Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब फँस्ने भए नारानघाटका व्यापारी

Posted on June 8, 2012June 8, 2012 by Salokya
व्यापारीले जलाएको गाडी। फोटोः हरिप्रसाद पोखरेल

पहिले खबरै नगरी छापा मार्न आएको भन्दै राजस्व अनुसन्धान विभागको फ्लाइङ स्क्वाड (द्रुत टोली) लाई पसलमा थुनेर हातपात गर्न खोज्ने अनि गाडी जलाएर प्रहरीसँग भिडन्तमा उत्रको घटना तपाईँलाई यादै छ। गाडी मात्र हो र, आफ्नै सुरक्षाका लागि राखिएको प्रहरी बिटसमेत जलाइदिएका थिए उनीहरुले। उनीहरुले दबाब दिएर छापा मारिएको पसलमा लगाइएको सिल समेत खोल्न लगाएका थिए।

तर अब विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। ट्याक्स अफिसरहरुको मनोबल बढाउने कुरा पनि भयो यो त। नत्र त सबैतिर यस्तै गरी व्यापारीहरुले हुलदङ्गा गरी केही अनुसन्धानै गर्न दिने भएन। कारबाही अनुसार जुन पसलमा छापा मार्ने क्रममा यो सब भएको हो, त्यो पसलका साहुहरुको सबै सम्पति र बैङ्क खाता रोक्का गरिएको छ।

घटनाको पृष्ठभूमि थाहा पाउन पुरानो ब्लग पढ्न क्लिक गर्नुस्

राजस्व अनुसन्धान विभागले नारायणगढको लक्ष्मीनारायण वस्त्रालय र भगवती वस्त्रालयका प्रोपाइटरहरुको सबै सम्पति र बैङ्क खाता रोक्का गर्ने निर्णय हिजो गरेको हो।

अब उनीहरुले आफ्नो बैङ्क खातामा भएको रकम झिक्न पाउने छैनन्। गाडी, घर, जग्गाहरु बेच्न पाउने छैनन्, अनुसन्धान पूरा नभएसम्म। त्यति मात्र हैन, उनीहरुले अब सम्पतिको स्रोत पनि देखाउनु पर्नेछ। स्रोत देखाउन नसके सम्पति शुद्धिकरण निवारण (मनी लाउन्डरिङ) ऐन अनुसार सम्पति त जफत हुन्छ नै, त्यति नै रकम जरिवाना पनि तिर्नुपर्छ।

ती साहुहरुलाई यथाशीघ्र विभागमा हाजिर हुन आउन पूर्जी पनि पठाइएको छ। त्यहाँ उनीहरुले कर छलेको विषयमा, राजस्व अधिकारीहरुलाई दुर्व्यवहार गरेको र गाडी जलाएको विषयमा स्पष्टीकरण दिनुपर्नेछ।

ती पसलहरुले ट्याक्स छलेर चोरी पैठारी गरी नेपाल भित्र्याइएका सामान जम्मा गरेर पोखरा, बाग्लुङ, स्याङजा लगायतका बजारसम्म बेचिरहेको सुराकीका आधारमा छापा मार्न पठाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक जन्मजय रेग्मीले बताएका छन्। त्यो पसल रहेको घरको चारवटा तला भरी चोरी पैठारीका महँगा सर्टिङ सुटिङ र साडी भरिभराउ थियो रे। छापा मार्न खोज्दा थुनेर, गाडी र प्रहरी चौकी जलाएर भगाइहाले, हो कि हैन भन्ने पुष्टि नै हुन पाएन।

यदि त्यसो नगरेको भए अनुसन्धान सकिने बित्तिकै सफाइ पाइहालिन्थ्यो। हो नै भने पनि पुष्टि भएपछि जरिवानामात्र तिरे पुग्थ्यो। अब यो मनी लाउन्डरिङमा परे भने त जेल नै जानु पर्ने हुनसक्छ। गाडी केको पैसाले किनेको, घरजग्गा कुन पैसाले किनेको. बैङ्कमा रकम कसरी जम्मा भयो, कुन कारोबारमा कति पैसा नाफा भएको थियो, सबका सबको स्रोत देखाउनु पर्छ।

यही घटनाबारे उद्योगी व्यापारीहरुको छाता संस्था उद्योग वाणिज्य महासंघ (FNCCI) ले हिजो वक्तव्य निकालेको छ। वक्तव्यमा राजस्व प्रशासनले देखाएको जबर्जस्ती कायम रहिरहने हो भने बहुसंख्यक व्यवसायीहरु आन्दोलित भएर मुलुकमा अझ असहज वातावरण बन्ने चेतावनी दिइएको छ।

वक्तव्य पूरा हेर्नुस्-
ट्याक्स अफिसरलाई हात हालेर गाडी जलाइदेको घटनाबारे व्यापारीहरु... on Twitpic

साथमा पहिले खबर गरेर मात्र छापा मार्न आउनु पर्ने भन्ने व्यापारीको माग सुनेपछि फेसबुकमा देखिएको यो व्यङ्ग्य पनि-

78 thoughts on “अब फँस्ने भए नारानघाटका व्यापारी”

  1. Anita says:
    June 13, 2012 at 3:03 pm

    यस्ता कर छल्ने ब्यापारी हरु लै हदै सम्म को कारबाही गरेर सरकारले एउटा नजिर बसुनु पर्छ… हामी नेपाली हरु दुनिया सामु आफै लै नंग्याउने काम किन गर्छौ… आज युरोपे, अमेरिका , जापान जति बिकसित छन् सबै LAW AND ORDER ले गर्दा नै हो भन्ने कुरा हामी सबै लै थाहा छ… न बिराउनु न डराउनु भने जस्तै यदि ति ब्यापारी दोषी थिएनन् भने किन सरकारी कर्मचारी लै हात पात गर्न खोजे त..? किन तिनीहरु को काम लै अवरोध पुराउन खोजे त ..? गलत काम गर्ने जो होस् हामी नागरिक समाज ले पनि तेस्लाई बहिस्कार गर्नु पर्छा ..

    Reply
  2. robin says:
    June 13, 2012 at 10:34 am

    हरेक घटना को दुइ वटा पाटा हुन्छन | सरकारी सम्पति को त्यसरी नस्ट गर्नु, प्रहरी बीट जलाउनु, पक्कै पनि अराजक काम हो, घटना को उचित छानबिन हुनै पर्छ| सरासर घटना हेर्दा दोष एउटा पसल को मात्र नभई पुरा व्यबसाई हरु को जमात को देखिन्छ, एउटा पसल लै मात्र सिकार बनाउनु भनेको बलि को बोको बनाउनु मात्र हो, कि सबै व्यबसाईहरु को खाता रोक्का गर्ने, उची छानबिन गर्ने गर्नु पर्न्यो|
    राजस्व बिभाग को इतिहास पनि त्यति राम्रो चाही छैन| राजस्व बिभाग को कर्मचारी हरु को अख्तियार मा मुद्दा हालेर सबै को एक एक सम्पति को विवरण लिनु पर्छ| देश को सबै भन्दा भ्रस्ट, लाचार भनेको राजस्व को कर्मचारी हुन्, उनि हरु को उचित छानबिन भएको खै?

    Reply
  3. Hem says:
    June 12, 2012 at 7:48 am

    यदी ति ठग ब्यापारीहरुलाई माथि भने बमोजिम कारबाही भयो भने नेपाल मा अझै पनि कानुनी सासनको अन्त्य भैसकेको रहेनछ भन्ने प्रमाणित हुन्छ !

    Reply
  4. Hem says:
    June 12, 2012 at 7:47 am

    अरुले बन्द, हडताल गरेर, तोड्फोड गरेर हामीलाई असुरक्षा बढ्यो भन्ने व्यापारिहरुले आँफै यस्तो कुकर्म गरे पछि अरुले यिनिहरुले गरे जस्तै बन्द, हडताल, तोड्फोड गरेर यिनिहरुको ब्यापार ब्यवसायमा हानी नोक्सानी पुर्याउँदा अब कुन मुखले प्रहरी प्रशासनसंग सुरक्षा माग्नु कुन नैतिकताले त्यसको बिरोध गर्नु ?

    Reply
  5. सार्थक says:
    June 11, 2012 at 6:37 pm

    अरुले बन्द, हडताल गरेर, तोड्फोड गरेर हामीलाई असुरक्षा बढ्यो भन्ने व्यापारिहरुले आँफै यस्तो कुकर्म गरे पछि अरुले यिनिहरुले गरे जस्तै बन्द, हडताल, तोड्फोड गरेर यिनिहरुको ब्यापार ब्यवसायमा हानी नोक्सानी पुर्याउँदा अब कुन मुखले प्रहरी प्रशासनसंग सुरक्षा माग्नु कुन नैतिकताले त्यसको बिरोध गर्नु ?

    Reply
  6. anita pathak says:
    June 9, 2012 at 9:23 pm

    साला चोरहरु राज्यलाई कर तिर्नु पर्दैन. उद्योग बाणिज्य महासंघ आफै एउटा भ्रस्टहरुको अखडा हो. अझ बक्तब्य हेरौ न. जो चोर उसैको ठुलो स्वर.

    Reply
  7. balakji chhetri says:
    June 9, 2012 at 8:08 pm

    दुधको साछि बिरालो बस्ने माग बाकि थियो नेपालमा अब 2 दिन नारयणधाट बन्द गरिदिए भने त्यो माग पनि पुरा गरिदिनेछन हाम्रा डा. सापले

    Reply
  8. dipak shrestha says:
    June 9, 2012 at 7:14 pm

    सरकारको यो कदम लै प्रसंसा गर्ने पर्छ |आगामी दिनमा कोहि कसैले पनि कानुनको अपहेलना गर्ने कम हुननपोस | कानुनको अपहेलना गर्नेलाई सजाय हुने पर्दछ|

    Reply
  9. nirudhakal says:
    June 9, 2012 at 7:05 pm

    सबै नेपाल को ब्यापारी लाई येस्तई कारबाही गर्नी हो भनि ५ वर्ष मा नेपाल सायद केहि त हुन्छ,हुन्छ, आशा गरौ ,

    Reply
  10. dipak shrestha says:
    June 9, 2012 at 6:56 pm

    सरकारको यो कदम प्रसंसनिय छ | एस्तो कामबाट राष्ट्र सेवक कर्मचारीको मनोबल उच्छा हुने विश्वास गर्न सकिन्छ| राज्वाषा मारा उपभोक्ता ठग्ने ब्यापारीलाई हड्दैसम्मको कारबाही गर्न पछि हट्नु हुदैन |

    Reply
  11. उपासक उदास says:
    June 9, 2012 at 4:20 pm

    पंचायती कालमा पुरानो रीस इबी भएकाले झुठो चुकरी गरेर प्रशासनबाट कारबाही गरिन्थ्यो .यो घटनामा तेस्तो भएको हो वा होइन पहिले जाँचबुझ हुनुपर्यो . यदि हो रहेछ भने झूठो लान्छना लगाउने पोल्याहा पनि कारवाही को दायरा भित्र ल्याउनु पर्छ. होईन रहेछ भने कानून आफ्नो हातमा लिने जोसुकैलाई अपराध अनुसारको दण्ड दिनैपर्छ , व्यापारी होस् अथवा सरकारी कर्मचारी अनियमित कुकर्म गर्नेहरु सबै सजाईंको उपयुक्त पात्र हुन् …

    Reply
  12. deven says:
    June 9, 2012 at 2:15 pm

    कर छली गर्ने ब्यापारि लाई त कारबाही हुनै पर्छ त्यस्मा कसैको २ मत हुनै सक्दैन, त्यो १० लाख घुस माग्ने सरकारी कर्मचारी लाई चै कारबाही हुने कि नहुने त ? त्यो पनि स्पस्त गर्नु पर्छ बिभाग ले।

    Reply
    1. krishna k.c. says:
      June 13, 2012 at 6:01 am

      न बिराउनु न डराउनु कसैले व्यक्तिगत रिसिबिसिले पोललागाउदैमा उदण्ड गर्नु पर्ने त थिएन मन कालो थिएन भने अनुगमन का टोलीलाई सयोग गर्दा के बिक्रिन्थ्यो र ? दाल मा कालो देखिन्छ

      Reply
  13. Kaji says:
    June 9, 2012 at 2:07 pm

    बाह्र बर्ष पछि पाप धुरी बाट करौंछा भनेको येही हो
    साथी हो कुन जमाना देखि को कालो व्यापार गरि
    कमाएको सम्पति ले अति नै भएर कुकुर लाई घिउ
    नापच्या हो अब सरकार ले यिनी हरु को कालो सम्पति
    जफत गर्नु पर्छ तर जफत गरे पनि त्यो रकम ले फेरी कुन
    चाही नेता लै प्राडो चड्ने होलान केरे खै के खै के!!!!!

    Reply
  14. धर्मराज शाही says:
    June 9, 2012 at 1:32 pm

    बल्ल पर्यो निरमाया माकुरी जालैमा भने झैँ “जसले बर्किनिंग गर्न सक्यो त्यसलाई १० को माल ५ मा पनि दिने तर सोझा ग्राहकलाई देख्यो नाइँ कि १० को माललाई २०/२५ भन्ने अनि अर्को तिर बाट पहिलो मालको पैसा पनि जोडेर दोहरो फाइदा लिने व्यापारी” लाई राजस्व अनुसन्धान विभागले पनि आफ्नो जालमा पारेरै छाड्यो | अब ति व्यापारीलाई कानुनी कारवाही अगाडी बढाउनुपर्छ |

    Reply
  15. Pradeep says:
    June 9, 2012 at 1:19 pm

    येस्तो घटना हुनु राम्रो त होइन तर येत्तिको ठुलो नभए पनि छापामार्न जादा काठमाडौँ का ब्यापारी ले पनि पसल बन्द गरेर सडकमा निस्किएका थिए ! ब्यापारी मात्र बदमास भएको भए कारबाही गर्न सकिन्थ्यो तर देस प्रेमी नेता, रास्ट्र सेवक कर्माचारी उनीहरु लाई कारबाही गर्ने निकाए अख्तियार, सतर्कता केन्द्र, प्रहरी, न्यायालय सबै मा येस्तई चाला छ अनि ! अहिले त चुनाब घोसना भएपछी ब्यापारी झन् भ्रस्ट हुनु पर्दछ किन कि फेरी चन्दा हाल्नु पर्छ ! पार्टी ले पनि यस्ता ठुला ब्यापारी को लिस्ट राखेका छ ! अहिले काठमाडौँ मा भईरहेको सडक सुधार को स्तर सबै बाटो हिड्ने ले देखेको छ, मन्त्रि, सडकका हाकिम, अख्तियार क हाकिम तर किन कोहि कसैलाई कारबाही हुदैन त ? भाग बन्दा मिले सम्म कुनै पनि भ्रस्ताचार , अनिमियतता , कर छली देख्दैनन माथिका मानिस हरु अरु ले देखेर के को डर ? सालोक्य जी ले काठमाडौँ को सडक बारेमा पनि अनुसन्धान गर्नु पर्यो

    Reply
  16. prakash Kaka says:
    June 9, 2012 at 12:58 pm

    यदि इमान्दार सरकार हुदो हो त सर्वप्रथम उ्द्योग बाणिज्य महासङ्घ नारायणघाट लाइ खारेज गर्थ्यो होला, कुनैपनि पार्टि या गुठले गरेको अान्दोलन या हड्तालमा भएका सार्वजानिक सम्पति तोडफोड गर्नेलाइ सर्वोस्व सहित काराबास को सजाय दिलाउ्थ्यो होला। कुनैपनि सार्वजनिक पदमा बस्ने हैसियत अाजिवन गुमाउने कानुन बनाउ्ने थियो होला तर पार्टिको एक भोटको लागि कर्मचारिको मनोबल गिराउ्ने खालका कदम चाल्ने हैसियत राख्ने छ भन्ने मैले सोचेको छु ।स्मरण रहोस मैले सरकार भनिरहदा खालि बाबुराम सरकार मात्र होइन नेपालमा अहिले सम्म बनेका सबै सरकार को कुरा गरेको हु ।

    Reply
  17. krishna says:
    June 9, 2012 at 12:55 pm

    सरकार को यो कार्य लाई हामीले हौसला दिनै पर्छ र एस्ता कालाबजारी लाई तह लगाउनु नै पर्छ..

    Reply
  18. samipa karki says:
    June 9, 2012 at 11:23 am

    हामीले पनि देखेको छु राजस्वो को कर्मचारी कति सुद्ध छन् कहिले घुस खादैन सदै नियमको पालना गर्छ ! ताल पर्यो भने ब्यापारी संग कसरि मिलेर कमाउनु पर्छ भन्ने कुरा ब्यापारी लाई नै सिकाई कमाउने कर्मचारी चै राम्रो ब्यापारी चै सधै ठगि धन्दा गर्ने रहेछ !

    Reply
  19. Rahul says:
    June 9, 2012 at 9:00 am

    यो उद्योग बाणिज्य महासंघ को वक्तव्य पढेर त यी उद्योग बाणिज्य महासंघ होइन पातकी महासंघ हुन्! थुक्क बुद्दी!!! नेपाल का उद्योगी को !!! जो चोर उसको ठुलो सोर !!!
    देश लाई लुटने नै यिनी डाका हरु हुन् नि!!! यिन लाई त कडा भन्दा कडा सजाय हुनु पर्छ!!!

    Reply
  20. sudikchya says:
    June 9, 2012 at 8:08 am

    यस्ता ब्यापारी लाइ मात्र हैन उनीहरु संग मिलेर गाडी जलाउने सुरछ्या मा आयका प्रहरी माथि नै हातपात गर्ने जो कोहे पनि हुन् ति सबै लाइ कारबाही गर्नु पर्छ दुइ ब्यापारी ले मात्र त यत्रो हातपात गर्न सक्दैनन् जसले यस्तो कार्य गर्न उक्सयाको छ उसलाई पनि कारबाही गर्नु पर्दछ

    Reply
  21. Basanta says:
    June 9, 2012 at 6:44 am

    कार्यबाहीको प्रकिया अघि बढेको मा स्वागत गर्दा छु / ताकी आगामी दिनहरुमा अरु ब्यापारीहरुले यता कार्य गर्न नासकोश हिजो नारायणघाट भोलि बिरगंज पर्सि भैरहवा हुँदै गर्ने हो भने नेपाल को कानून खोइ ?

    Reply
  22. razen says:
    June 9, 2012 at 4:55 am

    न्याय नपाए गोर्खा जानु भने झैँ अब फेरी यी सबै ब्यापारीहरु आफ्नो बचाउको लागि माओबादी पार्टीमा सम्मिलित हुने भए |

    Reply
  23. sushil says:
    June 9, 2012 at 3:20 am

    देश विकास भएन पनि भन्ने अनि कर पनि तिर्न न मान्ने क हो एस्तो छोरि कुटेर बुहारी तर्साउनु पर्छ साथी हो देश भरि इन्डियन हरुको राज छ भोलि तिनीहरुले पनि तेसै गर्छन नत्र एक दम सहि गरेको गरेको छ प्रसासनले .

    Reply
  24. Bhawana says:
    June 9, 2012 at 3:10 am

    ऐन कानुन त रहेछ नि !!! यसलाई लागू गर्न खोज्यो भने हुने पनि रहेछ ! चोर फटाहा, ठगि गर्ने समाजका धमिराहरुलाई तेस्तै गर्नुपर्छ | कारबाही टुंगोमै पुगेर मात्र सकियोस ! शुभकामना !!!
    यसले समाजका अराजक तत्वलाई राम्रो पाठ पढाउनेछ !
    येस्तै पाठ यी जनताको पसिनामा रजाई गर्ने, लाज नभएका नेताहरुलाई पनि सिकाउन पाए त भविस्यमै भए पनि जनताले केहि राहत त पाउथे होला नि हगी !!!

    Reply
  25. shreesh thapa says:
    June 9, 2012 at 2:42 am

    अब यहि काण्ड बाट सम्पूर्ण देशभरिका ब्यापारीहरुले राम्ररी पाठ सिक्नु जरुरि छ उडन्त र छाडापनको हविगत यस्तै हुन्छ …………

    Reply
  26. Gaurav Nepali "Oodaaseen" says:
    June 9, 2012 at 12:34 am

    बिनासकाले बिपरित बुध्हीम भनेको यहि हो ! यस्ता घिनामरु संघ सन्ता या नेता पार्टीको भर पर्यो भने हालत जुन हुनुपर्ने हो त्यहि हुन्छ ! यी संघ संस्था भनेका पानीका फोका हुन्, चेतना भया !

    Reply
    1. rabin says:
      June 9, 2012 at 4:32 am

      एक दम खुशी को कुरा . अब ती ब्यापारी लाई जेल हालेको सुन्न पाय कति आनन्द हुन्थ्यो

      Reply
  27. Ajay Gurung says:
    June 8, 2012 at 11:07 pm

    यो FNCCI को बक्तब्य मा उल्लेखित कुरा नि? छापा मर्दा उद्योग बाणिज्य महासंघ को प्रतिनिधि हुने भन्ने जुन कुरा छ नि अब “हजुर एकचोटी आइदिनु पर्यो यहाँ फलानो फलानो को मा छापा मार्नु पर्यो” भने पछि त ब्यापारी र ब्यापारी मिल्ने हुना ले उसैले चुक्ली लगाउ दैन भन्ने के gurantee छ भन्या नि? बरु एसको सट्टा मा नागरिक उपभोक्ता संघ वा अरु नै कुनै नागरिक समाज को प्रतिनिधि राख्ने ब्यवस्त गर्दा ठिक होला नि होइन र? साथै छापा मार्ने समूह सके सम्म सानो तर छापा मर्ने तरिका भने बैज्ञानिक हुनु पर्यो| मतलब सबै कुरा documented हुनु पर्यो| video वा photo द्वारा पछि परेको बेलामा पुस्टि गर्ने सकिने हुनु पर्यो| एदी सयो भयो भने सायद छापा मार्ने कर्मचारी द्वारा नै हुना सक्ने अख्तियार दुरुपयोग पनि निर्मुल पार्न सकिन्छ होला र ब्यापारी ले पनि पछि गएर चुइक्क पनि गर्न सक्दैन होला|

    -मेरो एउटा धारणा नि?

    Reply
  28. mahesh cumar says:
    June 8, 2012 at 10:39 pm

    ब्यापारीहरुले कर अधिकारीहरु संग दुर्व्यवहार गर्नु हुन्न थियो गरियो राम्रो भएन !! तेसो भन्दैमा, कर बिभागलाई रिस उठदैमा सबै सम्पतिमा रोक लगाउनु न्यायोचित होइन !! भन्छ नि “innocent until proven guilty ” तर खै यहाँ त ठिक उल्टो भयो !! यो त कर बिभागले ब्यापारीको दुर्व्यवहार गरेको भयो! वास्तबमा ब्यापारीहरु दोहरो मार मा छ !! एकातिर बन्द हडताल, राजनैतिक चन्दा, कम्युनिस्ट मजदुर आदिको मार भने अर्को तिर ब्यापारी अमैत्री कर बिभागको मार !! अनि के गरोस त !

    Reply
    1. Manish says:
      June 9, 2012 at 1:06 am

      १.सम्पत्तिमा रोक्का लगाउनु को कारण के हो भने, ति व्यापारीहरुले कर छलेको शंकालाई ठुलो बल मिलेको छ. अब कारोबार रोकिएन भने उनीहरुले प्रमाण लुकाउन सक्छन.
      २. कर्मचारी माथि हातपात गर्ने, सरकारी गाडी जलाउने र प्रहरि बिट जलाउने व्यक्ति कसरि “innocent until proven guilty ” हुन्छ? कर छलेको प्रमानित नभएको भए पनि गुन्डागर्दी त प्रमाणित नै छ नि.
      ३. हो, व्यापारी हरु बन्द, हड्ताल र छन्द को मार मा छन्, र त्यसको म पनि घोर भर्तसना गर्दछु, तर त्यसो भन्दैमा व्यापारीले कर अधिकारीलाई दुर्व्यवहार र तोडफोड / आगजनी गर्न मिल्छ र?

      Reply
  29. Dev says:
    June 8, 2012 at 10:26 pm

    ब्यापारी लाई सूजाप /तुरुन्त विजय कुमार गचेदार वा प्रचण्ड संग सम्पर्क गर्नु/ वोली वा बरत्मोहन अदिकारी ले पनि मिलौना सक्छ हे /

    Reply
  30. गगने says:
    June 8, 2012 at 9:58 pm

    बाबुराम ले सरकारको नेत्रित्वो गरि रहेको कुराको हेक्का गरेन जस्तो छ!
    तत् समय तातो रिस देखाउनु भयो महासय अब भोग्नुस!
    यो व्यापारीको उपर त अब हुने नै भयो हुने छ नै!
    सो घटना घटाउने प्रोत्साहित गर्ने मतियार जो सुकै र जस्तो सुकै होस् तेसलाई छाड्न हुदैन र छाड्ने छैन भन्ने हाम्लाई लाइराछ!
    यसमा कुनै पनि किशिमको सहानुभूति नराख्नु होला प्रधानमन्त्री ज्यु!
    सो घटनामा भयको क्षतिको सावा ब्याज गरि अनि जरिवाना सहित निचोरेर वोसुल्नु पर्छ!
    दा भट्टराइ ले यत्ति कुरा याद गर्नुहोला कि यिनीहरुलाई सहज निकासा दिनु वा छाड्नु भनेको जनताले तपाहिलाई छाड्नु हो!

    Reply
  31. Manish says:
    June 8, 2012 at 9:01 pm

    महासंघको विज्ञप्ति अनुसार उनीहरुको अनिवार्य उपस्थिति रे. यस्तो सम्झौता गर्ने – गराउनेको पनि बदनियत नै हो. यसले त highly organized crime लाई जन्म दिने हो. तोडफोड र आगजनी मा संलग्न व्यापारीहरु लाई कडा कार्यवाही त हुनु पर्छ नै, साथै यस्तो बदनियत को सम्झौता गर्नेलाई पनि कठघरा मा उभ्याउनु पर्छ

    Reply
  32. Damodar says:
    June 8, 2012 at 8:40 pm

    अरु पनि छापा मार्नु पर्छ, कति होलान कर छली बसेका हरु

    Reply
  33. madan bajracharya says:
    June 8, 2012 at 8:36 pm

    ई नेताहरु व्यापारीको पाल्तु बनेकै कारण कालो बजार मौलायको हो/ कालो बजारीको दुस्सहास बढेको हो/ हामीले नेताले नेताको बिरोध गरेको धेरै हेर्यौं/ अब प्रसासनले ईनीहरुको बिरोध गर्नु पर्छ/ य फलानालाई छोड भन्ने नेताको कठालो समात्न प्रसासनले आत्नु पर्छ/ तव केहि हुन्छ/

    Reply
  34. buddhi bhattarai (malaysia) says:
    June 8, 2012 at 7:54 pm

    म १ चितवन बासि भयकोले मैले कुनै कमेन्ट लेख्ने आट गर्न सकिन किन कि यो घटनालाइ हेर्दा सोझै नारायणघाटका ब्यापारीहरुको गल्ति देखिन्छ!कहिँ छेक गर्न आउदा पहिला नै थाहा दियर आउछन त् त्यसो गरेमा त्यो त नगरे सरह भै हाल्यो नि ………………. चितवनको धज्जी उडाउने ब्यापारी हरुलाई कडा भन्दा कडा सजाय दिनै पर्छ

    Reply
    1. kiran says:
      June 8, 2012 at 11:30 pm

      बुद्धि जी तपाई जस्तै मा पनि नारायणघाट कै निवासी हुँ, र मलाई पनि यो घटना मा ति ब्यापारी हरु को नै सरा सर गल्ति प्रस्ट देखेको छु, र मा पनि तपाइको कुरा मा सहमत जनौना चाहन्छु, एस्त फटाहा हरु लै कानुन को डोरी ले बाँधेर अरु फटाहा हरु को मनोबल धतौनौ पर्छा

      Reply
  35. Ritika says:
    June 8, 2012 at 7:23 pm

    हाहाहाहा धेरै राम्रो / अराजकता को नी सीमा हुन्छ नी / बहुत राम्रो भयो /

    Reply
  36. ashok says:
    June 8, 2012 at 6:58 pm

    बुढापाकाहरु दश बाजा बजाएर आउदैन भन्थे, समय फेरिएकै रहेछ- नारायणघाटमा त ब्यापारीको दशा बाजा बजेरै आएजस्तो छ !

    Reply
  37. Narayan says:
    June 8, 2012 at 5:39 pm

    अब जे गरे पनि हुने यो देश मा यो त एउटा सामान्य भन्दा सामान्य उदाहरण हो / सक्ने र हुने खानेले सोझा निमुखा हरु लाई जति चुसे पनि रोक्न कसले सक्छ ??? कानुन प्रसासन पनि आफ्नै दुनो सोझाउने त हुन्.. हेरौ न त यो र येस्ता घटना मा दोषीलाई पूर्ण रुपमा कारवाही भएको…

    Reply
  38. ashok says:
    June 8, 2012 at 5:31 pm

    नारायणघाट घटनालाई नेपालका अरु ब्यापारीहरुले पुस्तकको रुपमा लिनु पर्छ, जसबाट पाठ सिकियोस !

    Reply
  39. Ram Hari Adhikari says:
    June 8, 2012 at 5:23 pm

    क्याबात बधाई छ राजस्व, मुलुक मारेर आफु रातारात धनि हुन खोज्ने कालाबजारीलाई येसरी कारबाही गर्दै जाने हो भने देश को राजस्व ५००% ले बढ्छा, कालाबजारीको धम्किबता कत्ति नदागमगैकाना अगाडी बढ्नु

    Reply
  40. Damodar Kuinkel says:
    June 8, 2012 at 5:23 pm

    बल्ल बाउको बिहे देख्ने भएछ . एकदम खुसी लग्यो . दालमा कुनै कालो नभए अनुसन्धान कर्मीहरुलाई खुरुक्क देखाई हल्थियेनी . त्यस्तो महाभारत किन गर्नु पर्थियो र ?

    Reply
  41. Sabin Joshi says:
    June 8, 2012 at 5:14 pm

    यो देश ब्यापारी र नेता को पेवा जस्तो लाग्छ कि क हो ? यक यक जनता सडक मा आयो भने यी नेता र ब्यापारी को छाला काटिन सक्छ विचार गर, नेता र ब्यापारी!

