Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेप्सीले मुर्गा बनाउन खोज्दैछ है तपाईँलाई

Posted on June 4, 2012June 4, 2012 by Salokya

आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त पत्रिका बेच्नेदेखि लिएर जुत्ता बेच्ने र हुँदाहुँदा सफ्ट ड्रिङ्क बेच्ने कम्पनी पेप्सीले समेत कार उपहारको योजना ल्याएको छ। योजना सरल छ उनीहरुको- पेप्सी पिउने, शिशीको बिर्कोभित्र भएको नम्बर हेर्ने र त्यसलाई कम्पनीकोमा एसएमएस गरी पठाउने। कम्पनीले गोलाप्रथा गर्छ अनि पाइन्छ कार, मोटरसाइकल, टिभी लगायतका उपहारहरु।

हेर्दा त ठीकै छ त। के नराम्रो छ र यसमा? तर हैन, पेप्सीले तपाईँलाई मुर्गा बनाउन खोज्दैछ। कसरी? पढ्न भित्र आउनुस्।

के तपाईँले विज्ञापन पत्रिकामा राम्रोसित हेर्नुभएको छ ?

धेरैले विज्ञापनमा राखिएका साना अक्षरहरु हेर्दैनन्, र त मुर्गा बन्न पुग्छन्। ध्यान दिएर हेर्नुभो भने तपाईँलाई थाहा हुन्छ, विज्ञापनमा गलत नियत प्रशस्त देखिन्छ।

गलत नियत नम्बर १: यो प्रतियोगितामा सहभागी हुँदा तपाईँले पेप्सी त किन्नुपर्छ नै, साथमा एक्स्ट्रा साढे तीन रुपियाँ जति पनि बुझाउनु पर्छ। विज्ञापनको सानो अक्षर हेर्नुस्, त्यसमा प्रति एसएमएस ३ रुपियाँ (सरकारी करबाहेक) भनिएको छ। कर कति तिर्नुपर्ने हो, खुलाइएको छैन। स‍ंसारका मजदुर एक हौँ भन्ने नारा राम्रो छ। तर यो नारामा मात्रै सीमित छ। संसारका साहुहरु एक हौँ भन्ने चाहिँ नारा छैन तर व्यवहारमा देख्न पाइन्छ। संसार भरका साहुहरु करबाहेक यति रकम भनी किन लेख्छन्, उनीहरुलाई नै थाहा छ। गोजीको पैसा हाम्रो जाने हो, जब हामी करसहितको पैसा तिर्छौँ भने करसहितको रकम लेखिदिए उनीहरुको के जान्छ?

यो तीन रुपियाँ उनीहरुलाई किन चाहियो त? ३ रुपियाँ पनि पर्दैन होला २५० एमएलको एउटा शिशीको झोलको लागत। तर २० रुपियाँ तिर्नुपर्छ। नाफा उनीहरुलाई त्यसमा नै प्रशस्त छ। अझ त्यसले नपुगेर उपहार कार्यक्रमका नाममा पनि उपभोक्तासँग ३-३ रुपियाँ ठग्ने ? यस्ता उपहार कार्यक्रम पहिले पनि प्रशस्त हुन्थे, तर त्यतिबेला यसरी उपभोक्तासँग पैसा वसुल गरिँदैन थियो। सजिलोको लागि प्रविधिको सहायता लिएको भन्ने तर्क गर्छन् भने पनि उनीहरुको नियतमा खोट रहेको हामी देखाउन सक्छौँ।

एसएमएसबाट गरिने Value Added Service दुई किसिमको हुन्छ, स्टायन्डर्ड र प्रिमियम। सोझो अर्थमा भन्ने हो भने एउटा सस्तो, अर्को महँगो। एसएमएस गरेवापत् उपभोक्ताले अरु एसएमएस गरेसरह एक रुपियाँ (करबाहेक) मात्रै शुल्क लाग्छ भने त्यो स्टायन्डर्ड हो। अर्को चाहिँ उपभोक्तालाई थाहै नदिई मुर्गा बनाउने कुरा हो। यसमा जति पैसा लिए पनि हुन्छ। १० रुपियाँसम्म लिने ‘सेवा’हरु पनि छन्।

यदि पेप्सीको नियत सही हुँदो हो त उसले स्टायन्डर्ड अर्थात् एक रुपियाँमा नै यो उपहार कार्यक्रम चलाउँथ्यो होला। एसएमएसबाट सेवा दिने बैँकहरु राष्ट्रिय वाणिज्य बैँक, हिमालय बैँक, माछापुच्छ्रे बैँक, ग्लोबल बैँक आदिले प्रति एसएमएस एक रुपियाँमा नै सेवा दिइरहेका छन्। एफएम र टिभीहरुमा गरिने तथाकथित सर्वेक्षण (पोल)हरुले नजानिँदो गरी उपभोक्तासँग पैसा धुतिरहेकै छन्। अरुको किन तुलना गर्ने, पेप्सीले आफ्नै प्रतिस्पर्धी कोक (बोटलर्स नेपाल) भन्दा तीन कदम अघि बढेर यो कार्यक्रम गरेको छ। बोटलर्स नेपालको यस्ता प्रोमोसनल गतिविधिका लागि प्रयोग हुने एसएमएस नम्बर ६३६३ मा एसएमएस गर्दा एक रुपियाँ मात्रै लाग्छ। पेप्सीले भने तीन रुपियाँ लिएर उपभोक्ताहरुलाई सीधै ठग्ने नियत राखेको प्रष्टै हुन्छ। तपाईँले पुरस्कार पाउने-नपाउने त निश्चित छैन, तर तपाईँको केही पैसा लुटिने भने निश्चित छ।

कुन नम्बरमा एसएमएस गर्दा कति रुपियाँ लाग्छ हेर्न यहाँ क्लिक गर्नुस्
कोकाकोलाको यस्तै एसएमएस योजनाको बारेमा पढ्न यहाँ क्लिक गर्नुस्

गलत नियत नम्बर २: साना अक्षरमा लेखिएका शर्तहरुमा पुरस्कार गोलाप्रथाले दिने भनिएको छ। तर यसमा कुनै पारदर्शिता अपनाउने कुरा छैन। केही उपहार योजनमा चिट्ठा तान्ने काम देखाउन कै लागि भए पनि टेलिभिजनका लाइभ शोहरुमा गर्ने गरिन्छ। एक जना कोही न कोही उपस्थित गराइन्छ। तर पेप्सीको योजनामा लेखिएका शर्तहरु हेर्दा भने उसले त्यस्तो केही गर्ने देखिँदैन। एकैचोटी झ्याप्प विजेताको नाम छापिनेछ रे पत्रपत्रिकामा। कसरी गोला प्रथा गर्‍यो, साँच्चिकै गर्‍या हो कि हैन, आ-आफ्नै मान्छेलाई पारेको हो कि, केही रुपियाँ दिएर परेको हो भन्न लगाउने हो कि, शंका गर्ने प्रशस्त ठाउँ छ। यसबारे तपाईँले केही प्रश्न उठाउन पाइने छैन। किनभने शर्तमा छ- कम्पनीको निर्णय नै अन्तिम र सबैलाई मान्य हुनेछ।

खेलौना कार?
तीन वर्षअघि मायोज चाउचाउमा सुरेशचन्द्र अधिकारीले कार उपहार पाएर फ्याक्ट्रीमा पुरस्कार दावी गर्न जाँदा, कहाँ साँच्चिकै कार भन्या हो, खेलौना कार पो भन्या त, बरु दुई तीन वटा लैजाऊ भनेका थिए। अहिले यो मुद्दा अदालतमा छ। विस्तृत पढ्नुस्। उत्पादकहरुले उपभोक्ताहरुलाई कतिसम्म ठग्न सक्छ भन्ने कुराको प्रमाण हो यो घटना।

यति गर्दा पनि तपाईँलाई पेप्सी वा कोक नै खान मन लागेको छ ? यो पनि एकचोटी पढ्नुस्, यस्ता सफ्ट ड्रिङ्कले तपाईँको स्वास्थ्यलाई कसरी हानी पुर्‍याइरहेको हुन्छ-

Coke, Pepsi make changes to avoid cancer warning – USATODAY
Critics pounce on Coke, Pepsi health initiatives – Chicago Tribune
Soft drinks: Unsafe Beverages
How Soft Drinks Are Harming Americans’ Health

21 thoughts on “पेप्सीले मुर्गा बनाउन खोज्दैछ है तपाईँलाई”

  1. shree220 says:
    June 5, 2012 at 10:39 am

    नागरिक र कान्तिपुर ले पत्रिका को भाउ टन्न बढाएर Apartment र सुन उपहार दिएको पनि ठगि हैन र? मलाई त यो सबै उपहार कार्यक्रम लाई Gambling जस्तै illegal बनाउनु पर्छ जस्तो लाग्छ |

    Reply
  2. Lok says:
    June 5, 2012 at 1:22 am

    तेस्तै गरि मायोजको खेलौना कार पाउने भाग्यमानी म पनि हु | मलाई चाही ति ठग ले दुइ तिन वटा लैजा त भनेनन् तर हामीले त हेलिकोप्टर पनि राखेका थियेउ हामी हेलिकोप्टर नै दिन्छु त भनेर उल्टो ठुलो कुरा गरे | यी कम्पनी हरु हाम्रो भाग्य बनाउन आएका हैनन्, तिनका आफ्नै बनौछन | आफु चाही त्यो जालमा नपरौ !

    Reply
  3. chandra says:
    June 4, 2012 at 8:38 pm

    कोक र fyantaa खानु भनेको ढल मा पैसा हाल्नु jastai हो.तर त्यो हामी आफै मुर्ख छौ भन्ने पनि हो/२५,३० रुपिया हालेर विषाक्त झोल खानु भन्दा डेरी को दहि मोही खाने गरे swastha साथै पैसा पनि जोगिन्छ भन्ने मेरो sochai हो/

    Reply
  4. Sisir says:
    June 4, 2012 at 3:55 pm

    के यो सत्य हो , कसैलाई जानकारी भए बताई दिनु होला :
    मेरा खाडीबात आएका एक मित्र भन्दै थिए तेता त उनिहरु भेडा / खसीको पत्रे आन्द्रा भुडी सफा गर्न पानी तताउने अनि मारी मारी खुर्किने झन्झट गर्दैनन् रे , एक बोतल पेप्सी खनायो अनि त्यो आन्द्राको सबै कत्ला / फोहोर साफ …
    हुनत यी कोला जन्य पदार्थमा विभिन्न बिसादी हुन्छ भन्ने कुरा भारत र अन्य थुप्रै बिकसित देशको प्रयोगशालाले प्रमादित गरिसकेको छ .. ठुल दाई अमेरिकाको अघि कसैको केहि नलाग्ने हो कि !!!

    Reply
  5. tenzing sherpa says:
    June 4, 2012 at 3:12 pm

    लूटतन्त्रको देशमा अर्को लूट भन्दा फरक नपर्ला

    Reply
  6. Ajeyandra says:
    June 4, 2012 at 1:54 pm

    आफ्नो रगत पसिना बगाएको मेहेनतको ज्याला त कसकस खाइ दिन्छ
    बिना परिश्रम बिना मेहेनतको गाडी लोभ गर्ने हरुलाई जसले नि थाग्छा
    !

    Reply
  7. Sbogati says:
    June 4, 2012 at 1:00 pm

    पेप्सी , कोक, फ्यान्टा आदि भन्या आफैमा खराबी त छदै छ. एकदिन मैले टोइलेटमा कसैले फ्याकेको पेप्सीले टोइलेट सफा गरेको थिए Harpik ले भन्दा पनि बढी सफाइ गर्यो . त्यो दिन देखि मैले येस्ता पेय पदार्थ न पिउनी अठोट गरे. तपाइले नि???????????

    – Sbogat

    Reply
  8. Sisir says:
    June 4, 2012 at 12:32 pm

    मेरो २ कुराहरु
    १) यो उपहार योजना नभई सरासर अपत्क्ष्य gambling (जुवा )हो … यो रु ३.७३ तिरेर कुनै पुरस्कार पाउने लोटरी वा रयाफल चिट्ठामा लगानी गरे समान हो.. दशैँ तिहारमा टोल टोलमा खुल्ने एस्तो चिट्ठा अबैधानिक घोसना गर्ने सरकारले एस्ता ठगलै हदै सम्मको कारबाही गर्नु पर्ने हो .. (गर्ला भन्ने आशा चै छैन है ) .. नियतमा प्रस्ट खोट देखिन्छ …

    २) नेपालको खाद्यान्न ऐनले के भन्छ भने, कुनै पनि पेय/ खाद्य पदार्थमा प्रयोग भएका सम्पूर्ण बस्तुको पूर्ण विवरण प्रस्ट देखिने गरि उल्लेख गर्नु पर्ने भन्ने छ … यो नियम अमेरिकी कोक र पेप्सी को हकमा किन लागु हुदैन , कि अमेरिकी उत्पादनलाई नेपाली कानुन लाग्दैन ?? कसैलाई जानकारी भए इस्पस्त पर्दिनु होला ..

    Reply
  9. उपासक उदास says:
    June 4, 2012 at 12:08 pm

    विकसित मुलुकका वहुसंख्यक जनता नै मूर्खले भरिएको हुन्छन भने नेपाल जस्तो पिछदिएको देशमा मानवता विरोधी स्याल र ब्वाँसाहरु ले चुस्ने नै भयो .
    तसर्थ गरीब र बिछराहरुलाई उनीहरुका नंग्त्रा र दार्हाबात बचाउनु सिक्षित युवाको नै कर्तव्य ठहरिन्छ ..त्यसनिम्ति यहि मास्तिर देखिएको वेब्सैताले निकै मदत हुन्छ ….त्यो हो htpp//www.
    rethink about your drink now. com/

    Reply
  10. पुष्प says:
    June 4, 2012 at 10:42 am

    के नौलो भो र ?
    बाठा खैरेहरूलाई नै ठगिरहेका छन्, हामी त लाटागाँडा;
    सारा ‘मिडिया’ उनीहरूकै, कसले बुझाइदिने यिनको चाला ।

    Reply
  11. Pawan says:
    June 4, 2012 at 9:10 am

    नेपाली जनता लाइ लुट्ने त यी बिदेशी लगानी भएका लुटेरा हरु को त चलन नै भइ सक्यो …एउटा NCELL भन्ने ले अनेक लोभ देखाएर लुट्छ..अब अर्को ले लुट्न लागि रहेछ …पछि अरु कति आउदै छन् ….यो “लूट”भन्ने फिलिम के चल्या थियो …यी कम्पनि हरु ले त …नेपाली हरु लाइ त “लूट ” मन पर्ने रहेछ ..भन्ने सोचे को क्या हो …

    Reply
  12. SUDARSHAN KOIRALA says:
    June 4, 2012 at 8:30 am

    यस्ता लेखको लागी उमेशजी धन्यवादको पात्र हुनुहुन्छ । साह्रै राम्रो र जोजमुलक लेख पस्किनु भएको छ । नेटमा पहुच भएका उपभोत्ताहरुलाई सचेत बनाउनु भएको छ यस्तै प्रकारले आम नेपाली हरुलाई सचेत बनाएर यस्ता कम्पनिहरुको भण्डाफोर गर्नु पर्छ त्यसै पनि पिउन नहुने बस्तु त्यसमा पनि यतिका लुट । यस्तो अनुगमन सरकारले गर्नु पर्ने
    हो सरकारै नभएको देशमा के आसा गर्ने हो र । यस्ता कम्पनि त बन्द नै गरिदिए पनि हुन्छ । खानै नहुने चिज बेच्ने अझै ठग्दै ।

    Reply
  13. Ramesh says:
    June 4, 2012 at 8:16 am

    यो हो क्या ब्ल्ग भनेको। यस्तो राम्रो ईनफरमेसन हालन, अनि पो सबैले मन पराउछन त। उपभोक्तारहरु हो “स्लिप नो मोर” । बिरोधमा जाग, उठ, अब सुतेर पुग्यो। कानमा हालेको तेल पुछेर सुन, बन्द गरेको आँखा खोल। आफ्नो ब्रेनको सदुपयोग गर र माहासय मिस्टर जयपुरियालाई गएर भनकि हामि उपभोक्ता हौँ , हामिमाथि खेलबाड नगर। जय उपभोक्ता ।

    Reply
  14. द्रोण says:
    June 4, 2012 at 8:05 am

    यो पेप्सी ,कोक भन्ने चिज स्वास्थ को लागि अति हानिकारक छ ,तेसैले येस्ता पेय पदार्थ थोरै मात्र (पार्टीहरुमा ) पिएको राम्रो |
    बरु बस पार्क मा सिजन अनुसार डोकोमा पाइने सुन्तला ,आप ,केरा ,लिची ,जामुन ,गुलाब जमुना ,अंगुर ,दाख ,खर्बुझा ,स्ट्रबेरी ,काक्रो ,मेवा ,कटर,भैकटर,सिताफल ,सरिफा ,अईसेलु.काफल ,चुत्रो ,चिउली ,उखु खानुहोस |
    बेसकरी मासुखायेर पेट फुलेमा न्युरोड ,जैसीदेवल तिर पाउने ठुस्स गर्ने सोडा ,मा कागती मिसाएर खाने र घर बा डेरा सम्म ग्यास छोड्दै जाने !!!,बडो हल्का फिल हुन्छ |
    धरहरा बारी परि को भुटान चिउरा ,
    रन्जना हल अगाडिको चाट, पाको को ड़ोसा,पाटन को पिरो आलु ,लगन खेल मास को बारा ,भक्तपुर नब दुर्गा हल अगाडिको आलु भुजिया (बोक्रे समेत ) मौका मिले बजैदिये हुन्छ ,परेको म बेहोरुला |
    नो कोक ,नो पेप्सी |

    Reply
  15. Amar says:
    June 4, 2012 at 7:05 am

    तीन वर्षअघि मायोज चाउचाउमा सुरेशचन्द्र अधिकारीले कार उपहार पाएर फ्याक्ट्रीमा पुरस्कार दावी गर्न जाँदा, कहाँ साँच्चिकै कार भन्या हो, खेलौना कार पो भन्या त, बरु दुई तीन वटा लैजाऊ भनेका थिए

    हा हा हा …. Me and dog my laugh at so hard… If you dont belive i can send you the picture

    Reply
  16. Dipendra maharjan says:
    June 4, 2012 at 4:15 am

    नेपाल मा सक्नेले जे गर्दा पनि हुने रहेछ जस्तो लाग्छ.जनताहरु ले नै कारवाई गर्नुपर छ . एस्ता डाकाहरु लाई.?

    Reply
  17. Garauv Nepali "Oodaaseen" says:
    June 4, 2012 at 3:57 am

    यसले त स्थापना कालदेखिनै मुर्ख बनायको छ ! यस्ता पेय पदार्थहरु पिउने चिज नै होइन, स्वास्थको लागि हानिकारक छ !!!

    Reply
  18. Samuha shrestha says:
    June 4, 2012 at 3:19 am

    मैले कोक र Pepsi जन्य पेय खान छोडेको ३ बर्ष भो! अरु लै पनि यो हानिकारक मन्द बिष नखाएर स्वोस्थ रहन आग्रह गर्छु.

    Reply
  19. बिस्वाश says:
    June 4, 2012 at 3:17 am

    बाबा रामदेव को टोइलेट क्लिनरको एउटा क्यान मा ३० चम्चा सम्म चिनी हुन्छ | यी त नखाएकै बेश !!! यी ड्रिंक्स मा हामी कति बढी चिनी खाई रा हुन्छौ आफै हेर्नुस न त …
    http://www.rethinkyourdrinknow.com/

    Reply
  20. Luna says:
    June 4, 2012 at 12:04 am

    यो सरासर ठगीको नियत हो . अब कारबाई कसले गर्ने ? पक्कै पनि धेरै नेपाली जो संग मोबाईल छ अनि जसले पेप्सी पिउछ उसले एसएमएस गरी पठाउने छ उपहार जित्ने चाहनामा .
    यो ठगि हो है भनेर कुरा बुझ्ने मान्छेहरुको संख्या नेपालमा धेरै हुँदो हो त यस्ता
    कम्पनिहरुले यसरी मुर्गा बनाउने हिक्मत गर्न सक्तैनथे —-

    Reply
  21. Rabindra Karki says:
    June 3, 2012 at 11:46 pm

    उपभोक्तालाई ठग्ने नियतको विरोध गरौँ
    Pepsiाको मुख्य कार्यालयमा उजुरी गरौँ
    http://cr.pepsi.com/inen/pepsiinen.cfm?date=20120603

    नेपालको कार्यालयमा विरोध इमेल लेखौँ
    Varun Beverages (Nepal) P Ltd.
    (Manufacturer of Soft Drinks pepsi, mirinda, mountain dew)
    (Estd. 2042 B. S.)
    Chairman / M.D. : Mr. Ravi Jaipuriya
    Director : Mr. Sard Garg
    Sinamangal, Koteswar
    PO Box 2968, Kathmandu
    Phone: 6630966, 6630909
    Fax: 977-1-6630584
    Email: [email protected]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme