Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको जस्तो दिन हामी बाचुन्जेल फेरि आउँदैन

Posted on June 6, 2012June 6, 2012 by Salokya
Venus Transit Sequence
अमेरिकाको Albuquerque बाट आज बिहान देखिएको शुक्र अतिक्रमण। सूर्यमा देखिएको यही कालो टीका नै शुक्र ग्रह हो। फोटो सौजन्यः रबर्ट एडम्स

आज एउटा विशेष दिन हो। खगोलीय हिसाबले आजको जस्तो दिन अब फेरि हामी बाचुन्जेल आउने छैन। आजको जस्तो दिन सन् २११७ मा मात्र फेरि आउनेछ। अर्थात् १ सय ५ वर्षपछि ! के छ त आजको दिनको विशेषता ?

आज सूर्यलाई शुक्र ग्रहले अतिक्रमण गर्दैछ। अङ्ग्रेजीमा यसलाई Venus Transit भनिएको छ। यसलाई पारगमन वा भेदयुति पनि भनिन्छ। बुझ्न अलि गाह्रो भए सजिलो भाषामा भन्नुपर्दा सूर्य र पृथ्वीको बीचबाट शुक्र ग्रहले बाटो काट्ने छ। पृथ्वीबाट हेर्दा सूर्यको अगाडिबाट सानो कालो थोप्लो सर्दै गएको देखिने छ।
Credit: TRACE (2004)

Global Visibility of the June 2012 Transit of Venus
कहाँ-कहाँबाट देखिन्छ त ?

नेपाली समय अनुसार सूर्यको अगाडि शुक्र ग्रह बिहान ३ बजेर ५५ मिनेटदेखि नै पर्नेछ। तर राति सूर्य देखिने कुरा आएन। त्यसैले बिहान सबेरैदेखि (काठमाडौँ उपत्यकामा सूर्योदय हुने समय बिहान ५ बजेर ८ मिनेटदेखि १० बजेर ३६ मिनेटसम्म सूर्यलाई शुक्रले अतिक्रमण गरी रहनेछ।

खासमा यो ग्रहण जस्तै नै हो। सूर्यको अघिल्तिरबाट चन्द्रमा अघि बढ्दा चन्द्रमाले सूर्यको एउटा ठूलै हिस्सालाई छेक्छ, त्यसैले यसलाई ग्रहण भनिन्छ। आज पनि झण्डै त्यस्तै शैलिमा शुक्र ग्रहले बाटो काट्न लागेको हो। तर यो शुक्रबिम्बले सूर्यको बिम्बको ठूलो हिस्सालाई छेक्दैन। त्यसैले यसलाई ग्रहण नभनी पारगमन वा भेदयुती वा Transit मात्र भनिन्छ। सौर्यमण्डलमा पृथ्वी अघि भएका बुध र शुक्र ग्रहले मात्र यसरी सूर्यलाई छेक्न सक्छ। दुवैले छेक्दा पारगमन मात्र हुन्छ।

Venus transit - 1
भोदोस्कोभमा सूर्योदयका बेला देखिएको शुक्र अतिक्रमण। फोटो साभारः RagsDK

SDO's Ultra-high Definition View of 2012 Venus Transit - 171 Angstrom
नासाले जारी गरेको अल्ट्रा हाइ डेफिनेसन फोटो।

SDO's Ultra-high Definition View of 2012 Venus Transit -- Path Sequence
नासाले जारी गरेको अल्ट्रा हाइ डेफिनेसन फोटो। यसरी गएको थियो सूर्यको अगाडिबाट शुक्र ग्रह।

थप बुझ्न नासाको यो भिडियो हेर्नुस्

बाँचुन्जेल यस्तो दृश्य देख्न पाइँदैन भन्दै नाङ्गै आँखाले सूर्यतिर नहेर्नुहोला नि फेरि। आँखाको ज्योतिसमेत गुम्न सक्छ भनेर चेतावनी दिइएको छ। बरु टेलिभिजनमा लाइभ दृश्य हेरे राम्रो। स्मार्टफोन चलाउनु हुन्छ भने http://tov2012.esri.com को आयप्सले ट्रान्जिट ट्रयाक गर्न सकिन्छ।

  • Download free IOS app.
  • Download free Android app.

सूर्यको उत्तरी भागबाट बिस्तारै कालो टीका जस्तो वस्तु देखिने हो खासमा।

कालो थोपाअघि अनौठो आकारको रहस्य
सूर्यमा शुक्र ग्रहको कालो गोलो टीका देखिनुअघि सूर्यलाई छुनछुन लाग्दा अनौठो आकार पनि देखिन्छ। यसलाई ब्ल्याक ड्रप इफेक्ट भनिन्छ। जसरी तपाईँ आफ्नो बूढी औँला र चोर औँलालाई छुँदा छुन-छुन लाग्दा कालो कालो चिज देख्नुहुन्छ, यो पनि त्यस्तै हो भनिन्छ।

ज्योतिष शास्त्र अनुसार शुक्र अतिक्रमण अमंगलकारी छ रे। सूर्य राजा हो रे। अनि त्यसमा शुक्रले अतिक्रमण गरेको भनेपछि राजनीतिक उथलपुथल र मौसमको गडबडी हुने संभावना छ रे। नेपालको राजनीति त यसै पनि उथलपुथल हुने समय नै भइरहेको छ। यसमा नौलो केही हुने छैन।

दुर्लभ खगोलीय घटनाका रुपमा भने यसलाई विश्वभर चासोका रुपमा हेरिएको छ।

थप फोटोहरु हेर्नुस्
फेसबुकमा शुक्र अतिक्रमण हेर्नुस्
लाइभ वेबकास्ट हेर्नुस्
यहाँबाट पनि लाइभ वेबकास्ट हेर्न सकिन्छ

यो अस्ट्रेलियाबाट देखिने

Stream videos at Ustream

6 thoughts on “आजको जस्तो दिन हामी बाचुन्जेल फेरि आउँदैन”

  1. उपासक उदास says:
    June 7, 2012 at 8:27 pm

    घटना असामान्य होला . तर ज्योतिशिहरुको भरमार रहेको नेपालमा यसले मुलुकको वर्तमान राजनीति र देशको भविष्य के-कस्तो होला भन्ने विषयमा कुनै आशालाग्दो कुरा को शुभ लक्षन प्रचार गरिदेखायेमा उनीहरुको शास्त्र माथि विश्वाश गर्ने मान्छे अहिले जस्तो कमि रहने थिएन .
    ठिक्कै छ हामीले गर्न नसकेको काम सन्तानहरुले गरि देखौलान , तेस्तै हामीहरुले हेर्न नपाएका अनगिन्ति कुराहरु पनि उनीहरुलाई नै हेर्नलाई छोडी दिओम .

    Reply
  2. Raju Shrestha says:
    June 7, 2012 at 12:08 pm

    मलाई पनि यस विषयमा सारै उत्सुकता थियो । यो अविस्मरणीय घटना तक्षशीला एकेडेमीबाट देखाइन्छ भनी अघिल्लोदिनको हिमालय टाइम्समा पढेको थिए म पनि तक्षशीला जान भनी तयार भए र गए तर एकेडेमी खोज्दा खोज्दै घन्टौ वित्यो । फोन गर्दा फोन पनि उठेन र उक्त स्थानबाट हेर्न नपाइने भो भन्दै घर फर्कदै गर्दा ग्रिल वेल्डिङ्ग गर्ने दाईले आफ्नो चस्माले हेर्दै गरेको देखी मैले पनि वहाँसँग उक्त चस्मा मागी यो अविस्मरणीय घरटानको प्रत्यक्ष दर्शी भने भएँ ।

    Reply
  3. बिषम नेपाली says:
    June 6, 2012 at 2:42 pm

    मैले पनि हेरेँ तर अप्रतेक्ष । बेडबाटै ।

    Reply
  4. देवराज जोशी, कैलाली says:
    June 6, 2012 at 11:29 am

    यो घटना बाट सूर्यको विशालता बारे पनि छर्लंग हुन्छ, झन्डै पृथ्वीको आकारको ग्रह शुक्रले सूर्यको भन्दा एक चौथाई दूरी बाट छेक्दा शुक्र एउटा तोरीको गेडा जत्रो मात्र देखिन्छ |

    Reply
  5. sagar from australia says:
    June 6, 2012 at 5:31 am

    मैले त हेरे तपाई ले हेर्नु भो त ?
    मैले त कालो टिका जस्तो मात्र देखे |
    बच्दै जाम् के के देखिन्छा यो आँखा ले …

    Reply
  6. puran pandey says:
    June 6, 2012 at 5:20 am

    मौसम ले धोका दियो नी ! बिहान को मिठो निन्द्रा छोडेर उठेको , बादल ले पुरै आकाश ढपक्कै ढाकेको रैछ ! बोरै भो नि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme