Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अराजक बन्दैछ समाज

Posted on June 6, 2012June 6, 2012 by Salokya


समाज के विधि अराजक बनेको हो ! यो माथि जलिरहेको सरकारी गाडी हो। राजस्व अनुसन्धान केन्द्रको। ट्याक्स छलेको शंकामा आज बिहान नारायणगढको एउटा पसलमा केन्द्रले छापा मारेर सिल गरेको थियो। त्यसको विरोधमा वरपरका पसलेहरु समेत विरोधमा उत्रिए। भीड अराजक बन्यो। छापा मार्न आएको टोली पसलमै थुनियो। भीडले उनीहरु चढेर आएको जिपै जलाइदिए। चक्काजाम गर्न खोजे। रोक्न खोज्दा प्रहरीलाई ढुंगा हाने। अनि पुलिसले टियरग्यास हान्नुपर्‍यो। दोहोरो झडपमा दुई एम्बुलेन्स चालकसमेत घाइते भए। एक प्रहरी र अन्य दुई सर्वसाधारण पनि घाइते भए।

व्यवसायीहरु भन्छन्- थाहै नदिइकन छापा मारेर आतंकित बनाइयो। लौ, अब छापा भनेको पनि थाहा दिइ दिइ हामी आउँदैछौँ है जाँच्न, सब कुरा मिलाइराख्नु भन्दै आउने हो त! फेरि त्यो त फ्लाइङ स्क्वाड (द्रुत टोली) थियो। यस्तो टोलीले कर छलेको भनी थाहा पाएपछि कसैलाई थाहा नदिई आफैले सुरक्षाकर्मी लिएर आएर छापा मारी अनुसन्धान गर्ने हो। दोषी नदेखिए त छाडि हाल्छ नि।

व्यवसायीहरुले अर्को आरोप लगाएका छन्- राजस्वका कर्मचारीले घुस मागे। तर घुस मागेको हो भने त्यसलाई वैधानिक बाटोबाट कर्मचारीलाई जेलमा पुर्‍याउने गरी समाधान खोज्ने कि गाडी जलाएर ? कानुनै आफ्नो हातमा लिने प्रवृत्तिले अराजकतामात्रै निम्त्याउँछ।

व्यवसायीहरुले चर्को विरोध गरेपछि लक्ष्मीनारायण वस्त्रालयमा लगाइएको सिल उनीहरुले खोलिदिनुपर्‍यो। पसलमा थुनिएका उनीहरुलाई पुलिसले भित्री बाटोबाट भगाएर प्रहरी कार्यालयमा लगेर सुरक्षा दिनुपरेको थियो। (फोटो साभारः माथिको हरिप्रसाद पोखरेल, तलको पुष्पलता श्रेष्ठ- फेसबुक)


अराजक भीडले प्रहरी पोस्टसमेत जलायो। गाडीमा लागेको आगो निभाउन आएको दमकल समेत तोडफोड गर्‍यो। दमकल आगो नै ननिभाई फर्कनु पर्‍यो।

यो प्रहरी बिट जलाएर उनीहरुले के भन्न खोजेका हुन् कुन्नि ? अब हाम्रो सुरक्षा प्रहरीले गर्नु पर्दैन भनेका हुन् कि ? भरे चोरी डकैती भयो भने उनीहरुलाई प्रहरी चाहिँदैन ? आफ्नै सुरक्षाका लागि खटिने प्रहरीको बिट जलाइदिने ??

घटनाको विस्तृत विवरण पढ्ने भए क्लिक गर्नुस्

120 thoughts on “अराजक बन्दैछ समाज”

  1. Chandra says:
    June 18, 2012 at 6:56 pm

    नेपाल मा अधर्मी हरु बढ्दै गएको जस्तो छ अब Hindu राज्यमा फर्काएर सति प्रथा कायम गरि स्त्री पुरुस दुवै सति गइ राम्रो मानिस Ko बसोबास होस् बन्ने चाहना राखेको छु पुरा होस् है नेपालीलाई

    Reply
  2. bkpandey says:
    June 8, 2012 at 6:47 am

    यस्ता अराजकता नेपालमा बहुदलीय राजनैतिक प्रणाली पछी को देन( पाप ) हो. यसमा कुनैपनि नेपालीको दुइमत हुन् सक्दैन !!!!! जसले यस बिपरित भन्छ भने त्यी व्यक्ति राजनैतिकदलहरुका नेता,कार्यकर्ता,आसेपासे,भ्रस्ट कर्मचारी, कर नतिर्ने उल्टै थोड्फोद,आगजनी,राजमार्ग बन्द गर्ने ब्यापारी, लिस्ट लमो छ,तर किन यस्तो भइरहेको छ आजको गणतान्तिक नेपालमा ????? ९९% मैले माथि भनेका हरु भ्रस्टाचारी छन्, गछ्येधार जस्ता गृहमन्त्री,गणेस लामा उनका लगौटी यार ( कमिसन पाइन्छ नि),प्रचण्ड चाही गरिब नेपालीको बास,गास,कपासको लागि हजारौ नेपालीको बलि चढ्यो, तर दसबर्स बिती सक्दा पनि ति गरिब नेपाली सिटामोल किन्न नसकेर अकालमा मरिरखेका छन् ,नुन किन्न सकिराखेको छैन, पहिले जस्तै,तर हाम्रा नेताहरुलाई महलमा राज हुने, ५ स्टार होटेल मा जनताको काट्टो ( कर को पैसा ) सिध्याउने, करदौ पर्ने गाडी ,चालक,पेट्रोल ३०० लिटर,सुरछ्या कर्मी,घरभाडा,भत्ता पनि पाउनेमा चाही सबै पार्टीको सहमत रे देस र जनताको बिकासमा चाही सधै असहमत, किन,किन,किन, अब चारजनाले रिसोर्टमा,आफ्नो महलमा,बसेर संबिधान बनाउने भए किन ६०१ सभासद र सभाभबन चाहियो ????? यो ध्रुब सत्य हो ????? भोलि कमल थापा को rally ले के सन्देस दिन्छ हेर्नु पर्यो, तर,तर,तर मेरो बिचारमा यो बहुदलीय प्रणालीले नेपाल र गरिब नेपालीको लागि केहिपनि गरेन खाली नेपाली नेपाली बीच जातपातको कुरा बिनसित्ती मा ल्याई बाहुनबाद झल्काएको छ,किनकी आन्ग्काजी सेर्पा,उपाध्ये बाहुन हुन्,त्यस्तै सबै नेताहरु ,कार्यकर्ता,आसेपासे छन् ,यिनीहरुको गन्तब्य कुर्सीमा बसु र धन कमाऊ हो .नया नेपालको संबिधानमा ,यदि बन्यो भने, कसैले पनि बन्द गर्न पाउदैन ,लोग्ने स्वास्नीको झगडामा पनि राजमार्ग बन्द,कुखुरा किचेपनि राजमार्ग बन्द ,कर नतिर्ने ब्यापारी लाई राजस्व बिभाग ले छानबिन गर्दा पनि राजमार्ग बन्द ????? कतै नभएको जात्रा हाडीगाऊ मा भएको छ, नेपाल बाट नैतिकता पलायन भएको मलाई लाग्छ. किन भने कांग्रेस ले देस लाई सिंगापुर बनाउन पर्नेमा आफ्ना बैंक बलांस तिर मात्रै लागेको ले नै आज नेपाल असफल देस बन्न लागेको छ.कुनै सुझाब ?????

    Reply
  3. Pratik says:
    June 8, 2012 at 1:27 am

    आखिर नेता ले सोचेजस्तै भेडा जनता भइएदिए पछि को सग के आस गर्नी !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  4. mahesh says:
    June 7, 2012 at 10:21 pm

    …..छ्या.. छया….मुर्खता को पनि एउटा सिमाना हुन्छ नि …..के सरो भेडा भयको यो नेपाली जनताहरु….नेपाल को आस्तितो लाई बचाऊ भगवान …jai भोले बाबा…

    Reply
  5. rabi says:
    June 7, 2012 at 6:25 pm

    फटाहा ,डाँका,,गुण्डा,जनतामारा,चोर,अनैतिक धन्दामा लिप्त,विछिप्त दिमाग वाला,अनि अरु के के,,,, भएजति सबै खालको अपसब्दा र गालि हरु ति ब्यापारी हरु लाइ जसले यो नाजायज कम गरेर अरु जनता लै गलत संदेश प्रभाह गरेको मा////धिक्कार छ तिमीहरु लाइ //
    इ ब्यापारी हरु लाइ बहिस्कार गर्नु पर्छ उपभोक्ता हरुले………………

    Reply
  6. kshankar says:
    June 7, 2012 at 4:59 pm

    कुनै अचम्म होइन।
    फल्ने त्यही हो, जे रोपिएको थियो। आज हामी जहाँ छौ‌, त्यहाँ यही विधिले आएका हौ‌ । यस्तै हो नयाँ नेपाल।
    जय (रहे) नेपाल ।

    Reply
  7. Pratik says:
    June 7, 2012 at 4:24 pm

    सामन्ती बाहुन प्रधानमन्त्री छ भनेर होला नि . यसो ठग-ठाग राज्य छुट्याए त तिर्थे होला नि आफ्नै खेमाको राज्य लाई बेजत्तिहरुले .
    चोर समाउन पनि “Piror Notice” दिएर जान्छ कोहि ?

    Reply
  8. kumar karki says:
    June 7, 2012 at 4:22 pm

    चितवन नारान्घट का ब्यापारीले
    गरेको दादागिरी थिकैछानी
    तिनीहरुमध्ये
    कसैको छोरी वा बुवारी कसैले समत्नापर्छा तेही मध्येको एउटा पहिले पुग्छा जिल्लामा प्रहरी चौकी चाहियो भनेर..

    Reply
  9. रामु बैरागि says:
    June 7, 2012 at 3:25 pm

    मासिने बेलामा कमिलाको प्वाख आउछ भन्थे l यो काण्ड यसैको संकेत हो l अराजकता तर्फ उन्मुख यो भिडतन्त्रलाई जति गाली गरे पनि कम हुदैन l यसरि कानुन मिच्ने लुटेराहरुलाई जिउदै बोरामा हालेर नारायानिको पुलबाट खसालि दिदा बेस होला ॥

    Reply
  10. chhabi says:
    June 7, 2012 at 2:43 pm

    वास्तवमा नेता भन्दा जनता हरुनै आँडे छन् यहाँ सरकारी गाडी जलाएर के फायदा भो त आफ्नो टाउको मा बनचरो हाने सरह भयो होइन र ……………….?

    Reply
  11. B Sharma says:
    June 7, 2012 at 1:28 pm

    What we have seen and read about Narayangarh incident which have done by businessmen is totally wrong and illegal.Private sector always try to show them, they are always against such activities but tomorrow’s incidents proof that they are wrong. We should condemned such activities. They should pay the tax and they should follow the national rules and regulations. THERE ARE SO MANY way to oppose it but they don’t follow them. this is totally wrong. this is black spot for the private sector image. Private sector never erase such wrong doing.

    Reply
  12. Ramesh N says:
    June 7, 2012 at 1:09 pm

    नेपालको एन कानून थाहा छैन र यी ब्यापारीलाई ? कहाँ लेखेको छ जानकारी दिएर छापा मर्न जाने भनेर ? कर छली गरेर जनताको ढाड सेक्न पल्केका लुटेरा ब्यापारी भएको ठाउमा येस्तै हो |

    Reply
  13. SUBHA says:
    June 7, 2012 at 1:03 pm

    दोसी को हुन सत्य तथ्य पत्ता लगाएर दोसीका भागिदर्लाई सजाय दिनुपर्छ तर के हिजो को घटना मा सबै ब्यवसायीहरु मात्र संलग्न छन् त ? के नेपाल को कर प्रणाली एक दम उचित छ त ? के येसरी उठाएका कर को सहि सदुपयोग भा को छ त ? येस्तो आपराधिक क्रियाकलाप कसरी कहाँ बाट हुन्छ सो को ROOT CAUSE ANALYSIS गरेर श्रोत मा नै ताला बन्द गरिदिएको भए एस्तो घटना घट्ने थिएन होला

    Reply
  14. शेखर नेपाली says:
    June 7, 2012 at 11:01 am

    धर्म र कानुन नमान्ने सबै पशु हुन । ठगेर लुटेर खान पाउनु पर्छ भन्ने नेपालीको मान्यता भै सके जस्तो छ । ठग्न लुट्न नपाए पछि हुलदंङ्गा गरी हाल्ने ज्यादै नराम्रो प्रबृति बस्यो । कस्लाई के भन्ने ????

    Reply
  15. gagan says:
    June 7, 2012 at 10:52 am

    व्यापारीहरु ले गरेको कार्य निन्दनीय छ.साथ साथै भ्रस्ट कर्मचारी तन्त्रलाइ सुधार्नु पनि उत्तिकै जरुरि छ.धेरै जसो यस्ता छापाहरु सरकारको राजस्व उठाउने भन्दा पनि आफ्नो खल्ती भर्ने प्रयासबाट अभिप्रेरित भएका हुन्छन.

    Reply
  16. Dhananjaya Saroj says:
    June 7, 2012 at 10:26 am

    लौ सुन अब हाम्रा नाराहरु:
    १. पुलिस प्रसासन- मुर्दाबाद
    २. ठगेर खान- पाउनै पर्छ
    ३. कालो व्यापार- जिन्दाबाद
    ४. सार्बजनीक सम्पति – नष्ट पारनै पर्छ
    ५. आदी आदी………………………

    Reply
  17. SURENDRA SUBEDI hongkong says:
    June 7, 2012 at 10:02 am

    जसो ,जसो सासु ,उसै ,उसै बुहारी हुने नै यस्तै हो हाम्रो नया नेपाल मा /नेता गतिलो भए पो जनता गतिला हुने थिए /,नेता हरु अदालत ले गरेको जन्म कैद को फैसला लाई लाटा को धोति बनाएर घुम्ने हाम्रो देस मा जनता ले उनि हरु बाट पाएको पाठ येही नै हो / हेर्दै जानु पर्छ नेपाल मा के ,के हुदै जानेछ /

    Reply
  18. Sheela says:
    June 7, 2012 at 8:47 am

    “व्यवसायीहरु भन्छन्- थाहै नदिइकन छापा मारेर आतंकित बनाइयो। लौ, अब छापा भनेको पनि थाहा दिइ दिइ हामी आउँदैछौँ है जाँच्न, सब कुरा मिलाइराख्नु भन्दै आउने हो त! फेरि त्यो त फ्लाइङ स्क्वाड (द्रुत टोली) थियो। यस्तो टोलीले कर छलेको भनी थाहा पाएपछि कसैलाई थाहा नदिई आफैले सुरक्षाकर्मी लिएर आएर छापा मारी अनुसन्धान गर्ने हो।”

    खास कुरा माथि कै हो…
    अब रह्यो, अरु ले बन्द हड्ताल गरे भनेर काठमाडौँ मा ‘सुकिला’ जुलुस लिएर प्रतिकारमा उत्रिने यो जमातको ‘असली अनुहार’ देखिन धेरै दिन लागेन/ सूद-खोर ब्यापारी बाहेक अरु कुनै बर्गले बन्द-हड्ताल गर्न नपाइने भनेका रहेछन, कुरो बल्ल बुझियो …..
    यिनीहरुलाई यस्तै पुरानै लूटको ‘राम-राज्य’ कायम राखी राख्नु रे छ र पो त सदियौ देखि पीडित जनजातिले पहिचान खोज्दा प्रतिकारमा उत्रेका…!! कनकमणि र प्याकुरेल-दूइका मानब अधिकारबादी यतिखेर कता हराएछन नि…आखिर यी पनि उही ड्यांग ‘सुकिला-मार्का’ न परे ….

    Reply
  19. Roshan says:
    June 7, 2012 at 8:42 am

    शान्तिका लागि सदभाव सभा आयोजना गर्ने उद्योगी व्यवसायी स्वयमं शान्ति भड्काउन लागि परेका छन् । अरुको बन्द हडताल र तोडफोडको विरोध गर्ने उनिहरु सरकारको काम र कर्तव्यको विरोधमा आफै त्यहि बाटो अवलम्बन गर्दै छन् भने, शान्ति विथोल्ने अराजक समुह उद्योगी व्यवसायी वा ?????

    Reply
    1. samrat~ says:
      June 7, 2012 at 11:39 am

      सरकार ले जनता लाइ टेर्न छाडे पछि जनता ले सरकार लाइ कुन नजर ले हेर्न थालेको छ भनेर संदेश दिन खोजि रहेको छ . जब जनता को बिश्वास सरकार माथि उठ्छ, अनि जनता ले टेर पुचार लगाउन छोड्यो. भोलि त्यो गाडी को मालिक हरु लाइ सडक मा ल्याएर लछार पछार पार्ने दिन पनि न आउला भन्न सकिन्न. येस्मा ति निकाम्मा नेता हरु ले गहिरिएर सोच्ने बिचार आइसकेको छ. त्यो गाडी को ठाउ मा नेता को पुतला जलेको हामि ले देखि सक्योउ अब साचिक्कै हाड छाला को पुतला पनि जल्नेछ है चाडो. खबरदार !!

      Reply
  20. पुष्प says:
    June 7, 2012 at 7:37 am

    दुइचार व्यापारी, नेताहरू अगतिला भए भन्दैमा समाज नै अगतिलो भन्नु हुँदैन । तर, सत्य के पनि हो भने हामी अधिकांश नेपाली आफ्नो ‘गच्छेअनुसार’को भ्रष्टाचार गरिरहेका छौं । अर्थात् जति ठूलो मान्छे उति ठूलो भ्रष्टाचार । अर्को सत्य के पनि हो भने भ्रष्टाचार नगर्ने भनेका दुइछाकका लागि दिनभरि नंग्रा खियाउनेहरू निमुखाहरू हुन् । यही भेद् नै हो समाजमा द्वन्द्व निम्त्याउने । तर ती निमुखाहरू जति कमजोर छन्, त्योभन्दा बढी बलिया ती भ्रष्टहरू छन्; ‘पहुँच’ उनीहरूकै छ । तर ध्रुबसत्य के पनि हो भने जीत भनेको सधैं सत्यकै हुन्छ । यस्ता अराजकता ती भ्रष्टहरूले उमालेर पोखिएको दूध हो ।

    Reply
  21. ashok says:
    June 7, 2012 at 5:45 am

    Sad to hear these kind of news every now and then…

    Very good opportunity to conduct a proper investigation and punish the accused (both sides). If police or the govt. officials have had something to do with the bribe thingy, they are equally at fault. Businessmen seem to be more at fault as well as those sidekicks who seem to take pleasure in destroying govt. properties. i pray for speedy investigation and harsh (model) punishment for everyone concerned.

    Reply
  22. Krishna says:
    June 7, 2012 at 5:25 am

    लन्डन रएवट का सबैलाई एक एक गरि कानुनि उपाचार गरिएको छ. यहाँपनि सबै अपराधिहरुलाई क्षतीपूर्ति सहित कडाभन्दा कडा जेल सजाय दिनु पर्छ

    Reply
    1. Ram Thapa says:
      June 7, 2012 at 11:16 am

      त्यसको लागि सी सी टी भी शहर बजार चोक र बाटोमा जडान गरिनु पर्छ | CCTV नभएको भए लन्डन रायटका संदिग्ध बदमाश हरुलाई चिन्न हुन्थ्यो | तर नेपालमा त्यस्तो प्रविधि भएपनि काम भएको छैन, एक त cctv चालू राख्न बिजुली छैन, अर्को CCTV जडान गरिएको खम्बा वा भित्ताको पनि सुरक्षाको कुनै भरोसा छैन |

      Reply
    2. Ram Thapa says:
      June 7, 2012 at 11:17 am

      त्यसको लागि सी सी टी भी शहर बजार चोक र बाटोमा जडान गरिनु पर्छ | CCTV नभएको भए लन्डन रायटका संदिग्ध बदमाश हरुलाई चिन्न गाहारो हुन्थ्यो | तर नेपालमा त्यस्तो प्रविधि भएपनि काम भएको छैन, एक त cctv चालू राख्न बिजुली छैन, अर्को CCTV जडान गरिएको खम्बा वा भित्ताको पनि सुरक्षाको कुनै भरोसा छैन |

      Reply
  23. Samsundar says:
    June 7, 2012 at 5:16 am

    हामी संग बिस्व को १ # भ्रस्ट नेता , छाडा-अविवेकी जनता ,कर छल्ने डाका ब्यापारी , घुस्याहा कर्मचारी तन्त्र र अनैतिक पुलिस …… देश लै चाडै सोमालिया/बुरुण्डी बनाउन लागिपरेका छौ हामी सबै , बधाई छ हामीलाई !!!

    Reply
  24. cRIS says:
    June 7, 2012 at 5:04 am

    सरकारले search warrant लिएर जहिले पनि, जसरी पनि छापा मार्न सक्छ, संसार भर| यो उसको काम पनि हो|

    सरकारले अब क्षतिपुर्तिको लागी उक्त ब्यापारी, त्यहाँका ब्यापारी संगठन र FNCCI सबैलाई accountable पारी मुद्दा लगाएको हुनुपर्छ| स्थानीय सरकार मार्फत यो गरियोस| हदको पनि सीमा हुन्छ नि| जनताजनार्दन र सरोकार सबैलाई यसरी पाठ (education) सिकाउदै लानु पर्छ| यो काम अबिलम्ब गरियोस|

    Reply
  25. योगेश आदी, न्यूयोर्क says:
    June 7, 2012 at 4:46 am

    यी व्यापारीहरुले राज्य भनेको नारायणगढको ब्यापार गर्ने सेरोफेरो र त्यहिको बलबाहुको संसार भन्ठानेको छन् कि क्याहो ??!!
    – अब केन्द्रबाट छानबिन सहित प्रहरीको अनुसन्धान अगाडी बढेपछी तेस्को बाउको बिहे देख्छ; अनि थाहा पाउछ !! (हुनत त्यसपछि नेता मंत्री आदिको फोन आउन थाल्ने खालको देश छ; के गर्नु !)

    Reply
  26. krishna says:
    June 7, 2012 at 3:59 am

    राम्रा मान्छे हरु लाई त शिर निहुराएर हिड्न गारो भै गयो नि / पशु हरु ले मान्छे लाइ ‘ थुक्क
    पशु ‘ पो भन्ने भए है /

    Reply
  27. BINOD POUDEL, JHAPA says:
    June 7, 2012 at 2:46 am

    कर तिर्नेलाई न सरकारी सम्पत्ति को माया हुन्छ, आफ्नो कुखुराको चल्लो गाडीले किच्दा नेपाल बन्द गर्ने स्वाठ हरुलाई लाइ सम्पतिको त माया हुनु पर्ने हो !!! फेरी तेस्तै अर्को गाडी किन्न जनताको पैसा खर्च हुन्छ, जुन पैसाले अन्य कुनै जनताको हितमा काम गर्न सकिन्थ्यो भन्ने अलिकति पनि हेक्का नराख्ने अराजक मुर्खहरुको भिड लाइ कसरि सम्झाउने हो कुन्नि !! ग्राहक पनि लुट्ने सरकार पनि लुट्ने, यी लुटेरा हरुलाई छानी छानी कानुन बमोजिम कारबाही गर्नु पर्दछ यदि देशमा कानुन को शासन छ भने !!!!

    Reply
  28. raul says:
    June 7, 2012 at 1:55 am

    कति राम्रो उपाए …अब कोइ ब्यापारी को मा पनि छापा न पर्ने भयो तेही भएर एक जुट भाका हुन् ….जति कर छले पनि हुने भए पछि आज एक दिन बन्द गरेर आन्दोलन गर्दा क नै फरक पर्यो र …. सधै भरि लै हाइ सन्चो …. वाह वाह ब्यापारी को बुद्दी ….
    अनि साथी हरु झुक्किएर पनि VAT बिल न माग्नु होला ..बिल नै न माग्नु होला सके सम्म ..फेरी तपाई को पनि गाडी , bike जलाई देलान है ..कुटपिट गर्लान है होसियार !!!!

    Reply
  29. prem sharma says:
    June 7, 2012 at 1:14 am

    This is our real face. We say we are patriotic is this the result of being patriotic? we are not honest and do not know values of human lives. We always think about ourselves and highly dominated by ill behaviors. We never change ourselves unless and until we have dictatorship, positive one means work for the welfare of people and nation, in our nation.

    Its ridiculous arguing saying investigation flying squad has to inform the concern party before they visit the venue. This can only happen only if investigating agent and business man are working together making secret deal behind the bars.

    We never improve the way we think and act.

    Reply
  30. Ujjwal says:
    June 7, 2012 at 12:56 am

    धत्, म पनि नारायणगढ हो भन्नै लाज लग्यो ! कस्तो कुकुरको जस्तो बुद्धि हो भनेको मान्छेहरु को पनि ??
    जहाँ सम्म सरकारले खबर गरेर छापा मर्ने कुरा छ र विदेश मा तेस्तै हुन्छ भनेर कमेन्ट गर्ने साथीहरु लाई के भन्न चाहन्छु भने, त्यो सबै कुन अवस्थाको , कत्ति को गहिराई को अपराध हो भन्ने मा भर पर्छ! अपराधी लाई समाउन जानु छ , पहिलेई खबर गरेर के को छापा मार्नु नि ?? “search warrent ” चै हुन पर्छ , त्यो चै ब्यापारी लाई खबर नगरी पनि पाउन सकिन्छ !
    अनि लास्ट मा कुरो तेई हो, भेडा जनता, कुकुर नेता, लोभी छिमेकि

    Reply
  31. prakas says:
    June 7, 2012 at 12:16 am

    यौटा समाज को राष्ट्र को प्रतिष्ठा भएको उधोग बाणिज्यसंघको सदस्यहरु बाट पनि यस्तो अराजक र गैर जिम्बेबारपूर्ण कार्य हुनु भनेको धरै दुख को कुरा हो भोलि को दिन मा आफ्नो व्यापार को शुरक्छ्या माग्न जादा कसरि जाने भने कुरा पनि सोच्न पर्थ्यो / अरु बैधानिक बाटो हुदा हुदै पनि तोडफोड र आगजनी मा उत्रनु धेरै लाज मर्दो कुरा हो / भोलिको दिन मा चोरी डकैति र अन्य कारण ले केहि हुन गए मा कसरि कुन हिसाब ले security हुन पर्यो भन्ने सोच्नु पर्दैन ?

    Reply
  32. kedar says:
    June 6, 2012 at 11:34 pm

    समाचार देखेर सारै दुख लागो | तर……… कालो बादलमा पनि चादीको घेरा हुन्छ भने जस्तै, नाबिग्री सुध्रिदैन !!!!! समाचार र कमेन्टहरुको भनाइ अनुसार हामी सुध्रिनुको साटो बिग्रदैछौ !!!!!!!!!एसको निचोड हामि अझै राम्ररी बिग्रेकै रहेनछौ, अझै बिग्रन बाकि रछ !!!!!! हो तेही बाँकी काम पुरा गर्नका लागि भाको सुरुआत हो यो !!!! अस्ति अलि अलि भयो, आज अलिक बेसी, भोलि पर्सि हेर्दै जानुस,,,,एक दिन खरानी हुन्छ…अनि मात्रै सुरु हुन्छ, तेस पछी मात्रै केहि हुन्छ |

    Reply
  33. Hari Prasad Lamichhane KSA says:
    June 6, 2012 at 11:18 pm

    नेता लाइ अनि छिमेकी लाइ मात्र गालि गर्ने बानि भएका हामि नेपाली हरु कहिले सुध्रिने हो खोइ ?

    Reply
  34. tul bahadur pariyar says:
    June 6, 2012 at 10:49 pm

    थुक्क लाज नभएका हरु एदी तिमि हरुले बिरोध नै गर्नु छ भने उनीहरुको बिरोध गर जसले डर धम्कि देखाई नेपाल बन्दको नाम मा हप्तौ हप्ता सम्म तिमि हरुको पसल बन्द गराउछ उसको बिरोध गरेर देखाउ त् ल सम्बन्धित निकाए बाट आएर तिमि हरुको पसलमा छापा मार्दा के गल्ति गरे उनीहरुले ह ? आफैले तिरेको पैसाले किनेको गाडी जलाएर खुब बहादुरीको काम गरेउ यसै गर्दै जाउ अनि हुन्छ हाम्रो नेपाल विकाश ,,,बुद्दी भ्रस्ट हरु !

    Reply
  35. Mahesh says:
    June 6, 2012 at 10:44 pm

    लौ अब सकिएन, ब्यापारी नै यस्ता भए पछि देसको हालत के होला त? अब नेपाल लै काधमा राख्ने को होला?

    Reply
  36. Manoj Koirala says:
    June 6, 2012 at 10:33 pm

    यसरि गाडी जलाएर कुनै कुराकोपनि समाधान हुन सक्दैन. गाडी जलाएर,आतंक मचौनु गुन्डागर्दीको उपज हो. तेसैले यस्ता कामलाई निरुत्साहित गर्नुपर्दछ.येस्तई पागल ब्यापारी भएपछि नेपालको के भलो होला र ? कानुनको फितालोपनको फाइदा लिने यस्ताले नेतालाई के गाली गर्नु? हाय प्रभु यस्ता भेडालाई नेपालको चोखो जडिबुटी पिलाईदेउ. गोबरभारिएको दिमागमा बुद्धिको टुसो पलाउछ कि?
    जय नेपाल

    Reply
  37. Kiran Sharma says:
    June 6, 2012 at 10:32 pm

    बुद्दी होईन पाशा बल लगा बल …..

    Reply
  38. Dhananjaya Saroj says:
    June 6, 2012 at 10:17 pm

    सबै बेरोजगार छन्, खान पायकै छन्, लुट्न पायकै छन्, सबै को पछाडी एक एक ओटा राजनीति दल छदै छन्, अनि जे गरे पनि भै हाल्यो नि! छापा मार्न जाने कर्मचारी लाई नै मार्न खोज्ने? कस्तो चाला हो? अब तेही ब्यापारी लाई सोध्नु पर्यो कुन कर्मचारीले घुस माग्यो भनेर? अनि ब्यापारी र एदी मागेको भय कर्मचारी लाई पनि छोड्नु भयान! अनि के जीप र पुलिस बिट ले पनि घुस मागे? अराजकता को पनि सिमा हुन्छा नि!

    Reply
  39. Binod says:
    June 6, 2012 at 10:12 pm

    साथीहरू सधै mysansar मा comments अनि गाली गरेर बस्नु भन्दा तपाई हामी मिलेर केही गरने पो हो की के छ तपाईहरूको बिचार………..??? तपाई हामी मिलेर सबैले आफ्नो – आफ्नो ठाउँ बाट केही गर्दा धेरै नभए पनि केही त change होला नी होइन साथीहरू……??????

    Reply
  40. Hem Surungi Magar says:
    June 6, 2012 at 10:10 pm

    कानुन भन्दा माथि कोहि छैन, १०-12 महिना खोरमा जाके पछि चेत्छ्न,

    Reply
  41. MINGMA SHERPA (हाल सेटल यु एस ए ) says:
    June 6, 2012 at 10:06 pm

    नेपाली जनतालाई भेडा भनेको सुन्दा एकदमै रिस उठेर अiउछ किन कि म पनि नेपाली हु, तर हामी नेपालीहरु नै यसरी भेडा भन्दा पनि मह मुर्ख भेडा हुने काम गरे पछी अरुले नेपाली जनतालाइ भेडा नभने के भनोस त? हरे के भएका जे गर्दा पनि खाली आगो नै लगाउनु पर्ने, जे हुदा पनि बन्द नै गर्नु पर्ने, जे हुदा पनि तोड- फोड़ा नै गर्नु पर्ने?
    हे मत सरस्वतिले नेपालीलाई भेडा हुनु हुदैन भने शिक्छा दिउना/

    Reply
  42. sanjay says:
    June 6, 2012 at 9:29 pm

    नेपाली जनता हो बुद्धि मा बिर्को लाग्या छ कि क्या हो . राम्रो कम गर्न आएका हरु लाई कुटेर लखेट्ने .सति ले सरापे को देश भनेर साबित गर्न खोजेको ?…..जय होस् जनता को … ….जय नेपाल….

    Reply
  43. madan bajracharya says:
    June 6, 2012 at 9:28 pm

    “सुचना दियर अनुगमन गर्न आउनु पर्ने” भन्दै सगठित भयर प्रहरी माथि नै जाई लाग्ने ई ब्यापारीहरुको कार्यले ईनिहरु अपराधिक र कालो बजारिया भयको संकेत गर्छ/ ईनिहरु माथि कडा कार्यबाही गर्नु पर्छ/

    Reply
  44. Dev says:
    June 6, 2012 at 9:17 pm

    संसारमा निम्न स्तर को सोच अनि जन्तु भन्दा पनि तल गिरेको मान्छेहरु कि त सोमालिया मा पाईन्छ कि त नेपाल मा मात्र |

    Reply
  45. anuj says:
    June 6, 2012 at 8:46 pm

    जस्तो जनता तेस्तै नेता

    Reply
  46. नवराज, ताइवान says:
    June 6, 2012 at 8:39 pm

    यहि तोडफोड गर्ने हुल बाट पछी गएर एउटा नेता हुन्छ अनि के खाएर सप्रोस देश |

    Reply
  47. Sudip Adhikari says:
    June 6, 2012 at 8:34 pm

    जनता जनता कसलाई भनेको ? जसले यो कर्तुत गर्यो ति जनता हैनानं! कालो बजारी भनिन्छ यस्ता अपराधी हरुलाई ! सुकुम्बासी हटाउन ३ हजार प्रहरी लगाउने सरकारले त्यो कालाबजारी गुण्ड हरुलाई किन पट फर्कौना सकेन! जय नेपाल

    Reply
    1. Dhananjaya Saroj says:
      June 7, 2012 at 4:50 am

      ति ब्यापारी हरु पक्कै काला बजारी हुन्! राम्रो नियत भयको भय छापा मार्दा तिनको के जानेथियो?

      Reply
  48. Ram Raj says:
    June 6, 2012 at 8:26 pm

    तिम्रो बाउको पनि हैन, मेरो बाउको पनि हैन
    राज्यको सम्पति जलोस, हामलाई बाल छैन

    ब्यापारीले ग्राहक लुटुन, कर्मचारीले समाज
    नेताहरुले देशै लुटी, गरौँ लुटतन्त्रको विकास

    चारै तिर बाट प्रहार गरि देशलाइ पारौं आहत
    भिखारीको देश हो हाम्रो, देखाउं हाम्रो साहस

    तिम्रो बाउको पनि हैन, मेरो बाउको पनि हैन
    राज्यको सम्पति जलोस, हामलाई बाल छैन
    …………………………………………………

    Reply
  49. Binod Khadka says:
    June 6, 2012 at 8:17 pm

    मान्छे भित्र को चेतना हराउदै गइ रहेको छ नेपाल मा अहिले. कम्जोर पुलिस र निरिह सरकार को भर मा चलेको मेरो देश मा अब फेरी जंग बहादुर नै औनुपर्चा.
    ठगि गर्ने ब्यापारी हरु लै कठ्घरा मा उभाएर सब छ्यति असुल गर्नु पर्छा

    Reply
  50. Max says:
    June 6, 2012 at 8:11 pm

    ब्यापारी?अनुहार हेर्दा त ब्यापारी जस्तो लाग्दैन त!चेत्ये को कट्टु अनि गन्जी लगाएका छन् त!
    खाते ब्यापारी हो कि?तेस्तो खातेको मा किन छापा छापा मारेको होला.
    खुबै हाम्रो चितवन भनेर फुर्ति गर्छन त तेंहाका मानिसहरु.एस्तो राम्रो काम गर्दा उल्टै गाडी पो जलौन्दा रहिछन.हामी चितवनी हुनु मा गर्ब छ भने ल भोलि बिहान त्यो को ब्यापारी हो तेस्को घर मा आगो दान्काओ.अनि नारायणघाटको बीच बाटोमा लगेर तेस्लाई कालो मुसो दल.

    Reply
  51. बिक्रम नेपाली says:
    June 6, 2012 at 8:05 pm

    मुर्दा शान्ति (संविधान नबनेपछि) को भडकिलो स्वरूप हो यो घटना – “अराजकता, सरकार प्रति वितृष्णा, सरकारको उपस्थिति वा कानूनको ठाडो उल्लङ्घन – चाहे त्यो सरकारी कर्मचारी छापामार्न नै किन न आएका हुन्! यो सब यो लाटा देशका गाँड़ा तन्देरी – यी पथभ्रस्ट, मतिभ्रस्ट, विचार भ्रस्ट नेता वा सरकार चलाउने शासकहरुसंग जनताले पोखेको आक्रोश हो!

    जनताको स्वभाविक तर गैर कानुनी प्रतिकारसंगै केहि यक्ष प्रस्न पनि जोडिएका छन् – यहाँ सरकार र सरकारलाई चलाउनेहरुसंग –

    “तिमि भातेहरु पालैपालो सरकारमा जाने हामीलाई लुटने, सविधान बनाउछु भनेर ४-४ वर्ष लगाउने अनि फेरी पनि लुटन कै लागि तिमीहरुले चाही जे पनि गर्न हुने, हामीले सानोतिनो भ्रस्टाचार पनि गर्न नपाउने??”

    “हाम्रो अर्बौ रकम लुटने, हामिले शान्तिपूर्ण तरिकाले जिउन पाउने – हात बजारेर गरेर खाने सपना तुहाउने तिमिहरु अपराधि कि हामी अपराधि??”

    “तिमिहरुले देश लुटे जस्तै हामीले पनि सकेसम्म लुटन पाउने अधिकारको ग्यारन्टी हुनुपर्छ??”

    जब व्यक्तिले चरम निराशामा “यसै नहुने त्यसै नहुने, विग्रेको मान्छेको भत्केको घर, भत्के पछि के को डर??” भन्ने सोच्न थाल्छ र आशातित फल प्राप्तिका निम्ति अशहय धैर्यताको बाँध भत्किन्छ, यस्ता घटनाहरु सामान्य हुन् जान्छन – बस अब एक चिंगारी मात्रै चाहिन्छ डढेलो लाग्नका लागि… साना तिना अवाज्ञा र सामुहिक रुपले कानुन हातमा लिएका घटनाहरु साथै विभिन्न सामाजिक विसृन्खलताका घटनाहरु त समाचार बन्ने पनि छैनन् – दीक्षित शुभचिन्तकगण, हेर्दै जानुहोला…!!

    Reply
  52. aasish,switzerland says:
    June 6, 2012 at 7:34 pm

    अरु केहि होइन यो सब व्यापारीहरु को दादागिरी मात्र हो,संक्रमण काल भनेको यहि रहेछ,जसले जे गरे पनि हुने,राजस्व छली गरि देस लाइ टाट पल्टाउने येस्ता ब्यापारी लाइ कानुनि कारबाही गर्नु जरुरि छ,अब हुदा हुदा छापा मार्दा पनि खबर गरेंन रे भनेर एस्तो उपद्रो गर्ने यो त अति भयो लाज मर्नु,अब त राजस्व ले वा प्रहरी ले कहिँ छापा मार्दा पनि लौ हामि आउने भयौ आफु सुरक्षित हुने बाटो तयार गर्नु,गैरकानुनी धन्धा र कागज हरु लाइ लुकाउनु भनेर खबर दिएर मात्र आउनु पर्ने हाहा अचम्म……
    आशिस
    स्विस

    Reply
  53. kaji,hk says:
    June 6, 2012 at 7:26 pm

    आफुलाई नपर्दा सदभाव -याली भन्दै नाटक गरि टोपल्थ्यो ..जब बर्षौ देखि गरी आएको कर छलीलाई सरकारले नियन्त्रण गर्न खोजेको थियो देखि हालियो नि यिनको सदभाव …….

    Reply
  54. Harke says:
    June 6, 2012 at 7:25 pm

    देशमा कब्जा गर्ने संकृतिको राम्रो बिकाश भाको छ !

    जब देशकै ठुलो ढल माओबादी, जनताको घर-जग्गा कब्जा गर्छ ! आपराधि गच्छादार र उसका डनहरुले प्रहरी प्रशासन (गृह मन्त्रलय) कब्जा गर्छन, देशको राजस्व वसुली, भ्रस्टाचारी कर्मचारी तन्त्रले कब्जा गर्छ भने, कालाबजारीले बजार कब्जा गर्न खोज्नु के नै ठुलो भयो र ?

    Reply
  55. punya hawaii says:
    June 6, 2012 at 7:24 pm

    राजश्व छल्नु पनि एक प्रकारको चोरी नै हो। अब त चोर डाका पक्रन पनि पूर्ब सूचना दिनु पर्ने हो कि क्या हो?

    Reply
  56. Utsav Wagle says:
    June 6, 2012 at 7:01 pm

    Bad news… Why are people so insensitive all over Nepal? What is being happened? Why should Revenue Investigation people co-operate with FNCCI which has no relation to investigation process. Fulfil your responsibility first then you can blame politicians. If you are doing business you have to pay tax. That is not your money. We, the consumer pay extra vat amount on the price. You are cheating us and our country as well. Its really bad to attack public servants who were doing their hard duty. Shame on you!!

    Reply
  57. Gemmi says:
    June 6, 2012 at 7:00 pm

    देश संघियतामा गैसक्यो अब यो केन्द्र सरकारलाई किन कर बुझाउने भनेर बिरोध गरेको होला नि | अब ती व्यापारीहरूले त्यो नारायणगढ बजारको रोडको दुवै पट्टि ५००, ५०० मिटर सम्मको भाग मिलाएर एउटा छुटै राज्य माग गरे हुन्छ, अनि आफ्नै हिसाबले कर तोक्न पाउछन !!

    Reply
  58. balakji chhetri says:
    June 6, 2012 at 6:47 pm

    केन्द्रमा संम्युक्त सरकार नबनाएसम्म कुनैपनि सरकारले राम्रोकाम गरेपनि यस्तै बिरोध हुन्छ । 7 साल देखि जेलनेल खादै सम्पुण जिबन राजनितिमा खेर फालेका नेताहरुले राम्रो कामको जस अर्कोदललाई मात्र लिनदेलान भनेर नसोचेपनि हुन्छ । 48 सालमा बनेको गिरिजाको सरकार एमालेको संयुक्त सरकार बनाउँ भन्दा नमानेर ढल्यो , माओबादिले सेवाकेन्द्र खोल्ने निर्णय बिरुद तराईमा कति ठुलो आन्दोलन भयो अहिलेको सरकारमा बस्न नपाएर 22 दलहरु कुनै दलहरु अन्दोलनको आँधि ल्याउन लागिरहेका छन् । खास भन्य हो भने नेपालिहरुको मनोबिज्ञान अरुकुनै ब्यबस्थाले होईन चुनाबमा जितने दलहरुको संयुक्त सरकारले मात्र संतुस्ट पार्न सक्दछ जस्तो लाग्दछ मलाई ।

    Reply
  59. मिलन says:
    June 6, 2012 at 6:39 pm

    मान्छे भेडा भए पछि के लाग्छ र ?

    Reply
  60. Uttam Khadka says:
    June 6, 2012 at 6:34 pm

    हुकुमी सासन निरंकुस हुने, प्रजातन्त्र मा भाडभैलो हुने! केहि गरे पनि सुक्खः न हुने भो हाम्रो नेपालमा!

    Reply
  61. Deepak says:
    June 6, 2012 at 6:31 pm

    जनता गतिला भए पो नेता गतिला हुन्छन .

    Reply
    1. xyz says:
      June 7, 2012 at 11:58 am

      नेता गतिलो भय जनता पनि गतिलो हुन सक्छा

      Reply
  62. Pratakchya Adhikari says:
    June 6, 2012 at 6:30 pm

    कति नेता हरु लाई मात्र गालि गर्नु, बिश्वको जुनै पनि बिकसित देशको उदाहरण लिए हुन्छ, देश बनाउने जनता हुन् , जनता असल भए, देशको नियम कानुन मानेर | कस्ले सुरु गर्ने भन्ने मात्र हो |

    cerfue लगाएरै भए पनि दोषी हरु लाइ सक्दो कर्भाही गर्नु पर्छा, हामि सबैको साझा सम्पतिको बिगार गरेकोले , हाम्रो अधिकारको हनन गरेकोले , र कर्मचारी र प्रहरी हरुमाथि गैरकानुनि रुपमा आतंक मचाएकोले, कम्तिमा ६-७ महिना खोरमा जाके पछि चेत्छ्न यिनीहरुले अनि, भबिस्यमा यस्ता काम गर्ने हरुले |

    सुरुवात त गर्नु पर्यो! हैन के के मात्र अराजकता सहने??

    Reply
  63. xyz says:
    June 6, 2012 at 6:23 pm

    This is what happens when you pamper a body called FNCCI. Do you remember them organizing sadbhav rally?

    Reply
    1. B Sharma says:
      June 7, 2012 at 1:39 pm

      I think apex body fncci should rethink about such wrong doing activities by entrepreneurs. Yesterday incidents had happened under chitwan chamber of commerce and industry, Such types of incident damage the FNCCI image and reputation and it disturb in relation with government. FNCCI should condemned such activities by private sector.

      Reply
  64. pradeep says:
    June 6, 2012 at 6:20 pm

    Look, what they’ve done to my country !

    Reply
  65. Cesar says:
    June 6, 2012 at 6:15 pm

    कानूनको धजिया उडायछन्, यो गलत भयो |

    Reply
  66. madan says:
    June 6, 2012 at 6:13 pm

    नेपाल क ब्यापारीहरु ले भनेको पहिला सरकारले ब्यापारीलाई खबरै नदिई छापा मर्न आएको कुरा मा जयेज छ .राज्यको सम्वन्धित निकायले छापा मार्न पहिल्यै सुचना दिएर मात्र आउनु पर्छ. विदेश मा पहिला चुचना दिन्छ अनि आउछ .
    नेपाल म पनि पहिला चुचना दिएर मात्र आउनु पछ !

    Reply
    1. Sanjib says:
      June 6, 2012 at 6:59 pm

      खोई राजा हाम्रो संसार मा त त्यस्तो हुदैन सायद तिमि आरुनही कुनै ग्रह को हुनुपर्छ | अब छापा मार्ने पनि भनेर आउछन् त |

      Reply
  67. shreesh thapa says:
    June 6, 2012 at 6:12 pm

    खत्तम नै भएनि जनताहरु २/४ जनाको लहैलहैमा लागेर अब जसले जे गर्न पनि पाउने भएपछि सरकार किन चाहियो नियम कानुन किन चाहियो आर्मी पुल्लिस किन चाहियो ..अब पहिले जस्तै भुरे टाकुराहरु समालेर बसे हुन्छ आफै जान्ने आफै बुझ्ने आफै सरकार आफै सर्ब सम्पन्न …फेरी ढुंगे युगतिर ढल्केको आभास हुन्छ २/४ जना स्वार्थीहरुको पछि लाग्ने जनताहरुलाई देखेर …..

    Reply
  68. Jenish says:
    June 6, 2012 at 6:09 pm

    Taught by our politicians. Anything can be achieved from ‘Gundagardi’

    Jenish

    Reply
  69. RP Khanal-Surkhet says:
    June 6, 2012 at 6:09 pm

    यिनी हरुले पूर्व-जानकारी विना छापा मार्न पाइदैन भन्न हुने ,…भोलि यदि कसैले जानकारी सहित १ करोड फिरौती चाहियो भन्दै बन्दुक को नाल तेर्साएपछी चाही के भन्ने हुन् कुन्नि!!.

    Reply
  70. Basanta, Omaha US says:
    June 6, 2012 at 6:06 pm

    कानुन र संस्कार नभएको देश /

    Reply
  71. Narayan Sharma says:
    June 6, 2012 at 5:48 pm

    अराजकता को पराकाष्ठा …..
    अति भो ….
    अब tax छल्न पनि पाउनु पर्ने माग आयो .
    ए बाबा ठाकुर !!!

    Reply
  72. ram sharam says:
    June 6, 2012 at 5:34 pm

    budsiness pepole is right ..they dont hve to py for nepali govt..why???
    1,what is tax benfiet.
    2,what govt do for who paying tax.
    3,are they have recored for taxpayer..
    4,there is no law in nepal,for business man.id there is banda .strick in nepal what the who pay lost of business???
    5,all the tax going to mafeyia leader pocket.
    so why paying tax…

    Reply
    1. SHAMBHU says:
      June 6, 2012 at 6:13 pm

      यदी कुकुर ले तिमीलाई टोक्यो भने तिमि पनि कुकुरलाई टोक्न जान्छौ ???

      Reply
    2. aardi says:
      June 6, 2012 at 6:38 pm

      एक हिसाबले हेर्दा त तपाई को भनाइ १००% ठिक हो नि. किन दिने कर यो निकम्मा सरकार लाई. तर पनि कर को आडमानै देश चल्छ के गर्ने..

      Reply
    3. Ajaya says:
      June 6, 2012 at 9:33 pm

      तपाईंको कुरो ठिक हो भने, ठग ब्यापारीहरु देशका सबै भन्दा बढी जानी दुश्मन हुन्. किन ?
      १. उपभोक्ता लाइ तिनको पसल सम्म पुग्ने बाटो कसले बनाइदिएको छ ?
      २. तिनको घरको चर्पीमा आउने पानी कसले ल्याइदिएको छ ?
      ३. तिनको सामान किन्ने आधा जस्तो उपभोक्ता लाइ पैसा/घुस/तलब कहाँ बाट मिलेको छ ?
      ४. जनतासंग कर उठाएर सरकार लाइ सुको नदिने अनि आफु चाहिं बिलासी जीवन बिताउने ब्यापारीहरु, अझै कर छल्न पाउन पर्छ भनेर आन्दोलन गर्ने यो गुण्डा गर्दिको पराकास्टा नभए के हो

      Reply
    4. bigyan says:
      June 6, 2012 at 11:46 pm

      तिम्ले जलाएको गाडी किन्न लै प्रयोग हुन्छा tax आहिले लै तिम्ले एती मात्र बुज्न सक्यो भने धेरै हुन्छा

      Reply
  73. yubaraj says:
    June 6, 2012 at 5:32 pm

    थुक्क बुद्धि नभाक मुर्ख जनता हो. कहिले पनि देश को भलो हुँदैन जबसम्म तिमीहरुको मति सप्रिदैना .

    Reply
  74. Bandhu Adhikari says:
    June 6, 2012 at 5:20 pm

    अब पुलिसको हात हातमा बन्दुक दिनु पर्छ, कसैले सम्पति तोडफोड गर्न थाल्यो भने अथवा पुलिसलाइ हात हाल्यो भने सिधै गोलि ठोक्ने . होइन भने यस्तो अराजकता झन् बढ्छ मात्रै .

    Reply
  75. shiba says:
    June 6, 2012 at 5:19 pm

    सोच्नुस यो गणतन्त्र लोक्तारंत्र नेपाल को उपहार हो! आम नेपाली ले स्वकार नगरे पनि तपाई हाम्रो आँखा अगाडी तपाई हाम्रो घर समाज अराजक विखण्ड गलत सोच को राज्य भै सकेको छ बिरोध गर्नेले कानुनी उपाय नखोजी तोड फोड गर्नु … मान्छे हत्या होस् कि दुर्घटनामा मरोस सहिद बनाउनै पर्ने जसले जे गर्दा राम्रो जसको जांह हाबी छ उसले जे गरे पनि हुने अब हेर्दै जाऊ साथी हो अरु उपहार कति पाउछ पाउछ…

    Reply
  76. pema says:
    June 6, 2012 at 5:19 pm

    सबै नेता हरु को घर मा गएर कति कमै छ कहाँ बाट आए को पैसा स्रोत के हो भनि छन् बिन गरे नागरिक पनि आफै ठाउँ मा आउछन |||| कसै लाई काखमा कसलाई पाखा ???

    Reply
  77. Bishnu Nepali says:
    June 6, 2012 at 5:13 pm

    यी ब्यापारी हरुलाई सक्त कारबाही गनु पर्दछ | यिनीहरु लाइ कर छलेको मात्र हैन जलाएको गाडीको पनि कारबाही गर्नु पर्दछ !

    Reply
  78. Narayan Adhikari says:
    June 6, 2012 at 5:13 pm

    समस्या सानो असमझदारीले भएको रहेछ । छापा मार्नुभन्दा पहिले नै सरकारले व्यापारीहरुलाई छापा माार्दैछौं है भनी सूचना गर्नुपर्नेमा कहाँ चुक भयो । यसैले यस्तो भएको हो ।

    Reply
    1. Ramesh Neupane Nepali says:
      June 6, 2012 at 5:54 pm

      साथी छापा मर्न हामी आयौ भनेर आयो भनेत भयका प्रमाणहरु नस्ट हुन्छ नि होइन र …..?

      Reply
  79. gopal says:
    June 6, 2012 at 5:12 pm

    ट्याक्स छलेको शंकामा छापा मार्दा विरोधमा उत्रिने। छापा मार्न आएकाहरु चढेर आएको जिपै जलाइदिने। चक्काजाम गर्न खोज्ने ‍‍….. हामीलाई लाज लाग्दैन है ? यसरी कहीले बन्ला यो देश ?

    Reply
    1. pema says:
      June 6, 2012 at 5:20 pm

      संस्कार हो राजनैतिक पार्टी हरु ले सिकाए को |||

      Reply
  80. Keshav Bhojpure says:
    June 6, 2012 at 5:10 pm

    यो पनि कुनै तरिका हो ??? यो गाडी जलाएर फेरी अर्को किन्नु पर्दैन ?? प्रहरी बुथ फेरी अर्को निर्माण गर्नु पर्दैन ? तेस्को लागि खर्च कहाँ बाट आउछ ?? माग पनि थाहा नै नदिई छापा मार्यो भनेर रे !! आफैलाई लाज लाग्नु पर्ने !! गुणस्तर भएन भनेर आन्दोलन गर्ने पनि आफै, अनि किन जचिस भनेर कुट्ने पनि आफै ?? ल ठिकै छ राजस्वको मान्छे ले घुस माग्यो भने समाउन जसले माग्यो उसैलाई…. २/४ जना मिलेर सडक मा ल्याउनुस, कान को फेद मा २/४ झापड लगाउनुस सार्वजानिक रुप मा गल्ति स्वीकार नगरे सम्म हिर्काइ राख्नुस…… स्वीकार गरे पछी कानुनि रुप मा जिम्मा लागौनुस प्रशासन, प्रशासन बाट सुनुवाई भएन त फेरी घेर्नुस प्रशासन अनि गर्नुस आन्दोलन अधिकारि को धोका फुतौनुस !! किन बिना बित्था मा निर्दोष जनता लाइ सास्ती दिनु हुन्छ हे आन्दोलनकारी र प्रदर्शन कारी हरू हो ??? गाडी, प्रहरीबुथ , पुल, घर, फर्निचर, कलम, कापी, हामि सबैलाई जैले पनि चाहिने चिज हुन् किन नस्ट गर्नु ??? मान्छे को बिचार नस्ट गर्नुस न मान्छेको विकृत दिमाग धुलाई गर्नुस न के येस्ता आन्दोलन गरेर कुनै उपलब्धि भएको छ ??? आन्दोलन नै गर्ने भए जानुस सिमाना मा बालात्क्रित चेली हरू को रक्षा माग्दै भारतीय दुताबाश घेर्नुस, सिमाना मा एस एस एस बि को गाडी जलौनुस, किन आफ्नै आगन फोहोर पर्नु हौ आफैले ??? नेपाली को दिमाग को ढोका कैले खुल्छा ?? अनि देश को बिकास कैले सम्भव छ ??

    Reply
  81. saajan says:
    June 6, 2012 at 5:05 pm

    जो चोर उसैको ठुलो स्वोर भनेको येही हो

    Reply
  82. bhakta bahadur says:
    June 6, 2012 at 4:49 pm

    खास कुरा जंग बहादुर नै आबस्यक छ यो देशमा .

    Reply
    1. pema says:
      June 6, 2012 at 5:21 pm

      यो देश मा सबै दंग बहादुर मात्र छन् |||

      Reply
  83. keshav says:
    June 6, 2012 at 4:45 pm

    येस्तई हो नेपाल | कर तिर्ने बेवकुफ ठहरिन्छ , कर छल्ने बुद्दिमान | सबै ले कर तिर्ने हो भने हामी सरकारी पैसा र खर्च को अलि बढी हेक्का राख्छौ| अहिले त जसले पायो तेस्ले छल्यो, अलि अलि तिरेको कर जति सबै नेता को खल्ती मा | न तिरेको कर चाही कर्मचारी र ब्यापारी को खल्ती मा |

    नेता ले चोरेर ढुकुटी नै रित्तो परे पनि कर तिर्ने बानि बसालौ | कर नतिर्दा राष्ट्र झन् कम्जोर हुन्छ

    Reply
  84. Raj says:
    June 6, 2012 at 4:41 pm

    के अब देशमा नियम कानुन भन्ने चिजै नभएको हो त??????

    Reply
  85. Pawan says:
    June 6, 2012 at 4:40 pm

    नेपाल बन्द को बेला मा गाडी जलाउने ..तोडफोड गर्ने ,अराजकता मच्चाउने….येही ब्यक्ति हरु नै हुन् ..जसले जुन बहाना मा पनि ..जहिले पनि लागेको बानी गर्छन ..यिनी हरु अबसर को खोजि मा हुन्छन् कि कस्ले बन्द आयोजन गर्ला ,चक्का जाम गर्ला .आन्दोलन गर्ला भनेर ..अनि अबसर पायो कि येस्तै बितन्डा मच्चाचाई हाल्छन …अहिले चाही यिनी हरु लाई यो बहाना मिलेछ ….येस्तो गरे पछि कस्ले कसलाई छुने ..सबै महाराज धिराज ….

    Reply
  86. manish says:
    June 6, 2012 at 4:40 pm

    विदेश बाट डलर हालेर ल्याएको गाडी किन जलाएको होला बरु नेपाली मुस्तांग हरु जलाए नेपाली उद्धोगनै फस्टाउथ्यो केही नेपालीले रोजगार पाउथे, थुक्क बुद्धि !! 🙂

    Reply
  87. NIRAJAN says:
    June 6, 2012 at 4:39 pm

    अराजक नेता ,अराजक सरकर ,अराजक जनता खै कसलाई कमेन्ट गर्ने हो साथी हो??

    Reply
  88. rubesh says:
    June 6, 2012 at 4:39 pm

    थुक्क साला कुत्ता हरु छापा मरदा पनी थाहा दीयर आउनु पर्ने रे कस्तो नहुने कुरा गरेको कुकुर हरु

    Reply
  89. Basanta Thapa Magar,Maryland,USA says:
    June 6, 2012 at 4:28 pm

    असल थिति बसालौ र बसाल्न कोशिश गरौ \ अपराध पनि गर्ने अनि कार्यबाही गर्न खोज्दा थाहा दिएर आउनु भन्ने ? हैन कति घिन लाग्दो कुरा हो यो \ छापा मार्ने ले घुष मागेको हो भने प्रमाण जुटाएर कानुनि कार्यबाही पो अगाडी बढाउने हो त यसरि दुनिया हसाएर छाडा बनेर ,दमकल जलाउने ,सरकारी धन जो तिनै ब्यापारी र जनताले तिरेको कर बाट जोडेको हो जलाउने ,प्रहरी जो शान्ति सुरक्षा गर्न आएका तिन लाइ ढुंगा मुड़ा गर्ने ,कानुन तोड्ने ,हातमा लिने
    यो सब छाडा र भिडतन्त्र को कारण हो अति बादी सोच र ब्यबहार हो \ हर क्षेत्र फोहरी राजनीतिमा चुर्लुम्ब डुबेको फल हो \
    बहुसख्या हामो छ जेमा पनि हाम्रो हक लाग्छ ,जे पनि हामीले पाउनु पर्छ भन्ने गलत सोच को कारण यस्तो हुन् थालेको हो \ के ब्यापारी भन्दैमा सबै असल हुन्छन ? मिसावट ,म्याद नाघेका सामान बिक्रीवितरण ,अनाबस्यक मूल्य ,चोरी,निकाशी ,कृतिम अभाब यिनै ब्यापारी द्वारा हुने होइन र ? के यो गर्न पाउने ब्यापारीहरुको हक र माग हो ?
    बेलै मा अराजकता तिर जान लागेको समाज लाइ रोकौ \ कोहि देश जलाउन खोज्दै छन् \

    Reply
  90. बिषम शर्मा नेपाली says:
    June 6, 2012 at 4:28 pm

    खराब जनताहरुबाट असल नेता कसरी छान्न सकिएला र ! आखिर खराब जनताबाट छानिने पनि खराबै नेता त हो । त्यसैले पहिले जनता असल भए मात्र असल नेता चुन्न सकिन्छ । हामि खालि नेता मात्र खराब भन्छौ, नेतामात्र होईन जनता पनि खराबै छौ‌ । लौन सुध्रन सबैले सुरु गरै‌ ।

    Reply
  91. Sisir says:
    June 6, 2012 at 4:10 pm

    “थाहै नदिइकन छापा मारेर आतंकित बनाइयो।”

    लास्तई हसायो … यो नेपालमा मौलौदै गएको अराजकता र दण्डहिनताको पराकास्ताको अर्को एउटा नमुना हो …

    Reply
  92. kushal says:
    June 6, 2012 at 4:10 pm

    जब सम्म नागरिक सभ्य र जिम्मेवार बन्दैनन् , समाज र देशको बिकाश कहिलेइ हुदैन l आफुले राम्रोसंग नियमकानून पालना नगर्ने , सरकारले नियममा कडाइ गर्यो भने बिरोधमा उत्रने, सानो निउ र मौका पाउने बितिक्कै आफ्नो बाहेक अरु सबै सरकारी र निजि सम्पति तोडफोडमा उत्रने , अनि देश माथि गएन, समाजमा बिकृति छायो, सुरक्षा भएन भनेर कहाँ हुन्छ ??

    Reply
  93. sudarshan says:
    June 6, 2012 at 4:06 pm

    यो देश येस्तई काला ब्यापारी हरु ले गर्दा बिग्रेको हो , कर्मचारी लाइ घुस खान उक्साउने पनि यी र येस्तई हुन् , यिनी हरु ढाड नसेकी हुँदैन है

    Reply
  94. dawa finjok nepali says:
    June 6, 2012 at 4:02 pm

    बादर को हात मा गणतन्त्र परे पछि कसको के लागोस …

    Reply
  95. Naba says:
    June 6, 2012 at 4:02 pm

    mars-one.com/
    मान्छेहरु अबको १० वर्ष भित्र Mars मा बस्ती बसाउने कुरा गर्दैछन, हाम्रो हालत भने एस्तो छ अहिले सम्म पनि …..

    Reply
  96. SUDARSHAN KOIRALA says:
    June 6, 2012 at 4:01 pm

    यो गलत कुरा को सुरुवात हो छापा मार्ने उनीहरुको अधिकार हो . तेस्लाई हामी कसैले पनि बिरोद गर्न हुन्न जहाँ सम्म घुस को कुरा छ आफुले राम्रो गरेको छ भने किन दिन पर्छ र घुस police अनि पत्रकार लाई खबर गरेर रंगे हात समात्न सकेको भा कति राम्रो हुने थियो . आउदा थाहा दिएन भनेर गाडी र police को बिट जलाउनु …धिक्कार छ तिमि हरु लाई.

    पहिला आफु ठाममा बस्नु पर्छ अनि मात्र अरुलाई भन्न मिल्छ

    Reply
  97. शरद- क्षितिज पारीबाट says:
    June 6, 2012 at 3:51 pm

    यो अराजकता गर्ने ब्यापारी लाइ तत्काल हदै सम्मको कारवाही गर्नु पर्छ ! के राज्यको सम्वन्धित निकायले छापा मार्न पहिल्यै सुचना दिएर अबैध कारोबार लुकाउने मौका दिनु पर्ने ? हो कर्मचारी त्यसमा पनि भन्सार,आ.रा.का., मालपोत, यातायात यी त भ्रष्टाचारका राजधानी नै हुन् तर ति गलत भए कारवाही हुनु पर्यो नियम संगत रुपमा ******** नभए लगाइदेउ २ थप्पड कसेर यदि उ भ्रष्ट छ तिमी स्वाभिमानी हुँदा पनि भने तर राष्ट्रको सम्पत्ति किन जलाउने ? त्यो व्यापारीको सर्वश्व अधिग्रहण गर्नु पर्छ सरकारले, सम्पूर्ण क्षति असुल त्यहि कालो बजारिया संग गर्नु पर्छ न कि जनताले तिरेको करको दुरुपयोग गर्न पाइन्छ !
    यो सरकार र कानून भन्दा संघ-संस्था भएको देशको वास्तविक अनुहार हो ! यो काला बजारियाहरुको चन्दा बाट चुनाव लडेर देश देश चलाउने हुतिहारा हरुको पराजित अनुहार हो ! यो घटनाले पुष्टि हुन्छ त्यो भोल्युम बेसमा काम गर्ने ब्यापारी हो त्यसैले आगामी चुनावको लागि उ हरेक पार्टीको लागि अत्यावश्यक छ जसको उदाहरण अब ब्यापारी,शान्ति-सुरक्षा,प्रहरी दमन,घुसकाण्ड वा भ्रष्ट कर्मचारी आदि शिर्षकमा हरेक पार्टीले तँछाड – मछाड गर्दै जारि गर्ने विज्ञप्तिले पुष्टि गर्ने छ !
    ******* मैले त यत्ति भन्छु पहिला त ति व्यापारीलाई रबर होइन मेटल कै गोलि ठोक्नु पर्छ अनि कर्मचारी माथि तत्काल छानविन र कारवाही हुनु पर्छ ****** यो अराजकता गर्ने ब्यापारी लाइ तत्काल हदै सम्मको कारवाही गर्नु पर्छ ! के राज्यको सम्वन्धित निकायले छापा मार्न पहिल्यै सुचना दिएर अबैध कारोबार लुकाउने मौका दिनु पर्ने ? हो कर्मचारी त्यसमा पनि भन्सार,आ.रा.का., मालपोत, यातायात यी त भ्रष्टाचारका राजधानी नै हुन् तर ति गलत भए कारवाही हुनु पर्यो नियम संगत रुपमा ******** नभए लगाइदेउ २ थप्पड कसेर यदि उ भ्रष्ट छ तिमी स्वाभिमानी हुँदा पनि भने तर राष्ट्रको सम्पत्ति किन जलाउने ? त्यो व्यापारीको सर्वश्व अधिग्रहण गर्नु पर्छ सरकारले, सम्पूर्ण क्षति असुल त्यहि कालो बजारिया संग गर्नु पर्छ न कि जनताले तिरेको करको दुरुपयोग गर्न पाइन्छ !
    यो सरकार र कानून भन्दा संघ-संस्था भएको देशको वास्तविक अनुहार हो ! यो काला बजारियाहरुको चन्दा बाट चुनाव लडेर देश देश चलाउने हुतिहारा हरुको पराजित अनुहार हो ! यो घटनाले पुष्टि हुन्छ त्यो भोल्युम बेसमा काम गर्ने ब्यापारी हो त्यसैले आगामी चुनावको लागि उ हरेक पार्टीको लागि अत्यावश्यक छ जसको उदाहरण अब ब्यापारी,शान्ति-सुरक्षा,प्रहरी दमन,घुसकाण्ड वा भ्रष्ट कर्मचारी आदि शिर्षकमा हरेक पार्टीले तँछाड – मछाड गर्दै जारि गर्ने विज्ञप्तिले पुष्टि गर्ने छ !
    ******* मैले त यत्ति भन्छु पहिला त ति व्यापारीलाई रबर होइन मेटल कै गोलि ठोक्नु पर्छ अनि कर्मचारी माथि तत्काल छानविन र कारवाही हुनु पर्छ ******

    Reply
  98. Pranav says:
    June 6, 2012 at 3:49 pm

    खोइ के भन्नु र हिजो कर्मचारी नेता हरु भ्रस्टचारी भन्नेहरू नै भ्रस्ताचारका पालन पोषण कर्ता रहेछन!!! हे पशुपतिनाथ अब देशलाई कसरि उभो लगाउने हो सबैलाई नैतिकताको पाठ पढाउ प्रभु

    Reply
  99. Santsoh says:
    June 6, 2012 at 3:45 pm

    यो जनता हरु भन्दा पनि भ्याट छलुवा र कर छलुवा नाफा खोर ब्यापारी हरु को काम हो, यसको बिरोध गरौ .

    Reply
  100. Ram Sharma says:
    June 6, 2012 at 3:43 pm

    हामी नेपाली हौ हाम्रो देश नेपाल हो
    हामी उग्र, अनुसासनहिन अनि मुर्ख छौ
    हामी फट्याई अनि धुर्तता लाई बिहारी शैली भन्छौ, तर आफु त्यसभन्दा दस गुना छौ
    हाम्रा लागि लोकतन्त्र भनेको पाँच महिनाको आपको रुखमा फूल लागेजस्तो हो (आजकल तेस्तो पनि देखिएको छ) – ठोकतन्त्र हुनुपर्ने बेलामा लोकतन्त्र भएर एस्तो भाको हो
    हामीजस्ता गधा हरुलाई तह लगाउन गल्ति गर्यो कि गोरु छुट्ने लौरोले बेस्मारी चुटने बेबस्था आउन जरुरी छ
    लौन कोहि माहाको मुर्ख, दया नामको चिज पटक्कै नभाको सुरो नया नेताले (पुरानामा त्यो हुती देख्दिन म) यो देशमा निरंकुस लौरी शासन चलाईदीन पर्यो, म लुरे तेस्को बिरुद्धमा फेरी मुर्ख नेताले गुहारे भन्दै कहिल्लै सडकमा जाने छैन, यो मेरो कसम भयो (नेपाली कसम होइन, पक्काको साच्चैको कसम हो)

    Reply
  101. ashok says:
    June 6, 2012 at 3:42 pm

    सरकारलाई खबरै नदिई ट्याक्स छल्न मिल्ने, सरकारले ब्यापारीलाई खबरै नदिई छापा मर्न नमिल्ने: लौ न यो के जमाना आयो?

    Reply
  102. Jyoti says:
    June 6, 2012 at 3:37 pm

    नेपली भेडा जनता…धिक्कार छ तिमि हरु लै …तिमि हरु ले नै येसो गर्न थाले पछि नेता हरु बाट के आश गर्नु….. कानुन भएन भन्ने तिमि हरु नै …कानुन लागु गर्दा अराजक फैलाउने…….

    Reply
    1. manish says:
      June 6, 2012 at 4:32 pm

      वास्तवमा नेता भन्दा जनता हरुनै आँडे छन् यहाँ | चुनावको नतीजा नै हेर्नुस न, यता पनि भारी नपुग्ने उता पनि नपुग्ने गरि भोट हाल्छन , कि यथास्थिति वादी लाइ जिताउनु कि परिवर्तन कारी लाइ, विपरीत ध्रुवी लाइ मिलेर जाउ भनेर पनि कहिँ होला ? हे भगवान नेपाली लाइ सद्बुद्धि देउ |

      Reply
    2. kranti says:
      June 6, 2012 at 5:11 pm

      तर यो आन्दोलन गर्ने हरु त जनता होइनन नि | जनतालाई ठग्ने ब्यापारी हुन् | जनतालाइ मात्र हो र सरकारलाइ समेत ठग्ने महा चण्डालहरु पो हुन् त |

      Reply
  103. sajan khadka says:
    June 6, 2012 at 3:34 pm

    हाम्रो देशमा एस्तै प्रवृति को मान्छेहरु धेरै भएर बिकाश नभएको हो ! नियम ,कानुन , कर्तब्य अनि अनुसासनको बोद् नभय सम्म देशको अवस्था येही नै रहेने छ !

    सुजन फिनल्याण्ड

    Reply
  104. ramu says:
    June 6, 2012 at 3:32 pm

    खाली नेता हरुलाई मात्र खबरद्दार भन्ने जनताले मन लाग्या गर्न भएन नि एस्तो नया नेपाल मा ……..?????

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme