरकार बन्थ्यो र जसले ढुक्कसँग पाँच वर्ष काम गर्न पाउँथ्यो। खैर त्यसो भएन, संविधान सभा भंग भयो। तर अब कसरी अघि बढ्ने भन्ने कुरा पनि त सहमतिबाट अघि बढ्नु पर्यो नि।
अबको चुनाव संविधान सभाको गर्ने हो कि संसदको गर्ने हो ? संविधान सभामा मिलिसकेका बुँदाहरुलाई के गर्ने ? व्यवस्थापिका संसदमात्रै भए पनि जीवित गर्ने हो कि ? संविधान सभा नै पुनर्स्थापना गर्ने हो कि ? नमिलेका कुरा शासकीय स्वरुप र राज्य पुनर्संरचनामात्रै भएकोले बरु त्यस विषयमा मात्र जनमत संग्रह गर्ने हो कि? संविधान सभाकै निर्वाचन गर्ने भए पहिले कै संरचना अनुसार गर्ने कि नयाँ गर्ने? नयाँ सरकार कसको नेतृत्वमा बनाउने हो ? यस्ता सयौँ प्रश्न छन्, जसको छिनोफानो चार शक्ति वार्ताको टेबलमा आएर छलफल गरेपछि मात्रै संभव छ। तर यी सब कुरामा कसैलाई चासै देखिन्न। एक हप्तासम्म वार्ताको ‘व’ पनि नहुनुले त्यही संकेत गर्छ। कतिसम्म उनीहरु यही डेडलकको स्थितिमा रहने हुन्, कतिसम्म देशलाई संक्रमण कालको भूमरीमा फँसाइराख्ने हुन्- अहिले केही भन्न सकिन्न।
तपाईँको विचारमा अहिले कङ्ग्रेस-एमाले र माओवादी-मधेसीले के गर्नुपर्छ ? आफ्नो विचार छोटकरीमा लेख्नुस्।
के ई नेताहरु सिट अब जनताको नाममा संबिधान जारि गर्ने अधिकार बाकि छ?
संबिधान सभा भंग भय पछी ईनिहरु जनताको प्रतिनिधिहरु रहेन/ अब ईनिहरुको कुनै पार्टी पनि ठुला र साना रहेन/ लोकतान्त्रिक संबिधान जनतालाई जनताको प्रतिनिधिहरुले नै बनाउनु पर्छ/अहिले ईनिहरुले आफुलाई जनताको प्रतिनिधि भन्न सक्ने हैसियत गुमाई सकेको छ/ त् ईनिहरु बनायको संबिधान कसरि लोकतान्त्रिक हुन् सक्छ?
सदन विघटित अबस्थामा रास्ट्र प्रमुखले नियुक्त गरेको कामकाजी सरकारले चुनाव त् गराउन सक्ला तर संबिधान बनाउन सक्दैन/ यस्तो सरकार कसैको पनि बन्न सक्छ/ यस्तो सरकारको कुनै आयु सिमा पनि हुँदैन/ यस्तो सरकारको कुनै पनि तहको मन्त्रिको हैसियत मात्र रास्त्रपतिले नियुक्त गरेको “ज्यालादारी मजदुर” जत्तिकै मात्र हुन्छ/ मजदुरलाई घरको नक्सा कोर्ने र घर परिवारलाई अंश तोक्ने अधिकार नभय जस्तै यो सरकारलाई संबिधान बनाउने अधिकार छैन/
संबिधान नागरिकहरुले चुनेको जनप्रतिनिधिहरुको सदन बा सभाले नै बनाउनु पर्छ तव मात्रै लोकतान्त्रिक हुन्छ नभयको तेस्तो संबिधान लोकतान्त्रिक होईन “लादेको संबिधान” हुन्छ/ अब चुनाव बात भाग्ने कुनै पनि प्रयत्न गर्नु जनताको अधिकार डकैति गर्नु जत्तिकै ठुलो अपराध हुन्छ/
जनताले अबको सदन बा सभा भित्र कुनै नचुनेकालाई सांसद बा सभासद बनाउने कुराको बिरोध गर्नु पर्छ/ नचुनियाका बा हारेका व्यक्तिलाई बढीमा बढी तलब भत्ता तोकेर सलाहकार त् बनाउन सकिन्छ तर जनताको बोलि बोलि बोल्ने जनप्रतिनिधि बनाउन सकिंदैन/
तसर्थ सदन बा सभामा अब उप्रान्त सबै कुरा बहुमत बात निर्णय हुने बनाउनु पर्छ/ तव मात्रै संबिधान बन्छ, जनप्रतिनिधिको अधिकारको मर्यादा रहन्छ/ ई ठुला दलका ठुला नेताहरु “हुकुमेस्वर” बन्न सक्ने अबस्था रहे सम्म देस “भस्मासुरहरु को अखडा” बनि रहनेछ/
नेपाल मा माओबादी रोग लाग्यो अब मुक्ति गार्हो छ साथि हो… नराम्ररी देश रशातल मा फस्छ , हेर्दै जाओ …..
संबिधान सभा एक हप्ताको लागि ब्युँताएर भए नी नंया संबिधान पेश र पारित गर्न पर्छ| तर पार्टीहरुले सो एक हप्ताका लागि तलब भत्ता नलिने प्रण गर्नुपर्छ|
संबिधान पारित गर्न नसके चुनावको घोषणा स. स, बाट हुनपर्छ|
संबिधान हुन् नदिने झेला खलनायक एमाले र कांग्रेस हुन्| एमाले र कांग्रेस पूर्ण रुपमा वाहुन वादी भएर आफ्नो असली रुप देखाएका छन्| एमाले र कांग्रेसले बाबुरामको राजीनामा मागेका छन्| उनलाई राजीनामा गर्न लाएर किन अन्यौलको स्थिति ल्याउन खोजेका हुन् एमाले र कांग्रेसले? बाबुरामलाई काम चलाव प्र म हुन् नदिएर के प्रचण्ड लाई ल्याउने?
बस्ताबमा कुनै पार्टी र पार्टीका नेताहरुलाई देश कसरि चलावुने भन्ने थाहाने छैन / खाली नेतागिरि गरेर कुर्शी कसरि हत्यावुने र ब्राम्हलूट गरेर धन कसरि जम्मा गर्ने मात्र थाहा छ / जनता पंचायत भन्दा पनि गए गुज्रेको अवस्थामा पुगी सकेका छन् / राजा त्रिभुवन ,राजा महेन्द्र , राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रलाइ गाली मात्र गरेर कहिले पंचायत भन्दा बहुदल राम्रो, बहुदल भन्दा गणतन्त्र राम्रो भनेर सोझा जनताको रगतको होलीमा खेलेर आफ्नो मतलब मात्र पुरा गर्ने बाहेक हालसम्म केहि गर्ने सकेका छैनन् / कहिले राजा सहितको बहुदल भनेको छ / कहिले राजा बिनाको गणतन्त्र भनेका छन् / आखिर कहिले नेपाल र नेपालीले सुख , शान्ति , समृधिको सहितको बेबस्था पाउने हो / हामीलाई जुन बेबस्था आएपनि मतलब छैन / परेमा नया बेबस्थाको लागिपनि तयार छौ / खाली देश मा कानुनी राज्य चाहियो / जिउ, धनको ग्यारेन्टी चाही यो / देश चलावुने औदैने भने कुनै देश लाई ठेक्कामा एती बर्ष चलावुने भनेर दिए पनि हुन्छ /
दक्षिण अफ्रिकामा apartheid (रंगभेद) थियो, जसले नेलसन मन्डेला जस्ता युगपुरुष जन्माए| जहाँ minority white population (गोरा) ले majority black population (काला) लाई एकतर्फी सासन गरे – माथी देखिन तल सम्मै| त्यहाँ पनि सक्षमता, academic qualifications र दक्षताका “डण्डा”हरु र merit, fair selection, democratic norms कै कुराहरुलाई अगाडी ल्याई समताको कुरोलाई ओझेल पारिएको थियो|
नेपालमा पनि यस्तो system छ तर यो रंगमा चलेको हैन| यो एक छात्र जातीयतामा चलेको छ| जसलाई बाहुनबाद भनी आधुनिक समाजबादी श्री डोर बहादुर बिष्टले नामाकरण गरिदिनु भो| त्यसैले south afrika को apartheid र नेपालको “बाहुनबाद” एकै हो भन्न सकिन्छ| बाहुनबाद = apartheid |
यो apartheid शब्दलाई चिनेर, जानेर हो कि नबुझी हो, प्रायासा: एमालेका elite नेताहरु जस्तै प्रदीप नेपाल, प्रदीप ज्ञवाली जस्ताहरुले खुबी चलाउने गर्दछन| यसरी सहि आंकलनलाई सहि अर्थ नलगाई भ्रम छर्न पो हो कि?? भन्ने संका पनि उब्ज्याउछ| अब भन्नुस एस्ताहरुले त देशलाई हाकिरहेका छन्, बिश्वास गर्ने कि नगर्ने??! प्रश्न गम्भीर छ| आफै नबुझी नेताहरुको पिछलग्गु नहुनुस भन्ने मेरो बिनम्र अनुरोध छ| खोजीनीति गर्नुस, बुझ्ने कोसिस गर्नुस, तर बहकाबमा नाबतासिनु होला| कमसेकम मेरो संसारका पाठकहरु|
राज्यका अलंकारिक “जातीय” नाम राख्दैमा देश बिखन्डन हुनेछ भन्नु पनि भ्रम छर्नु नै हो| संसारको ईतिहासले नै देखाईसकेको कुरो हो, झगडा गर्न कै निम्ति हो भने, “जातीयता” भिन्नता भैरहनु आवास्यक छैन| जसरी पनि विभेद निकालिन्छन| एकै परिवारका त मारकाट गर्ने घटनाहरु प्रसस्तै छन् नेपालमा| यदी मिल्ने नै हो भने, अनेकतामा एकता हुनुपर्छ भन्ने कुरो बास्तबमा जातीय पहिचान वालाहरुले नै बोल्दै र ब्यबहारमा पनि निभाउदै आइरहेको देखिरहेका छौ| हामी किन “अन्धो”, “बैरो” र “लाटा” हुने?? संसारमा जातीय पहिचानका राज्यहरु USA मा नै छ| यति मात्र हैन, भिन्न “अधिराज्य kingdoms” नै एक भएर बसेको पनि त देखेका छौ नि हैन र?? UK! अब तपाईकै सोच्ने पालो संसारको कुरो नगरौ, नेपालको कुरोमा तपाई मिलिजुली बस्ने कि बिबेधरुपी, थिचोमिचोमा तल-माथि भै फुटेर बस्ने?? नामलाई छाडिदिनुस, जनताहरु त्यति नबुझ्ने छैनन् नेपालमा- अहिले सम्म अछुतभएर त राम्रै संग आनन्द बसिरहेका थिए| नेपालीहरु ईमानी छन्, बस्छन मिलेर| तर अबचाही, बाहुनबादले कि त देशलाई फुताउछ कि त जोडेर लानेछ| हुनेकुरा यति हो|
राज्य पुनर्संचनामा सहमति पनि नजाउने, संविधान सभाको म्याद थप्ने पनि नमान्ने अनि चुनामा जान पनि अनकनाउने । देशमा अझै पनि भाँडभैलो नै चाहिरहेको छ एमांग्रेस ।
नयाँ चुनाव गर्ने अधिकार बाबुरामलाई थियो वा थिएन भने कुर्लेर समय खेल फाल्नुको साटो एमांग्रेसको अलिकति पनि बुद्धि छ अदालतको आदेशलाई ‘बाल’ दिएर संविधानसभा पुनर्स्थापित गर्नपट्टि लागे हुन्छ । नयाँ चुनाव गरे पनि यस्तै ढीटमा रहने हो भने त चुनावको अर्थ नै रहन्न । त्यसैले जो जहाँसुकै जाऊन्, कराऊन्, नेपाली जनताले हुन्न नभनुञ्जेल कसैले केही गर्न सक्दैन । तर, बाँकी रहेका सहमतिहरूमा माओवादी लचिलो भएझैँ लचिलो भएर पूर्णरूपमा सहमति कायम गरेर अनि संविधान कोरेर संविधान जारी गर्नका लागि १ दिनका लागि मात्र भए पनि संविधानसभा पुनर्स्थापना गर्नुपर्छ । खिचातानीमै समय खेर फाल्नका लागि न त संविधानसभा ब्यूँताउनुको तुक छ न त नयाँ चुनावको नै । “बाबुरामलाई गरिखान देओ” भन्नुको विकल्प रहन्न ।
जङ्गली पारामा नबोलम न हो, के भनेको त्यो सर्बोच्चको आदेशलाई बाल भनेको, एस्तो कुरा नि कहिले कानुनी राज्यमा हुन्छ?
जंगली पारामा होइन, शहरिया पारामा बोल्या हो । तैपनि मैले उक्त शब्दलाई ‘कोटेशन मार्क’ भित्र राखेको छु । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड ।
जंगली पारा नभय गुरिल्ला पारा हो त ?………
I liked the options mentioned by Mr. Prithivi Subba Gurung in today’s The Kathmandu Post, Monday Interview:
Option One: Reinstate CA and move forward to resolve contentious issues – the reinstatement should be for a limited period, say, a maximum of one month. If the problem is not resolved, we switch back to elections.
Cons: I do not think parties will be able to solve the contentious issues unless CA procedures (2/3rd majority) is invoked; had parties been ready to go for this option, we will not have come to this situation in the first place.
Option Two: Form an all party consensus government, revive parliament-legislature to ammend changed in the Interim Constitution to hold another rounds of elctions.
Cons: Very idea is against Maoists – the revival means vote of no confidence and Babu Ram out of power. Moreover, who will lead the consensus govt? NC may demand for their turn as per 5 point agreement, Maoists will never agree on to this proposal. Proabably, we need a neutral govt responsible just for holding elections.
Option Three: All party round table meeting, as suggested by Vaidya faction, which an come up with a draft constitution based on the works of CA, the draft will be ratified by the elected parliament.
Cons: This may save time and cost, but Maoists will not subscribe to Vaiday proposal.
The crux of the matter is with “ethnic federalism” therefore the best option is to go for next round of elections, to get fresh mandate. However, we still have a problem of amending the constitution and finding out a leader who can navigate this difficult terrain. My suggestion include;
1. Give Comrade Prachanda a chance to lead the consensus government. This is subjected to him stepping down from the Party leadership (Vaidya will be happy), this is also opportunity for him to save his face lost due to Rukmangaad katawal scandal.
2. Dr. Bhattarai will be out of power – this is to make happy NC and UML, they will probably, join Prachanda govt, provided they are given lucrative portfolios.
3. Bringing Madhesibadi into the government will be real headache – but madhesibadi parties are opportunists therefore they can be bought with ministerial positions. Obviously, cabinet size has to be expanded to accommodate all.
4. We go for next round of CA elections with limited duration and limited number of CA members. Past 601 CA members will not be eligible for another round of elections.
Whatever option w e pursue, we cannot escape from elections, therefore, with this reasoning, Dr. Bhattarai was politically and morally correct in his move to declare elections. This will save his face as well. I am very much sure the court will give verdic in his favour. If Bhattarai is correct in declaring elections why should he be sidelines? Reason: to save Maoists Party from splitting into two. For this same reason who knows, NC and UML may agree to join Bhattarai leadership. This country is amazing.
अस्तिको ११ बहुजातीय प्रदेस बनाउने सहमति अनुशारै संबिधान बनायर सट्टा कांग्रेसलाई बुझाउनु परेको अबस्थामा जातीय अधिकारको मुद्दा उछालेरै राजनीतिको यो चुली सम्म पुगेको मावोबादीको राजनैतिक पतन निश्चित थियो/ तेस्तो संबिधान बनायर त्यो पनि कांग्रेसको नेत्रित्वोको सरकारले गराउने चुनावमा कुनै मावोबादिले कहीं बात जित्न सक्ने सम्भावना अत्यन्त कम थियो/
यस अतिरिक्त अस्ति भारतको प्रधान मन्त्रीको बिशेस दुत बनेर नेपालमा आयको “शरण” ले “मधेशबाद सिट सबै सहमत नभय सम्म नेपालमा संबिधान र सरकार बन्न मधेसी दलहरुलाई “कसैलाई समर्थन नगर्नु” भनेर हुकुम सुनायर गयको थियो/ अस्तिको तराईमा ३ समेत गरेर ११ बहुजातीय बेनामी संबिधान बनाउने सहमति “शरण” को निर्देशन बिपरित थियो/
समस्त तराई मधेसीको “यक छत्र स्वराज” खोजि रहेको मावोबादीको निमित ३ टुक्रा गरियको बेनामी बहुजाति प्रदेस यक प्रकारको “मुक्कालात” नै थियो/
सारंसमा भन्ने हो भने अस्तिको सहमति अनुशार नै संबिधान बनेको भय मावोबादी र मधेशबादीको राजनतिक पराजय मात्रै होईन राजनैतिक अन्त् नै हुने थियो र जुन स्वार्थको लागि मधेशबादी र मावोबादीको गठबन्धन सरकार बनेको बा बनाउन दियको त्यो पूर्णत् विफल हुने थियो/
अब त्यो सहमति तोडेर केहि छिनको लागि आफ्नो हार भारत, मावोबादी र मधेश्बादिले तार्न त् सफल भयो/ तर अब के होला? के देसको अरु दलहरुले शरणले हुकुम दिय अनुशार मावोबादी मधेशबादी सिट घुंडा तेक्ला?
तराईलाई मधेश बनायर पहाड हिमालमा अनेकौ जातिको अनेकौं राज्य बनेमा के कांग्रेस यमालेले अर्को चुनावमा कहीं बात यक सिट पनि जित्न गार्है पर्छ/ तर मावोबादिले पनि हिजो पायको जत्तिनै भोट फेरी कहिले पाउन सक्ने हुँदैन र मधेशवादको बिरोध गर्दै आयको थारु मैथिली आदि जनजाती र तराईमा बस्ने हिमाली पहाडीको भोट नपाउने भयर उनीहरुले पनि अहिले पायको जत्ति मत पनि पाउन सक्दैन/ त् चुनावको नतिजा कस्तो होला; प्रदेसहरुमा कस्तो कसको सरकार बन्ला?
जुन जातिको नाममा प्रदेस बनायको छ तिनीहरुले बढी अधिकार खोज्नेनै छ र तेस्को बिरोध त्याहा बसोबास गर्ने अरु जातिकाले गर्नेछन/ अनि आय दिन बन्द र हड्ताल, स्थिति काबुमा ल्याउन नसके झैँ झगडा बात सुरु हुँदै जातीय माराकाट नहोला भन्न सकिंदैन/ यस्तो अबस्था र खुला सिमानाको कारण अनि नेपालमा सक्ने ले पारिको हतियार उठायर अरुलाई दवाउन त् पक्कै खोज्ने कुरा अस्ति जनकपुरमा मधेश वादको बिरोध गर्ने मैथिली माथि बम पड्काय बाटै देखाउंछ/ त् केन्द्रको सरकारले के गर्ने बा के गर्न सक्छ?
आत्म निर्णय गर्ने अधिकार पायको प्रदेशमा केन्द्रले तेतिकै हस्तछ्य्प गर्न सक्दैन/ फेरी देसको परिस्थितिलाई हेरेर रास्त्र्पतिले आफ्नो बिशेसाधिकार प्रयोग गर्ने सम्भंद्मा पनि ई दलहरु रास्त्रपतिलाई तेस्तो अधिकार दिने संबिधान बनाउन हुँदैन भन्दै आयको छ/ त् तेस्तो प्रादेशिक अराजकता कहा गयर अन्त् हुन्छ भनेर सोच्न समेत डरलाग्दो छ/
अहिउलेको बाबुरामको सरकार मात्र कामचलाउ सरकार हो/ अब यो सरकारलाई मावोबादी मधेशबादिको गठबन्धनको सरकार समेत भन्न मिल्दैन/ ११ बहुजातीय प्रदेस बनाउन भई सकेको सहमति समेत तोडेकोमा मावोबादी सिट कांग्रेस यमाले मिलेर सरकार बनाउने कुनै आधार समेत देखिंदैन/ फेरी अर्को चुनाव गर्न अन्तरिम संबिधानमा संसोधन गर्नु पर्ने बाध्यता कानुनविदहरुले उठायकै छ/ संबिधान संसोधन गर्न यो सरकारले अरु दलको सहयोग र समर्थन पाउने सम्भाबना अत्यन्त कम छ/ बाबुरामको सरकारले राजिनामा नदिने त् भनिने सक्यो/ त् यस्तो अबस्थामा यो मंगसिर ७ गते चुनाव गराउने कुरा पनि “संबिधान सभाले संबिधान बनाउने कथा” को जस्तै अन्त् हुने निश्चित छ/
कथंकथाचित यो काम चलाउ सरकारले नै चुनाव गराउने प्रयत्न मात्र गर्दा पनि “मत माग्ने दलहरु बिचको असहमति मत दिने जनताको बिचमा रक्तपात हुने झगडा निम्त्याउने हुन्छ/ ई कुराहरु झुठो साबित नभयमा कसैले नचाहे पनि नेपालमा पनि “पाकिस्तान” कै घटना घट्ने हुन्छ/
यो अल्मलको अबस्थामा डा भट्टाराईलाई सुझाब:
(मेरो कुनै बेक्तिगत फाईदा र बेफईदा केही छैन एस्मा खाली देशको तीब्र आर्थिंक बिकाश र जनताको भलो सकेसम्म चाडो होस भन्ने हेतुले प्रेरित भएर यो सुझाब तयार पारेको हूँ):
१. बैधता: म त भन्छु शंका नगर्नुस र अलमलमा नपर्नुस अनि समय खेर नाफाल्नुस! तपाईको legitimacy को कुरा गर्छन भने भनी दिनोस तापें नै हो सबै भन्दा legitimate जसले सबैभन्दा बढ़ी भोट ल्युनुभएको हो चुनाबमा! अनि तपाईको पार्टीले नै हो चुनाबी मैदानमा सबै भन्दा बढ़ी (१२० सभासद २४० मा) भोट्ले चुनिएका सभासद भएका! अरु कुनै पनि देशमा ५०% निर्बचित सभासद बिरलै हुन्छन! सरकार चलाउन अरुको भर पर्नु पर्ने हुन्छ! तर हिसबई गर्ने हो भने एक जना मात्र स्वतंत्र सभासद भे पुग्थ्यो! सरकार चलाउने अधिकार तापैनको नै हो! अर्को चुनाब नाभैन्जेल प्रजतान्त्र्मा त्यों नै मान्य हुन्छ! अनि राजनीती भनेकै बहुमतले शाशन गर्ने नै हो र बहुमत जनताको भलाईको लागी !
२. मंत्री मंडल: आव्हान गर्नोस मंतिमंडल मा समेल हुन अरु पार्टीलाई १ हप्ताको समय दिएर! आयेनन भने अनि अफै बनाउनुस समाजमा प्रतिष्ठित र अलिकति neutral जस्ता देखिने Gentlemen हरु मिलाएर! उदहारणको लागी रमेश खरेललाई गृह, खेलकूद मंत्री गणेश थापा, पररास्त्र मंत्री रमेश नाथ पाण्डे, स्वस्थ्य मंत्री संदूक रूइत, महिला बिकाश मंत्री अनुराधा कोइराला, संचार मंत्री महाबीर पुन, कृषि मंत्री मदन राइ आदि आदि! अनि खाए राम बहादुर थापलाई रक्ष्या अनि देब गुरुंगलाई स्थानीय बिकाश!
३. सक्षमता र प्रतिबद्धता: अहिले सम्म देखियका प्रम मध्धेमा तपईं नै योग्य, सक्षम र देशबिकाशको लागी प्रतिबद्ध देखींनु हुन्छ जनताको नजरमा! सबैलाई थाहा छ PhD गरेर पनि देशको लागी भनेर बक्तिगत सम्पति छाडेर हिडनु भएको, अनेक हंडर खाएर! जनता अब धेरै यो wrangling र सड़क तताउन जाने पक्षमा छैनन! अरुको पछि लागेर समय खेर फाल्नु बेकार छ! अब भ्रस्त मधेशी सभासदको काध चढ़नु पर्ने छैन! घुस खानेलाई घोक्रे ठ्यक लागौनुस! चाहे त्यों मंत्री होस चाहे त्यों कर्मचारी!
४. सहकार्य: राजीनामा गर्नुस भन्नेले उल्तेई तपाईको legitimacy लाई नै बल दिएका छन! राजीनामा गर्नु पर्दैन! सहमति भन्ने सहमतिको लागी पनि आन्दोलन गर्ने रे! सहमतिको लागी त वार्ता र कुराकानी पो हुन्छ! ती भनेका दिमागमा गोबर भरिएका नेता रहेछन जनताले चिने, सबैजसो हरुवा पनि हुन! सहमति गर्ने बेला बिमती गर्ने अनि! उलटो उलटो गरे पछि तिनले भौतुरिन नपरे के त? म त भन्छु भट्टाराईलाई, देब्रे हात दिनु सहमतिको पहल भन्दै अनि दाइने हातले डंडा लिएर हल्का फुल्का पेलपाल पनि गर्दै जनोस!
५. चुनाब: २-३ महीना हेर्नुस, येदी अरुले भाग नलिने अबस्था आएमा चुनाब अर्को बर्ष सारी दिनोस परिस्थिति अनुकूल भें भनेर! सहकार्यको लागी प्रचंदलाई Coordinator तोक्नोस र उनैलाई जिम्मा दिनोस अरु पार्टीसंग deal गर्न! तपईं चाही देश बिकाश्मा पूर्ण रुपमा लाग्नोस!
६. देश बिकाश र आर्थिंक बिकाश: सरकारी कर्मचारिलाई दबाब दिनोस बिकासको लागी! नया योजना बनाऊं र बनेका योजना पूरा गर्नको लागी! लादनोस तापैनको देश बिकाश र आर्थिक बिकाशको agenda दरो भएर! देश बिकासको गाड़ी यसरी हाक्नुस की अरु मोराहरु हेरेको हेरे हुन! अनि जनताले अलिकती राहत मात्र महसूस गर्न पाउने बाताबरण बनाउनुस! देश बिकास्मा अघि बढे जनताले सहयोग र समर्थन गरिन्जेल कसैको तागत चल्दैन अब तापैन्लाई हल्लौन! पार्टीमा प्रचंडको सहयोग र अरु बाहिरका मध्ये सुरक्ष्य कर्मी /आर्मीहरुलाई सम्झौनोस अनि support लिनोस! हामीलाई राम्रो, सक्षम र प्रतिबद्द मान्छेको Dictatorship चाहिएको छ देश बिकाश गर्नको लागी! मौका येही हो! हैन भने संबिधान त बनेन बनेन! देश पनि चल्न दिदैनन! देशलाई फेरी अर्को ४-५ बर्ष बंदी बनाउन पईन्दैन भंदिनोस!
७. देश बिकाशको लागी idea चाहिए बिदेशमा काम गर्नेलाई आह्वान गर्नोस सहयोगको लागी! बिदेशमा ख्याति प्राप्त नेपालीहरुलाइ Coordinators तोक्नोस अनि उनीहरुलाईनै संकलन गर्न लगाई submit गर्न लगौनोस! कृषि बिकस्मा ब्यापरिकरण, ऊर्जा र infrastructure मा बिदेशी लगानी, tourism बिकशको लागी होटल मैनेजमेंट र guide र taxi चालक हरुको लागी भाषा तथा hospitality तालीम, उद्योगको लागी स्वोदेशी लगनी कर्तालाई प्रोत्सहन!
८. आयकर: बिदेशमा काम गर्नेलाई आह्वान गर्नोस सहयोगको लागी अम्दानिको ३% देश बिकाशको लागी भनेर चंदाको रुपमा सहयोग! बिदेशमा बस्नेहरुलेने ३%, ३% उठौने र के बिकाश गर्ने हो उनिहरुलेनेइ प्लान गर्न लगौने वा सोझेइ दिन चाहनेलाई Nepal Development Fund को नाउमा कुनै बैंकखातमा transfer गर्न लगौने!
९. नेपालको ग्रामीण भेकका मान्छेको दुर्दशा दर्शौने कार्यक्रम हरु TV रेडियो मा प्रसारण गर्न लागौनुस तब की मान्छेहरुले स्मरण गरुण देश र जनताको के हालत छ भनेर अनि एकतामा बधिउन र सहयोगको अव्हवान गर्नोस सबै सबल र सक्षम संग!
१० अनि देशले केही बिकाश गरेको कुरा पनि highlight गर्नोस किन की जनता मा निराशा मात्र नफैलिओस! जस्तै Primary education, girls education, खानेपनिको बेबस्था, community forestry, दुग्ध बेब्सयको बिकास, र अरु थुप्रै सफलता र अनि संभावनाहरु देखौनोस! हरेक क्षेत्रमा बिग्य्हरुको टोली बनाएर यी कुरा गर्न लागौनोस!
कस्तो ठट्टा गरेको बन्धु ,
सकारात्मक सोचले लेख्नु भो होला तर सुन्दा राम्रो लागे पनि यो बस्तु परक र ब्यबहारिक तर्क हुन सक्दैन …
सम्बृद्ध नेपाल हामी सबैको चाहना हो यसमा कसैको बिमाती छैन .. अन्तिम समयमा भरतीय एजेन्टहरुको व्यापक चलखेल न हुदोहो त हामीले एउटा संबिधान पाइसकेका हुन्थियोउ … एउटा सिस्टमको प्रारम्भ हुने थियो .. समस्याको जड भारत र तिनले हुर्काका छद्म भेसी नेपाली एजेन्टहरु हुन् .. समयले त्यो कुरा अझै छर्लंग पार्दै छ.. एक दिन जनता सामु नाङ्गो हुने नै छन् … धेरै समय कुर्न पर्दैन घटनाक्रम निकै अघि बडी सकेको छ … अहिलेको इस्थिती नया जोगीले धेरै खरानी धसे जस्तो हो नेपालको दलाली राजनीतिमा ..
एक छिन्लाई मानिलिउ बाबुराम नै बेस्ट होलान तर एउटा कामचलाउ छिमेकि प्रभुको कृपा प्राप्त सरकारलाई पूर्ण बजेट ल्याउने कानुनि अधिकार त छैन कसरि ठुला ठुला बिकाश निर्माणको आशा गर्न सकिन्छ … नेपालको कानुन अनुसार त्यो बजेट कुन सदनबाट पारित गर्ने ?? तेस्को बैधानिकता के ?? लेखेर राखनुस एस्तो पेलेर जान्छु भन्ने भारतीय प्रभुको कठपुतली सरकारले उनका नेपाली एजेन्ट मार्फत मंशिरको चुनाब पनि गराउन सक्दैन (ज्ञानेले पनि येस्तई सोचेका थिए र एकलौटी चुनाव घोसना गर्दाको परिणाम थाहा होला तपाईलाई ), यो भारत, बाबुराम प्रचण्ड मधेसी एंड कम्पनीलाई राम्ररी थाहा छ , … नया राजा बन्ने दुस प्रयास कसैले नगरे हुन्छ .. बाकी कुरा काल्पनिक मात्र हुन् .. एस्तो गन्जागोलमा बिकाश निर्माणको काम कसरि हुन् सक्छ … कांग्रेस पनि हेरियो , एमाले पनि हेरियो , माओबादी पनि हेरियो .. भारतले निर्माण गरेको मधेशबादीको त झन् के कुरा गर्ने सिधै तार नै उतै जोडिएको छ .. सब भारतीय दलाल हुन् .. कुनै संखा छैन ..
निरङ्कुश र विकृत शाशन बेवास्ता भएपनि सबै भन्दा राष्ट्रबादी बरु राजसंस्था नै रहेछ (ज्ञानेको कुरा गरिरा होइन ) … राष्ट्र निर्माणको सम्पूर्ण मेरुदण्ड तेही बेलाको कल्पना र निर्माणमा आधारित छ …जति खरानी धसेपानी सत्ता भन्दा प्यारो यिनी हरुलाई केहि पनि छैन .. २-२ वटा जनआन्दोलनमा सरिक भैयो, दरबार मार्गको महेन्द्र सालिकमा झन्डा गाड्दा झन्डै हामी २ दाजु भाई गोलिको सिकार भएको (कति भए पनि ), संयोगले बचियो … २०४६ पछि खै के पाएत जनताले , नेताको खोक्रो अस्वाशन बाहेक (सहरी क्षेत्रमा सिक्ष्या , स्वास्थ्य, संचारमा केहि सुधार बाहेक ), …
२०५२ साल पछिको धनयुद्ध र २०६१ पछिको नया 4 दलीय हुकुम तन्त्रमा कति बिकाश निर्माण भए र लागनी भित्रिए , रोजगारी ब्रिधि भो, येसो पाना पल्टाउने हो कि ?? बार्सिक ८०-९० हजार ऑस्ट्रेलियन डलरको राम्रै (आम नेपालीको लागि) जागिर लत्याउदै नेपाल नै रोजियो … येही हो परिणाम … एउटा पुस्ताको पुरै जवानी खेर गैसक्यो , अब कुनै अमुक पार्टीको सर्बसत्ताबादको लागि अर्को पुस्ताले पनि यसै गरि जीवन ब्यर्थ फाल्ने, मेरो बाउको पुस्ता खेर गो , मेरो जादै छ , अनि भाबी सन्ततिको पनि तेस्तै हुन दिने, अनि सधै संक्रमण कालमा येस्तई हो भनेर कहिले सम्म नेताको कुरा पत्याउने … तिमिहरुको सत्ता राजनीति संग आम जनताको केहि लिनु दिनु छैन , बिदेसी दलाल बन्न छाड , ३ करोड जनता पाल्ने प्रसस्त साधन स्रोत येही माटोमा छ .. कस्मे कम मलाई यो विश्वास छ ..
सधै भद्रगोल , सधै कुर्ची , सधै भारतीय दलाली , सधै सत्ताको फोहोरी लोभी खेल … भो अब अति भो .. एस्तो भाद्रगोलामा कसले लागनी गर्ने … सधैको बन्द हड्ताल अनि तपाई कठपुतलीको आशमा सम्बृद्ध नेपालको कोरा कल्पना गर्ने … नेपालको सबै भन्दा ठुलो आशा tourist र पर्यटन त एस्तो भद्रगोलमा आकाशको फल मात्र साबित हुने छ … यो देशलाई सम्बृद्ध बनाउने हो भने सबैले हठ त्यागेर भारतीय नाङ्गो हस्तछेप र तिनका एजेन्टहरु बिरुद्ध सबै नेपाली एक भै कम्तिमा १०-२० वर्ष सबै राष्ट्रबादी नेपाली , पार्टी र समाजको सहकार्य हुन जरुरि छ …कुनै नामको तानाशाह यो देशले धान्ने सक्दैन .. येही भद्र गोलेको परिणाम स्वरूप गाउ घरमा खाडी र मलेय्सिया जानु नै प्रतिष्ठाको बिसय बनि रहेको देख्दा देख्दै एस्तो मन चिनते धारणा नराखेको भए हुने थियो ..एस्तो उपचारले यो समस्याको समाधान हुनै सक्दैन ??
भारतीय बिस्तारबाद र नाङ्गो नाच बिरुद्ध सबै नेपाली एक हौ ..सबै पार्टीका भारतीय एजेन्ट राम्ररी चिनौ र बहिस्कार गरौ …
जय नेपाल ..
भ्यागुताको धार्नी पुर्याउनु सजिलो होला तर यी कुजातहरुको सहमति हुन गारो छ
सबै भन्दा राम्रो त संसद पुनस्थापन हो जस्तो मलाई लाग्छ । किन भने संबिधानको सबै विषयहरु सकिएको अवस्था छ । कुरा नमिलेको भनेको राज्यको सिमा, नाम र संख्या मात्रै हो । यो विषयमा दलहरुले सहमति बनाउने र संसद पुनस्थापन गरी यो विषलाई टुङ्गो लगाउने हो भने देशलाई सबै भन्दा सस्तो र सजिलो हुने थियो । यदि कुरा मिल्न नसके दुई तिहाई बाट टुङ्गाउनु पर्छ । दुई तिहाईलाई सबैले स्वीकार्नै पर्छ । यदि पहिला पनि कांग्रेस र एमाले ले संसदको दुई तिहाई बाट टुङ्गाउन मानेको भए संसद बिघटन नै हुने थिएन पूर्ण संबिधान आउने थियो । यि दुई दलहरु आफुलाई सबै भन्दा ठुलो प्रजातन्त्रीक पार्टी भन्ने तर माओबादी संग दुई तिहाई छ भनेर डराएर चुनाबमा जान नसक्नुले नै संबिधान बन्न नसकेको हो । अन्तरमि संविधानको मर्म पनि त्यहिनै थियो सके सम्म सहमतिले नभए दुई तिहाईले तर त्यसो हुन दिईएन र संसद भंग गरियो । अव फेरी चुनाव गरे पनि र जोसुकै सांसदले चुनाव जितेर आए पनि सहमतिको प्रयास भन्दै जनतालेनै नपठाएका प्रतिनिधी सुशिल कोईराला जस्ता नै हुन बस्ने त्यस कारण सहमतिको प्रयार गर्ने र संसदलाई १५ दिनको लागी मात्रै व्यूताइर पूर्ण संबिधान जनतालाई दिनु भन्दा राम्रो बिकल्प अरु छ जस्तो मलाई लाग्दैन
फेरी निर्वाचन अनि फेरी संबिधानसभा गरे पनि हुने यहाँ केहि होइन, तेत्रो ४ वर्ष सम्म येत्रो सानो देश मा ६०१ जना ले के नै गरे र , ६०१ जनालाई गरिब देश ले माषिक ७०,००० तलब खुवाउनु चानचुने कुरा हो र ? गर्ने नै भए यिनी हरु ले १ वर्ष भित्रै काम गरिसक्थे //
सहि र साचो कुरा चाही हाम्रा देसका राजनीतिमा लाग्नेहरुको दिमागमा कसरि थोरै समयमा धेरै पैसा कमाऊ भन्ने लालच ले गर्दा आज नेपालआमा को ,गरिब नेपालीको,अछुतको,सबै पेलिएका जनजातिको ( त्यसमा बाहुन,छेत्री,गुरुङ,मगर,राई,नेवार,इत्यादी सबै पर्छन) को हितको लागि ,संबिधान बनाउनको लागि असहमत हुने, तर देसको ढुकुटी रित्याएर आफ्नो बैंक balance बढाउने कुरामा त् सधै सहमति, जस्तै एक पटक मन्त्रि भएपछी नमरुन्जेल महल, पजेरो,driver ,३०० लिटर तेल महिनाको,मर्मत ,सुरछ्या कर्मी, इत्यादी बहालवाला मन्त्रि ले पाउने सुविधामा चाही सबै पार्टीको सहमत !!!!! लुट.लुट,देस ए हाम्रा बरिस्ट नेताभानौदाहरु, तिमीमा सरम,धरम,नैतिकता नभएकोले नै नेपालआमा cancer को bed मा सिकिस्त बिरामी परेर coma मा पुगीसकिन, but what do you care ????? एक दिन तिमीहरुको पनि इजिप्ट को मुबारक को हाल हुनेछ.तर त्यसको लागि गान्धी,मण्डेला,castro ,che guevara को जरुरत छ. १९९० पछी कांग्रेस आयो तर जताततै भ्रस्ताचारको बिउ रोप्यो,एमाले ले पुष्पलाल,मदन भण्डारीको आसा बिपरित भ्रस्ट मात्र भएनन् माफिया को सुरछ्या कर्मी बने कमिसन को लागि ,मधिसे पार्टी त एक कप चियामा पनि बिक्छन,अब माओबादी ,जसलाई जनताले प्रोटेस्ट वोट दिएर सम्भिधान सभामा बहुमत दिएर पठाएको पार्टी पनि महल , सुरा र सुन्दरी पार्टी बनेपछि ,अब जनतालाई कसले सहयोग गर्ने, किनकी no body gives a damn .यदि नेपालमा सहि सरकार बन्यो भने हाम्रा असिछित दाजु बहिनि हरु खाडीको नर्क मा जानु पर्ने थिएन. म २०११ जन्मिएको ब्यक्ति लाई राम्ररी थाहा छ कि त्यसबेला सानो तिनो छिमेकी बीच झगडा भयो भने धारे हात लगाएर तेरो घरमा कांग्रेस पसोस भन्थे. किन माई संसार का साथीहरुले यस बिसयमा केहि तथ्य दिनु भएमा म धेरै आभारी हुने थिए.
संबिधान नेपाली नेपाली बिचको सहिष्णुता धुजा धुजा पारी काट्ने तरवार बन्छ भने,संबिधान धार्मिक र क्षत्रिय् सद्भाव बिथोल्ने कारण बन्छ भने ,संबिधान राष्ट्रिय एकता र अखंड़ता क्षिन्न भिन्न पार्ने हथौडा बन्छ भने हे पमेश्वर त्यस्तो संबिधान कहिल्यै नबनोस/
हे एमान्ग्रेस्का भ्रस्ट सत्ता लिप्सा फटाहाहरु! विघटित संविधान सभा संगै, विगतमा भएका गरिएका सहमती हरु सबै खारेजी भयो! प्रजातान्त्रिक मूल्य र मान्यता लाई आत्मासात गर्ने आँट छ भने “नयाँ जानदेश” नै अबको विकल्प हो! आँट छ जनतामा जाने?
संविधान सभा बहाल हुँदा सम्म “यो पनि नाई त्यो पनि नाई” भनी नखरा गरेउ! संविधान सभा को खारेजी संगै सरकार कामचलाउ भएको पनी आफै घोषणा गर्छउ! अनी प्रधानमन्त्री राजीनामा देउ नत्र आन्दोलन गर्छौं भनी कसलाई घुर्काउछौ?
डा. भट्टराईको राजिनामा पछी हुने जनादेश प्रधानमन्त्री पनी त आखिर जनादेश नपाएको कामचलाउ नै हुने हो! कि कसो? खई तिम्रा भ्रस्ट बुद्दिमा घाम लागेको?
मैले नेपालको बिगत ११ वर्षको इतिहासको विश्लेषण गर्दा पाएको कुरा उल्लेख गर्दै छु:
१. माओबादीको संघर्षको मध्यतिर नेपालका राजा बिरेन्द्र र परिवारको १ जून २००३ मा हत्या
२. दिल्ली मा १२ बुदे सम्झौता गराएको
३. त्यस पछि नेपालका पारम्परिक राष्ट्रवादी (राजदरबार, राजका आसे-पसे, पूर्व पन्च, राजामा आस्था राखें नेपालीहरु, शाही नेपाली सेना) हरुलाई एक एक गरेर अलग थलग गरे पछी जनान्दोलन २०६२/६३ सफल भै नेपालबाट हिन्दु राष्ट्र र राजतन्त्रको अन्त्य
४. अहिले नव-राष्ट्रवादी (लिम्बुवान,खुम्बुवान, कोचिला, मिथिला,भोजपुरी, आवधि, थारुवान, मगराठ, तमुवान, तमसिलांग, नेवा) बनाई नेपालीहरुलाई टुक्रा टुक्रा पारी कमजोर हुने काम हुदै छ
४. नेपाल कमजोर भए पछी नेपाली दाया-फर्क वा बया-फर्क गर्न सजिलो भारत लाई
५. सिक्किम झैँ नेपाललाई बिलय गर्न सक्यो भने चीन (तिब्बत) को सिमाना सम्म भारतलाई पुरा हिमाल भरि नै एक छत्र हुने छ साथै हिमालको अपार जलस्रोत मा भारतको पूर्ण अधिकार कायम
मेरो विचारमा “भारतको ग्रान्ड- डिजाइनको जाल” मा नेपाल फस्दै गएको छ
अझ पनि समय छ: सत्बुद्धि आवोस पुष्पकमल, बाबुराम, सुशील, शेर, झलनाथ, माधव, महन्त, बिजय, उपेन्द्र, पशुपति, सुर्य, लोकेन्द्र, चित्र, नारायण र नेपाल का नेता भनाउदा हरु लाई
सुरज श्रेष्ठ
दुर्बर हत्या काण्ड जुन १ २००१ मा भयको हो २००३ मा होइन, पहिला आफ्नो तथ्य सपर्नुस
संबिधान सभा भनेको खेलौना जस्तो पनि होइन र यसको बारम्बार चुनाब र आबस्यकता पनि पर्दैन \एक जुग मा एक दिन एक चोटी आउछ भने जस्तै संबिधान सभा २००७ पछी एक पल्ट आएको थियो त्यो पनि ससस्त्र आन्दोलनको बलमा \ जनता र नेता हरुले २ बर्ष को अबधि मागेर र दिएर बनेको संबिधान सभा जुन काम सम्पन्न गर्नु पर्ने हो त्यो नगरेर सरकारको नेतृत्व लिने प्रतिस्प्रधा बनेर सकियो \संबिधान देखाउने दात बन्यो कुर्सि र सम्पति हत्याउने पेशा बन्यो \ राम्रो सुबिधा जनक जागिरमा परिबर्तन भयो संबिधान सभा !
देश भित्र र बाहिर को राजनैतिक शक्ति सन्तुलन ,समय ,परिस्थिति लाइ बुझ्ने र हेर्ने हो भने मेरै गोरुको बार्है टक्का भनि रहनु पर्ने थिएँन दलहरुले \ जसरि प्रमुख राजनैतिक पार्टी ,बाह्य बिदेशी शक्ति को सहमतिमा शान्ति सम्झौता भयो ,संबिधान सभाको चुनाब भयो त्यसै गरि संबिधान पनि बन्नु पर्ने हो तर दैलो नदेख्ने ,हरियो मात्रै देख्ने आखा भएका नेता हरु भए पछी देशले विषम परिस्थितिको सामना गर्नु पर्छ नै \
अनेक थरिका भेदभाब ,असमानता ,गरिबीको चपेटोले थिल थिलिएका जनता लाइ भेदभाब मुक्त ,अधिकार सम्पन्न गराउन ,समानता का आधार बनाउन ,छुवाछुत ,क्षेत्रीय ,आर्थिक विभेद हटाउने प्राबधान र कार्यान्वन गर्न ,गराउन पट्टि नलागी सत्ता र भत्ता को राजनीति गर्दा आज देश यस्तो स्थिमा पुग्यो \
नेता र नेतृत्व को कारण आम जनता भित्र बाचेको ,गुम्सिएको असमानता ,भेदभाब ,गरिबी आज जातीयता को कारण भनाइदै छ ,शाझा र एकता रुपी धर्म ,भाषा , सस्कृति लाइ तारो बनाइ यसलाई प्रमुख दुस्मन को रुपमा चित्रण गर्ने ,आन्दोलन गर्ने ,बिभाजन ल्याउने खेल खेलिदै छ \ जनसख्या घटाउने परिबार नियोजन को साधन बन्दै छ जातीय राजनीति \ दुइ जाति बीच को लडाई बाट लाखौ मानिस अकालमा मरेको थाहा पाउदा पाउदै अधिकार र सत्ता पाउनु पर्छ भन्ने नाम मा जातीय आधार निर्माण गर्न खोजिदै छ \
किन जाति ,समुदाय ,क्षेत्र ,भाषा ,धर्म ,सस्कृति र जिबन पछी पर्यो भन्ने मूल कारण र समाधान नखोजी आम जातिलाई निषेद गर्ने ,लखेट्ने ,मार्ने अभिव्यक्तिका साथ् जातीय राजनीति गरिदैछ \उगांडा,इराक ,अफगानिस्तान ,पाकिस्तान को स्थिति निम्ताईदै छ \
के राजनैतिक पार्टी ,सरकारी निकाय ,अंग हरुमा आदिबासी ,जनजाती हरुको उल्लेखनीय सहभागी ,स्थान ,सम्मान भएको छैन र ? ४० बर्ष सम्म बिचार र बर्ग को राजनीति गरेर ऐश आरामको जिन्दगि बनाउने विजय सुब्बा आज किन जातीय विभेद र अधिकार को नाम मा पार्टी छोडी रहेछन ? के पार्टी हरुले जनजाती ,आधिबासी ,दलित ,मधिसे ,मुसलमान माथि अन्याय र विभेद गरिरहेका थिए र छन ? के बैचारिक पार्टी बाट जातीय अधिकार सम्भब थिएँन ? हरेक जाति ,धर्म ,भाषा ,सस्कृति .क्षेत्र एकै समस्या बाट पिडित भएको होइन र ? अनि समाधान पनि एकै हुन् सक्दैन र ? बिचार र सिदान्त लाइ खोपी मा राखेर सत्ता र सम्पत्ति गोजीमा राखे पछी कसरि हुन्छ सबै धर्म भाषा ,जाति ,समुदाय ,क्षेत्र र जनताको भलो ? पार्टीमा रहदा धर्म ,क्षेत्र ,जाति को कोटामा पोलिटब्युरो ,केन्द्रिय ,परिषद हुदै सांसद ,मन्त्रि ,राजदुत ,जीएम हुने अनि आफ्नो जाति ,धर्म ,क्षेत्र बिर्सने आफु मात्र बन्ने अनि आज एक जाति ,भाषा ,धर्म का कारण विभेद र असमानता भयो भन्ने ? जातीय राजनीति गर्ने ? के यो सहि समाधान हो ? या परिबार नियोजन को साधन हो ?
जब एक पल्ट बनेको संबिधान सभा बाट नेता हरुको कारण संबिधान बन्दैन भने त्यहि नेता ,पार्टी आउने संबिधान सभा आबस्यक छैन \ चुनाब गराई अथाह सम्पति ,जिबन गुमाउनु को सट्टा हाल लाइ बाबुराम कै नेतृत्वमा सर्बदलीय सरकार बनाइ जनतामा कस्तो खाले संबिधान र सघिय राज्य बनाउने भन्ने छल फल चलाउ , आम निचोड र सहमतिमा संबिधान बनाउ ,सानो सख्याको संसद बनाउने गरि संसद्को चुनाब गर \यहि अहिलेको अबस्थामा सहि समाधान बन्ला \
“चोरको खुट्टा काट” मात्र भनेको के थियो ति चोरले आफै अत्तालिएर खुट्टा थुते झैँ संघीय राज्यहरु पहिचान र सामर्थ्यका आधारमा पुनसंरचना गर्नु पर्दछ /आवस्यक छ भन्दा आफैले आफैलाई मपाई भन्ने र भन्न रुचाउने ब्रामण,क्षेत्री वर्गका नेता,कार्यकर्ता,बुद्दी जीबी र यसै वर्ग समुदायका मानिसहरु काँपिए,तर्सिए,झस्किए तसर्थ धर्म निरपेक्ष् सहितको संघिय गणराज्य नेपालको नयाँ संबिधान घोसना गर्न दिएनन | त्यसैले गर्दा हाल सम्म पनि यिनीहरुका कुराकानी नमिलेका हुन् | मलाई लाग्दछ, नेपालमा रहेका ब्रामण,क्षेत्री वर्ग समुदायहरुका निच ब्यबहार कै कारण नेपाल र नेपालीहरुले यो दुरदशा भोक्नु परेका थिए र कायमै छन् | यिनीहरु (ब्रामण,क्षेत्री वर्ग समुदायहरु) लाई यिनीहरुका पुर्खाहरुले जाई कटक नगर्नु,झिकी कटक गर्नु भनि सिकाएका थिए | त्यसैको फलसोरुप यिनीहरुले यस्ता खराब निती र निच ब्यबहार अगाल्दै आएका थिए | हाम्रा ब्रामण,क्षेत्री वर्ग समुदायहरु सिधै धर्म निरपेक्ष्,संघीय राज्यको बिरोध गर्न नसकेका कारण माथि उल्लेख गरिएका निती ब्रामण,क्षेत्री वर्ग समुदायहरुले बिगत र बर्तमानका दिनहरुमा अपनाउदै आएका थिए/छन् साथै केहि आदिवासी जनजाती,दिलित,महिला,मुस्लिम,मधिसे र उत्पीडनमा पारिएका समुदाय/ क्षेत्रका ब्यक्तिहरुलाई हनुमान बनाई आफ्नो स्वार्थ पुर्ति गरेका प्रमाणहरु पनि हामी कयौं भेट्न सक्छौं | जस्तै केही दिन अगाडी माईसंसारले आदिवासी जनजाती लगायतका ब्यक्तिहरु पनि मन्त्रि,सेनापती बनाई दिएका छन् भनि मलाई पठाएको कम्मेन्टबाट पनि स्पस्ट बुझ्न सकिन्छ | मैले माथि उल्लेख गरि सकेको छु कि त्यस्ताहरु ब्रामण, क्षेत्री वर्ग समुदायहरुका हनुमान मात्र हुन सक्छ अर्थात रोबोर्ट | त्यस्ता रोबोर्ट/हनुमानहरु आफै स्वतन्त्र रुपले केही गर्न सक्दैनन् | त्यस्ताहरु आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागी ब्रामण,क्षेत्रीहरुका गुलामी गर्दछन् | होकी होईन ????????????
धर्मराज जी
नेपालि दाजु भाइ कोइ अलिकति अगी ,कोइ अलिकति पछी ,आखिर देसै गरिब छ |
अरु बिबिध कारण पनि छ ,प्रिस्तभूमि को कुरा हुन्छ तेसैले तेस्तो नकारात्मक सोच्न हुदैन |
बिबाद र संकाले झन् वैमनस्यता बढाउछ | सबै नेपालि मिल्ने कुरा गर्नुस |
के नेपालि नेपालि एक आपस मा जुध्ने नै समस्या को समाधान हो ?
धर्म राज जी ,
ब्राहम,क्षेत्री जात कि बर्ग ?शोषक बर्ग सोषित बर्ग भन्ने त सुने को थिए \ नया बिस्लेषण गर्नु भएछ \ मलाइ लाग्छ \जसरि बाहुन क्षेत्री लाइ राज्य हाक्ने काम बाट बिदा दिएर जनजाती ,आदिबासी हरु द्वारा राज्य हाकिन्छ तब ब्यापार ब्यबसाय गर्ने काम यी बाहुन क्षेत्रीले पाउने होला .ब्रिटिश ,सिंगापुरे ,हंगकंगे ,भारतीय लाहुरे मा पनि यी नै बाहुनक्षेत्री पठाउने होला किनकी बाच्ने आधार त दिनु पर्यो नि ! सहरमा ठुला घर बनाई ब्यापार गर्ने ,ठुला बिदेशी सहरमा गइ सम्पन्न र ठुलो आम्दानि गर्ने मौका बाहुनक्षेत्री लाइ दिने दिन ल्याउन खोज्दै हुनु हुदो रहेछ \खुशी लाग्यो \बधाई छ धर्म जी ठुलो धर्म गर्न लाग्दै हुनु हुन्छ \ यो सुदिन चाडै देख्न पाउ है !
तेसै काहा मिल्छ त् खै केन्द्र (दिल्ली )बाट प्रतिनिधि आएको ?
अलि धैर्य गरौ न |
एमाले -कांग्रेश हरु ले सत्ता को लोभ नगर
माओबादी हरु लेंड़े ढिपी कुरा नगर
मधेसी हरु भारतीय दलाल को खुट्टा मा लम्पशासर पर्न छोड
जनजाती हरु हो यो देश कोसै को बाउ बिर्ता होइन जुन बाँडेर अथवा नाम सारी गरि पाश गरेर खाए जस्तो जमिन नसोच देश सबै को साझा हो सबै प्रदेश को नाम साझा राख , अरु जाति हरु को रिष गर्ने होइन परिश्रम गर्न सिक, सरकारी सेवा हरु मा लुते र रुन्चे पारा ले आरक्षण नमाग, छाति खोलेर खुल्ला प्र्त्योगिता बाट प्रशाशन मा छिर देश चलाओ बाहुन क्षेत्री ले भन्दा दोब्बर गरेर देखाओ तिमि हरु लाइ स्वागत छ
सुदर्सनजी,आदिवासी जनजाती(मुलवासी) लाई ब्यंग्या गतिलो तरीकाले हान्नु भयो त ! हैन मित्र सुदर्सनजी, तपाई पनि कतै दसरथ राजाले झै खिर खुवाएर जन्माएको राम र लक्षमान जस्तै बिजन/बिउ बिनाको ब्यक्ति त कतै पर्नु भएन ? कसरी सम्भव हुन सक्छ बिजन/बिउ बिनाको त्यो सन्तान/बोट बिरुवाहरु ? मित्रजी, बिजन/बिउ बिना कुनै पनि सन्तान वा बोट बिरुवाको उतपत्ती हुन असम्भव छ र सक्दैनन पनि ।यही कुरालाई तपाई हामीले मुल्य मान्यता राख्ने हो भने बिगतका दिनहरुमा ब्रामण,क्षेत्रीहरुले एक लौटी सप्ता सासण आफ्नो मुठीमा पारे र बहुसंख्यक आदिवासी जनजातीहरुलाई राजनितीक,संस्कृतीक,धार्मीक,सैक्षीक,भाषीक आदि जस्ता हरेक कुराहरुमा ब्यापक सडयन्त्र गरी जरो उखेल्ने काम गरीयो र पिछाडी दिएका थिए । फलस्वरुप अहिलेको
यस्तो दयनिय अवस्थामा नेपाल र नेपालीहरुलाई पुर्याई दिएका थिए । ब्रामण क्षेत्रीहरुका मुल जग त्यहाँबाट सुरु भएको हो । अर्थात एकल राज्य सप्ता सासन,जात,भाषा,धर्म आदि ब्रामण, क्षेत्रीहरुका हातमा पारेकै कारण तिनीहरुको हालिमुहाली गर्ने दिन पाएका हुन जन्म जातै सु-सम्पन्न, पढे लेखेर जन्मेका जात होईनन । तर यी भिकारीहरु ब्रामण,क्षेत्रीहरु आफैले आफैलाई मपाई भन्ने गरेकाल, उनीहरु राज्य सप्ता सासन गर्नकै लागी जन्मेका भन्नु माहा पद मुर्ख भन्नु बाहेक आरु के भन्नु र !
कस्तो निच सोचाइ
बाहुन भन्दा अधिकांस गुरुङ नै धनि होला |अझ देश को सेनापति नै गुरुङ छ ,अरु पनि कत्ति महत्त्व पूर्ण पद मा गुरुङ छ |अरुले ले उचालेको भर मा जथाभाबी न लेखौ न हो |
धनि र गरिब मा होइन अहिले सम्म नि तेत्रो राज गरेर हेर्दा हेर्दा वाक्क लागिसक्नु पर्ने हो है \ देश कहाँ बाट कहाँ पुगी सक्यो \ अब येस्सो अरुई लाइ पनि गर्न दिनु पर्छ \ मान्छे देश भित्र कोहि गरिब र कोहि गरिब भन्ने त ठिकै छ तर देश कहाँ पुरायो यो सबै तहमा भएको माथिल्लो मान्छेले भन्ने कुरा हो \ थेप्चो नाक भएको दिमाग हुन्न भने सबै देश हेर्नु कति बिकसित भै सके जस्तै जापान , कोरिया , चाइना, होंकोंग, थाइलेडं , सिंगापूर आदि \ अब त तपाइलाई नि दोस्रो गरिब देश भन्ने सुनेर झ्याउ लाग्नु पर्ने होइनर \ कसले उचालेको होइन अब त तपाई आफै सोच्नु पर्ने हो \ तपाईलाई हेप्ने कुरा भन्दा पनि सबै मिलेर देश गराउ भन्ने भावना लै तपैलेनै बिगार्दै हुनुहुन्छ \ नेपाल प्रेम ले तपाईलाई छुओस र गलत द्रिस्तिकों हटोस् \
के जनजातिले परिश्रम नै गर्दैनन् ? राम्रै संग प्रतियोगिता बाट आउने कोसिस गरे पनि हुन दिदैनन बाहुनवादले ( बाहुन ले होइन)\ लुते र रुन्चे पारा रे हाहा डरले तपाइको मुटुको धड्कन नै बन्द होला जस्तो भएको थियो होला जनजातिको आन्दोलन देख्दा \ यो देश कसैको बिर्ता होइन तेसैले सबैले मिलेर गरौ भन्ने हो र गर्न पनि दिनु पर्छ भन्ने माग हो \ तपाई को हो जनजातिलाई परिश्रम गर भन्ने? जनजाति जस्तो परिश्रमी कोहि छैन नेपाल मा \ हक ले माग्न paincha आरक्षण \ तेही आरक्षण पाउने भो भनेर लुते कुकुर जस्तो जनजाति हुनु पर्यो भनेर आन्दोलन गरेको होइन बाहुन चेत्त्री हरुले \ यो भन्दा लाज लाग्ने कुरो के हुन सक्छ \
नेता र संबिधानसवा नभयकै राम्रो/ कमसेकम देशमा अलि सान्ति त आयको छ/ हड्ताल, बन्द आदि बाट जनता मुक्त छन/ दिनेहरु नै नभय पछि माग्नेहरुले को संग के माग्ने? आपसमा मिलेर बस्ने हो भने कुनै भात मारा नेताहरुको जरुरि छैन/ साथीहरु नेता बहिस्कार गरौ/
गिरिजाको ग्रान्ड डिजाईन को पर्दाफास होला र बचे खुसेको कांग्रेस पांग्रे स हुन्छ भनेर सहमति सकार्यको रट लगायर नेपाली जनतालाई भ्रम मा पर्ने बाहेक उसको एजेन्डा केहि छैन ! तिस बर्सको महेन्द्र पंचायती तानासाही सहि त देश को बिकाश को धेरै पुर्बधर निर्माण गरेको थियो तर, बिस बर्सको कोइराला तन्त्रले के गर्यो ?
१) भोको पेटले प्रजातन्त्र बुज्दैना
२) नाङ्गो अंगले एकतन्त्र रोक्दैन
३)छानो बिनाको घरले लोकतन्त्र धन्दैना
कुरा मिलेर के गर्नु त्यहि भाग बन्दाको कुरै आउछ, भाग लगाउनु पर्छ अनि ! राजा र राजाबादीहरु त रास्ट्रबादी हुन् रास्त्रबादी संग त कुनै पनि समय कुरा मिलन सक्छ ! पान्ग्रेस संग कुरा मिलेर माओबादीले पाउँछ के ?
Nepal’s Maoists need to recharge a genuine popular movement to resolve the nation’s political क्रिसिस
http://articles.economictimes.indiatimes.com/2012-06-02/news/31984160_1_nepal-s-maoists-ucpn-nepal-maoist
१ सरकारै काम चलाउ भैसक्यो, अब के को राजीनामा ???
२ माओवादीको नेतृत्वमा सर्वदलीय चुनावी सरकार बनाएर खुरुक्क चुनावमा जाने !
३ संबिधान सभै भंग भै सकेपछी त्यसबारे भएका सबै सहमति भंग भैसक्यो |
४ कांग्रेसले चैं बच्चाले झैं के प्रधानमन्त्रीको पद मागीराख्या!? PM पद साइजको हिसाबले माओवादीको पाउन्दर हो | माओवादीको ठाउँमा कांग्रेस भएको भए उसले छोडछ?
५ एमान्ग्रेसले १ महिना नै नेपाल बन्द गरेपनि माओवादी डग्दैन!
६ संबिधान सभाको पुनर्स्थापना भयो भने कमल थापाहरुले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्छ
७ कांग्रेसले प्रधानमन्त्री र एमालेले गृहमन्त्री खोजेर चुनाव आफ्नो पक्षमा पारुंला भन्दो हो, भो नचिताए हुन्छ |
८ केहि पनि सीप नलागे जिम्मी कार्टरलाइ चुनावको जिम्मा देउ| उनको संस्थाले चुनाव गरेपछि कसैको केहि भन्ने बाटै रहँदैन !
९ यो पनि नाईं, त्यो पनि नाईं गरेर बस्यो भने माओवादीले अनन्तकालसम्म सत्तामा झ्याई झ्याई गरेर बस्छ !
आफ्नो सरकार बनाउन लुछाचुडी गर्नु भन्दा संबिधान बनाउन अग्रसर हुनुपर्छ म ठुलो पार्टी सबै मैले भनेको हुनु पर्छ भन्ने भावना नभई सबै पार्टी मिलायर सर्बदलीय सहमति को सरकार बनायर समस्या को समाधान मा जानु पर्छ
कुनै पार्टी ले कुनै जात लाई उचाल्दा भोलि आफ्नो पार्टी लाई फाइदा देख्ला तर भोलि सम्पूर्ण नेपाली लाई जातीय युद्ध मा धकेल्छ जातीय संघियता नेपाली जनता ले खोजेको संघियता होइन
आज जनमत को कदर गर्ने हो भने जातीय संघियता को बिरोध ९५ % मा छन्
संघियता देश को आबश्यकता हो जातीयता होइन
पत्रिका र टिवी हेरेर ९५ % भन्न सक्ने मान्छेले भोलि तेत्तिकै पत्रिकाले तपाई मरिसक्नु भयो भनेर लेखे पनि हो भन्न बेर लाग्दैन \ जनमत को हामीले कदर गर्ने पर्चा त्यो हेरम्ला पछि तर अहिले नै प्रतिसत मा नदाज्नोस \ जातिय मा किन खालि बाहुन जाति हरुको वकालत मात्र देख्छु मैसंसार मा \ तेत्तिकै था हुन्छ नि मेडिया र सबै मा हालीमुहाली राख्ने बानि \ जे पायो तेही कुरा लेखेर हुन्छ \
अब त चुनाब गर्नुको केहि अर्थ छैन. चुनाब गरेपनि तिनै फटाहाहरुलाई नै भोट दिने भए चुनाबको के अर्थ रह्यो र? अब त चुनाब नै बहिस्कार गर्नु पर्छ सबै जनताहरु मिलेर. चुनाब गर्ने नै भए गैर राजनीतिक व्यक्तिहरुको सरकार गठन गरेर गैर राजनीतिक र विभिन्न छेत्रका बिज्ञहरुलाई स्वतन्त्र उम्मेदवारी दिएर चुनाबमा उठाउनु पर्छ. राजनीतिज्ञहरु फेल भैसके. ४-४ बर्ष उपलब्दीबिहिन काम गरेको देख्दा देख्दै फेरी यिनीहरुलाई भोट हाल्न गयौं भने हामी जस्तो मुर्ख कोहि हुँदैन.
खोइ, कस्तो देशमा जन्मियछ ? अब त नेपाली हुँ भनेर बिदेशीको अगाडी शिर ठाडो पारी भन्न सक्ने सामर्थ्य पनि हराइसक्यो i यति सारो गति छाडा नेताहरु भूगोलको कुनै पनि कुनामा छैन होला i हाम्रा नेता भनौदाहरु कुन चाही जातका रहेछन, कुन्नि ? जे होस्, जुन जातका भय पनि जनताका भलो खुब राम्रै संग चिताउने रहेछन ! धन्य प्रभु, धन्य उच्च जातका हाम्रा नेताहरु !
अब चुनाब गराएर संविधानसभा गठन गर्ने अनि संविधान जारी गर्ने भन्ने कुरा सधैको लागि बन्द गर्नु पर्छ । बरु धर्म निनिरपेक्षता,राजसंस्था, शासकीय स्वरुप र संघीयताको विषयमा जनमत संग्रह गर्ने । अनि जनमत संग्रहको नतिजाको आधारमा विज्ञ समूहबाट संविधान गराउने विधि राम्रो हो भन्ने लाग्छ ।
फ्रान्समा सन् १७८४ बाट सुरु भएको संविधानसभाहरूको विश्व इतिहास हेर्दा लगभग ८५ प्रतिशत संविधानसभा असफल भएका छन् । बिफलताको स्वाद चाखीसकेको याहाँ, फेरी के को ऐना देखाएर संबिधानसभाको चुनाब गर्ने ? संबिधानसभा संबिधानसभा भन्दा भन्दै बि.स. २००७ बाट २०१४ सम्ममा ७ बर्ष सिधै खोलामा बगाउदा नपुगेर २०६३ पछाडी आज सम्म फेरी ६ वर्ष र ९ अरब रुपैया सम्म ध्वस्त पारेर आइपुगेको भोलि पल्ट फेरी तेही कुरो दोहोरयाउना किन खोज्ने | यिनै नेताले घुमाउने तेही संबिधान सभा फेरी किन ?
मलाइ लाग्छ नेताहरु भित्रको व्यक्तिगत कुण्ठाको शिकार पनि हुदैछौं हामी | धेरै शक्तिको उदय शक्ति सन्तुलन भन्दा पनि विचलनको कारक हुदैछ |
१००% सहमत ! अर्को संबिधान सभा पनि येस्तई हुने छ….चेतना भया !
यसो भयो भने फेरी खरबौ पानीमा ( हैन नेताको लागि ) बग्ने छ —
कुरोको चुरोमा पुगेर कमेन्ट लेख्नु हुन्छ तपाईहरु , अब उपाय पनि लेख्नुस यस्तो
अबस्थामा के हुनु पर्छ ?
बहस छलफल भन्ने कुरा एक कान दुई कान मैदान भ र जाने हो .
केही उपाय नदेख्नेहरु ( म जस्ता भनू न ) संबैधानिक लोकतन्त्र भनेर रुन
थाल्या छौ .
तपाईहरुले क्यै उपाय देख्नु भा’छ भने हरेक कमेन्टको साथमा आफूले देख्या उपाय
पनि लेख्नु भए छलफल हुँदै जान्छ .
जस्तो कि माथि शसांक जी ले समस्या र उपाय दुवै लेख्नु भो बहाले जे सोच्नु भो . वहाको बुदा २ मा दम छ —
मैले यो किन भन्या भने हर्के जी , तपाईहरुको कमेन्टमा पनि दम हुन्छ , समस्याको चुरोमा पुग्नु हुन्छ , उपाय पनि लेखिदिनु भए — आभारी हुने थियौ .
लुना जी,
फेरी चुनाबको नाटक किन ? जब सम्पूर्ण निर्णय ६ जना नेताले गर्ने हो भने ६०१ झुण्ड किन चाहियो ? १५००० मान्छे मारेर, अरबौ रुपया खर्चेर नपुगेर फेरी चुनाब को नाटक किन ?
सबैदलका नेतालाइ बैठकमा बासाउनी….बिना सहमति बाहिर निस्कन नदिनी, धर्ना दिने बाहिरबाट, हामि सबैले ! तेही सहमतिको आधारमा, विज्ञहरुले संबिधान बनाउनी, राष्ट्र पतिबाट लालमोहोर लगाउनी ! १-२ हफ्तामा सबै काम तमाम !
हर्केज्यु
जब ४ पार्टीको नेताहरुले नै सब थोक निर्णय गर्ने हो भने होतनि किन चुनाव सुनाव चाहियो? रास्ट्रपति सिट केहि अधिकार छैन/ ई नेताहरु मिल्नु परे बिलाउने जातका पर्यो/ देस त् बिपतीको भुमरीमा फसायो ईनिहरुले/ अब कुनै अप्रत्यासित शक्तिको उदय बिना मुक्ति सम्भव छैन/ हर्केज्यु यदि ईनिहरुले अर्को चुनाव गरायो भने हेर्दै जानुस भारत स्वतन्त्र हुनु अघि हिन्दु मुस्लिमको दंगा भय झैँ जातीय दंगा गराउनेछ ईनिहरुले/ नेपाली नेपाली बिचमा फुट चर्कायर तराईमा स्वतन्त्र मधेश घोसना गर्न बेर छैन/
हामीले सबै देखि सकेउ, कुरोको चुरो पनि बुझी सकियो | भर्खरै सकिएको नाटक हेर्दा र बुझ्दा बिगतको चुनाबका रास्ट्रिय पार्टीहरु, सार्बजनिक क्षेत्रका महत्वपुर्ण व्यक्तिहरु, जनजाती र मधेशी महासयहरु र सरकार सहितको गोलमेच सम्मेलनबाट तथाकथित सिर्सस्था भनाउदा सम्पूर्ण नेताहरु सहितको संबिधान निर्माण आयोग (सुझाब आयोग होइन) निर्माण गरेर त्यहि आयोगले बिगतका मिलेका कुराहरु जोडेर लिएर जाने र नमिलेका बाँकी कुराहरुमा सहमति गरेर संबिधान निर्माण गर्ने र त्यो संबिधानलाइ २ मद्धे १ तरिकाले पास गर्ने
१. गोलमेच सम्मेलन बाटै गरिने सहमति अनुसार संसद्को चुनाब गरेर बन्ने संसद बाट दुइ तिहाइले संबिधान पास गरेर लागु गर्ने वा
२. त्यो संविधानलाई जनमतसंग्रहमा लगेर परेको मत मद्धे ५५% ले पास गराउने प्राबधान गर्ने |
यो देशमा अब यस्तो संबिधान सभाको चुनाब जति गरे पनि संबिधान बन्ने वाला छैन / किनभने सहमति, सहमति, सहमति भनेर चार वर्ष पछी सभाको देहवसान भयो / फेरी त्यही क्रम दोहारिन्छ / तर चुनाबमा नगईकन सुक्खै छैन / अबको चुनाब यस्तो हुनु पर्छ कि नेपालको संबिधान नेपाली जनताले प्रतछ्य भोट हालेर वनाउने /
सकेसम्म दुइ वा तिन वटा संविधानको मस्यौदा तयार गरेर जनतालाई दिने जनताले भोट दिएर अनुमोदन गरेको नै नेपाल संबिधान हुनेछ /
नेपालको संविधानको जनतावाट अनुमोदनको लागि:
१) माओवादी र उनलाई समर्थन गर्ने दलहरु मिलेर एकवटा नेपालको संबिधान मस्यौदा
तयार गर्ने /
२) कांग्रेस, एमाले र उनलाई समर्थन गर्ने दलहरु मिलेर एकवटा नेपालको संबिधान मस्यौदा
तयार गर्ने /
यसो गरेमा ६०१ जना सभासदलाई पाल्नु पनि पर्दैन / अर्बौं रुपैयाँ पनि जोगिन्छ / दश ठाउँमा बैठक गरेर हिड्नु पनि परेन /
सबै नेता हरु चोर नै हो कोहीभन्दा को हि कम छैन.भासन दिन जाने को छ अरु खै के गरे को छ.अरु लै दोस दिदै मा ठिक छ नेता हरु……
राजनीतिको अर्को नाम झुटको खेति रहेछ भन्ने कुरा ऐनाजस्तै छर्लंग भएको छ l सोझासाधा जनताका सामु गरेका बाचाहरु सबै बिर्सने, तिनै जनताले भोकतिर्खा बिर्सिएर देशविदेशमा बगाएको पसिनाबाट आर्जेको देशको ढुकुटीमा दाइँ हाल्ने, जनमतको कदर नगर्ने, जनताले बर्षौंदेखि व्यग्र प्रतिक्षा गरेका दिगोविकास, स्थायी शान्ति तथा समाज परिबर्तनक अति पेचिला मुद्धाहरुको उपेक्षा गर्ने सबै राजनीतिको खोल ओढेका नाइके ब्वाँसाहरुलाई नक्खुमा लगेर कोच्ने – मलाई त अहिलेको लागि यतिनै काफि हुन्थ्यो त्यसपछि को कुरा सोच्दै गरौंला l
अब के गर्नु ,,,बाबुरामको नेत्रितोको सरकारले चुनाब गर्नु,सबै पार्टीले जनताको मन जित्ने गरि बहुमत ल्याउने कोसिस गर्ने ..अनि एउटा सफल सरकार ले ५ वर्ष सासन गर्ने ..भारत संग स्वस्थ्य समन्ध स्तापित गर्ने …अनि मुलुक लाई अग्रगामी निकास दिने ..कुकुर हरु ले एती गरे भने देश केहि उभो लाग्थ्यो कि ??????
उपाय एउटा छ ! मासु जति सबै सकिएर हड्डी मात्रै बाँकी हुँदा पनि यो सत्तारुपी गाइलाइ हामि चारवटा गिद्दहरुले मिलाएर खान सकेनौं, लौ अब हजुरले जिम्मा लिने होकी हामीलाई नै मिलाएर भाग लगाइदिने हो भनेर नागार्जुन डांडातिर उँभो लाग्ने ..!
We can’t expect much from these so called top leaders. They are totally outdated and failed. They never do anything for the nation only have done for their family and their followers. Sooner or later their existence will be removed in Nepali politics. Nation have lost many opportunities because of their weak leadership. Many Nepali have lost their life for the nation but nation can’t prosper because of their weak leader ship. If poll will happen in stipulated time frame they should chase out from every constituency by the people. So called top leaders name Mr. Chhabilal Dahal “prachanda’ Phataha number one, Mr. Sushil koirala Murkha number one, Mr Jhale and Nepal Dhurta Number one and Bijaya Gachhedar Gaddar number one and Dr. Bhattarai patmurkha number one should be eliminate from nepali politics. Nepal can develop only after these MURKHAS PATAN other wise nepali people will face more and more difficult situation in the days to come.
फेरी संविधानसभाको निर्वाचन गरौं र संविधान बनाऔं भन्ने माओवादी–मोर्चाको प्रस्ताव नै गलत । संसारमा माओवादी सम्मिलीत संविधान सभाले संविधान बनाएको रेकर्ड कहीपनि छैन । संसारमा संविधानसभाले जातीय संघीयतासहितको संविधान बनाएको एउटा पनि उदाहरण छैन । यस्तोमा जातिय राज्यका नाममा देश टुक्राउन खोज्नेहरुले फेरि संविधानसभाको निर्वाचन गरौं भन्नु पूर्णतः षड्यन्त्रपूर्ण छ । यो कुरा सबै नागरिकले बुझ्नुपर्छ । संविधानसभाको अवसानमा माओवादी र मोर्चा संगै कांग्रेस एमाले पनि दोषी नै हु्न् । अबको निकास–
१.प्रधानमन्त्रीले तत्काल राजनीनामा दिने, यसो गर्दा दलहरुबीच कम्तीमा सहमतिका लागि संवाद गर्ने वातावरण बन्छ ।
२.संविधानसभाको निर्वाचनको घोषणा फिर्ता लिने र सहमतिय सरकारका लागि पहल गर्ने । यसो गर्दा पूर्ववत् सहमति अनुसार कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउदा पनि हुन्छ ।
३.सहमतिय सरकारले संविधानमा आवश्यक संशोधन गरे संसदको निर्वाचन गराउनुपर्छ, त्यही संसदलाई केही महिना संविधानसभाको काम गर्न म्यान्डेट दिन सकिन्छ ।
नत्र, संविधानसभाको पुर्नस्थापना गरेर अघि बढ्नुपर्छ । माओवादीले सत्ताकब्जाको रणनीति नफेरेसम्म र मधेशीहरुले सत्ता स्वार्थको खेल नछोडेसम्म यो देशमा हजारपटक संविधानसभाको चुनाव भएपनि संविधान बन्दैन । त्यसैले माओवादी र मोर्चाको नियत सफा भयो भने राजनीतिक संकट समाधान हुन सक्छ । कांग्रेस र एमालेले पनि बोल्दा भने जस्तै लोकतान्त्रिक व्यवहार देखाउन सक्नुपर्छ ।
“संसारमा संविधानसभाले जातीय संघीयतासहितको संविधान बनाएको एउटा पनि उदाहरण छैन ।” रे तेही भारत मा छ अनि USA मा पनि छ अनि थुप्रै देश मा पनि छ भनेर पनि महिले एई कोम्मेंट्स मा धेरै ठाउँ मा पढेको छु \ कसको कुरा पत्त्याउने \ भारत मा पन्जाब पन्जाबी को लागि अनि कन्नादा, मलायालाम, गुजराती हरुको लागि भनेर राज्य बिस्तार गरेको होइन र भन्या अनि सबै मिलेर बसेको पनि छन् वाहियात कुरा ठोकेर हुन्न मन को कुरा लेख्नु ठिकै हो जतियेता को कुरा तेत्तिकै लेख्नु हुन्न है \माओवादी सम्मिलित होस् वा नहोस राम्रो कुरा किन पच्दैन तेही पनि येही अर्याल पौड्याल( सिर्फ कमेन्ट लेख्ने मात्र) आदिलाई \ किन खालि एस्तो कुरा बाहुन हरुले मात्र निकाल्छन \
अब ज हुनु त भै नै हाल्यो ! मर्नु भन्दा बौलौनै निको ! आब बोलेर र अर्ति दियर फाइदा त छैन यी अपाराधि हरु लै ! एउटा कुरा अलि बुझियाना!जनता को चाहना !जनताको कदर भन्ने सब्द पटक पटक सुन्दा अब हग्ने लै भन्दा देख्ने लाई लाज भैसक्यो ! जनता भन्या तिनीहरु को पार्टी को भाडा क टट्टू त हैनन् नि सबै!महंगी हटायारा सान्ति सुरक्षा,बत्ति,पानि,अनि खाडी मा जान नपरी देश मै रोजगारी खोज्ने हो नि! तिनीहरुलाई चित्त बुझौ !कुकुर नेता हरुले कुरा बुझेपो!! ठुला भनौदा दल ले टाउको बटारे पछि चुनाब गरेर पनि लछारपाटो लाउने ताल छैन !सबै ले मानेर ताजा जनादेश मा गयर अनि यो सब ठुला नेताहरुलाई थाँगना मा सुतायरा युवा हरु लाई देश निर्माण मा बढ्न मौका दिनु पर्छ भन्ने हाम्लाई लाईरा छ !