    Reply
  42. सुनिल says:
    June 8, 2012 at 4:59 pm

    कुरा चै सारै असल हाे याे

    Reply
  43. robei says:
    June 8, 2012 at 4:49 pm

    तेरीमा गधा हो “जो चोर उसकै ठुलो स्वर ?”

    Reply
  44. अनोज शाक्य says:
    June 8, 2012 at 4:33 pm

    देसलाई कङाल बनाएर कमाउन पल्केकाहरु सरकारले देसब्यापीरुपले छापा मार्नु पर्छ । त्यस्ता तस्करीहरुलाई छोड्नु हुँदैन ।

    Reply
  45. Daya Machamasi says:
    June 8, 2012 at 4:02 pm

    बल्ल चेत खुल्ने भयो यी ब्यापारीहरुको | के जरुरि थियो र तेस्तो टन्टलापुर घाम मा पनि गाडी जलायर आगो ताप्ने | त्यतिमात्र काँहा हो र सुरक्षाको लागि बसेको बुटमा पनि केहि बाँकि राखेन | बेइमान बन्ने मौका नपायर इमान्दार बनेको सबै फताहहरुको हालत यस्तो गर्यो भने देश बन्छ

    Reply
  46. नवराज, ताइवान says:
    June 8, 2012 at 3:50 pm

    यो चाहिँ एकदम गतिलो कदम चालेछ राजस्व अनुसन्धान विभागले | ब्यापारी हरुले एउटा गल्ति छेक्न (चोरीको सामान) को लागि गरेको अर्को गल्ति (तोडफोड) को परिणाम मज्जैले भोग्लान जस्तो छ | अब त तोडफोड गर्न नि केहि बाकि रहेन , प्रहरी बिट पनि जलाई हाले , गाडी पनि जल्यो, अब तेही चोरी को सामान मा आफै ले आगो लगाउने होलान |

    Reply
  47. rosi says:
    June 8, 2012 at 3:46 pm

    ठिक्क पर्यो, तेती मात्र होइन, १० -१० वर्ष जेल पनि हाल्न पार्छ

    Reply
  48. dawa finjok nepali says:
    June 8, 2012 at 3:35 pm

    यो पो हो त हामि नेपाली लाई चाहिएको नियम कानुन

    Reply
  49. Luna says:
    June 8, 2012 at 3:32 pm

    जनता चुस्ने यी ब्यापारीहरुको अब ढाड सकिने नै भो त ?
    उधोग बाणिज्य संघ नारायणगढले उ बेला हेटौडा सिमेन्टको हाहाकार पर्दा ,
    चितवन – नवलपरासी ( गैडाकोटतिर ) मा सिमेन्ट बिक्रि गर्न कुपन सिस्टम
    गर्थ्यो , त्यो कुपन सिस्टम २० प्रतिशत चै जनताले पाउथे बाँकी ८० प्रतिशत
    उधोग बाणिज्य संघका पदाधिकारी ब्यापारीहरु र तिनका नातागोता नजिकका
    साथीभाईहरुले कुम्ल्याउथे . अनि बोराका बोरा सिमेन्ट गोदाममा राख्थे र
    हातिको देखाउने दांत जस्तो त्यो २० प्रतिशत कुपन लिएका जनतालाई कुपन मार्फत सिमेत्न बेच्थे बाँकी चै ख्बाप्लाक्क ब्ल्याकमा महँगो दरमा बेच्ने .
    चितवन उधोग बाणिज्यका ब्यापारीहरु जनता चुस्ने कुरामा एकदम एकमत हुन्छ
    हाम्रा नेताहरु जस्तै . हाम्रा नेताहरु संबिधान बनाउने , मुलुक उँभो लगाउने कुरामा
    सधै बिबाद गरिराख्छ तर जब जब सत्ताको भत्ता सुबिधा लिने कुरा हुन्छ त्यो बेला
    सबको मत एकमत हुन्छ .
    त्यै भ र नेपालको नेता र ब्यापारी सधै उँभो लाग्याको , यी उँभो लागेर नेपाल उँभो लाग्दो रैनछ त ! नेता – ब्यापारीको प्रतिशत थोरै छ हाम्रो देशमा , कि सप्पै
    नेपाली जनता नेता – ब्यापारी बन्न सके त मुलुक उँभो पो लाग्दो हो कि ! ?
    🙂

    Reply
  50. Sabin says:
    June 8, 2012 at 3:26 pm

    यो कदम हामी सम्पूर्ण नेपाली हरुको लागि स्वागतयोग्य छ तर येही कदम हाम्रो नेताहरुमा किन लागु हुदैन? हामि कसरि मान्ने कि यो कदम निस्पक्ष्य छ भनेर? प्रचण्डले क आधारमा लाज़िमपाथको घर किन्यो ? तेसैगरी अरु नेताहरुले क आधारमा काठमान्डूमा महल बनायो ?? Rules are for everyone!!!!I

    Reply
    1. Sisir says:
      June 8, 2012 at 5:57 pm

      We all are equal but some people are more equal !!!
      Sorry but that’s the reality we are bound to digest …

      Reply
  51. prashant says:
    June 8, 2012 at 3:18 pm

    त्यति न गरे त हामीले सर्विस ( गधा ले गरे झै ) गरेर कमाएको पैसाबाट ट्याक्स किन तिर्नु पर्यो र ! त्यै ब्यापारी झैँ हुल दंगा गर्यो अनि कसरि हुन्छ राजस्व छलन तिर लाग्यो , कि कसो !

    Reply
  52. xyz says:
    June 8, 2012 at 3:17 pm

    FNCCI will organize one more sadbhav rally, demaning the king of Bank Defaulters in Nepal, Mr. Chandi Raj Dhakal be nominate a national figure.

    Reply
  53. उपज शर्मा , काठमाडौँ says:
    June 8, 2012 at 3:17 pm

    यिनी हरु लै पनि माओबादी ले सिकाई सकेछन् / ब्यबसायी को नाम का कलङ्क ..

    Reply
  54. rubesh says:
    June 8, 2012 at 3:16 pm

    सारै ख़ुशी लाग्यो यो खबरले अरु ठाउ मा पनी यसै गरी छापा मार्नु पर्छ

    Reply
  55. aasish,switzerland says:
    June 8, 2012 at 3:12 pm

    ठिक्क पर्यो बल्ल भने,अराजकता को पनि हद हुन्छ नि,अति गर्नु अत्याचार नगर्नु भन्छन यो काला ब्यापारि हरु ले त अति नै गरेका छन् के,फेरी यो घटना लाइ सामान्य रुप मा लिइयो र कारबाही गर्न खुट्टा कमाइयो भने भबिस्य मा एस्ता घटना बारम्बार दोहोरिने मात्र होइन एसले बिकराल रुप लिने पक्का छ,त्यै भएर समय मै सचेत हुनु जरुरि छ,अनि फेरी यो उद्योग बादिन्ज्य महासंघ को बिग्यप्ति पनि धम्कि दिने खाल को छ,खबरदार अब देखि येस्तो गर्यौ भने हामि हाम्रो सक्ति देखाउचौ भन्ने खालको आसय छ बिज्ञप्ति मा,सरकार ले बेलै मा कडा कदम चाल्नु जरुरि छ
    आशिस
    स्विस

    Reply
  56. Nibedan Baidya says:
    June 8, 2012 at 3:06 pm

    मलाई अरु त हैन त्यो जलाएको गाडीको क्षतिपुर्ती ती क्रान्तिकारी ब्यबसायीबाट गराइन्छ कि नाइँ भन्ने खुल्दुली भैराको छ…….!!!

    Reply
  57. Prem says:
    June 8, 2012 at 3:06 pm

    यस्ता काला बेपारी, राजस्व ठग र कानुन को दयेरा भन्दा बाहिर गएर बेपार पनि गर्ने र तेस्तालाई सम्रक्ष्याँ दिने कस्तो उद्दोग संग हो| उद्योग संघ भन्नु भन्दा कला बपरी संघ भन्दा हुने रहेछा|
    यस्ता हरुलाई कारबाई नगरनी हो भने बेथितिका भारंग्मा खुट्किला थप्ने मात्र हुन्छा र अपराधी र काला ब्यापारीको मनोबल मात्र बदछा|

    Reply
  58. Rosshan says:
    June 8, 2012 at 2:55 pm

    अराजक समुहले कारबाहीको भागीदार त बन्नै पर्छ, हेरौ यो कत्तिको प्रभावकारी हुन्छ ?
    विगतमा आफ्ना माग पुरा गराउन विभिन्न सघं संगठन र सुमहले गरेको बन्द हडतालमा तोडफोड गर्नेले पनि यस्तो बाध्यात्मक सजाय गर्नु पर्ने हो ।

    Reply
  59. Sisir says:
    June 8, 2012 at 2:55 pm

    गर्नु गरेउ ब्यापारी भन्सार छलेर
    कालो ब्यापार गरेर
    नेता प्रसासकको भुडी भरेर

    अब
    माकुरी जालै मा

    Reply
  60. kedar says:
    June 8, 2012 at 2:55 pm

    अराजकताको त्यो चरम प्रायोग को फल भोली के निक्लिन्छ भन्ने कुरा सोच्न नसक्ने काला बजारियाहरुको लागि यो पनि धेरै कम प्राथमिक उपचार हो | अब यिनलाई र तिनका मतियार बाँकी सबै बेपारिलाई बेडमा राखेर निको पार्ने गरि राम्रै उपचार गर्नु पर्छ नत्र यो सरुवा रोगले नेपालनै खान्छ | खोंरेत लागेको FNCCI लाइ पनी लगेर २/४ दिन चार पाउ सहित हिलामा डुबाउनु पर्ला |

    आफ्नो वर्ग र संगठनक सदस्यहरुको हित संरक्षण गर्ने भन्दैमा कानुनको पराकाष्ठा नाग्ने तेस्ता बेपारिहरुको पक्षमा बक्तब्य दिने FNCCI ले कस्तो बेपार गर्न चाहेको हो ? ……ग्ने लाइ भन्दा देख्ने लाइ लाज !!!!!!!!!

    Reply
  61. Sisir says:
    June 8, 2012 at 2:47 pm

    यो कदम त एक दम ठिक हो तर यो प्रतिसोद पूर्ण जस्तो पनि देखिन्छ …गएको बर्ष यस्तै घटना बिराटनगर , बुटवल, काठमाडौँ (नयूरोद नै बन्द भा थियो)धेरै ठाउमा घटे तर केहि हुन सकेन , किन कि पैसाको कुरा नमिल्दा सम्म मात्र एस्तो हुने कुरा आम नेपाली लै थाहा नभाको होइन …
    जनताको पैसाले किनेको गाडी जलाउने जनता पनि पटमुर्ख नै हुन् .. तर त्यो घटनाको प्रकृति हेर्दा ठुलै माछा जस्तो छ, नत्र तेती छिटै तेती मान्छे कता बाट जम्मा हुनु ?? ढेवा वाला पासा जस्तो छ ..
    यस्तै नियम नेपाल बन्द , के के जाति बन्द हुँदा हुने तोडफोडमा पनि लागु गरेर त्यहि बन्धकर्ता वा पार्टीले सम्पूर्ण क्षतिपूर्ति तिर्ने र ति नेता र पार्टीको सबै किसिमको सम्पति रोक्का गरि सम्पतिको स्रोत पनि छानबिन गर्न सके चाही जनताले मान्ने थिए … नियम त सबैलाई बराबर हुन पर्यो नि ..
    यी काला ब्यापारी , भ्रस्ट नेता र कर्मचारी सबै यूतै ड्यांगका मुला हुन् … कोहि कम्बेशी छैनन् … त्यो छापा मार्न आउने कर्मचारीको पनि सबै सम्पतिको स्रोत खोज्न पाए ब्यापारी र कर्मचारी दुवैको पर्दा फाश हुने छ .. कसलाई थाहा नभाको कुरा हो र भन्सार र राजस्व मा काम गर्ने पिउनको सम्म सहर बजार मा नया नया घर घडेरी गाडी हुन्छ भन्ने कुरा … मलाई त यो कुरा तेती कै सेलौला जस्तो लाग्छ जब ब्यापारीले पनि आफ्नो स्रोत प्रयोग गरि तिनै कर्मचारीको सम्पतिको स्रोतको प्रस्न उठौछान , केहि पैसाको लेनदेन हुन्छ तमाशा सकियो, … हेर्दै जौ नया रमिता .

    Reply
  62. Ritesh says:
    June 8, 2012 at 2:40 pm

    सरकार ले गरेको काम मा समर्थन छ जनता को, सबै लाइ चेतना भया .
    भ्रस्थ बेपारी लाइ कडा कारवाही गरनै पर्छा, अनि पो अरु ले नि सिखना पौछां
    देशको राजस्व मा ठग्नु भनेको नि अपराधी नै हो

    Reply
  63. manish says:
    June 8, 2012 at 2:40 pm

    सरकारले छापा मार्न उद्ध्योग वाणिज्य संघको प्रितिनिधि लिएर जानु पर्ने रे ? यस्तो वाइयात सर्त पनि मान्ने हो सरकारले ? संका लागेमा जुनसुकैको घर पसलमा छापा मार्न पाउनु पर्छ, केहि गलत कार्य गरेको छैन भने किन डराउनु पर्यो | ब्यापारी हरुको नियत ठीक लागेन |

    Reply
  64. मिलन says:
    June 8, 2012 at 2:38 pm

    ए त्यसो पो हो उद्योग वाणिज्य महासंघका बरिस्ठहरु ! अप्रत्यासित रुपमा छापा हनेकोले त्यस्तो भएको हो ? अब खबर गरेर आउछन् अनुसन्धान अधिकृतहरु अनि सबै समान, बिलहरु लुकाएर मोज गर्नु है त भनेर भन्दा खेरि खुसि हुन्थियौ होला . तर तिमीहरु जस्तो भ्याटमाराहरुलाई सिस्नु पानि लगाएर कुट्दै झुण्डीयाउदा पनि सजाय कम हुन्छ . अस्ति हुलदंगा गरेर गाडी जलाउदा जति मजा आएको थियो त्यो भन्दा बढी मजा आउछ जेलको हावा खादा .

    सत्यनास होस् भ्याटमाराहरुको !

    Reply
  65. kshankar says:
    June 8, 2012 at 2:38 pm

    नयाँ नेपालको नयाँ रमिता हामी तमासेहरुलाई । अब हेर्ने हो कस्काे पावर कति छ नयाँ नेपालमा । अब पावरको युद्ध शुरु हुन्छ । जस्को पावर बढी छ उही माथि हुन्छ । हामी त तमासे मात्र ।

    Reply
  66. Bidur kunwar, Australia says:
    June 8, 2012 at 2:36 pm

    यदी ति ठग ब्यापारीहरुलाई माथि भने बमोजिम कारबाही भयो भने नेपाल मा अझै पनि कानुनी सासनको अन्त्य भैसकेको रहेनछ भन्ने प्रमाणित हुन्छ !

    Reply
  67. पुष्प says:
    June 8, 2012 at 2:23 pm

    महासंघ एउटा स्वतन्त्र निकाय हो भने त घटनाप्रति खेद प्रकट गरी घटनाका जिम्मेवारहरूलाई कारबाहीको माग पो गर्नु त । “घटनाप्रति महासंघ चिन्तित” रे ! स्थानीय उद्योग वाणिज्य संघको उपस्थितिमा छापा मार्नुपर्ने भन्ने कस्तो काइदा हो ? यो त दूधको साक्षी बिरालो जस्तो भएन र भन्या ? यस्ता काइते नियम तुरुन्त हटाउनुपर्छ ।

    Reply
    1. Daya Machamasi says:
      June 8, 2012 at 9:27 pm

      पुस्पा जी यो संघ त्यस्तो संघ हो जसले काँग्रेस र यमाले को नुनको सोझो गर्छा जसको प्रमाण अस्ति जनजातिको बन्दको बिरुद सदभाव रयाली गर्नु हो| अब फेरी सरकार बिरुद्ध सद्भाव रयाली गर्ने दिन पनि धेरै टाढा छैन |

      Reply
  68. mohan pun says:
    June 8, 2012 at 2:23 pm

    बल्ल ठिक पर्यो कानूनको हातमा, अत्तिनै खेलबाड भयो नेपालको कानून माथि/
    सरकारले कडा भन्दा कडा कानून चल्नु पर्यो…….

    मोहन जर्मनी

    Reply
  69. jambu sherpa says:
    June 8, 2012 at 1:58 pm

    कस्तो पागलहरू हो सबै बापरी हरुलाई २ वर्ष जेल सजाय अनि १०/१० लाख रुपिया जरिबाना गरियोश सरकारले

    Reply
  70. CHIRAN (UK) says:
    June 8, 2012 at 1:57 pm

    येस्तै फटाहा हरु को माहासंघ त रैछ उद्योग बाणिज्य महासंघ पनि नत्र किन गलत काम को खुलेर बिरोध गर्न सक्दैन |

    Reply
  71. kushal khadka says:
    June 8, 2012 at 1:55 pm

    मननै प्रफुल्ल भयो,यदि कारबाही नभएको भए तस्करी झन् मौलाउने मौका पाऊथ्यो …

    Reply
  72. Lila GC says:
    June 8, 2012 at 1:54 pm

    जसले जे सुकी भनुन अहिलेको सरकार सबैभन्दा बलियो छ र चलाख पनि छ! चाहे काम चलाऊ नै किन नहोस! ब्यापरिले जति ब्यापरीको समर्थन र धाक छोप गरे पनि चलने वाला छैन! अनि यो गर्न नहुने काम गर्नेलाइ छोदनू हुन्न! बरु गलती भयो भनेर माफी मागे राम्रो होला! किन कांग्रेस र एमाले अस्ति सम्म सहमति सहमति भनेर मिली रहे र मिल्न खोजे तर आज आएर त अब बिरोध सभा गर्न पर्यो? उनीहरुलाई थाहा छ के भयो र के हुदैन्छ भनेर! माओबादी र मदेश्बादी दलनै परिबर्तनका सम्बाहक हुन र तिनिहरू मिलिन्जेल अब हुने वाला कही छैन! सरकार सहमति भन्दै भन्दै अघि बढ़नेवाला छ! जनतालाई राहतको महसूस गराएर अघि बढ्यो भने सफल पनि हुन्छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme