आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु… Continue reading
Category: समाचार/विचार
मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी
सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त… Continue reading
कालो झण्डादेखि किन डराउनु ?
हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको… Continue reading
सगरमाथा भारतमा रे !
सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले… Continue reading
माफी माग्नु ठीक हो कि हैन?
दुई वर्षको आयु रहेको संविधान सभालाई पटक-पटक म्याद थपेर चार वर्षसम्म तन्काएर पनि संविधानै नबनाई अवसान गराएपछि केही सभासदहरुले लेख लेखेर र केहीले भाषण गरेर माफी मागे। तर अधिकांशले केही गरेनन्। दलहरु पनि एकअर्कालाई दोष दिँदै बसेका छन्। यो राजनीतिक कुरा भयो। यसमा व्यक्तिगत नैतिकताको कुरा पनि आउला। जब तपाईँ केही गल्ती गर्नुहुन्छ, त्यसपछि माफी… Continue reading
बम बने पहिलो ‘न्यायाधीश शहीद’
अज्ञात अपराधीले दुई साताअघि गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम पहिलो न्यायाधीश शहीद बनेका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई शहीद घोषणा गर्ने औपचारिक निर्णय गरेको हो। अलि पछाडि हेर्ने हो भने शहीद घोषणा गराउन ठूल्ठूला आन्दोलन भएका छन्। तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको जेलभित्र हत्या भएको भन्दै उनलाई शहीद… Continue reading
अमेरिका भन्दा नेपाल बढी शान्त
केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। तर नेपाल त्यति खत्तम पनि भइसकेको छैन। नेपाल छिमेकी देश चीन र भारतभन्दा मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ। यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१२’ मा खुलेको छ।… Continue reading
एसएलसीमा आधाभन्दा बढी फेल
एसएलसी रिजल्ट निराशाजनक आयो। पोहोरभन्दा झण्डै नौ प्रतिशत कम पास। ४७.१६ प्रतिशत मात्र पास अर्थात् आधाभन्दा बढी फेल। अझ फेल भएर पुनः परीक्षा दिनेहरु त ८६ प्रतिशत फेल भएका छन्। त्यत्रो लगानी छ शिक्षामा। हरे बिजोग ! शिक्षामा राज्यले कूल बजेटको १७ प्रतिशत खर्च गर्छ। गैरसरकारी क्षेत्रको समेत लगानी जोड्नुस् त वार्षिक ६९ अर्ब पुग्छ।… Continue reading
नेताहरुले माल पाएर नि चाल पाएनन् जस्तो छ है!
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको आजभोलि केही कुरा मिल्दैन जस्तो लाग्छ मिडियामा आएका समाचार हेर्दा। प्रचण्ड पक्षका नेताहरु एउटा कुरा गर्छन्, वैद्य पक्षका नेताहरु अर्को। विपरीत ध्रुवका जस्ता लाग्छन् दुई पक्षका कुराहरु। तर, प्रचण्ड र वैद्यको तपाईँ हामीले अहिलेसम्म थाहा नपाएको एउटा कुरा भने समान रहेछ। दुवै आइफोन चलाउँदा रहेछन्। आजको ‘नयाँ पत्रिका’ले… Continue reading
२७ दल Vs १ दल
हिजो २२ दलले खुलामञ्चमा विरोध सभा गरेको होला भन्ठानेर लेखियो, अस्ति पत्रकार सम्मेलनमा २२ दलै भनेका थिए, तर आयोजकले २७ दल भनेपछि पत्याउनै पर्यो। हिजो २७ दलले गरेको ‘शक्ति प्रदर्शन’ लगत्तै आज राजतन्त्र पुनर्स्थापनाको माग गर्दै कमल थापाको राप्रपा नेपालले ‘शक्ति प्रदर्शन’ गर्यो। एउटै स्थान (वीर अस्पतालनजिकैको आकाशे पुल)बाट कार्यक्रम सुरु भइसकेपछि खिचेका दुई फोटो… Continue reading
अब फँस्ने भए नारानघाटका व्यापारी
पहिले खबरै नगरी छापा मार्न आएको भन्दै राजस्व अनुसन्धान विभागको फ्लाइङ स्क्वाड (द्रुत टोली) लाई पसलमा थुनेर हातपात गर्न खोज्ने अनि गाडी जलाएर प्रहरीसँग भिडन्तमा उत्रको घटना तपाईँलाई यादै छ। गाडी मात्र हो र, आफ्नै सुरक्षाका लागि राखिएको प्रहरी बिटसमेत जलाइदिएका थिए उनीहरुले। उनीहरुले दबाब दिएर छापा मारिएको पसलमा लगाइएको सिल समेत खोल्न लगाएका थिए।… Continue reading
न्यायाधीशलाई गोली हान्ने यस्तो अनुहारको
पुलिसले आज न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्नेमध्ये एकको स्केच सार्वजनिक गरेको छ। त्यतिबेला मास्क लगाएको भएर यति मात्र स्केच सार्वजनिक गरिएको रहेछ। घटनाको प्रत्यक्षदर्शीको बयानको आधारमा घटनामा संलग्न एक व्यक्तिको हुलिया यस्तो भनिएको छ- गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, अनुहारमा खटिराहरु भएको, आर्मी पुलिसको जस्तो छोटो कपाल काटेको, खाइलाग्दो जिउडाल भएको,… Continue reading
नेपालमा ठगी खानेहरु मात्र हैन, गरी खानेहरु नि छन् है
सूचना नदिई छापा मार्न आएको भन्दै ट्याक्स अफिसको गाडी जलाउने व्यापारी, छिसिक्क केही हुन पा’ छैन चक्काजाम गर्दै तोडफोडमा उत्रिहाल्ने विद्यार्थी अनि नेताको पछिपछि लाग्दै नारा जुलुस गर्ने हजारौँको भीडका फोटोमात्र मिडियामा देखेर नेपाल खत्तम भो, ह्याँ ठगी खानेहरु मात्र छन् भनेर सोच्नुभएको भए यो फोटो। ज्यानको माया त यिनलाई पनि लाग्दो हो नि। तर… Continue reading
माइसंसार पाठक प्रभाव : रोयटर्सले माफी त मागेन, तर गल्ती सच्यायो
नेपालको दोस्रो बढी बोलिने भाषा तिब्बती र दोस्रो ठूलो जाति बिहारी लगायतका हास्यास्पद, वाहियात तथ्य राख्ने रोयटर्सको अलर्टनेटलाई गल्ती सच्याउन लगाउन माइसंसारका पाठकहरु सफल भएका छन्। माइसंसारका पाठकहरुले यस्तो अभियान थालेको २४ घण्टा नबित्दै आज राति रोयटर्सले गल्ती सच्याएको हो। यहाँ हेर्नुस्। माइसंसारले रोयटर्सको गल्ती औँल्याउदै ब्लग लेखेपछि विश्वभरबाट पाठकहरुले रोयटर्सको साइटमा, उसको फेसबुक पेजमा… Continue reading
अराजक बन्दैछ समाज
समाज के विधि अराजक बनेको हो ! यो माथि जलिरहेको सरकारी गाडी हो। राजस्व अनुसन्धान केन्द्रको। ट्याक्स छलेको शंकामा आज बिहान नारायणगढको एउटा पसलमा केन्द्रले छापा मारेर सिल गरेको थियो। त्यसको विरोधमा वरपरका पसलेहरु समेत विरोधमा उत्रिए। भीड अराजक बन्यो। छापा मार्न आएको टोली पसलमै थुनियो। भीडले उनीहरु चढेर आएको जिपै जलाइदिए। चक्काजाम गर्न खोजे।… Continue reading
आजको जस्तो दिन हामी बाचुन्जेल फेरि आउँदैन
आज एउटा विशेष दिन हो। खगोलीय हिसाबले आजको जस्तो दिन अब फेरि हामी बाचुन्जेल आउने छैन। आजको जस्तो दिन सन् २११७ मा मात्र फेरि आउनेछ। अर्थात् १ सय ५ वर्षपछि ! के छ त आजको दिनको विशेषता ? आज सूर्यलाई शुक्र ग्रहले अतिक्रमण गर्दैछ। अङ्ग्रेजीमा यसलाई Venus Transit भनिएको छ। यसलाई पारगमन वा भेदयुति पनि… Continue reading
बडिगार्डको बयानपछि उठेका प्रश्न
न्यायाधीश रणबहादुर बमको बिहीबार बिहान गोली हानी हत्या गरेको घटनामा अरु प्रत्यक्षदर्शीको बयान त पहिले नै मिडियामा आइसकेका थिए। तर घटनामा एउटै कारमा रहेका र पहिलो गोलीसमेत खाएका बडिगार्ड, जसलाई पीएसओ अर्थात् व्यक्तिगत सुरक्षा अधिकृत भनिन्छ, को बयान आजको कान्तिपुरमा छापिएको छ। नेपाल प्रहरीका असई महेश गिरीको यो बयानपछि चालक अष्ट लामाप्रति शंकाका औँला उठाउने… Continue reading
यही हो न्यायाधीश हत्या स्थलमा भेटिएको पर्चा
न्यायाधीश रणबहादुर बमको हत्या भएको पाँच दिन बितिसक्दा पनि अहिलेसम्म अनुसन्धान गरिरहेका प्रहरीहरुले कसले र किन हत्या गर्यो भन्ने बारे केही नयाँ जानकारी पाउन सकेको छैन। चालक र अरु प्रत्यक्षदर्शीको हुलियाको आधारमा हत्याराको संभावित स्केच सार्वजनिक गर्ने काम पनि भएको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल भेटिए पनि त्यो चोरीको भएको पत्ता लागेपछि त्यसले अनुसन्धानलाई केही… Continue reading
पेप्सीले मुर्गा बनाउन खोज्दैछ है तपाईँलाई
आजभोलि पेप्सीले एउटा नयाँ विज्ञापन बजारमा दिन थालेको छ। आकर्षक छ हेर्दा नारा- ड्रिङ्क एन्ड ड्राइभ! ‘मापसे’को फन्दामा परिरहनेहरुलाई ड्रिङ्क पनि गर्न पाउने, ड्राइभ पनि गर्न पाउने के रैछ यो भनेर एक पटक घोत्लन बाध्य बनाउन नारा सफल छ। समाजवाद, साम्यवाद जस्ता राजनीतिक वाद भन्दा नेपालमा ‘भाग्यवाद’ बलियो छ भनेर सबैलाई थाहा छ। त्यसैले त… Continue reading
एक हप्ता भइसक्दा पनि मिल्ने कुरै गर्दैनन् त
गएको हप्ता मध्यरातमा संविधान सभा विघटन भएको थियो। एक हप्ता बितिसक्दा पनि नेपालको राजनीति जहाँको त्यहीँ छ। जे जे कुरामा असहमति थियो, त्यो जस्ताको तस्तै छ। एक इञ्च अघि बढेको छैन कुरा। सरकारले चुनाव घोषणा गरेको छ। तर प्रमुख दुई दलको असहमति हुँदाहुँदै चुनाव हुनसक्दैन भन्नलाई कुनै ज्योतिषको भविष्यवाणी आवश्यक पर्दैन। त्यसमाथि चुनावका लागि संविधानका… Continue reading