Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

(क)माओवादीविरुद्ध इमेलमा उजुरी गरौँ रे

Posted on July 27, 2012July 27, 2012 by Salokya

माओवादीको भर्खरै सकेको विस्तारित बैठकमा पैसाको मामिलामा बबाल नै भो। केन्द्रीय सदस्य र नेतृत्व अनैतिक तरिकाले सम्पति थुपार्नमा बढी ध्यान केन्द्रित गरेको भन्दै निकै आलोचना भयो। हुँदाहुँदा जो पूर्व लडाकुहरुले लडाकुहरुसँग उठाएको रकमको हिसाब खोजेका थिए, उनीहरु आफै पनि ‘पैसामा कुरा नमिलेर’ त्यसरी विरोधमा उत्रिएको भन्दै उनीहरुको पनि सम्पति छानबिन गर्नुपर्ने कुरा उठ्यो। यो कुरा… Continue reading

खरेलले ‘मानसिक दास’ हुनुपरेको भने, उनी मातहतका प्रहरी त ‘शारीरिक दास’ नै थिए

Posted on July 26, 2012July 27, 2012 by Salokya

फोटोमा देखिएका व्यक्ति पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल हुन्। उनको टाउकोमा तेर्सिएको बन्दूक ‘कागजी’ हो। साथी केपी ढुंगानाको किताब ‘ओपन सेक्रेट’को विमोचन पुलिस क्लबको हलमा आज गरिएको थियो। त्यसैमा प्रमुख अतिथि थिए पूर्व आइजीपी खरेल। पछाडि राखिएको किताबको फ्लेक्समा देखिएको बन्दूकको चित्रले अतिथिलाई नै ताकेको भ्रम फोटोमा देखिए पनि वास्तवमा सत्य यही त हो! तपाईँ-हामी… Continue reading

अदालतले भन्यो- गोविन्दराज जोशी भ्रष्टाचारी नै हो

Posted on July 25, 2012July 26, 2012 by Salokya

सालो र ससुरालाई समेत सजाय भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न गठित विशेष अदालतले यो आर्थिक वर्षको पहिलो फैसला सुनाउँदै नेपाली कङ्ग्रेसबाट पटक पटक मन्त्री भएका गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ। उनलाई भ्रष्टाचार गरेवापत् १ वर्ष र मन्त्रीसमेत रहेको बेला भ्रष्टाचार गरेकोले थप छ महिना गरी कूल १ वर्ष छ महिना कैद सजाय सुनाइएको छ। त्यसैगरी… Continue reading

गणेश थापाले पत्‍नी र छोरालाई प्लेन टिकट भन्दै $ लिएको खुलासा

Posted on July 25, 2012July 26, 2012 by Salokya

हाम्रो फुटबल संघका सदाबहार अध्यक्ष तथा एसियाली फुटबल महासंघका उपाध्यक्ष गणेश थापाका छोराको खातामा १ लाख अमेरिकी डलर अध्यक्ष मोहम्मद बिन हमामले डिपोजिट गरिदिएको खबर त अन्तर्राष्ट्रिय मिडियाले समेत प्रचार गरेकै थियो। यसको डिफेन्समा थापाले ‘ऋण लिएको हो, तिरिसक्यो’ मात्रै भने। अरु अनेकन् प्रश्नको कुनै जवाफ दिन आवश्यक ठानेनन्। अब फेरि अर्को खुलासा भएको छ।… Continue reading

ट्राफिक जरिवाना तिर्न अब झण्झट

Posted on July 24, 2012July 24, 2012 by Salokya

जरिवाना तिर्न ग्लोबल आइएमई बैँक नै किन ? गलत ठाउँमा पार्किङ गरेको, रङ्ग साइडमा चलाएको, ट्राफिक लाइटको पालना नगरेको, मापसेमा पक्रेको जस्ता ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीको फन्दामा पर्नुभएको छ भने अब पहिले जसरी जरिवाना तिरेर हुन्न। भोलि बुधबार (१० गते) देखि प्रक्रिया परिवर्तन हुँदैछ। पहिले भए पूर्जी लिएर ट्राफिक कार्यालय जाने, जरिवाना बुझाउने, कागजात… Continue reading

सेक्रेट पढेपछि किन डराए बाबुराम ?

Posted on July 23, 2012July 23, 2012 by mysansar

साउन ३ गते बुधबार। बिहान १० बजे साथी केपी ढुंगाना प्रधानमन्त्री निवास, बालुवाटार गएका थिए। यही हप्ता रिलिज हुने आफ्नो पुस्तक ओपन सेक्रेटको विमोचन गरिदिन निमन्त्रणा दिन। पुस्तकप्रेमी विद्वान प्रधानमन्त्रीका रुपमा चिनिएका बाबुराम भट्टराईले ‘हुन्छ, म आउँछु’ भने। ‘साहित्यप्रति एकदमै रुचि राख्ने मान्छे हुँ। सत्य घटनामा आधारित पुस्तक रहेछ, पढ्छु पनि, कार्यक्रममा आउँछु पनि’ भनेपछि… Continue reading

गणेश थापाले तिरिसके भने, तिरे कि तिरेनन् कल्ले खोज्ने?

Posted on July 23, 2012July 23, 2012 by Salokya

शनिबार फेरि एक पटक हङ्गामा भयो विश्व फुटबलमा। भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाए पनि प्रमाण नपुगेको भन्दै ‘खेलको सर्वोच्च अदालत’बाट प्रतिबन्ध उल्ट्याइएका मोहम्मद बिन हमामबारे खुलासा भयो। विभिन्न देशका फुटबल स‍ंघ चलाउनेहरुलाई उनले व्यक्तिगत रुपमा पैसा बाँडेको देखियो अडिट (लेखापरीक्षण) प्रतिवेदनबाट। फिफाको अध्यक्ष पदमा उठ्न पद र पैसाको दुरुपयोग गरेको आरोप लागेका हमामबारे यस्तो… Continue reading

यसकारण बुझिएन ‘हाइवे’

Posted on July 22, 2012April 30, 2022 by Salokya

फिल्म हेर्न नजानेकै हो, सिकाइदिनुस् न प्लिज ! [फिल्म समीक्षा आफूलाई समीक्षक भन्ने दिग्गजहरुले गर्ने चिज हो, हामी जस्ता सामान्य दर्शकले हैन। शुक्रबार हाइवे हेरेपछि दर्शकका रुपमा आफूलाई लागेको कुरा लेखेको यसअघिको ब्लग निकै लामो भएकोले यो अर्को ब्लग लेख्नुपरेको हो। यसअघिको ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।] फिल्म समीक्षकले फिल्म रिलिज हुनुअघि नै रिभ्यु लेखेर… Continue reading

प्रचण्ड अब यो घरमा नबस्ने रे

Posted on July 21, 2012July 21, 2012 by Salokya

पार्टी फुटेपछि नयाँ रणनीति तय गर्न बसेको एमाओवादीको यस पटकको विस्तारित बैठकमा निकै नाटक भयो। सुरु मै भाग लिन आएका कार्यकर्ताहरु बस दुर्घटनामा मरेर अपसगुन लगाइसकेको थियो। त्यही कारण बैठक एक दिन स्थगित पनि भयो। त्यसपछि पूर्व लडाकुहरुले शिविरभित्र उठाएको रकमको हिसाबकिताब मागेर बबाल गरिसकेपछि फेरि बैठक स्थगित गर्न बाध्य हुनुपर्‍यो। कति पैसा चाहिने तिमी… Continue reading

बन्दविरोधी भनिएको हाइवेले बन्दको पीडा नै दर्शाउँदैन

Posted on July 21, 2012July 23, 2012 by Salokya

मूलधारे मिडिया र सोसल मिडियामा निकै प्रचारबाजी गरेर सुरु भएको फिल्म हाइवे अब हलमा लागेको छ। प्रचारका लागि यसले सबै संभव उपाय अपनाएको थियो। सबै निर्माता/निर्देशकले आफ्नो फिल्म चलोस् भन्ने सोच्छन्, त्यसैले यस्तो गर्नु अचम्म हैन। यसले फरक तरिकाले गर्‍यो, त्यसैले यो फिल्ममा सबैको चासो भयो। प्रचारबाजीमा यो फिल्म उत्कृष्ट भएकोमा शंका छैन। तर प्रचारले… Continue reading

माओवादीभित्र महाभारत

Posted on July 20, 2012 by Salokya

विचार नमिलेका वैद्य समूह अलग्गिएपछि अब चाहिँ माओवादीभित्र केही विवाद हुँदैन होला भनी सोच्नेहरुलाई आजको घटनाले गतिलै झापड हानेको छ। आज हात हालाहाल र कुर्सी हानाहानसम्मको स्थिति उब्जियो- प्रधानमन्त्री बाबुराम र अध्यक्ष पुष्पकमल दाहाल समूहबीच। होहल्ला र कुर्सी प्रहारका बीच भागदौड मच्चिएको थियो बैठकमा। हिजोसम्म लडाकुले हिसाब मागेपछि स्थगित गर्नुपरेको बैठक आज चाहिँ यही महाभारतका… Continue reading

भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र

Posted on July 19, 2012July 19, 2012 by Salokya

भिसा बिना उडेका कारण अबु धाबीमा मन्त्री लोकेन्द्र विष्ट मगर अलपत्र परेको समाचारबाट पनि नेपालको त्रिभुवन विमानस्थलका अध्यागमनका कर्मचारीहरु चेतेका रहेनछन् कि के हो, पूर्वराजा ज्ञानेन्द्रलाई समेत रातो मुख लगाउन बाध्य पारिदिएछन्। इमिग्रेसनले कतारमा बस्ने भिसा छ, छैन चेक नगरी उडाइदिएकोले परिवारसहित ज्ञानेन्द्र रातभर दोहा विमानस्थलमै अलपत्र परे। फ्रान्सबाट ददि सापकोटाले चलाएको ब्लग नेपालप्लसले यसको… Continue reading

प्रकाश दाहालका साधुको दुःख

Posted on July 17, 2012July 17, 2012 by Salokya

शब्द अर्थ- साधुः पोइल गएकी स्वास्नीको विवाहित पति, पूर्वपति। जारः अर्काकी स्वास्नीलाई राजीखुशीसाथ लैजाने व्यक्तिलाई पहिलेको लोग्नेले भन्ने शब्द, अर्काकी स्वास्नी फकाएर लैजाने व्यक्ति। स्रोतः प्रयोगात्मक नेपाली शब्दकोश शंकर अधिकारी प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो ।… Continue reading

नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा

Posted on July 16, 2012 by Salokya

कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो। पारिवारिक कम्पनीहरुमा आफै सीइओ बस्ने, मासिक तलक बीसौँ लाख रुपैयाँ लिने, श्रीमति, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरिरहेका छन्। यसरी भएभरको कमाई आफैले मात्र खाने चलन देखियो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र… Continue reading

ज्ञानेन्द्र परिवारसहित कतार उडे

Posted on July 16, 2012July 17, 2012 by Salokya

राष्ट्रप्रमुख हुँदा शाही नेपाल वायुसेवा निगमको बोइङ ७५७ नै निजी विमानसरह बनाई २० दिनका लागि अफ्रिकी राष्ट्र ट्युनिसिया पुगेका ज्ञानेन्द्र शाह आज भने कतार एअरवेजको QR357 जेट चढ्दै गरेका देखिए। परिवारसहित दुई साता लामो फ्रान्स भ्रमणका क्रममा ज्ञानेन्द्र दोहातिर उडेका हुन्। राष्ट्रप्रमुख नभइसकेपछि यो उनको पहिलो भारतबाहेकको विदेश भ्रमण हो। उनीसँगै उनकी पत्‍नी कोमल, बुहारी… Continue reading

बजेटको बिजोग !

Posted on July 16, 2012July 16, 2012 by Salokya

अन्ततः नेताहरुले यस पटक पनि उही काम गरी छाडे- बजेटको बिजोग! ६२/६३ को जनआन्दोलनपछि एक वर्षको बजेटमात्र पूर्ण आएको छ, बाँकी सब समय बजेटलाई बार्गेनिङको विषय बनाई दलहरुले बन्धक बनाएका छन्। उही पार्टी सरकारमा रहँदा पूर्ण बजेटको वकालत गर्छ, उही विपक्षमा रहँदा चाहिँ पूर्ण ल्याउनै हुन्न भनी जिद्दी गर्छ। बजेट समयमा र पूरा आएन भने… Continue reading

हैन, मन्त्री त्रिपाठी कता हराए ?

Posted on July 14, 2012July 14, 2012 by Salokya

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी अहिले नेपालमा छैनन्। उनको मन्त्रालयको कामचलाउ कार्यभार भंग हुनुअघि नै संविधान सभा भंग हुने भयो भन्दै रुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। त्यसो त यो सरकारै कामचलाउ हो। यो मन्त्रालय त अब डबल कामचलाउ हुने भयो। मन्त्री त्रिपाठी कता गए, के कामका लागि गए, कसैलाई थाहा छैन।… Continue reading

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

Posted on July 12, 2012July 13, 2012 by Salokya

फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको… Continue reading

बिना पनि निलम्बित

Posted on July 10, 2012July 10, 2012 by Salokya

प्रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ। प्रकाश-बिना… Continue reading

प्रचण्डले छोरालाई निलम्बन गर्ने बाध्यता यसरी पर्‍यो

Posted on July 9, 2012July 10, 2012 by Salokya

बिहानै प्रचण्डपुत्र प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्ली पुर्‍याए भन्ने हल्ला सोसल मिडियामा फैलियो। टेलिभिजन, एफएम जस्ता मूलधारे मिडिया चुपै बसे पनि सोसल मिडियाका कुरालाई केही अनलाइनले पनि टिपेपछि फेसबुक र ट्विटरले यो खबरलाई अझै यत्ति धेरै फैलाइदियो कि बाउ प्रचण्डको अध्यक्षतामा साँझ बसेको पार्टी पोलिटब्युरो बैठकले छोरा प्रकाशलाई साधारण सदस्यताबाटै निलम्बन गर्ने निर्णय… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 166
  • 167
  • 168
  • 169
  • 170
  • 171
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme