Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: समाचार/विचार

प्रचण्डलाई पदमले किन खुवाए चड्कन च्युरा ?

Posted on November 18, 2012November 19, 2012 by Salokya

एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले शुक्रबार हानेको थप्पडको गुञ्जन अझै धेरै ठाउँमा सुनिएको छ। बस, टेम्पो र चिया पसल गफमा अनि सोसल नेटवर्किङ साइटहरुमा यसैको चर्चा मानिसहरुले गरिरहेका भेटिन्छन्। तर यस्ता साइटहरुमा पदमबारे गलत जानकारीहरु पनि राखिएका छन्। जस्तो आज एक ठाउँमा पदमले पोल्यान्डकी केटीसित… Continue reading

प्रचण्डले नि भेटे चड्कन प्रहार

Posted on November 16, 2012November 16, 2012 by Salokya

माओवादी अध्यक्ष प्रचण्डले आज आफ्नै पार्टीले काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान समारोहमा एक २५ वर्षका युवकबाट झापड खाएका छन्। योसँगै नेपालका तीन प्रमुख पार्टीका तीनै जना शीर्ष नेताहरु समान हैसियतमा पुगेका छन्- तीनै जनाले सार्वजनिक कार्यक्रममा आक्रमण भोग्नुपरेको छ। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ता देवीप्रसाद रेग्मीले दुई वर्षअघि माघमा झापड हानेका थिए। अनि कङ्ग्रेस सभापति सुशील… Continue reading

भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !

Posted on November 15, 2012November 16, 2012 by Salokya

भाइटीका एउटा रमाइलो चाड हो। तर जसको दिदीबहिनी छैन वा दाजुभाइ छैन, उनीहरु यो चाडमा खिन्न हुन्छन्। दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विकल्प अनेक छन्। त्यही मध्येको एक विकल्प हो रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरमा आउनु र त्यहाँ रहेका अपरिचित दिदीबहिनीहरुको हातबाट टीका लगाउनु र उनीहरुलाई पनि लगाइदिनु। वर्षको एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा जाने मौका… Continue reading

सुशील दालाई गीत गाउने रहरले अझै छाडेन

Posted on November 12, 2012November 12, 2012 by mysansar

जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी… Continue reading

सुशील कोइरालाले गाएको गीत सुन्नुस्

Posted on November 9, 2012November 10, 2012 by Salokya

हाम्रा नेताहरु पनि अचम्मैका छन्। माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका बेला रेखासँग कुममा कुम जोडी डान्स गरेका थिए। त्यतिबेला सत्तामा सुशील कोइरालाहरु थिए। अहिले स्थिति उल्टिएको छ। सुशील कोइरालाहरु सडकमा छन्, माओवादीहरु सत्तामा छन्। अब माओवादीलाई सत्ताबाट हटाउन सुशील कोइरालाहरु आन्दोलन गर्दैछन्। नयाँ जनआन्दोलनको घोषणा गर्नुअघिको रिहर्सल मात्र रे आज- नेपाली कङ्ग्रेसले बसन्तपुरमा गरेको आमसभा। यही… Continue reading

सावधान! एकै क्लिकले तपाईँको पैसा लुटिएला

Posted on November 9, 2012November 9, 2012 by Salokya

के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा छद्म इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। यो हप्तामात्रै मलाई इन्भेस्टमेन्ट बैँक र नबिल बैँकको नामबाट त्यस्ता इमेल आएका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो… Continue reading

पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा

Posted on November 8, 2012November 10, 2012 by mysansar

पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।… Continue reading

माल पाएर चाल नपाएपछि..

Posted on November 6, 2012 by Salokya

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट शीर्षकमा माइसंसारमै राखेको ब्लग तपाईँलाई याद हुनुपर्छ। खासमा यो पेलिकन लाइट pedestrian light controlled थियो। अर्थात् पैदल यात्रुहरुले रातो बत्ती बाल्ने नियन्त्रण गर्न सकिने ट्राफिक लाइट। तर ती बत्ती प्रयोगमा आउँदा पैदल यात्रुले नियन्त्रण गर्न नसकिने बनाइएको थियो- दुरुपयोग हुने डरले। त्यति गर्दा पनि, ल हेर्नुस् त अचम्म, एक महिना… Continue reading

पावर न्युज कि हावादारी गफ

Posted on November 4, 2012November 11, 2012 by उत्तम बाबु श्रेष्ठ

-उत्तम बाबु श्रेष्ठ- अपडेट २: भिडियोमा देखाइएको क्यामेरा राख्ने मान्छे मेरो सम्पर्कमा आइसकेकोले यो ‘जासुसी क्यामेरा’को किस्सा अब खतम भएको छ । उनी हुन् युर्निभरसीटी अफ कोलोराडोका पिएचडी सोधकर्ता उल्याना नादिया होरोडेस्की जसले हिमालय क्षेत्रको हिमनदीको परिवर्तनको बारेमा टाइमल्याप्स क्यामेराको माध्यामबाट अनुसन्धान गरिरहेकी छिन् । आज उनले मलाई एक इमेल गरि भिडियोमा देखाइएको क्यामेरा आफ्नो… Continue reading

यहीँ छ काम र दाम

Posted on November 2, 2012 by mysansar

– मीना शर्मा- जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ। काठमाडौंका विभिन्न सडकछेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन बालबच्चालाई राम्रा विद्यालयमा समेत पढाउन सफल भएका छन्। ठेलामा चना–चटपटे बेच्ने मात्र होइन चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा… Continue reading

नयाँ पार्टी खोल्ने विज्ञापन अनिल शाहको?

Posted on November 1, 2012 by Salokya

आजको कान्तिपुर दैनिकमा छापिएको एउटा विज्ञापनले खुबै चर्चा पाएको छ। विज्ञापनमा उपाध्यक्ष, महामन्त्री, सचिव लगायत १७ वटा पदका लागि खुला आह्वान गरिएको छ। विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, कलाकार, उद्योगी, व्यापारी, भूपू कर्मचारी, सेना, प्रहरीलाई नयाँ पार्टीमा आउन आह्वान गरिएको छ। सोसल मिडियादेखि लिएर मूलधारे मिडियामा समेत योबारे सोधिखोजी भइरहेको छ। आह्वान गर्नेले आफ्नो परिचय गोप्य… Continue reading

सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै

Posted on October 31, 2012October 31, 2012 by Salokya

सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो वर्ष १०८ औँ नम्बरमा परेको हो। अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको… Continue reading

तपाईँ कुन भोजन खाने ? :)

Posted on October 31, 2012October 30, 2012 by Salokya

मुस्ताङबाट फर्किएपछि एक रात हाम्रो पोखरामा बास हुन पुगेको थियो। त्यही रात लेकसाइडमा डुल्दा हामीले भोजनका यस्ता विकल्प भेट्टायौँ।

मनमोहक मुस्ताङ

Posted on October 29, 2012October 29, 2012 by Salokya

केही दिनदेखि माइसंसारमा खासै केही अपडेट नहुनुको कारण तपाईँले माथिको फोटोबाट अनुमान लगाइसक्नु भयो होला। हजुर, दशैँको विदाको मौका छोपेर म हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक पुगेको थिएँ। आज बल्ल काठमाडौँ फर्किएको छु। बीचमा साइट बिग्रेको पनि थाहा थियो, तर इन्टरनेटको सहज पहुँच नभएकोले मैले गर्न सक्ने केही थिएन। आज बिहान पोखरामा फेवाताल र बेगनास… Continue reading

शुभकामना !

Posted on October 24, 2012 by Salokya

विजया दशमीको उपलक्ष्यमा माइसंसार पढ्ने सबैलाई शुभकामना ! तपाईँले यसपटकको दशैँ कसरी मनाउनु भयो, सुनाउनुस् है।

बिस्तारै हुँदैछ परिवर्तन !

Posted on October 24, 2012October 24, 2012 by Salokya

गुल्मीको तम्घासस्थित भगवती मन्दिरमा महाअष्टमीका दिन पहिलो पटक पशुबलिको सट्टा कुभिण्डो काटियो। महानवमिको दिनसमेत यो प्राचीन मौलोमा कुनै बलि दिइएन।

वाईवाई र नेबिको बिस्कुट गुणस्तरविहीन

Posted on October 19, 2012October 19, 2012 by Salokya

चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ। गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा… Continue reading

डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा

Posted on October 18, 2012October 18, 2012 by mysansar

नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्। एनसेलको कुहिगन्ध चर्किएर… Continue reading

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै

Posted on October 17, 2012October 17, 2012 by Salokya

३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने… Continue reading

शुभकामना !

Posted on October 16, 2012 by Salokya

धेरै नेपालीले मनाउने चाड दशैँ आजदेखि सुरु भएको छ। आज घटस्थापना- जमरा रोपेपछि दशैँ औपचारिक रुपमा सुरु हुन्छ। सबैलाई दशैँको शुभकामना!

Posts pagination

  • Previous
  • 1
  • …
  • 167
  • 168
  • 169
  • 170
  • 171
  • 172
  • 173
  • …
  • 177
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme