Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बडिगार्डको बयानपछि उठेका प्रश्न

Posted on June 5, 2012June 5, 2012 by Salokya

न्यायाधीश रणबहादुर बमको बिहीबार बिहान गोली हानी हत्या गरेको घटनामा अरु प्रत्यक्षदर्शीको बयान त पहिले नै मिडियामा आइसकेका थिए। तर घटनामा एउटै कारमा रहेका र पहिलो गोलीसमेत खाएका बडिगार्ड, जसलाई पीएसओ अर्थात् व्यक्तिगत सुरक्षा अधिकृत भनिन्छ, को बयान आजको कान्तिपुरमा छापिएको छ। नेपाल प्रहरीका असई महेश गिरीको यो बयानपछि चालक अष्ट लामाप्रति शंकाका औँला उठाउने ठाउँ प्रशस्त छ।

उनको बयानको सारस‌ंक्षेप यस्तो छ-
बंगलामुखी मन्दिर पुगेर खोला किनारको बाटोबाट फर्कँदै गर्दा एउटा मोटरसाइकलले पिछा गर्‍यो। एक ठाउँमा गाडीको बाटो छेकिने गरी मोटरसाइकल रोकियो। बडिगार्ड उत्रिए लगत्तै मोटरसाइकलमा भएका दुवै जनाले गोली हाने। एउटा गोली टाउकोमाथिबाट कपाललाई छुँदै गयो। अर्को गोली उनको घाँटीमा लाग्यो। त्यसपछि उनीहरु गाडीतिर दौडे। पछाडिको सिटमा रहेका न्यायाधीश बमले आत्मसमर्पणको मुद्रामा दुवै हात उठाएका थिए। बडिगार्डले गोली हान्ने एउटालाई ताने। गाडीको ढोका खुल्यो र न्यायाधीश चार खुट्टा टेक्दै भागे। बडिगार्डले न्यायाधीशलाई जोगाउन उनीतिर गएर छाती थापे। एउटाले पेस्तोल छातीमै टसाएर गोली हान्यो। न्यायाधीशलाई जोगाउन उनको शरीर ढाक्ने गरी बडिगार्ड दौडिए। एक जनासँग भएको गोली सकिएछ। अनि अर्कोले बडिगार्ड कै पेस्तोल निकालेर गोली हान समेत भने। पेस्तोल निकाल्न नदिन बडिगार्ड भुइँमा लडे। उनीहरूले पेस्तोलको म्यागजिन निकालेर गोली हेरे, अनि भागे।


शंका नम्बर १
उनले बयानमा भनेका छन्- ‘मैले चालक अष्ट लामालाई टाउन प्लानिङको ठूलो र सीधा बाटोबाट भित्र पसौं भनें तर चालकले खोला किनारको बाटोबाट गाडी लगे।’ आखिर किन उनले खोला किनारको सुनसान बाटो रोजे होलान् त ?

शंका नम्बर २
मोटरसाइकल बाटोमा तेर्साएपछि तेर्सिएको स्थानभन्दा २० मिटर टाढै चालकले गाडी रोकेका रहेछन्। उनले भनेका छन्, ‘म गाडीबाट उत्रिएँ। उत्रँदै गर्दा मैले चालकलाई तयारी अवस्थामा बस्नु भनेको थिएँ।’ उनले त्यसरी तयारी अवस्थामा बस्नु भन्दाभन्दै पनि बडिगार्डलाई गोली चलाइएपछि गाडी ब्याक गरेर चालकले भगाउन सकेनन्। उनले भनेका छन्- ‘मैले टाउको घुमाएर चालकलाई गाडी भगा भन्दा त गाडीमा चालक नै देखिनँ।’ यसबाट पनि शंका गर्ने ठाउँ रहन्छ। चालकले दिएको बयान भन्दै अरु मिडियामा आएका कुरा अनुसार चालकले भनेका रहेछन्- ‘ड्याम ड्याम गोली चल्यो, दिमाग सून्य भयो, के गर्ने सोच्नै सकिनँ।’ परिबन्दले मात्रै उनीप्रति शंका गर्ने ठाउँ बनेको हो कि उनको केही संलग्नता छ, प्रहरीको अनुसन्धानले यसबारे देखाउला नै।

यदि यस्तै हो भने त अब भीआइपीले गाडी चालक राख्दा पनि गतिलो खालका राख्नुपर्ने भयो। विदेशतिर त बडिगार्डले नै गाडी चालकका रुपमा समेत दोहोरो काम गर्ने पनि गर्दा रहेछन्।

शंका नम्बर ३
गाडीमा चार जना थिए। एक जना गाडी चालक बाहेक सबैलाई गोली लागेकोले पनि शंका गर्ने ठाउँ छ। प्रतिकार गर्न सक्ने भएकोले बडिगार्डलाई गोली लागेको भन्न सकिन्छ। तर पछाडि न्यायाधीश बमसँगै रहेका उनका साथी राम गिरीलाई चाहिँ किन गोली हानियो होला त ? न्यायाधीशलाई गोली हान्ने क्रममा सँगै रहेकोले मात्र मिस फायर भएर मात्रै उनलाई पनि गोली लागेको होला त ?

त्यसैगरी बडिगार्ड कै बयानमा पनि शंका गर्ने ठाउँ छन्। उनले भनेका छन्- दुवै जनाले ममाथि प्रहार गरे । एउटा गोली टाउकोमाथिबाट कपाललाई छुँदै गयो । अर्को गोली घाँटीमा लाग्यो । मैले घुँडा टेकेर कम्मरमा रहेको पेस्तोल निकाल्न खोजें । तर हातले कम्मरमा पेस्तोल राख्ने खोललाई खोल्न सकेन । तल एक पाठकले कमेन्टमा सोधेका छन्- pso ले पेस्तोल निकाल्न खोज्दा‌ सकिनँ भनेका छन्। पछि सुटरलाई ताने भनेका छन्। सुटरलाई तान्न बढी बल प्रयोग गर्नु पर्छ कि पेस्तोल निकाल्न? गोलि हान्नेलाई तान्न सक्ने मान्छेले दायाँबायाँ जुन हातले पनि पेस्तोल सजिलै निकाल्न सक्छन्।

र, अन्त्यमा असई महेश गिरीले प्रयोग गरेको यो भाषा- बंगलामुखी मन्दिरमा रानी साहेब (रणबहादुर बमकी श्रीमती) र सानो राजासाब (बमका कान्छा छोरा) की श्रीमतीलाई छाडेर हामी बाहिरबाटै मन्दिरको दर्शन गरी सर्वोच्च अदालततर्फ हिँडेका थियौं । रानी साहेबहरू राम्ररी दर्शन गर्न लाइनमा बस्नुभएको थियो।

ठूलाठालु भीआइपीहरुलाई अझै पनि सुरक्षाकर्मीहरुले रानी साहेब, राजा साहेबका रुपमा सम्बोधन गर्नुपर्ने चलन (कि बाध्यता?) रहेछ। पीएसओले त यस्तो भन्नु पर्ने रहेछ भने कम र्‍याङ्कका सुरक्षाकर्मीहरुलाई त घरायासी कामका रुपमा ‘नोकर’ कै व्यवहार त गरिने होला नि! बहालवाला न्यायाधीशहरुलाई अहिले कस्तो सुरक्षा व्यवस्था प्रदान गरिएको छ, त्यसबारे त थाहा भएन तर सर्वोच्च अदालतको गत वर्ष भदौको पूर्ण बैठकले आफूहरुलाई पदमा रहँदामात्र हैन, बाँचुञ्जेल मोटर, इन्धन, ड्राइभर र अर्दली पाउनुपर्ने निर्णय गरेको थियो। अर्दलीको सोझो अर्थ नोकर नै हो। नोकरको अर्थ मालिकले लगाएका सक्ने/नसक्ने सबै काम लुसुक्क मान्नु हो। सबै मालिककै खटनपटनमा चल्नुपर्ने अवस्थाका कारण अर्दली दासताकै एउटा रुप हो। त्यसैले न्यायाधीशहरुले अर्दली माग गर्नु भनेको दासताकै निरन्तरता चाहनु हो भन्दै यसको विरोध पनि भएको थियो।

45 thoughts on “बडिगार्डको बयानपछि उठेका प्रश्न”

  1. Abiral Butwal says:
    June 6, 2012 at 7:21 pm

    घटना प्रति घोर भर्सना गर्दछु,अपराधीले नेपालको राजनैतिक उथल पुथल भएको यवं हाललाई नया संबिधान बिहिन सुन्य अवस्थाको फाइदा उठाएका हुन् !
    घटना पछि उद्दार गर्न आएका स्थानीयहरूलाइ वडी गार्डले मलाइ होइन, न्यायाधिशलाइ पहिला वचाउनुहोस् भनेको । अनि स्वयम् बडी गार्डको वयानले पनि हर सम्भव आफ्नै ज्यान माया मारेर न्यायाधिशलाइ वचाउन कोसिस गरेको देखिन्छ ! ज्यानको माया मारेर कोसिस गरिरहेको मान्छेलाई माथिका कमेन्टमा शङ्का गर्नु कतिको जायज हो ?
    अब प्रश्न उठ्नु स्वाभाविक हो पेष्तोल तान्न नसकेको हातले कसरी सुटरलाइ तान्यो ?
    त्यो अवस्थामा गोलि लागे पछी हात लुलो हुन सक्छ अनि अपोजित साइडमा पेस्तोल थियो भने निकाल्न सायद निकाल्न सकेनन होला ! अर्को सग्लो हात भएको साइड बाट तान्न कोसिस गरे होला !
    तर मलाई खड्केको एउटा कुरो सुन सान ठाउमा एककासी मोटर साइकल आएर अगाडी रोक्दा किन बडीगार्डले शंकाको घेराले सोच्न सकेनन र लुरु लुरु उनीहरु नजिक गए ! आखिर विभिन्न परिस्थिति आउने खण्डमा कसरि सामना गर्ने भन्ने सामान्यतया तालिम लिएका हुन्छन होइन र ! बाकी अर्को कुरो चालकले पनि २० मिटर टाढा गाडी आफै रोके या बडीगार्डले भनेर रोके खुल्न सकेको छैन अनि बडी गार्डले भनेको बाटो किन चालकले लगेनन ! चालकले रिभर्स गर्न सक्ने स्थिति पनि देखन्छ तर किन गर्न सकेनन र उनि मात्रै कसरि शकुसल रहन सके ! बाकी कुरो अब राम गिरीजीको बयान बाट खुल्न सक्ने देखिन्छ ! प्रतिक्ष्या गरौ वहाको शिघ्र स्वस्थ लाभ होस् !

    Reply
  2. Krishna says:
    June 6, 2012 at 3:50 pm

    २-४ दिन ट्राफिक र पुलिश ले दुख दिन्छ त्यत्तिकै यो घटना सेलौछ अर्को नभए सम्म लाई
    यो देश मा येस्ता प्रक्रिया जीवन चक्र झैँ निरन्तर हुने प्रक्रिया हो !

    Reply
  3. lok says:
    June 6, 2012 at 11:11 am

    कसैलाई पनि शंका गर्नु नरा्मरो होइन तर पर्बाग्रहपुर्ण शंकाले लङका पिट्छ । सबैलाई अनुसन्धानको दायरामा ल्याउनु पर्दछ र उचित छानबीन गरी दोषी पत्ता लगाउनुपर्दछ

    Reply
    1. Junu nisudi rana says:
      June 6, 2012 at 9:14 pm

      दिन दहाडै हत्या त्यो पनि आफ्नै व्यक्तिगत जिबन मा न्याय पाउन नसकेका न्याधिश बम को जिबन को बलि दिने हत्यारा हरु लाइ सजाए मिलोस,ra उनको मृत आत्माले न्याय पाउन सक्नेछ .

      Reply
  4. Roshan says:
    June 6, 2012 at 10:36 am

    कान्तिपुरमा आएको एकपक्षिय समचारलाइ नै आधार मानेर चालक दोषी हो भन्न सकिन्न् । किनकि मुठभेड वा जडपमा जो कोही पनि पहिले आफ्नो ज्यान बचाउन तर्फनै लाग्छ । त्यसमाथि पिएसओको भनाइ स्वयम विवादस्पद नै छ ।

    Reply
  5. Nabin Giri says:
    June 6, 2012 at 10:16 am

    My understanding after going through kantipur article.
    1. The killer is a Nepali national and not a Indian sharpshooter which is proved by the conversation between PSO and shooter which took place in Nepali.
    2. Even in Kantipur’s report PSO’s surname is mentioned as chaudhary in the first paragraph and giri in second paragraph.
    3.A normal reporter must have asked the PSO about the drivers rejection from driving in the open area. Why is the kantipur’s report incomplete?

    Reply
  6. Basant says:
    June 6, 2012 at 7:01 am

    वम गम्भीर अभियोग लागेको व्यक्ति हो| मानवताको नाताले सहानुभूति देखाउनु एउटा कुरो हो जो आफ्नो ठाउँमा छदैंछ तर त्यस्तो दाग लागेको व्यक्ति एकक्षण पनि अदालत भित्र हैन तर परिसरमा पनि देखा पर्नु ठिक छैन| अरु न्यायधीश पनि दुधले धुएको छैन भनेर बक्तब्य दिएका थिए| उनले केही खुल्न लागेका थिए जस्तो छ| पहिलो अनुसन्धान उनकै गत केही बर्षदेखिको अहिलेसम्मको दैनिकी बाट गरे ठिक हुन्छ| न्यायलय जस्तो पवित्र मन्दिर लाई दुषित तुल्याउने व्यक्ति हुन् उनी| हामी मरिगए पछी बिचरो भन्ने गर्छौ, मानवताको हिसाबले त्यो सही पनि छ| यद्यपि उनले गरेका कर्तुतहरु बिर्सी दिन्छौ| व्यर्थमा अरुको समेत झन्डै ज्यान गयो| बिहान देखि राति सम्म र बिदाको दिन पनि काम गर्नपर्ने चालक र बडीगार्डलाई किन जोखिम र सास्ती दिएको होला| बडीगार्डले मन्दिर र बजार जाँदा पनि परिवार कै सेवा गर्न पर्ने कस्तो नियम हो?

    Reply
  7. Bardan says:
    June 6, 2012 at 3:02 am

    यी [email protected]&*हरु लाइ रानी साहेब र सानो राजासाब भनाउनु पर्ने. को हो र भन्या यिनीहरु ? एस्तो कुरा सुन्नु पर्यो भने ठिक्क पर्यो भन्न मन लाग्छ. तर हिंसा को समर्थन चाही गरेको होइन है.

    Reply
    1. Dharmaraj Gurung says:
      June 6, 2012 at 7:44 am

      माई संसारका सम्पूर्ण मित्रहरु, मैले पहिले नै कमेन्ट गरिसकेको छु सर्बोच्च न्यायधिसको हत्याका बारेमा | धेरै संका-उपसंकाका कुराहरु कति लेखिराख्नु, साथै यस्ता कुराहरुका कुनै मतलब पनि रहन्छ जस्तो लाग्दैन |
      मित्रहरु, सांचिकै कुरा गर्नुहुन्छ या जान्न नै चहानु हुन्छ भने सान्ति सुरक्क्षाका हिसाबले सर्व प्रथम पी.एस.ओ.(गिरीको) गल्ति हुन जान्छ | किन र कसरि ??? कारण नम्बर (१) गिरीको मुख्य जिम्मेवार(MISSION) भी,आई.पीको रक्क्षा गर्ने पर्ने कारण (२) गिरी भि.आई.पी (न्यायधिस)को बडीगार्ड भएका/खटेका कारण कुनै पनि हालतमा उसले परिस्थितिलाई आफ्नो नियन्त्रण राख्नु पर्ने कारण | (३) गिरी हात हतियारका साथ भएका कारण (४) गिरी हात हतियार सम्बन्धि तालिम प्राप्ता हुनुका कारण (५) गिरी काँतर पना भएका कारण (६) गिरीलाई कानुनले दिएको अधिकार प्रयोग गर्न काँतर पना देखाएका कारण (७) गिरीको आफ्नै भनाई अनुसार, हात हतियार सम्बन्धि पूर्ण रुपले तालिम प्राप्त नभएका/नपुगेका कारण (८) गिरी आफुले आफैलाई भरोसा नहुँदा नहुँदै पनि डिउटीमा जानुका कारण र ईमान्दारिता नभएका कारण |

      Reply
  8. Phatte says:
    June 5, 2012 at 11:37 pm

    बडीगार्डलाइ शंका गर्ने ठाउँ पक्कै छ तर तिन तिन गोली लागेर झन्डै मरेको मान्छेले खासै झुट बोल्ला जस्तो मलाई लाग्दैन | मलाई थाहा छैन नेपाल प्रहरीले कस्तो खाले Holder प्रयोग गर्छ तर कहिले काँही पिस्तोल जिक्दा Holder मा अडकिन सक्छ र जती बल गर्दा नी निस्कदैन | मैले प्रयोग गर्ने holder push गरेर side मा slide गर्नु पर्छ, हतारमा र प्राक्टिस छैन भने जती बल गरे नी पिस्तोल निस्कन्न | नेपालमा bike चलाउनेहरुले यसरी चलाउन्छन् कि तेस्तो situation सामान्य हो | तै पनि bodygard को नैतिक जिम्मेवारी पक्कै छ यो घटनामा | मैले bodyguard को बचाब गर्न खोज्या होइन, आफ्नो ज्यान नै बाजी थापेर अर्काको ज्यान बचाउने मान्छेको सर्हाना गर्या मात्र हो | अरु कुरो बिस्तृत अनुसन्धान पछि थाहा होला |

    Reply
  9. Hem Surungi Magar says:
    June 5, 2012 at 11:29 pm

    साथी हो तपाई हामी सबै जना driver र अंगरक्षक कों ठाउँ मा बसेर सोच्नुस.त …..
    मर्नु सबै लै डर लाग्छ सानो तिनो accident हुदा त मुटु थरर काप्ने गर्छ भने गोलि चल्दा त के हाल होला

    Reply
  10. Kishor says:
    June 5, 2012 at 10:24 pm

    फिल्मी, भेरी फिल्मी गोपिकृष्णको फिल्मी च्यानलको स्लोगान हो क्यार हो। समाचार पढ्दा पनि त्यस्तै अनुभव भयो। ठ्याक्कै हिन्दी फिल्मको सिनझै। अब बडिगार्डको कमाल हो या सञ्चारकर्मीको त्यो चै बुझिएन। समाचार बढो नाटकिय छ। बडिगार्डलाई बहादुर देखाउने दुस्प्रयासबाहेक अरु केही हैन भन्ने त उसले छाती थापेर गोली खाँए भन्ने भनाईवाटै पुष्टी हुन्छ। घटनाक्रम जसरी बाहिर आएको छ अनी प्रत्यक्षदर्शीका जे जस्ता भनाई आएका छन् त्यसले बडिगार्डले अपनाउनुपर्ने सुरक्षा अपनाएको देखिएन। चालक त कातर नै रहेछन्। यस्ता चालक भिआइपीको सुरक्षामा फिट हुन्न। पुलिस त बडिगार्डको नाममा कलंकै हो। यो समाचार रावडी राठौर जस्तै नेपाली फिल्म बनाउन काम लाग्छ यत्ति हो।

    Reply
    1. Lok thapa says:
      June 6, 2012 at 1:14 am

      तेही त भन्या सनी देवोल जस्तो लाग्यो मलाइ पनि \ घाती मा गोलि लाग्यो रे अनि छाति मा गोलि लाग्यो रे \ तेही पनि बचाउन बोमजी को अगाडी छाति थाप्यो रे \ तिनीहरुलाई तान्यो रे \

      Reply
  11. शान्तिप्रेमी says:
    June 5, 2012 at 9:51 pm

    मैले कतै समाचारमा पढेको थिएँ, घटना पछि उद्दार गर्न आएका स्थानीयहरूलाइ वडी गार्डले मलाइ होइन, न्यायाधिशलाइ पहिला वचाउनुहोस् भनेको । अनि प्रकृति हेर्दा र स्वयम् बडी गार्डको वयानले पनि वडी गार्डले हर सम्भव आफ्नै ज्यान माया मारेर न्यायाधिशलाइ वचाउन प्रयास गरेको पुष्टी हुन्छ । यतिको प्रयास गरिरहेको मानिसलाइ माथिका कमेन्टमा शङ्का गर्नु कतिको जायज हो ?
    अब प्रश्न रह्यो – पेष्तोल तान्न नसकेको हातले कसरी सुटरलाइ तान्यो ? हुनसक्छ घटनाको अवस्थामा सवैकुरा जस्ताको तस्तै उनले अहिले सम्झन सकेनन् । अथवा, गोलि लागिसकेको अवस्थामा एकतिरको हातको नशा कमजोर भयो र पेस्तोल तान्न सकेनन् तर अर्को पटिको हात सही सलामत थियो, सुटरलाइ तान्ने प्रयास गरे ।

    Reply
  12. Dil tharu says:
    June 5, 2012 at 9:39 pm

    अब बयान सुन्दा मलाई त पुलिस अफिसर भन्नु भन्दा पिपा अफिसर भन्न मन लागेयो गोलि लागेको ठाउमा पुलिसले पर्तिकार गर्दा तेहिनिर धल्छा अर्को ठाउमा दौदेयो भने बन्दुको सहित दौदिन्छा असछाम पुलिस अफिसर बाटो छेकेको देख्दा पहिले बन्दुकको बटन खोलेर राख्नु नि योता हातले रेडी पोजिसन मा हुनु नि तेस्पछी केहि गर्थियो कि जेहोस त्यो पुलिस अफिसरलै सम्मान का साथ पेन्सन दिए पुलिस सर्विस बाट बिदा गर ….

    Reply
  13. पुष्प says:
    June 5, 2012 at 9:24 pm

    चालकको पनि बयान आउनुपर्यो नि ! एकजनाको मात्र कुरा सुनेर अर्कोलाई दोषी देख्नु गलत हो । एउटा अचम्मको कुराचैँ थाहा पाइयो, सामन्ती प्रथा सकिए पनि सामन्तहरू ‘सकिन’ निकै समय लाग्ने रहेछ – रानी साहेब – सानो राजासाब – उफ् !

    Reply
    1. radhika says:
      June 6, 2012 at 11:11 am

      सामन्त हरु सकिएका छैनन् ,पश्चिमका ठकुरी जति सबै राजा
      र रानी |संघिय राज्यमा भुरे राजाहरु फेरी नाइके भए भने
      के हुने हो? पश्चिमका ठकुरीले आफु लाई सधै राजा सम्झनछन्
      र ठकुरी बाहेकका जात जति उनीहरुका नोकर ,त्यहाँ गरिब र धनि
      ठकुरी जति सबैलाई सम्बोधन गर्ने सब्द बी राजा रानी हो |

      Reply
      1. Chetan Nepali says:
        June 8, 2012 at 2:02 am

        राधिका जी, जे भए पनि संघिय राज्यमा चाही खाइ बक्सियोस वा खैस्योस जस्ता ठुला राजा तथा छोटे राजाहरुको भाषा चै चलनमा हुन्न होला !

        सुदुर पश्चिमको ठकुरीहरुको आफ्नै पहिचान छन् त्यो मध्य यो एक हो उनीहरु भरि बोक्ने भरिया नै किन नहोस आफुलाई राजा साहेब भन्न रुचाउछा, मेरो एक मित्रको अनुभव अनुसार “भरि बोकिदिनुहोस राजा शाहेब भन्नु पर्छा रे” भरियालाई पनि त्यता तिर ! सायद यो नै उनीहरुको संस्कार पनि हुनसक्छ !

        Reply
  14. Nawin says:
    June 5, 2012 at 8:57 pm

    पहिले त् हिँसाको भर्त्सना गर्दछु जुनै पनि रुपमा किन नहोस|
    धिक्कार छ त्यो पुरानो मानसिकतालाई| देशमा यति ठुलो आँधी आएर गणतन्त्र ल्याएको चार बर्ष भै सक्दा पनि सरकारी तलब खानेले सरकारी सेवाको सिलसिलमा हाकिमलाई “राजा साब” र उनकी पत्नीलाई “रानी साब” सम्बोधन गर्नु सरासरी राणाकालिन र त्यसपछिका पंचायती दासत्वको निरन्तरता हो| जबसम्म आधिकारिक तौरमा यस्ता चाप्लुसी भाषाको प्रयोग सरकारी कामको सम्बन्धमा प्रयोग गरिनमा तु. प्रतिबन्ध लगाईदैन, तबसम्म दासता मानसिकताले प्रश्रय पाईरहने छन्|
    तर सरकारी कामकाजमा सम्बोधन गर्ने बाहेक आफ्ना पारिवारिक वा व्यक्तिगत सम्बन्धको हैसियतमा आआफ्ना मान्यता अनुसार जे भाका र भाषा प्रयोग गरे नी कसैलाई धेरै खसखस नहोला|
    नेपाली सेनामा अझ पनि जनताले तिरेको करले सरकारी ढुकुटीबाट तलब खाएका सिपाहीलाई अफिसरले घर निर्माण र पत्नीको पेटिकोट धुवाएको बारम्बार सुनिदै आएको हो|
    मुख्य कुरो के भने एउटा तहको नेपाली जनता परिवर्तन चाहन्छन तर अर्को तहको
    पहुँचवाला नेपाली जनता खालि सुबिधा वृद्धि मात्र चाहन्छन, यथास्थिति चाहन्छन तर परिवर्तनले ल्याउने अरु परिवर्तन समेट्न तयार छैनन्|

    Reply
  15. prabin says:
    June 5, 2012 at 8:47 pm

    बडी गार्ड कै पिस्तोल निकालेर हान भनेर सुन्न सकेको रहेछ त अनि बडी गार्ड को पिस्तोल चै के बडी गार्डले चै बेलुती सुप बनाएर खानुलाई आफै निकालेर नहानी कन राखेको त अनि तेस्को पिस्तोल किन बोकेको संका त ड्राइभर भन्दानी बडी गार्ड मा धेरै संका लागो किनकि ड्राइभर त अब पिस्तोल ताकेर गाडी रोक भनेसी अब उता अक्मकिनेनै भयो तर बडी गार्ड त आर्मी अनि त्रेनिंग प्राप्त ले त तेसो खतरा हुने बितिकै त बन्दुक निकालेर गोलि पो हानेर सामना गर्नु पर्ने हैनर कहाँ को गोलि लागेको मंचेपो छोपी हिडेको अन्गरच्छ्यक को काम के हो सामना गरेर पो बचाउने अनि तेसो त छोपी छोपी बचाएको भए किन उसलाई चै उचेतेरा मात्र लग्यो त तेसो छाती थपेर पहिलो गोलिनै आफुले थप्नु पर्ने हैनर तेतिकै सोझो ड्राइभर लाइ पो दोस दिन्छ यार its looks body guard is most suspicious person in this case /////

    Reply
  16. धर्मराज गुरुड० says:
    June 5, 2012 at 7:27 pm

    मित्रहरु,घटना क्रमका कुराहरु पढ्दा/सुन्दा संका,उपसंका,आरोप,प्रतिआरोप गर्ने हो भने ज-जस्ले जे-जस्ता खालका टिका टिप्पणी गरे पनि सही कुरा होकी भन्ने लाग्न सक्दछ । तर मैले बिगत र बर्तमान काल खण्डमा घटेका घटनाक्रमलाई नियालेर हेर्दा र बुझ्दा कतै राजनितीक नेता/कार्यकर्ताको निर्देसनमा ड्राईभर होस या जो सुकै होस तिनीहरुलाई हनुमानको भुमिका खेल्न लगाई त्यस घटना घटाईएको त होईन ????? संका गर्ने नै हो भने,यस्ता संका उपसंका धेरै उब्जन सकिन्छ ।यस्ता खालका सडयन्त्रकारी समाज,वर्ग,समुदाय,जात र जातीहरु पनि हाम्रा देसमा छन । यस्ताहरु”जाई कटक नगर्नु, झिकी कटक गर्नु” भन्ने निती अन्तर गत यस्ता खालका नाटहरु पनि गर्न र गराउन सक्दछन । त्यसैले सवधान अपनाऔं ।

    Reply
  17. देवेन्द्र शर्मा BPKIHS, Dharan says:
    June 5, 2012 at 7:23 pm

    न्यायाधीश को हत्या प्रति मेरो गहिरो समबेदना छ तर …न्यायाधीश साहेब पनि त कुनै DON भन्दा कम रहेनछन नि त ….. अब आफु ले खनेको खाल्टो मा आफु पर्नु नियत संगत नै हो जस्तो लाग्छ …. नेपाल को उच्च पद मा रहने हरु ९०% इमान्दार छैनन् तेसैले येस्ता सबै कुरा हरु लै सामान्य नै लिनु पर्ने हुन्छ

    हामी लै बुढी मरेर कुनै पछुतो छैन तर काल पल्कने डर ले धरै सताएको छ …….

    Reply
  18. hira khatri says:
    June 5, 2012 at 6:41 pm

    यो नेपाल प्रहरीभित्रकोराजनीति हस्तछेपको उदाहरण हो आफ्नो मान्छेलाई पुलिश अफिसर बानौदाको कारण हो
    यदि उ पुरा तालिम प्राप्त ब्यबसाहिक प्रहरी भयको भय एक २ राउण्ड गोलि चलाउन सक्ने थियो

    Reply
  19. keshav says:
    June 5, 2012 at 6:19 pm

    We have to wait until the investigation is complete. We can only speculate. It’s mere time pass for all of us. Let the police do its job. I heard Nepal’s police is very good at investigation, despite lack of resources and facilities.

    Reply
  20. Pratik Pradhan says:
    June 5, 2012 at 6:19 pm

    Let the police and authority run the due process of investigation.Let us not run the trial by media.

    Reply
  21. achut says:
    June 5, 2012 at 5:50 pm

    ‘नेपाल पुलिस’ को पनि संलग्नता देखिन्छ तेस्तै बिस्लेषण गर्नुस त…..
    १.जसले उद्धार गरेर हस्पिटल लग्यो तेस लाई नै किन रातभर थुन्यो?
    २.घटना भएको ठाउँ बाट नजिक भएको बिट बाट किन ढिला पुग्यो?
    ३.घटना भएको ३-४ घण्टा सम्म टाउके देखि ख्याउटे पुलिस किन घटनास्थल मै टि.भी. मा भाषण गरेर बस्यो?
    ४.राती ८-१० बजे तिर किन ‘नारायण थान’ देखि धरान सम्म रातो पल्सर को हुर्मत लियो?
    ५ जेठ १४ अगाडी देखि नै दिदि-बहिनि लाई समेत पुरुष पुलिस ले जिउ छामेर के घण्टा चेक गरेकोत?
    ६.तेस बेलुकी पनि पुरानो बानेश्वोर देखि सुकेधारा सम्म मा सुरक्षा जाच भन्दा मा प से जाच बढी ठाउँ मा थियो
    ७………………………………………………..हामी सुरक्षित तेती बेला सम्म छौ कि जब सम्म हामी लाई मार्नु पर्ने कारण छैन….एक पशुपति हाम्रा सहारा….

    Reply
  22. kranti says:
    June 5, 2012 at 5:46 pm

    बडीगार्ड आफैले मरणासन्न हुनेगरी गोलि खाएको हुनाले उनलाई संका गर्दा अलि अन्याय होला | साथै उनको बयानलाइ बढी महत्व दिनु स्वाभाविक पनि हो | यसरि अत्तालिएको बेला कुन घटना अगाडी र कुन पछाडी भन्ने सम्झिन पनि मुस्किल पर्छ, त्यो पनि बिरामी अवस्थामै | त्यसैले उनि घटना सबै सिक्वेलमै बताउन असमर्थ पनि हुन सक्छन | उनको यो पहिलो बयान होला | उनको बयान चलाकको बयान सित कति मिल्यो या फरक पर्यो भन्ने बारे बिस्तृत जानकारी आयो भने अनुसन्धान अगाडी बढाउन सहयोग पुग्ला | अर्का पिडित राम गिरीको पनि छिट्टै स्वास्थ्य सुधार होस् र छिटै दोषी साथै घटनाको उद्देश्य पनि थाहा पाइयोस |

    Reply
    1. ajay says:
      June 5, 2012 at 10:19 pm

      bodyguard लाई उसको साथी हरुले धोका दिएको हुनुसक्छ , उसले driver लै होसियार बस्नु भन्ने अनि आफु चाही training पाको मान्छे भेयेरा पनि gun को खोलको button नै नखोली जाने ? घाटीमा गोलि लाग्दा पनि उसले driver लै कमाण्ड गर्नुसकने तर gun निकाल्नु नसक्ने ?

      Reply
  23. Puran Pandey says:
    June 5, 2012 at 5:38 pm

    बर्डीगार्ड को कुरा अनुसार – यहाँ चालक को मिलिमतो प्रस्ट देखिन्छ…बर्डीगार्डले ज्यान को बाजी लगाएर न्यायाधिश लाई बचाउन खोजेको कुरा लाई सम्मान गर्छु ….तर…. अर्को तिर बाट फेरी हेर्दा बर्डीगार्ड कै कुरामा विरोधाभास छ , “….हातले कम्मरमा पेस्तोल राख्ने खोललाई खोल्न सकेन …” भन्ने मान्छेले फेरी उता गएर “….गोली हान्ने एउटालाई मैले तानें …” पनि भनेको छ , तेती खेर तानेको पनि त हातैले त होलानी ! हैन र ? ….त्यसैले अनुसन्धानमा रहेका प्रहरी ले खोजेको धेरै कुरा त्यो चालक र बर्डीगार्ड बाट पाउन सक्छन ….आशा गरौँ … हाम्रा गाउले अंकल डी आइ जी कुबेर सिंह राना ज्यु ले घटना को सत्य तथ्य चाडै नै बाहिर ल्याउनु हुनेछ ….

    Reply
    1. Tek Raj Timalsina says:
      June 5, 2012 at 7:28 pm

      कसरि तपाईं ले चालक को मिलोमतो भएको दाबी गर्नु हुन्छ ? न तपाईं न्याधिस हो न त पुलिस नै | अर्का लै त्यति कै मन हानी गर्नु हुँदैन |

      Reply
      1. Puran Pandey says:
        June 5, 2012 at 9:03 pm

        कसरि भन्ने कुरा मैले सुरु मै भनेकै छु नि “… बर्डीगार्ड को कुरा अनुसार….” भनेर…. धेरै घटना का धेरै कुरा हरु घटनामा प्रतक्ष्य-अप्रतक्ष्य रुपमा जोडिने व्यक्ति हरु को बयान बाटै निस्कने हो …त्यहाँ भनिएकै त छ नि “….ठूलो र सीधा बाटोबाट भित्र पसौं भनें तर चालकले खोला किनारको बाटोबाट गाडी लगे…..” भनेर ….त्यसैले यहाँ बर्डी गार्ड को कुरा अनुसार मलाई लागेको तेही हो ..र….. म मात्रै हैन यहाँ अधिकांश पाठक लाई लागेको कुरा पनि तेस्तै हो जस्तो लाग्छ ..तर अरु कारण पनि होलान…
        …..यहाँ मैले कसैलाई नियोजित रुपमा मान हानि गर्न खोजेको चाही पक्कै होइन ..

        Reply
  24. Rohit says:
    June 5, 2012 at 5:08 pm

    कुनै पनि ठुलो घटना को केश मा एकै चोटी संका गर्नु अलि उपयुक्त नहोला तर अनुसन्धान चाही गोप्य रुपमै गर्नु बेश अनि एदी चालक र बडीगार्ड को सग्लाग्नाता रहेछ भने बाच्न त् सजिलो कहाँ पाइन्छ र ? एसको उदाहरण अमर लामा लाइ लिन सकिन्छ तर घटना मा किन यो गरेन त्यो गरेन भन्नु भन्दा यो सोच्नु जरुरि छ कि मर्न कसैलाई रहर हुदैन अनि आफ्नो ज्यान सबैलाइ प्यारो लाग्छ अनि तेस माथि परिवार बाल बच्चा को कुरा हरु आउछ तेस माथि पनि एउटा घटना अचानक घट्न पुग्छ भने त्यहाँ बिबेक ले काम गर्न छोड्छ तेसैले चालक लाइ एकै चोटी दोषी देख्नु मुर्खता हो अनुसन्धान हुदै छ नकारात्मक सोच त्यागौ दोषी छ भने सजाय कुनै न कुनै रुप मा पाई हाल्छ तर सालोक्य जी ले भने जस्तो दासताको संस्कृति बन्द गर्नु जरुरि छ राजा साहेब रानी साहेब प्रति आँसु बगाउनु व्यर्थ छ एस्लाई मैले अरु माथि गरेको शोषण को प्रतिफल पनि भन्छु म त् ..हुन् सक्छ म गलत छु कि ?

    Reply
  25. sailendra_thapa says:
    June 5, 2012 at 5:01 pm

    बिशिस्ट श्रेणी का व्यक्तिहरुलाइ त चालकपनि प्रहरी अथवा सैनिक दिइन्छ जस्तो लाग्छ. उनीहरु त तालिम प्राप्त हुन्छन. कस्तो अवस्था मा के निर्णय लिने भनेर पोख्त हुन्छन. यी दुइ घटनाहरु मा चालक को लापरवाही प्रस्टै देखिन्छ.

    मदन भण्डारी र जीवराज आश्रीत – चालक अमर लामा

    रन बहादुर बम र राम गिरि – चालक अस्ट लामा

    Reply
  26. DrNaral says:
    June 5, 2012 at 4:25 pm

    संकास्पद परिस्तिती मा आफ्फै तयारि रहेर हातमा पेस्तोल सहित जानु पर्ने मा किन नगाको रे त्यो सुरचक्छा कर्मी? अरुले गोलि ठोक्दा सम्म हेरेर बस्ने क ताल को सुरच्क्छ्या कर्मी हो ?

    Reply
  27. Luitel Dinesh says:
    June 5, 2012 at 4:15 pm

    सुरक्षाकर्मीहरुले रानी साहेब, राजा साहेबका रुपमा सम्बोधन गर्नुपर्ने चलन कि बाध्यता रहेछ। प्रजातन्त्रको खोलभित्र दासतन्त्र बोकेका टाउँकेलाई प्रयोग गर्नु पर्ने भाषा पढ्दा त दया पनि हरायो…

    Reply
  28. Sisir says:
    June 5, 2012 at 4:09 pm

    २ VIP (पहिले मदन भण्डारी र अहिले बम ) हत्याको घटनामा संयोग पनि कस्तो ..
    १) दुवै घटना जेष्ठ महिनामा , दिनको उज्यालोमा
    २) दुवै घटनामा चालक मात्र सकुसल चोट मुक्त
    ३) दुवै घटनामा चालक गाडीबाट टाप
    ४) दुवैमा VIP को मृतु
    ५) दुवै चालकको नाम/थर पनि उस्तै उस्तै (अमर लामा , अष्ट लामा )
    ६) दुवै घटना हुदा सरकार बादी र सरकार बाहिरका दलको सम्बन्ध निकै तनावपूर्ण (क्रान्तिकारी भन्नेहरुले रेलिंग भाच्ने, टेलिफोन बुथ तोड्ने संस्कारको प्रारम्भ गरेका तेही समयमा हो )
    ७) दुवै घटना हुदा एमाले सरकार बाहिर
    ८) दुवै घटना अहिले सम्म रहस्यमय
    ९) दुवै घटना पछि शान्ति सुरक्षा कडा पार्ने सरकारी भुकाई, गृह मन्त्रिद्वारा आफुबाट नैतिकता नामको कुनै चिजको आशा नगर्न अनुरोध ..

    मुख्य संयोग चाही
    १०) दुवै घटना (१९ बर्ष अन्तरमा भएको यो घटना) हुदा नेताहरु देशलाई सिंगापुर र के के जाति बनाउछु भन्दै अहिले सम्म जनता ढाटदै ,

    Reply
  29. balak chhetri says:
    June 5, 2012 at 4:04 pm

    हत्याराले डराइभरको कमजोर मनोबलको पूर्ण फाइदा उठायाको पनि हुनासक्छा / डराइभर कमजोरी मनोबल को छ भन्ने कुरा कसरि हत्यारा सम्म कसरि पुग्यो भन्ने कुरा लाई पनि अन्नुसंधान को दायरामा ल्याउनु पर्दछ र यदि पूर्ण भरपर्दो मान्छेले डराइभर को मनोबलको गिम्मा नालियाको भय पक्कै पनि हत्याराले डराइभर को मनोबलको जचा लियको हुनुपर्दछा माने हत्या गर्नु भन्दा आगाडी यस्तै कुनै नक्कली घटना घतायाजसो गरि डराइभर ले के पर्तिकिरिया जनौछा भनी जचा गरि सकेको हुनुपर्दछा जुन कुरा डराइभर संग सोध्न सकिन्छ जसले गर्दा अनुसन्धान कर्तालाई सहयोग मिल्न सक्दछा

    Reply
  30. Kamal says:
    June 5, 2012 at 4:02 pm

    घटनाहरु एत्तिकै घट्दैनन, जान अन्जान कारणहरु र जान्-अन्जान ब्यक्ती हरु संलग्न हुन्छन। कसैलाई एसोरी एकान्तमा मर्ने काम मा एउटा ठुलै समुहको योजनाबद्ध तयारी र हमला गर्ने तरिका अपनाएको जस्तो देखिन्छ। तेसैले सबै शन्काको घेरामा छन आफुलाई बहादुर वा परिस्थितीजन्य बिबस भन्ने हरु सबैनै।।।

    Reply
  31. shreesh thapa says:
    June 5, 2012 at 3:09 pm

    १ गोलि लागेपछि मान्छेको होश उड्छ पेस्तोल छ छैन भन्ने कुरा बिर्सिएको हुन सक्छ काल को मुखमा भएको मान्छेले केके सोच्न भ्याउछ बडीगार्ड माथि शंका गर्नु बर्थ छ ड्राइभर माथि भने शंका गर्ने प्रसस्त ठाउँ छ भलै उनि दोषी हुन् या होइनन …घाटीमा गोलि लागेको छ १ इन्च तलमाथि भए ज्यान जान्छ हात खुट्टामा गोलि हानेको भए शंका गर्ने प्रसस्तै ठाउहरु हुन्थ्यो …..हुन त यी भ्रस्टाचारी थिए कि उसैको बदला लिएका पो हुन् कि तर यसरि हत्या गर्नु राम्रो होइन हत्यारा चाडो पत्ता लगाई कारबाही अगाडी बढ्ने छ ……..

    Reply
    1. Monic Dhodary says:
      June 5, 2012 at 8:12 pm

      पल्सर बाईक कारको अगाडी रोके पछी त्यहाँ केहि गडबड हुदैछ भनेर बडीगार्डले पूर्बानुमान गरेर आफु तयारी अबस्थामा कारबाट बाहिर निस्कनु पर्थ्यो . त्यसपछि आफु मरेर उनीहरुलाई पनि मार्नु पर्थ्यो. बडीगार्डलाई तालिम पुगेन

      Reply
      1. Anjan Lamichhane says:
        June 6, 2012 at 9:27 am

        सर तपाई कुन जमानाको कुरा गर्नु हुन्छ कसैले पनि आफु मरेर अरुलाई बचाउन सक्दैन आफु बचे मात्र अरुलाई बचाउने हो.

        Reply
  32. balak chhetri says:
    June 5, 2012 at 2:38 pm

    pso ले पेस्तोल निकालन खोजदा सकिन भनेका छन् भने / पछी सुटर लाई ताने भनेका छन् / सुटरलाइ तान्न बढी बल प्रयोग गर्नु पर्छाकी पेस्तोल निकालन ? यो सबै दोस जति ड्राइभर को थाप्लोमा हलिन खोजेजस्तो लग्यो मलाई त ? गोलि हान्ने लाई तान्न सकने मान्छेले दायाबाया जुन हातले पनि पेस्तोल सजिलै निकालन सक्छन / मलाई त् यो केस मा संका लागिरहेको छ /

    Reply
    1. sam says:
      June 5, 2012 at 11:34 pm

      गोलि लागे पछि दुख छ, जिउ काप्ने छट्पट हुने हुन्छ. घआऊ बाट रगत बगछ र तिहा औता हात ले थिचिन छ. अर्को हात ले बन्दुक निकाल्न खोज्दा खोज्दै हत्याराहरु गाडी को सिसा बाहिर बाट गोलि हान्न थाले पछि PSO ले हतार मा तान्न गए होला. घटना क्रम एकदम छिटो हुदा घाइते PSO ले अरु के नै गर्न सक थिया होला र .

      Reply
  33. Tek Raj Timalsina says:
    June 5, 2012 at 2:16 pm

    येसरी बिना प्रमाण कसै माथि संका गरि हाल्नु उपयुक्त हो जस्तो लागेन | बिचरा चालक डराएर भागेको पनि हुन सक्छ या तल लुकेको | आक्रमण कर्ता को प्रतिकार गर्नु न चालक को दाइतो भित्र पर्चा न तेस्को लागि training नै लिएको हुन्छ | अनि दाना दान गोलि चल्न थाले पछी डर लग्नु त सोभाबिक नै हो नि हैन र |

    Reply
  34. शेखर नेपाली says:
    June 5, 2012 at 2:11 pm

    उम्केको माछा ठुलो भने जस्तो । जुन कुरा पनि घटना घटी सकेपछि बढाई चढाई हुन्छ । पहिले त्यति नाम नसुनिएको न्याय मुर्तिलाई किन मारे ? यो नै रहस्यमय छ । अंगरक्षक भि आई पि लाई जोगाउन मात्र लागे प्रतिकार गर्न सकेनन् यो पनि कमजोरी हो कि ? कुरा सुन्दा कुनै चलचित्रको सुटिङ्ग रिपोर्ट जस्तो लाग्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme