Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यही हो न्यायाधीश हत्या स्थलमा भेटिएको पर्चा

Posted on June 4, 2012 by Salokya


न्यायाधीश रणबहादुर बमको हत्या भएको पाँच दिन बितिसक्दा पनि अहिलेसम्म अनुसन्धान गरिरहेका प्रहरीहरुले कसले र किन हत्या गर्‍यो भन्ने बारे केही नयाँ जानकारी पाउन सकेको छैन। चालक र अरु प्रत्यक्षदर्शीको हुलियाको आधारमा हत्याराको संभावित स्केच सार्वजनिक गर्ने काम पनि भएको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल भेटिए पनि त्यो चोरीको भएको पत्ता लागेपछि त्यसले अनुसन्धानलाई केही सहयोग गर्न सकेको छैन।


घटनाको प्रकृतिको आधारमा प्रहरीले यो घटनामा गोली हान्ने भारतीय अपराधी, भगौडा वा अवकाशप्राप्त पुलिस, सेना वा माओवादी लडाकु हुनसक्ने अनुमान गरेको छ। गोली हान्नलाई कसले लगायो, त्यसबारे पनि केही थाहा हुन सकेको छैन।

घटनास्थलमा फेला परेको पर्चामाथि फोटोमा हेर्नुस्। नेपालवाद, NJSSR पार्टी लेखिएको त्यो पर्चामा संयोजक भनी अमर नेपालको नाम पनि राखिएको छ। पर्चामा कुनै मिति राखिएको छैन। पर्चाको भाषामा पनि एकरुपता छैन। पर्चाको सुरुमै ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै’ भनिएको छ भने केही तल लोकतन्त्र हैन ‘प्रजातान्त्रिक’ शब्द प्रयोग गरिएको छ।

पर्चामा राणा, राजादेखि लिएर अहिलेका नेता, प्रहरी, न्यायालय, कर्मचारी, एनजीओ, आइएनजीओ, भन्सार सबका सबलाई गाली गरिएको छ। सेनालाई भने केही पनि भनिएको छैन। कुनै एउटा निश्चित दलको नाम छैन, तर २००७ सालदेखिका सबै दलहरुलाई गाली गरिएको छ।

पर्चाको भाषा, त्यसको कन्टेन्ट हेरेर तपाईँ केही अनुमान लगाउन सक्नुहुन्छ कि ? तपाईँको अनुमानले अनुसन्धान गरिरहेकाहरुलाई सहयोग पनि हुनसक्छ।

11 thoughts on “यही हो न्यायाधीश हत्या स्थलमा भेटिएको पर्चा”

  1. khlimbu says:
    June 5, 2012 at 7:54 pm

    दासदुंगा दुर्गटना र यो गोलि काण्ड मा कुनै फरक छैन !

    Reply
  2. NIRAJAN says:
    June 5, 2012 at 12:54 pm

    जब सम्म driver लाई सत्य कुरा बोल्न बाध्य बनैदैना तब सम्म हत्यारा पत्ता लग्न गारो छ काग ले कान लग्यो भनेर काग को पछी दौडनु भन्दा driver को पछी लाग्दा धेरै सूचना प्राप्त गर्न सकिएला कि

    Reply
    1. Junu nisudi rana says:
      June 6, 2012 at 10:13 pm

      यो पर्चा मात्र बहाना हो,नेपाली जनता हरु लाइ बल्झाउने.यो सब न्याधिश हरुको आपसी सत्रुता र पूर्वाग्रही को उपजहो.पोहोरसाल जमिम शाह हत्याकाण्ड पछि को क्रमिक सृन्ग्खला पनि हो..

      Reply
  3. Sisir says:
    June 5, 2012 at 12:35 pm

    यो पनि पदी हेरौ ..
    कान्तिपुर, काठमाडौ, जेष्ठ २३ – न्यायाधीश रणबहादुर बममाथि बिहीबार गोली प्रहार भएको दिन उनका सुरक्षाका लागि नेपाल प्रहरीका असई महेश चौधरी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । बंगलामुखी मन्दिरबाट र्फकंदै गर्दा बममाथि गोली हान्ने समूहले पहिला उनीमाथि गोली चलाएको थियो । शरीरका तीन ठाउँमा गोली लागेर नर्भिक अस्पतालमा उपचार गराइरहेका गिरी सोमबार पाँच दिनपछि आईसीयूबाट जनरल वार्डमा सरेका छन् ।
    २१९ नं. वार्डमा रहेका उनले त्यो दिनको घटनालाई यसरी बताए-

    बंगलामुखी मन्दिरमा रानी साहेब (रणबहादुर बमकी श्रीमती) र सानो राजासाब (बमका कान्छा छोरा) की श्रीमतीलाई छाडेर हामी बाहिरबाटै मन्दिरको दर्शन गरी सर्वोच्च अदालततर्फ हिँडेका थियौं । रानी साहेबहरू राम्ररी दर्शन गर्न लाइनमा बस्नुभएको थियो । मन्दिर बाहिर आएर गाडी चढेर मैले रेडियो बजाउँदा कान्तिपुर एफएममा ११ बजेको समाचार आइरहेको थियो । म चालक बस्ने सिटको छेउमा थिएँ । श्रीमान् र श्रीमान्का साथी राम गिरी पछाडिको सिटमा हुनुहुन्थ्यो । शंखमूल पुल पुग्न नपाउँदै हामी यूएन पार्क वाग्मती करिडोर हुँदै थापाथली निस्कनु थियो । मैले चालक अष्ट लामालाई टाउन प्लानिङको ठूलो र सीधा बाटोबाट भित्र पसौं भनें तर चालकले खोला किनारको बाटोबाट

    गाडी लगे । हामी खोला किनार पस्दा एउटा मोटरसाइकल सोझै बाटोबाट अघि बढेको थियो । दुईतिरका बाटो जोडिने पहिलो मोडमा मोटरसाइकल बिगि्रएजसो गरेर बिस्तारै कुद्यो । अघि-अघि पुगेपछि मोटरसाइकल तेस्र्यो । तेर्सिएको स्थानभन्दा २० मिटर टाढै हाम्रो चालकले गाडी रोके । म गाडीबाट उत्रिएँ । उत्रँदै गर्दा मैले चालकलाई तयारी अवस्थामा बस्नु भनेको थिएँ ।

    मोटरसाइकलबाट एउटा व्यक्ति ओर्लियो । उसले हेलमेट खोल्यो । कालो माक्स लगाएको थियो । मैले उसलाई ‘हामीलाई हतार छ किन बीच बाटोमा गाडी रोकेको’ भनेर सोधें । उसले हर्न बजाउनु पर्दैन भन्यो । हर्न बजाएको त हो नि भन्दा उसले दुईपल्ट सरी सरी भन्यो र मोटरसाइकल भएतिर फर्कियो । मोटरसाइकलमा भएकाले स्ट्यान्ड उठाउन खोजेजसो गर्‍यो । मोटरसाइकलतिर फर्किएकाले हातका औंला देखाउँदै एक, दुई, तीन भनेर गन्यो । त्यसो गर्दा मात्र म झसंग भएँ ।

    दुवै जनाले ममाथि प्रहार गरे । एउटा गोली टाउकोमाथिबाट कपाललाई छुँदै गयो । अर्को गोली घाँटीमा लाग्यो । मैले घुँडा टेकेर कम्मरमा रहेको पेस्तोल निकाल्न खोजें । तर हातले कम्मरमा पेस्तोल राख्ने खोललाई खोल्न सकेन । मलाई हानेपछि उनीहरू गाडीतिर दौडिए । घाँटीमा गोली लागिसकेकाले म बाँच्छु जस्तो त लागेको थिएन । मैले टाउको घुमाएर चालकलाई गाडी भगा भन्दा त गाडीमा चालक नै देखिनँ । पछिल्लो सिटमा बस्नु भएका श्रीमान्ले दुवै हात ठाडो पारेर आत्मसमर्पण गरेको देखें । मन थामिनसक्नु भयो । जसरी भए पनि श्रीमान्लाई बचाउँछु जस्तो लाग्यो । गोली हान्ने एउटालाई मैले तानें । उसले श्रीमान् बसेको गाडीको ढोका समातेको रहेछ । ढोका खुल्यो । श्रीमान् चार खुट्टा टेक्दै भाग्नुभयो । म श्रीमान्लाई जोगाउन उहाँतिर गएर छाती थापें । एउटाले पेस्तोल छातीमै टसाएर ममाथि गोली हान्यो । ममाथि नै ३ राउन्ड गोली खर्च गरिसकेका हुनाले यिनीहरूसँग धेरै छैन होला जस्तो लाग्यो ।

    मर्छु जस्तै भएपछि श्रीमान्लाई बचाउन उहाँको शरीर ढाक्ने गरी दौडिएँ । उनीसँग भएका गोली सकिएछ । एउटाले मतिर देखाउँदै योसँग पनि पेस्तोल छ त्यही झिकेर हान भनेको सुनें । उनीहरूलाई पेस्तोल निकाल्न नदिन म भुइँमा लडें । उनीहरूले पेस्तोलको म्यागजिन निकालेर गोली हेरे, अनि भागे, म श्रीमान् भएतिर गएँ, अलि पर पुग्दा स्थानीयहरू हामीतिर आइरहेका थिए । मैले श्रीमान्लाई बचाइदिनुहोस्, उहाँ भीआईपी हो भन्दै आग्रह गरें ।

    स्थानीयले मद्दत गरेर अस्पताल पनि पुर्‍याए । ट्याक्सीमा राखेपछि मैले एक हातले मेरो रगत बगिरहेको घाँटी र अर्को हातले श्रीमान्को छातीमा रगत आएको ठाउँमा रगत रोक्ने कोसिस गरेँ । थापाथली नपुग्दै बीचमा एउटा नयाँ पुल बनेको छ । त्यहाँसम्म श्रीमान् होसमा हुनुहुन्थ्यो । मलाई असई साब तपाईंलाई ठीक छ भनेर सोध्नु भो । मैले ठीक छ भनेँ । त्यसपछि केही थाहा छैन । म अघिल्लो साउनदेखि बम श्रीमान्को पीएसओ बसेको हुँ । बिहान डेढ घन्टा एक्लै मर्निङवाक र साँझ इभिनिङ वाक जानु हुन्थ्यो । कतैबाट कुनै प्रकारको धम्की आएको थाहा छैन । मैले अस्ति जेठ ९ गते श्रीमान् जेठ १४ आयो सुरक्षा खतरा हुन सक्छ, जोगिएर हिँड्नुपर्छ भनेको थिएँ । उहाँले मलाई केही हँुदैन । कसैको केही बिगारेको छैन । नखानु नडराउनु, खाएको विष पो लाग्छ नखाएको लाग्दैन भन्नुहुन्थ्यो । घटना भएको दिन मैले मेरो ज्यानै मारेर श्रीमान्लाई बचाउने कोसिस गरेको थिएँ तर सकिनँ ।

    Reply
  4. नवराज, ताइवान says:
    June 5, 2012 at 11:26 am

    अहिले त्यो कारको ड्राइवर कता छन ? उसलाई सोधेर हुलिया त बन्थ्यो होला कमसे कम | नत्र त्यहि चोरीको बाइक पनि कहाँ बाट चोरी भा’को हो , त्यो आधार मा चोरको नेटवर्क पत्ता लाग्यो भने अलि सहज हुन्थ्यो कि अनुसन्धान लाई |

    Reply
  5. Sisir says:
    June 5, 2012 at 11:13 am

    कसैको हत्या एउटा जघन्य अपराध हो तर त्यो पर्चामा लेखिएका अदिकाम्स कुरा सहि नै हो …
    अब यो हत्याको बारेमा केहि सहयोग गर्न कोहि अघिसरे भने उल्टै प्रहरीले दुख दिने डर हुन्छ , कसले बिस्वाश गर्ने प्रहरीलाई …
    देशको ७५ जिल्ला मै सबै भन्दा ठुलो संजाल भाको नेपाल प्रहरी इमान्दार भै स्वतन्त्र र निर्भिक भएर काम गर्ने हो भने देशको धेरै समस्या तुरुन्त समाधान हुन सक्छ , शान्ति सुबेबस्ता र सुशासनमा धेरै प्रगति हुन सक्छ .. डाका, फताह, चोर, लुटेरा, नेता, पकेटमार, कला ब्यापारी , भ्रस्टचारी र प्रहरी नंग मासु नै हुन् .. प्रहरी प्रशाशन त नेता गद हरुको पैसा कमाउने र शक्ति दुरुपयोग गर्ने मेलो मात्र भो … गृह मन्त्रि हुने बितिक्कै भ्रस्ट गक्ष्यदारले तेसै मेरो जिन्दगिको सपना पुरा भो भनेका होइनन होला .. प्रहरी संगठनमा चरम राजनीतिकरण भित्र्याउने र बिगार्ने श्रेय चै महामहिम बामदेव गौतमको पालाबाट हुन गएको हो र पछिल्लो चोटी महरा गृह मन्त्रि हुँदा प्रहरी प्रमुखलाई संगठन प्रति जवाफदेही बनाउन सरुवामा हस्तछेप नगर्नाले केहि राम्रो कामको सुरुवात गरेका पनि थिए, तेस्कै परिणाम थियो झापा , मोरंग , पर्सा , रुपन्देही, काभ्रे जस्ता मुख्य तस्करी नाकामा सबै भन्द चुस्त र निर्भिक प्रहरी प्रमिख नियुक्ति भएका ..

    Reply
  6. Krishna says:
    June 5, 2012 at 10:44 am

    मावोबादी भाषा …. अयोग्य लडाकुहरु हुन सक्छन . . .

    Reply
  7. Bhim Subedi says:
    June 5, 2012 at 8:38 am

    पर्चा आफै बोल्छ
    जसलाई गाली गरेको छैन उसैले हो बम को हत्ता गरेको

    Reply
  8. bhadra says:
    June 5, 2012 at 7:50 am

    हत्या भएको ठाउमा र मोटर साइकल लाई पनि तालिम पाएको कुकुर लगाएर केहि काम गर्नु पर्थ्यो. त्यो भयो कि भएन . पर्चा पनि जाच्ने र प्रेसहरुको पनि खोज तलास गर्ने पर्चा कसरि तयार गरियो होला त्यस तर्फ पनि ध्यान दिनु पर्ने हो यदि ठुलै व्यक्ति को हात भएता पुलिसलाई धम्कि आइ सक्यो होला के पो गर्न सक्लान र बिचराहरुले!

    Reply
    1. Sisir says:
      June 5, 2012 at 11:20 am

      तेस्तो सातिर ले प्रेसमा पर्चा छापायो होला त ??
      तेस्तो पर्चा छाप्न प्रेस सम्म पुग्नै पर्दैन .. तेस्तो कागज बाजारबाट किनेर घरमै लागि कम्पुटर प्रिन्ट गर्दा भै हाल्छ ..

      Reply
  9. samraj tamang says:
    June 5, 2012 at 6:23 am

    यो माथिको पर्चा पढेर के चाही आनुमन लगाउन सकिन्छा भने योजनाकार निक्कै राजनीतिमा आगाडी बढेकै हो यहाँ राजनीतिक दल संग सम्बन्ध पक्कै छ नेताहरुको गुण्ड गर्दी हो यो यसमा ठुला राजनीतिक दल नै छ एसले के दर्सौछा भने दरबार हत्याकाण्ड जस्तै रहस्यमय बनाउन खोजेको देखिन्छा .यहाँ ३ ओटा पक्छाया संलग्न छ एउटा योजनाकार सूचना संकलन गर्ने अर्को हमला गर्ने .र अर्को सुरछ्या दिने .मेरो बिचारमा यो नेप्लाकै सबैवंदा ठुलो योजनाकार हो जो पुलिस मा नै काम गर्छा र पुलिस को काम सैली मजाले अनुभब गरेको व्यक्ति हो जुन मानिस ले बएक चोरी गर्यो तेस्ले आक्रमण गरेन उसले अर्को पक्छ्यालाए बुझायो जो आक्रमणमा सहवागी छ त्यो नेपलमै सुरछाको दृष्टिले सुरछित छ.संबिधान छैन कानुन मिच्यो लाटो नेपाल बाठो हत्यारा मरेको मानिस पानी मुनी जादैन उत्रेर औछा.कानुन भन्दा अपराधी को नेटवर्क ठुल chhao

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme