Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताहरुले माल पाएर नि चाल पाएनन् जस्तो छ है!

Posted on June 10, 2012June 10, 2012 by Salokya

माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यको आजभोलि केही कुरा मिल्दैन जस्तो लाग्छ मिडियामा आएका समाचार हेर्दा। प्रचण्ड पक्षका नेताहरु एउटा कुरा गर्छन्, वैद्य पक्षका नेताहरु अर्को। विपरीत ध्रुवका जस्ता लाग्छन् दुई पक्षका कुराहरु। तर, प्रचण्ड र वैद्यको तपाईँ हामीले अहिलेसम्म थाहा नपाएको एउटा कुरा भने समान रहेछ। दुवै आइफोन चलाउँदा रहेछन्। आजको ‘नयाँ पत्रिका’ले कुन नेताले कस्तो मोबाइल चलाउँछन् भन्ने बारे एउटा रमाइलो समाचार लेखेको छ। त्यसैमा दुवैले ‘डिजाइन्ड बाइ एप्पल इन क्यालिफोर्निया, मेड इन चाइना’ आइफोन चलाउने गरेको खुलेको हो। कसैले केही भनिहाले कहाँ अमेरिकी साम्राज्यवादको उत्पादन प्रयोग गरेको हो र, माओको देश चीनमा बनेको पो त भनेर (कू)तर्क गरे नि भइहाल्यो। अरु नेताहरुले कस्ता मोबाइल चलाउँदा रहेछन् त ?


प्रचण्ड र वैद्य दुवै स्मार्टफोनमा नामी आइफोन चलाउने रहेछन्। तर के उनीहरुले यसका स्मार्ट फिचरहरुको प्रयोग गर्छन् होलान् ? आइफोनबाट उनीहरुले देशविदेशका पछिल्ला खबरहरु लिने काम गर्छन् होला त? आइफोनका विशेषता प्रयोग गरी संगठनको काम गर्छन् होला त ? यसका विशेषताहरु प्रयोग गरी आफ्ना कार्यकर्ताहरुलाई सन्देश सजिलो तवरले दिन सक्ने क्षमता छ, उनीहरुले गर्छन् होला त ? कतिको उपयोग गर्छन् होला त उनीहरुले ?


एमाले नेता माधवकुमार नेपाल पनि स्मार्ट फोनमा राम्रो मानिने ब्ल्याकबेरी बोक्दा रहेछन्। फोन उठाउने र गर्ने बाहेक अरु केहीमा उनले यसका विशेषता प्रयोग गर्छन् होला त ? खै त विदेशका (छिमेकी भारत कै नेताहरुले समेत) आफ्ना कुराहरु सजिलैसँग कार्यकर्ता र जनतासमक्ष पुर्‍याउन ट्विटर जस्ता सामाजिक सञ्जालका साइटहरु प्रयोग गरिरहेका छन्, हाम्रामा त खै, कुनै नेताले पनि यसको प्रयोग गरेको देखिँदैन।


कङ्ग्रेस सभापति सुशील कोइराला नोकियाको एन ९६ बोक्दा रहेछन्। यो चार वर्षअघि रिलिज भएको मोडल हो। यसमा पनि जीपीआरएस, वाइफाइ सबको सुविधा छ। केही अघि कोइरालाले आमसभाको फोटो मोबाइलबाट खिच्दै गरेको देखिएको थियो। त्यस्तै फोटो मात्रै पनि उनले सामाजिक सञ्जालका साइटमार्फत् सार्वजनिक गर्न सक्थे। तर हाम्रा नेताहरुलाई टेक्नोलोजीमा अपडेट हुन कसले सिकाउने ?


कङ्ग्रेस नेता रामचन्द्र पौडेल भने नोकियाको सस्तो खाले २१०० मोडल बोक्दा रहेछन्। पत्रिकाका अनुसार उनीसित नि पहिला त आइफोनै थियो, त्यो बिग्रेपछि यो नोकिया बोक्न थालेका रहेछन्। खासमा कुरा मात्रै गर्ने, अरु विशेषता प्रयोग नगर्ने भए त देखाउनका लागि मात्र महँगो सेट किन चलाउनु बेकारमा ? पौडेल कै जस्तो नोकिया २१०० बोके ठीक।

पत्रिकाका अनुसार कङ्ग्रेस युवा नेता गगन थापाले आइफोन र ब्ल्याकबेरी गरी दुई वटा मोबाइल बोक्दा रहेछन्। एमाले नेता केपी ओली त झन् तीन तीन वटा मोबाइल बोक्दा रहेछन्- नोकिया, सामसङ र एलजी। नोकिया सबैभन्दा पुरानो, एलजी केही महिनाअघि मात्रै लिएको नयाँ रहेछ। प्रायः उनी सामसङको सेट बढी प्रयोगमा ल्याउँदा रहेछन्।

नेताहरुले स्मार्टफोनको प्रयोग फोन उठाउन र गर्नबाहेक अरु कुन किसिमले गर्न सक्छन् ? विदेशतिरका नेताले कसरी गरेको देख्नुभएको छ ? आफूले देखेका/सुनेका कुराहरु तल कमेन्टमा छोटकरीमा लेख्नुहोला।

86 thoughts on “नेताहरुले माल पाएर नि चाल पाएनन् जस्तो छ है!”

  1. Basanta says:
    June 13, 2012 at 6:12 am

    नेपाल का नेताहरुलाई
    बादरको हात मा नरिवल भा को छ नेपाल देश पाएको जस्तै …….

    जान्ने लाई श्रीखण्ड …. नजान्ने लाइ खुर्पाको बिद…. जस्तो भा छ ,,,,

    शिछित पनि त हुनुपर्योनी सबै मोबाइल को फिचर चलाउनको लागि ..

    Reply
  2. द्रोण says:
    June 13, 2012 at 6:04 am

    खुसि लाग्यो ,हाम्रो देश को नेता हरु समय अनुसार को टेक्नोलोजी प्रयोग गर्नु भएको देखेर |
    बरु प्रचण्ड जी को फोन मा साउथ ब्लक सग दिन मा कति कल जान्छ ,भारतीय राजदुत सग कति?? पत्रकार हरु ले त्यो चै पत्तालागाउनु पाए हुने ?
    अझ उनीहरु बीच को कुराकानी नै पस्कन सके त् सुन मा सुगन्ध |

    Reply
  3. Sushil says:
    June 12, 2012 at 6:43 pm

    आज सम्म को अबस्था हेर्दा Nepal को नेता हरू मा सबै भन्दा सौखिन माओबादी नेताहरू देखीन्छा/ तेती कम समयमा कहाँ बात मात्रै कमायको होला /राजा ले जस्तै वा ३० वर्ष मात्री शासन गर्न पाय नेपाल का सबैभन्दा धनि माओबादी नेता हरू हुन्छन /

    Reply
  4. Shankar says:
    June 12, 2012 at 11:06 am

    भनेपछि प्रचण्ड र वैद्य कमरेड ले सर्वहारा शब्दको बेइजति गर्न सम्म गर्नु भा को रैछ, हाम्रा कमरेडहरुलाई डोल्पाका जनताले सराप्न सम्म सराप्छन्

    Reply
  5. Basanta Thapa Magar,Maryland,USA says:
    June 12, 2012 at 8:19 am

    हामी जनता ले पनि आफ्नो सोच र ब्यबहार मा परिबर्तन गर्नु आजको आबस्यकता हो \
    समय अनुसार खाने ,लाउने ,बस्ने ,उपभोग गर्ने कुरा त्यसमा पनि इलेक्ट्रोनिक उत्पादन उपभोग गर्नु कुनै गल्ति हुन् जादैन \ जहा सम्म नेताहरुले साधारण जनता जस्तै फेसबुक ,मोबाइल ,ट्वीटर प्रयोग गरि जन भाबना बुझ्ने र जन सम्पर्क गर्ने ,चेतना भर्ने कार्य गर्न समय उपलब्ध होला जस्तो लाग्दैन \
    हामी जनता भने क्षमता बिना नै देखा सिकी को लागि यी चिज को उपभोग गर्ने अनि नेता ले गर्दा भने असान्धर्भिक र उपयुक्त नठान्ने प्रबितीमा परिबर्तन गर्नु पर्छ \ यस लाइ सामन्य आबस्यकता को रुपमा हेर्ने बानी बसालौ \

    Reply
    1. ardniban says:
      June 12, 2012 at 1:59 pm

      anyway ,i don’t care who else is equipped with what phone,i assume most iphone user just want show off that they got iPhone.
      forget it ,i simply dont like apple scam that designed in california and assembled in china. what a joke !!! a city of us is compared with china!!
      designed in usa made in china is proper way of coding,or California to shanghai something else. its just like saying mumbai bata nepal,delhi bata nepal bhanya jastai ho sathi ho..

      Reply
  6. Sagar BC says:
    June 12, 2012 at 6:16 am

    १३ करोड को महल मा बस्ने सर्बहारा नेता प्रचण्ड संग मोबाइल त सस्तो होला भनेको के हुन्थ्यो र गाठे…..

    Reply
  7. subas says:
    June 12, 2012 at 3:10 am

    मेरो विचार मा चाही राम चन्द्र पौडेल नेता जी लाइ mobile को बारमा सोच्ने time choina किन कि उहा देस र जनताको भबिस्य को बारेमा thinking गर्दा गर्दै समय मिल्दैन.

    Reply
  8. man limbu says:
    June 11, 2012 at 10:45 pm

    चाइनिज आइफोंन त नेपाली ४-५ हजार मै आउछ यो कुनै ठुलो कुरा होइन… जमाना अनुसार हिड्नु पर्छ

    Reply
  9. Ashok says:
    June 11, 2012 at 7:08 pm

    अरु गर्लान नागार्लान…. तर इंडिया को मन्त्रिले जस्तै अस्लील भिडियो चै पकै हेर्छन होला .

    Reply
    1. manoj says:
      June 11, 2012 at 11:24 pm

      “कङ्ग्रेस सभापति सुशील कोइराला नोकियाको एन ९६ बोक्दा रहेछन्। यो चार वर्षअघि रिलिज भएको मोडल हो। ”
      यो चार बर्ष पहिला को फोन त नया को शुशील लाइ. आपनो दिमागी र क्षमता र बैचारिक अभ्यास को आधार मा भन्ने हो भने त उनि लाइ उही “मोहन आकाशबानि सेवा” नै उपयुक्त हुनेथियो.

      “एमाले नेता केपी ओली त झन् तीन तीन वटा मोबाइल बोक्दा रहेछन्- नोकिया, सामसङ र एलजी”

      यो पान्ग्दुरे ले भने ४ वटा नै बोक्न पर्थ्यो.
      एउटा फोन इन्डियन मालिक संग कुरा गर्न
      दोश्रो बिद्या भण्डारी संग कुरा गर्न
      तेश्रो राधिका शाक्य(ओली कि श्रीमती ) संग कुरा गर्न
      चौथो परशुराम, चरी, चमेरे ग्रुप आदि संग कुरा गर्न.

      Reply
  10. Sisir says:
    June 11, 2012 at 5:46 pm

    जो संग धेरै पैसा उसै संग महँगो र विलासी सामनाहरु , गरिब संग त पक्कै ६०-७० हजारको फोन हुदैन ..
    को कति धनि र कुन व्यापार (राजनीति ) नेपालमा धेरै फस्टा छ हाम्रो अघि छर्लंगै छ …
    यो त सम्पतिको सानो नमुना ट्रेलर मात्र हो ..

    Reply
    1. सन्तोश संकल्प 'पान्थरे' says:
      June 11, 2012 at 9:37 pm

      भनेसी नेपाली काँग्रेसको नेता पौडेल त गरिब पो र’छ । कस्तो खालको गरिब होला यस्तो जस्को २, ३ वटा महल छ काठमाण्डौमा आफन्तको नाममा र एउटा चाही आफ्नै नाममा। अरु पक्का सिद्दान्तवान र सोझा र ईमान्दार नेताहरु पो धनि रहेछ त जसले मासिक घरभाडा बुझाउदै बसिरहेको छन। अरु बिलाशी सामनहरुको त के आश गर्नु ती घरभाडा तिर्ने धनी नेताहरुको त।

      Reply
      1. योगेश आदी, न्यूयोर्क says:
        June 12, 2012 at 8:57 am

        म रामचन्द्र पौडेललाइ नया बजार, सोह्रखुट्टेमा उनि भाडामा बस्दा देखि जान्दछु (उहाँले मलाइ जान्दैनन्), अहिले बनस्थलीमा अति सामान्य घरमा बस्छन / हामीले अतिरन्जित तवरले दुस्मनलाई पनि लेख्नु हुदैन, कलम रुन्छ /

        Reply
        1. subash from norway says:
          June 12, 2012 at 4:44 pm

          योगेश जी लाइ रामचन्द्र को बोहोरातार मा भएको विलासी घर को बारे मा थाहा रहेनछ जुन चै सामान्य भन्न मिल्दैन.

          Reply
        2. mahesh says:
          June 12, 2012 at 10:47 pm

          योगेश जी
          उनि को बोहोरतार को घर चाहि?

          Reply
        3. सन्तोश संकल्प 'पान्थरे' says:
          June 12, 2012 at 11:35 pm

          योगेश आदी को पनि जोक पढियो!!!। बिचरा न्युयोर्क मा रहेर नेपालको सबै थाहा रहेछ। आफु त काठमाण्डौमा भौतारिरहने मनुवा न परियो, सबै थाहा पाईयो जिन्दगीमा काठमाण्डौको चाला। कस्को के, कस्को महल, कस्को कटेरा, कस्को डेरा प्राय सबैको थाहा पाईयो।

          बिचरा योगेश आदीले दुई दशक अघिको कुरा गर्नुभएको होला, यदी हो भने मैले त हालसालको कुरा गरेको हो दशकौ अघिको कुरा होईन।

          देख्नुभएन पौडेल मामाले नोकिया देखाउनुभएको??? हो त्यस्तै हो उहाँले घर देखाउनुभएको। यसो बुद्दी घुमाउनुपर्यो योगेश आदी जी, अलिकति यसो तसो दिमाग घुमाउनुपर्छ क्या बुढाहरुको रणनिती बुझ्न नत्र त प्रतक्ष्य त त्यही नोकिया २१०० मात्रै देखिन्छ नी त्यो जाबो २१०० रुपैया नि पर्दैन।

          Reply
      2. Sisir says:
        June 12, 2012 at 10:24 am

        पान्थरे जी ,
        तपाईलाई सर्बहारा पुरेतहरु प्रचण्ड बाजे , बैद्य बाजे , माकुनेहरुलाई मात्र धनि भन्यो भन्ने पर्यो होला , तेसो होइन मेरो आशय सम्पूर्ण राजनीतिक ब्यापारी तर्फ हो … तपैले माथिको ब्लग राम्ररी पदनु भएन जस्तो छ .. माथि रामचन्द्र बारे एस्तो लेखिएको पो छ त …
        “कङ्ग्रेस नेता रामचन्द्र पौडेल भने नोकियाको सस्तो खाले २१०० मोडल बोक्दा रहेछन्। पत्रिकाका अनुसार उनीसित नि पहिला त आइफोनै थियो, त्यो बिग्रेपछि यो नोकिया बोक्न थालेका रहेछन्।”
        एसले रामचन्द्र पनि भूपू “आइफोन” धारी नै हुन् भन्छ, होइन र ?

        Reply
  11. kiran says:
    June 11, 2012 at 5:22 pm

    भारतका नेता हरुले मोबायल फोनमा के के जाती हेरे को नक्कल गर्ने त हो हाम्रा नेता हरुले अरु के नै गर्न जान्या छन्/

    Reply
  12. ज्ञान हरि ढुंगाना says:
    June 11, 2012 at 4:40 pm

    प्रसङ्ग गजब छ
    आफ्नो हैसियत छ भने लिन हुन्छ
    देश बासी को खुन पसिना चुसेर लिन चाई हुन्न
    बिदेशी नेताहरु को हात मा हुनु त स्वभाविक हो किन कि उनीहरु त्यो मोबाइल बाट सारा संसार को खबर लिने दिने गर्छन किन कि उनीहरु सफल छन् हाम्रो देश मा लिनु भनेको चाई
    जुन गोरु को सिंग छैन उसको नामे तिखे भने जस्तै हो

    Reply
  13. CESAR says:
    June 11, 2012 at 4:36 pm

    पार्टीको नीति भन्दा नेताहरुको वास्तविक भौतिक छबि देखाएको छ |

    Reply
  14. Ram says:
    June 11, 2012 at 3:59 pm

    सर्वहाराबर्गकै नेताहरुनै उनीहरुकै भाषामा भन्दा दलाल , पूंजीपती बर्गका नेता हरूकोभन्दा धेरै महंगा फोनसेटहरू प्रयोग गर्दारहेछन, अझ प्रचण्ड कमरेडको त महल पनी आलीसान नै छ, नेपालका सर्बहाराबर्गलाइ यस्ता नेताहरू पाएकोमा बधाई छ

    Reply
  15. Nilambar says:
    June 11, 2012 at 3:43 pm

    जुन मोबाइल बोके नि चलाउन नआयेसी के फाइदा भो र !!

    Reply
  16. manish says:
    June 11, 2012 at 1:11 pm

    नेता हरुले नयाँ आधुनिक प्रविधि प्रयोग गर्नु राम्रो हो, नेताले हरेक क्षेत्रमा अरु सामान्य भन्दा एक कदम अगाडी हुनु पर्छ | केहि नजान्ने लाइ किन नेता मान्ने?

    Reply
  17. उपासक उदास says:
    June 11, 2012 at 12:47 pm

    माथि फोटो छापिएका मान्छेहरुलाई नेता नै कसरि भन्ने अब त ?राजनीति त यिनको देखाउने ‘फेत्ता’ मात्र सिद्ध भैसकेकैछा ..तसर्थ आत्मज्ञान यी सबै दिमाग्शून्य भएका बालक केटा भन्न मात्र सुहाउला ! ….अनि सत्र चोटी विदेश घुमेको पनि केवल भत्ता पकाउन मात्र त होलान नि … खै के पो राम्रो कुरा लिएर देखाउन सके नेपालि जनतालाई ? यस्ता मोराहरुले विज्ञान र प्रविधिका कुराहरु कसरि सिक्न सक्लान भन्या ? … यी सेलफोन त अरुलाई धाक देखाउन बाहेक अन्य काम लिन नसक्नु स्वाभाविकै कुरा भएन त ? यसैको परिणाम त होलान नि हाम्रा मन्त्रालयका वेबसाइट हरुमा पंचायती लोगो र तठ्यान्कहरु जस्ताको तस्तै हाल सम्म देख्न पाइराखेका छन् अभागी जनताले …..होइन, आफ्नो देशकै इज्जत राख्न नसक्ने नाठेहरुले मोबाइलको प्रतिष्ठा जोगाउने आशा कसले पो गर्न सक्छ ….!

    Reply
  18. Yogen says:
    June 11, 2012 at 12:28 pm

    किन बित्थामा हामीले टाउको दुखाउने त्यहि नेताहरुलाई text गरेर सोधे भै हल्योनी तिमीहरुले smart phone के के काम को लागि प्रयोग गर्छस भनेर सबै दुधका दुध पानीका पानि भैहल्छा नि होइन र ?

    Reply
  19. Tamag Kanchha says:
    June 11, 2012 at 11:40 am

    कस्तो उल्टो : सर्बहाराका नेता हरुले चाही एप्पल आइ फोन बोक्दा रहेछन अनि उनीहरुले नै भन्ने गरेका सामन्ती पुजीबादी हरुले चाही नोकिया २१०० बोक्दा रहेछन !

    Reply
    1. सन्तोश संकल्प 'पान्थरे' says:
      June 11, 2012 at 9:42 pm

      कान्छा जी, चोरले कहिले पनि चोरेको सम्पति देखाउदैन तर उही बढी उफ्रिन्छ फल्नाले चोर्यो भनेर हो यस्तै नौटंकी हो यी नेताहरुको । सर्बहारा नेताले कहिले पनि सर्बहारा देखाउदैन र पुँजिबादीहरुले कहिले पनि आफ्नो पुँजी देखाउदैन। यो नोकिया २१०० को भ्रम नपर्नुहोला किनकी तिनीहरु नेता हुन अनि हामी अन्धो जनता हौ, यदी हामी जस्ता सर्वसाधारण जनताले बोकेको भए त कुरा सुहाँउथ्यो।

      Reply
  20. jateen says:
    June 11, 2012 at 11:26 am

    फोनलाइ ‘फुन’, मोबाइललाइ ‘मोबिल’ भन्ने नेताहरुलाई के थाहा सामाजिक संजाल ,बरु सामाजिक जाल थाहा होला, सोधी हेरौ न!

    Reply
  21. NIRAJAN says:
    June 11, 2012 at 11:25 am

    उनीहरुले बोलेको कुरा जनता को सामु सुनाउने भए पो जति धेर mobile बोक्छन उति धेरै जनतालाई मुर्ख बनाउने चाल हो एउटा फोन बाट एउटा कुरा अर्को फोन बाट अर्को कुरा गर्ने को पनि के कुरा गरिरा हो

    Reply
  22. Om Nath Koirala says:
    June 11, 2012 at 11:13 am

    लाटो देशमा गाड़ो तन्नेरी हुनु परेन | यी नेता भनौदाहरुले आफुलाई जनता भन्दा फरक देखाउनु परेन | डेढ करोडको गाडी चढ़नेका लागि जाबो आइ फोन के होर | फोन गर्न र फोन सुन्न आइहाल्छ तेती भए पुगीगयोनी यी भात्माराहरुलाई |

    Reply
  23. Sisir says:
    June 11, 2012 at 10:53 am

    लुटको धन फुफुको श्राद्ध ..
    नब राजाहरुको के कुरा गर्ने …
    ५०-६० हजार भन्दा माथि पर्ने यी स्मार्ट फोन किन्न औसत मध्यम बर्गीय नेपालीको एक वर्षको पुरै कमाई लाग्छ भने यी बेरोजगारले कसरि किने होलान ??
    Funny part is The cost of latest iPhone 4s cost around Nrs 65 thousands and per capita of Nepal is merely 40-50 thousands only…

    Reply
    1. दिनेश बजगाईं says:
      June 12, 2012 at 6:30 pm

      lol. Bro, Per capita of nepal is not even 40-50 thousand.

      Reply
  24. सन्तोश संकल्प 'पान्थरे' says:
    June 11, 2012 at 10:46 am

    हा हा हा कांग्रेस नेता पौडेल को हातमा नोकिया २१००। यसो हेर्दा जोक जस्तो पो लाग्यो है मलाई त। जाबो फोनको के कुरा गर्नु, सम्पति को पो कुरा गर्नुपर्छ त। मैले पनि आईफोन र HTC incredible मोबाईल बोकेको छु नी त्यो पनि बढो दुखकष्ट गरेर ५ महिनाको तलब खर्च थुपारेर किनेको हो। तर के गर्नु ति नेताहरुको जस्तो अकुत सम्पति त के खासमा भन्नुपर्दा देखाउने ATM card मात्र छ मसंग अब त्यसभित्र कति पैसा छ भने कहिलेकाही त Min. Balance को पैसा पनि निकाल्नुपर्ने स्थिती हुन्छ, तर त्यो गर्नलाई ATM Card नै फिर्ता गर्नुपर्ने रहेछ। बरु यसो कार्ड देखायो सान दियो त्यती हो मेरो कार्डको काम। पैसा भएपो नानभाती खर्च गर्नु पैसै नभएसी देखाउनु मात्र त हो।

    नाथे फोन बोक्दैमा केही हुने हैन, आफु त टेक ग्याजेट क्रेजी यसो नयाँ नयाँ आउनेबितिकै किनिहाल्ने मन हुन्छ तर खल्ती खाली हुन्छ र पो धोका दिन्छ त्। रहर मेटाउन यसो ३,४ पटक पसलमा गयो यसो किन्नेजस्तो भएर हेर्यो, खाली हात फर्क्यो अनि मन चित्त बुझायो त्यती हो।
    यो चोर नेताहरुले पौडेलले बोकेको फोन नै काफी हुन्छ न तिनीहरुले एप्स चलाउन आउछ न सामाजिक सञ्जालमा अप्डेट हुन्छ, बाँदरको हात मा नरिवल भएपछि त्यस्तै हो। कुनै नेताहरुले त झन फोन गर्न पनि आउदैन, धन्न रिसिभ गर्नलाई हरियो बटन भएर मात्रै हो रिसिभ गर्न जानेको नत्र त्यो पनि जाँदैनन्।

    Reply
  25. देवेन्द्र शर्मा Houston Texas says:
    June 11, 2012 at 9:09 am

    बादर को हात मा नरिवल …………

    Reply
  26. भक्तपुरे says:
    June 11, 2012 at 9:02 am

    SMS गर्न त कुन्नि ??? अरु application ! हरियो थिचेर उठाउन र रातो थिचेर राख्न अनि चार्ज गर्न चाहि आउला है ।

    Reply
  27. Sheela says:
    June 11, 2012 at 8:54 am

    सालोक्य जी लाइ आज फुर्सत रे’छ, कस्ता कस्ता गहन agenda उठान गर्ने व्यक्तित्व आज ….!!!

    Reply
  28. Drona poudel says:
    June 11, 2012 at 8:40 am

    हप्ता मा ६० घण्टा भन्दा बढी लोड सेडिंग हुने देश का नेता हरु लाई देश को के चिन्ता र देश को लागि के राम्रो गरेका छन् र अप डेट दिनु पर्यो
    नेपाल का नेता ले कस्तो अपडेट दिनु र आफ्नो कार्य कर्ता लाई लूट पाट आग जानी बन्द गर हामी ले साथ दिन्छौ यहि हो

    Reply
  29. Mohan Subba says:
    June 11, 2012 at 8:37 am

    यो २१ औ सताब्दीको बिकसित सूचना प्रविधिको कमाल हो l कुन नेताले कस्तो समान प्रयोग गर्छ भन्ने त्यो उसको व्यक्तिगत अधिकार पनि हो l अनि नेताहरु हरेक कुराले सुसज्जित भयो भने त नेता हुनु लायक हुन्छ l फेरी नेताहरु जोगी भयो भने त हामी जनताहरुलाई पनि जोगी नै बनाउछन नि हो ?

    Reply
  30. kamal says:
    June 11, 2012 at 8:36 am

    यी नेता भनाउदाहरुले के स्मार्ट फोनको फिचर प्रयोग गर्लान……………चाप्लुसी र चाकडीबाज हरुले भेटी दिएको फोन चलाउने त हुन् यीनीहरुले……………त्यति एउटा सेट पाएको निउमा कति अभिष्ट पुरा गरिदिदहुन ती चाकडीबाजहरुको………….के भन्ने

    Reply
  31. SURENDRA SUBEDI hongkong says:
    June 11, 2012 at 8:22 am

    यी पंगधुरे, जंगली हरु लाई प्रबिधि को बारे मा के थाह?यिन लाई त आफु,आफु लडाई गर्दै मा फुर्सद हुन्न अनि के गर्ने? मलाई लाग्छ “सकुनी” को चाल चलाई को बारेमा कुनै प्रबिधि विकास गरे यिन ले अबस्य प्रोयोग गर्ने छन् /

    Reply
  32. पुष्प says:
    June 11, 2012 at 8:22 am

    नेताहरू प्रत्यक्ष नै ‘भिडेका’ कुराहरू हाम्रासामु पुगेकै छन्, जुन फेशबुके अनि ट्वीटरमा गाइँगुइँ गर्ने गनथनको माध्यम भएको छ; गनथन के भन्नु गालीगलौजको थलो भन्नुपर्ला । अब हाम्रा नेताहरू नै सामाजिक सञ्जालमा आउने हो भने त हालत के हुने होला ?

    फेरि सामाजिक सञ्जालमा आउँदैमा समस्त जनताको आवाज नेताहरूसमक्ष पुग्ने पनि होइन, किनकि यस्ता सामाजिक सञ्जालहरूको पहुँच तल्लो वर्गका जनतासम्म पुगेको छैन । फेशबूककै कुरा गर्ने हो भने कूल जनसंख्याको लगभग ४ प्रतिशत नेपाली जनताकोमात्र पहुँछ छ, जबकि अमेरिकामा लगभग ५० प्रतिशत । अनुमान लगाउन सकिन्छ कि फेशबूकलगायत अन्य सामाजिक सञ्जालहरूमा नेपाली प्रयोगकर्ताले सिमान्तीकृत जनताको एकदमै थोरैमात्र प्रतिनिधित्त्व गर्छ । त्यसैले अमेरिकाको तुलना नेपालसँग गर्नुको तुक छैन । त्यसमाथि संक्रमणकालीन अवस्थामा नेताहरू सामाजिक सञ्जालमा नआएकै वेशजस्तो लाग्छ ।

    जहाँसम्म नेताहरूको आइफोन वा आइप्याडप्रतिको मोह छ, यसलाई अस्वाभाविक मान्नुपर्ने कारण छैन ।

    Reply
    1. pradeep says:
      June 11, 2012 at 10:46 am

      जनसंख्याको ४ प्रतिशत ? आर यु फ्रिकिंग मेन्टल ? कहाँबाट आयो त्यो डाटा कि २०५६ सालको जनगणनाबाट ? अनि सिमान्तीकृत मात्रै नेपालका जनता ? अरु के हुन् ?

      Reply
      1. पुष्प says:
        June 11, 2012 at 1:01 pm

        गुगल गरे त पाइहालिन्थ्यो । तैपनि लौ हेर्नुस् महाशय http://www.socialbakers.com/facebook-statistics/nepal । सिमान्तीकृत जनता/वर्गका विषयमा पनि गुगल गरे राम्रो; marginalized people भनेर खोज्नुहोला है ।

        Reply
        1. shshank says:
          June 11, 2012 at 6:04 pm

          जापानमा जम्मा ७.०९%, इंडिया मा ३.९५%

          Reply
        2. Biswas says:
          June 11, 2012 at 6:26 pm

          पुष्प जी,

          कसैले इन्टरनेटमा केहि लेख्यो भन्दैमा त्यो “authentic” हुनु पर्छ भन्ने जरुरि छैन| तपाईंले माथि राख्नु भएको साइटबाट मैले “copy-paste” गरेको एउटा बाक्य:

          Currently, there are 1405960 Facebook users in the Nepal

          the Nepal!!!!

          सहि होला, तर English हेर्दा चाहिं त्यस्तो लाग्दैन| google गर्दा हामीले आफ्नो ज्ञान र बिबेक प्रयोग गरेर छान्न सकेनौं भने हाम्रा भट्टी या चीया पसलहरुमा गरिने गफ भन्दा बकवास कुराहरुमा फस्न सक्छौं|

          Reply
          1. पुष्प says:
            June 11, 2012 at 9:59 pm

            भन्नुको अर्थ यो संख्या अझै बढी भो ?

            Reply
    2. शरद- क्षितिज पारीबाट says:
      June 11, 2012 at 9:45 pm

      **********संक्रमणकालीन अवस्थामा नेताहरू सामाजिक सञ्जालमा नआएकै वेशजस्तो लाग्छ । जहाँसम्म नेताहरूको आइफोन वा आइप्याडप्रतिको मोह छ, यसलाई अस्वाभाविक मान्नुपर्ने कारण छैन********* ।
      आज पनि कुनै पाठकले यस्तो भन्न – सोच्न सक्छन ********* काश ………. पुष्प जी लाइ यी महान व्यवसायिक चलचित्र ‘जनयुद्द’ का ‘ नायक’ राष्ट्रका खलनायक हरुको जत्तिकै चिन्ता कुनै असहाय एउटा मात्र एउटा व्यक्तिको भैदिएको भए ?????
      (व्यवसायिक चलचित्र किन भनेको त्यो त सम्झाउन नपर्ला, बुझ्नु भयो होला नि पुष्प जी ??? मानिस आज भोलि सिनेमा हल पुगेर ‘लूट’ हेरेर दंग पर्छन है पुष्प जी ??? बुझ्नु भयो होला नि पुष्प जी ? तर पनि यो लूट के लूट त्यो लगातार १२ बर्ष चलेको लूट पो रहेछ खास लूट त जसमा रियल सिनहरु थिए, न त ति मर्नेहरु, न त त्यो हेर्नेहरु लाइ नै थाहै थियो कि यो एउटा व्यापारिक चलचित्र हो भनेर है पुष्प जी ??? जसले कति गर्यो- गर्यो मुला ब्यापार त… है पुष्प जी ??? यी उमेश जी हरु पनि भ्रम मै रहेछन पुष्प जी ******** ब्यापार भयो, काया पलट भयो, लूटको त्यो हिरोको त छोरो नै आज सगरमाथामा पिकनिक जाने भयो, अनि बाउले आइफोन नखेलाउनु त है पुष्प जी ??? धन्न अझै ठमेल मै भेट्टीएका छैनन्, पुरानी मै चित्त बुझाइ रहेका छन्, ब्यापार मुला दिन दुना रात चौगुना अपार भै रा’छ झोंक चले केटाकी आमा बदलेर थाइल्याण्ड बाटै कर छुटमा मगाउलान है पुष्प जी ??? भै गो माफ गरिदिनोस यी बुझ्दैनन् क्या तर पनि मिडियावाला सम्मलाई भ्रम नै छ त लेख्छन नि यस्ता कुरा है पुष्प जी ??? )

      Reply
      1. पुष्प says:
        June 13, 2012 at 2:42 am

        तपाईंले सुनाउनुभएको ‘कथानक चलचितत्र’ ठीकै लाग्यो । तर मलाई लाग्छ यो त काष्टिङमात्र हो; ‘फिल्म तो बाँकी है मेरो दोस्त’ भन्छन् नि । हुन त यसलाई फेरि अनेक तर्कना गर्दै विरोध गर्नुहोला । तर फिल्म अझै सकिएको छैन शरदजी । तपाईंले प्रस्तुत गर्नुभएको ‘लूट’अघि देशमा कति लूट मच्चियो भन्ने आँकलन गर्न सक्नुहुन्छ ? हामीभन्दा पछि पत्ता लागेका देश, हामीभन्दा पछि रहेका देश कहाँबाट कहाँ पुगिसके ! किन ? के यो तपाईंले उल्लेख गर्नुभएको ‘लूट’कै परिणाम थियो ? के प्रचण्डले त्यही एउटा आइफोन बोक्न र तपाईंहरूले नै आरोप लगाउने गरेको ‘अतिसुविधासम्मपन्न महल’मा बस्न, गाडीका हुइँकिन कै लागि आफ्नो जीवनको एक दशक टाउकाको मोल तोकाएर भूमिगत जीवन बिताए ? अनि प्रचण्डपुत्र पनि कस्ता ! पिकनिक मनाउन अमेरिका-यूरोप पो जानु, मर्नेबाँच्ने ठेगान नहुने सगरमाथा पनि जानु ! है शरदजी ?

        Reply
  33. Pratik says:
    June 11, 2012 at 8:12 am

    जनतालाई खान नपुगेको बेलामा हाम्रा साम्यवादी नेताहरु त iphone र blackberry जस्तो संसारमै महँगो मानिएको smartphone चलाउदा रैछन त !
    गगन थापा, रामचन्द्र पौडेल, सुसिल कोइरालाको त के कुरा गर्नु र उनीहरु त यसैपनि धनि-गरिब बिचको खाडलको मतलब नभएका पुजीबादी भैहाले.
    जनजाती र मधेसी नेताहरुको पनि दिनुपर्ने, उत्पीडित वर्गका सबै नेता ले जे. पी गुप्ता झैँ २ ओटा iphone बोक्छन कि बोक्दैनन होला ?

    Reply
  34. aashishjii says:
    June 11, 2012 at 7:31 am

    किन २ -३ ओटा…भए भरिको फोन बोके भै हाल्योनी…आफुले किन्ने भए पो त…मागेर खोसेर उपहार लिएर जे चलाए पनि भो…

    Reply
  35. मणि says:
    June 11, 2012 at 7:14 am

    नेपालका नेताहरुकालागि स्मार्ट फोन बिलासिता हो भने बिदेशी नेताका लागि अत्यावश्यक! किनकि नेपालमा जनतासंग पुग्न नेताहरुलाइ चुनाब मात्र हो भने विदेश मा हरेक समय जनता संग नेता पुग्न सकेनन भने तिनीहरुको खैरियत हुन्न| त्यसकालागि बिदेशी नेताहरु आफ्नो धारणा सूचना प्रबिधिसंग चाहे स्मार्ट फोन, ट्याब्लेट वा यु-ट्युब मा राखेर भए पनि जनता संग निकट हुन चाहन्छन किनकि उनीहरुलाई प्रस्टै थाहा छ कि जनता जनार्दन हुन् भनेर| नेपालमा कार्यकर्ता जनार्दन हुन् भने जनता भेडा, अनि किन चाहियो नेपाली नेतालाई स्मार्ट फोनको परिभाषा? तिनकालागि त्यो “बादरको हाथमा नरिवल” सरह नै हो!

    कहिलेकाही गगने को फेसबुक स्ट्याटस हेर्छु खासै आकर्षित हुदैन, बच्चा नेता (नेपाली राजनीति अनुसार गगने बच्चा त हो नि ४० वरपर) ६० का जति युवा नेता ८०+ जति मर्र्या स्यालहरुको के कुरा!

    Reply
  36. अर्याल says:
    June 11, 2012 at 6:39 am

    कुनै पनि उपकरण चलाउन पक्कै पनि सिक्नु पर्छ । नेपालका नेतालाई तेस्तो फूर्सद कहाँ छ र ? कुन जातिय सँगठनलाई भेटेर के गर्न लगाउने……. कुन चाँही ब्यापारीलाई भेटेर कसरी पैसो बटुल्ने……….. कुन गोटी चाल्दा सत्ता आफ्नो पक्षमा आउन सक्छ भनेर खुरापाती काम गरेर बस्दै फूर्सद छैन कहाँको एप्पलका एप्सहरु चलाउने वा सिक्ने फूर्सद हुने । त्यो पनि कहाँको आफूले किनेका होलान र……….”उपहार” स्वरुप पाएका होलान नी…..लौ हजुर मेरो यो काम गरिदिनु पर्यो……. यता सरुवा गरिदिनु पर्यो ……. यति ट्रक माल आउदैछ पुलिसलाई बाटोमा नआउन भन्नु पर्यो भनी भनी……… कि कसो?

    Reply
  37. Ang C Sherpa says:
    June 11, 2012 at 6:16 am

    अहिले सम्मको क्रियाकलाप हेर्दा त यी नेताहरुनै Out of date भई सक्यो जस्तो छ / अब यिनी हरुलाई नया Apps को trainiing दिनु भन्दा नया trained भएको नेता छान्दा कसो होला /

    Reply
  38. chandra khanal says:
    June 11, 2012 at 6:05 am

    बोकाको मुखमा कुबीन्ड़ो प्रबीधीको प्रयोग त के गर्नु जाने पो |

    Reply
  39. kisaan Thapa says:
    June 11, 2012 at 4:39 am

    बिदेशी नेता हरु को धेरै प्रसंशा नगरौ हो साथी हरु हो, टोनी ब्लेयर ले प्रधानमन्त्री रहुन्जेल सम्म इमेल गर्न सम्म जानेको थिएन , खुस्के पछी सिकेको हो / समकालीन बिस्वनेता मा रुसी रास्ट्रपति व्लादिमिर पुटिन जत्ति को स्मार्ट अर्को कोहि छैन /

    Reply
  40. Prem says:
    June 11, 2012 at 4:30 am

    यी पाखण्डीहरुलाई कसैले केहि पनि सिकौना सक्दैनन् र इनिहरु सिक्न पनि चाहदैनन्| इ आजीवन घमण्डी, स्वार्थी, र लुटेरा खान आफ्नो हक सम्झनेहरुको कुरा गर्नु अब समय बर्बाद गर्नु भन्दा अरु केहि हुन्न|
    समाजको सब भन्दा तुच्छा जातका फटाहा को आनी बानी ले धोंग्स्वा मात्र पर्दछा| तेसैले आफ्नो काम राम्रो संग गरौँ मरेका लाश लाई बिर्सी दिउँ र समय बर्बाद नगरौं|

    Reply
  41. Daya says:
    June 11, 2012 at 4:03 am

    कुरो नेताको मात्र होइन, धेरै नेपालीहरु लहै लहैमा अनि पैसो धेरै भएर, स्मार्ट फोन प्रयोग गर्छन. कसैले भने क्यामेराको लागि प्रयोग गर्छन. यसमा भएका उपयोगिताका बारेमा कमैलाई थाहा हुन्छ. आइ फोन लगायत स्मार्ट फोनको प्रयोगबाट दैनिक जीवनलाई सहजता दिन सकिन्छ. यदि राम्रो क्यामेरा मात्र चाहिएको हो भने, सस्तो स्मार्ट फोनले पनि काम गर्छ. ६-८ सय डलरको फोन चाहिदैन. मैले पनि आइ फोन चलाउछु, तर, फोनको भन्दा मिनी कम्प्युटरको रुपमा मैले यसलाई बढी उपयोग गर्छु.
    यसका केहि उपयोगीताहरु…
    – यसमा 4G नेटवर्क छ. इन्टरनेट छिटो चल्छ. कुनै पनि बखत कुनै पनि कुरा इन्टरनेट बाट थाहा पाउन सक्छु. इमेल फोनबाट realtime अपडेट हुन्छ.
    – विद्यार्थी भएको हुदा, बेला बखत पढ्न पनि पाउछु, खासगरी कहिँ घन्टौसम्म कुर्नु पर्दा.
    – कन्ट्याक्ट लिस्ट फोन, कम्पुटर तथा अनलाइन सबैतिर आफै अपडेट हुन्छ.
    – ड्रपबक्स मार्फत फाइलहरु शेयर गर्छु. (फोन, कम्प्युटर, इत्यादिमा)
    – रीमाइन्डर फोन मा नै राख्छु.
    – कुनै कुरा झट्ट लेख्नको लागि ‘नोट’ एयाप प्रयोग गर्छु.
    – नेपाल मा त त्यति प्रयोग नहोला तर, मैले गूगल म्याप पनि फोन बाट प्रयोग गर्छु.
    – कुनै रेस्टुरेन्ट, पसल, स्कूल, ठाउँ मा जानको लागि फोनबाट दिशानिर्देश (GPS) को सुबिधा लिन्छु.
    – अंग्रेजी शब्दकोश प्रयोग गर्छु.
    – विदेशमा भएको हुदा घरमा कुरा गर्न स्काइप तथा याहू मार्फत जतिबेला पनि अनलाइन हुन सक्छु.
    – नेपाली समाचार फोनबाट नै तुरुन्त थाहा पाउछु.
    – रेडियो सुन्छु
    – कहिले काहीं टिभी मा जोडेर ‘टिभी’को रुपमा पनि प्रयोग गर्छु.
    – टिभी को रिमोट कन्ट्रोल पनि बनाउन पाउछु.
    – चेक मार्फत बैंक अकाउन्ट मा पैसा राख्छु. बैंक मा गैराख्न परेन.
    – स्टोर मा सामान किन्नु अघि अन्यत्रको मूल्य हेर्छु.
    – फोटो लिन्छु.
    – सित्तैमा टेक्स्ट म्यासेज पठाउन सक्छु.
    – – –
    – यस्तै धेरै काम गर्न फोन गर्छु. खासगरी ‘सिरी’ को प्रयोगले मलाई धेरै सजिलो भएको छ. यो सुबिधा नया आइ फोन 4S मा मात्र छ. यसबाट मैले फोन लाइ ‘बिहान यतिबजे उठाउनु’, ‘फलानो ठाउमा जान सम्झाउनु’, बाहिर तापक्रम कति छ’, पानी परेको छ कि? जस्ता कुरा सोध्छु.
    – अनि फोन गर्न प्रयोग गर्छु.
    🙂
    – अनि फोन पनि गर्छु. 🙂

    Reply
    1. Sisir says:
      June 11, 2012 at 11:30 am

      फोन भन्दा इन्टरनेटको लागि बडी प्रयोग गर्छु भने कुरै खत्तम ..तपैले प्रयोग गर्ने सुबिधाको लागि iphone 4s जस्तो महँगो फोन नै चाहिन्छ भन्ने केहि छैन साम्सुंगको १५-२५ हजारको किफयेती स्मार्ट फोन मै ति अदिकाम्स सुबिधा छ, तेसैले साम्सुंग अहिले संसारकै एक नम्बर स्मार्ट फोन बनेको … apps त आफ्नो रोजाई हो जति राखेनी भो …
      आखिर स्मार्ट फोन भनेकै फोन कम इन्टरनेट ज्यादा हो ..

      Reply
      1. Daya says:
        June 11, 2012 at 8:07 pm

        स्यामसंग् एक नम्बर सस्तो भएर भएको हो, राम्रो भएर होइन।

        Reply
        1. Sisir says:
          June 12, 2012 at 10:50 am

          As of date Samsung is not only number one in smart phone but also number on consumers electronic brand in the world not just because it is cheap but also due to its reliability and durability and versatility .. The main thing is the money you pay and the money value of the item you get ..

          Reply
          1. ashes says:
            June 13, 2012 at 6:31 pm

            सम्सुंग फोन reliable and durable यो कुरा मा चहि अलिक मलाई हजम भएन ! सम्सुंग को mobile phone, Smart phone, galaxy S, SII, digital camera, Flatscreen TV, refrigerator सबै प्रयोग गरियो तर मलाई कुनै पनि अवस्था मा सम्सुंगको product durable and reliable लागेन ! तर जे भए पनि सम्सुंग ले अरु ब्रान्ड लाई tough competetion दिएकै छ ! त्यसै ले बाद्य भएर पनि सम्सुंग को product हरु प्रोयोग गरेकै छु !

            Reply
    2. रोशन बाबु says:
      June 11, 2012 at 11:50 am

      ए हो र भन्या ??? म त iPhone ले फोन मात्र गर्छु !! LOL iPhone को एति धेरै उपयोगिता थाहा नै पो थिएन त हामीलाई !!बेकार म ७०० यूरो हालेर ६४ GB को iPhone किनियेछ !! tait !! 😀

      Reply
      1. Daya says:
        June 11, 2012 at 8:09 pm

        त्यति धेरै हालेर किन्नु भएछ है? कति धनि हजुर त?

        Reply
        1. रोशन बाबु says:
          June 12, 2012 at 1:44 am

          iPhone 4GS गएको वर्ष बजार मा निस्कन साथ् के के न होला भनेरकिनी हालियो !! अहिले iPhone 5G को हल्ला चलेको सुन्दा बेक्कार मा किने जस्तै लागि राको छ ! धनि भएर किनेको हैन … तेस्तो सारो धनि भाको भए यो युरोपको चिसोमा बिद्यार्थी भएर दु:ख पाउने मलाई कुनै रहर थिएन … नया प्रबिधिप्रतिको आशक्तिले गर्दा किनेको हो !!…. दिन दिनै हुने प्रबिधि को विकासले confusion मात्र create गर्छ, यो राम्रो हो कि त्यो राम्रो हो भनेर !!!

          Reply
          1. Tenzing Gaba says:
            June 14, 2012 at 7:26 am

            राम! राम!! राम!!!
            मित्रलाई डुबाए जस्तो छ /
            iPhone 4GS भन्ने फोन त् आज सम्म Apple ले निकाले को नै छैन नि / खास्सा तिर चाही पाइन्छ क्यारे 5G , 6G , 7G सम्म /
            हाल सम्म apple ले निकालेको मोडेलहरु
            Iphone
            Iphone 3G
            Iphone 3Gs
            Iphone 4
            Iphone 4s
            यी बाहेक अन्य सबै नक्कली हुन् भनेर बुझ्दा कसैलाई पनि घाटा छैन /

            जदौ

            Reply
    3. shailendra dhakal says:
      June 11, 2012 at 7:58 pm

      एनड्रोएडको सामान्य फोनमा पनि लगभग सम्पूर्ण माथिका सुबिधा पाइन्छ.अनि एप्पल अप्प्सको लागि आइपोड ४ किने सबै सुभिदा चलाउन सकिन्छ.७००,युरो अनि कति हो डलरको फोन किन्नु पर्दैन.अनि चौथो गेनेरेसन को फोन मात्र भएर नि हुन्न साथी तेस्को लागि तेही नेटवर्क नि चाहिन्छ .म चै गेम खेल्न मात्र प्रयोग गर्छु टोइत!!

      Reply
      1. Daya says:
        June 12, 2012 at 12:06 am

        If you just want to avoid iphone, you can say anything. I never said Iphone is the only smart phone. You can use android as well. I don’t know where you are, but in USA, the price for iphone is similar to good android phones. If you don’t have network, I don’t know why you use smartphones. At least you need wifi so that you can make use of these phones. I also don’t understand what you mean by ipod 4. And finally, if you want to use anything and you have worked hard enough to make some money, it’s worth spending money.

        Reply
        1. shailendra dhakal says:
          June 14, 2012 at 5:11 am

          i dont take advice from retard people.daya doesnt know what is iPod 4 LOL. iPod 4 is forth generations iPod .i has same retina display and same apps store almost same features.same screen size and same IOS.most of the app are prepared for using both ipod and iphone. 90% of feature you listed on previous comment can also perform iPod 4.compare between two of them ipod is way worth buying.and one more thing 4g is useless if u dont have 4g network.3g and 4g doesnt matter if you are user of wifi.4g is kind of network and 4g phone can support it.3g is still able to access fast internet thugh.4g network is only available in certain place yet.just take it to your humla jumla and see how does it work lol. i have both iPod and iphone. i pod,i am using for playing games only i said

          Reply
          1. Daya says:
            June 15, 2012 at 2:52 am

            4th generation iPod is not called iPod 4. It’s just ‘iPod touch’. http://store.apple.com/us/browse/home/shop_ipod/family/ipod_touch
            Thanks for calling me retarded. You seem very smart.

            Reply
      2. रोशन बाबु says:
        June 12, 2012 at 1:51 am

        साथि Android को फोनहरुमा siri ,iCloud र Apple को जति app हरु चाहिं हुन्नन् !! उसै Steve Jobs popular भाको हो र ????

        सुबिधा भएर मात्र भएन नि साथि …गुणस्तरीय सुबिधा हुनु पर्यो नि !! मेरो लागि त् Android को Smartsphone भन्दा त iPhone नै राम्रो हो !! iPod 4 पनि राम्रो बिकल्प हो !! तेस्मा दुइमत नै छैन !!

        Reply
  42. AShok subedi, Canberra Australia says:
    June 11, 2012 at 3:37 am

    ” हामी हेर्न सक्छु यी नेताहरुमा कुनै बिबेक छैन किनकी अरुलाई उपदेस दिन जती सजिलो छ नि तेतीनै गाह्रो छ आफ्नो जिबनमा लागु गर्न्को लगी । प्रचण्ड घर्को कुरा हेर्नुस बुहारीले दाईजो लेएन बह्नेर सम्धबिछेद गरन लज्ञे तेस्तै सी पी गजुरेल आफ्नो छोरालाई, यैस्तै कार्यएले पनि देखौछ कि यीनी हरु कती घाटइयाछन भनेर्, अब र यो फोन को कुर, जनतलाई समान्आ आधिकर कुरा गर्ने मन्छेले फोन मात्र नेपाली रु ८०,००० बोकछन भने सोचनिए कुरा छ कि यीले पर्‍योग गर्ने अरु समान्आ कती मुल्लेक होलन बह्नेर । जनतलाई मुक्ती दिने भनेको त हातीको देखौने दात मात्र हो । मैले यही न्युज हेरेको थिए सीपी गजुरेल अप्प्ले को इपेद चलएको, यी सबै चोर र देस द्रोही हुन यी सबैलाई मर्नु पर्छ अनि मात्र देसमा शान्ती लगएत देश ले पनि बीकास को मुहार फेर्न पौनेछ, ए नै हुन देशका उदुस हरु ।”

    Reply
  43. Samsundar says:
    June 11, 2012 at 2:56 am

    मोअबादी सर्वहारा नेता ज्यु हरु को ६ लाख को पलंग , २५ लाख को घडी , डेढ करोड को पजेरो गाडी र निवास १० करोड को लैनचौर को दरवारमा हुदा अब त्यसै अनुरुप सुहाउदो आइ -प्याड र आइ -फोन मा बानि हुनु स्वाभिकै होइन र ? येश कुरामा पनि फेरी सगरमाथा चड्न ५ करोड जाबो मात्र , त्यो पनि बाबुराम अंकल पी एम भएको बेला माग्दा को जस्तो बबण्डर गर्नु पर्ने के छ र ? मा कु ने ले ब्लैक बेरी ( आफु जस्तै डुब्न लागेको कम्पनी) छान्नु र सुशील र राम्चंद्रे ले आफु जस्तै आउट अफ डेट पुरात्वत्विक सेट चलाउनु पनि आशा अनुरुप नै लाग्यो ! मलाई बरु बाबुराम ले कुन सेट चलाउदा रहेछन जान्न मन छ , कहिँ शेर्पा गाडी जस्तै नेपाल मै बनेको सेट त प्रयोग गर्दैनन् , तर गरेका भए बाबुराम ले एस्तो कार्य को प्रचार , शेर्पा गाडी/सरसफाई जस्तै , गर्न किन पछी परेछन कुन्नि ??

    Reply
  44. Ujwal says:
    June 11, 2012 at 2:56 am

    बल्ल कुरो बुझियो, संबिधान किन बनेन भनेको त सहमति गर्ने बेलामा गेम खेलेर बस्थे होलान अनि का बाट बन्थ्यो त 🙂

    Reply
  45. surya says:
    June 11, 2012 at 2:53 am

    कहिले पनि firmware update पनि गरेको छैन होला कहाँ बाट apps चलाउन जान्नु नि .

    Reply
  46. बिस्वाश says:
    June 11, 2012 at 2:51 am

    अरुको त था छैन मैले चाही फोन को साधारण प्रयोग बाहेक मेरो स्मार्ट फोन यसरि सदुपयोग गर्छु …
    १.आफ्नो इमेल नित्य कार्य गर्दा गर्दै हेर्छु अनि facebook , twitter , skype आदि मार्फत संसार संग जोडिएर रहन्छु |
    २.अध्यनका लागि ebook तथा audio -visual book को मद्दतले अध्यनका सारा सामग्री फोन मै राखेर हिड्छु र बाटो हिड्दा वा यात्रा गर्दा,खाना पकाउँदा पनि headphone को मद्दतले अध्यन गर्छु |
    ३. आफूलाई उपयोगी हुने खालका सम्पूर्ण data र जानकारीलाई ebook (epub ) मा संग्रह गरि संगै राख्छु |
    ४. tv अगाडी बसेर समय बर्बाद नगरी आफूलाई पायक पर्ने समयमा त्यसै मार्फत हेर्छु |
    ५. कुनै बिशेष अबस्था र बस्तुको फोटो र भिडियो खिच्न यसैको प्रयोग गर्छु |
    आदि इत्यादि ……..

    Reply
  47. अनुराधा पौडेल says:
    June 11, 2012 at 2:22 am

    आइरन गरेको सर्ट र पाइन्ट अनि त्यो माथि कोट । हातमा सानो कालो ब्याग र ब्ल्याकबेरी । छालाका टिलीक्क टल्केका जुत्ता । फ्रान्सका बैकँरहरु अर्थात बैँकमा काम गर्ने हाकीमहरुको पहिचान हो यो । माधव कुमार नेपालको पनि यस्तै पहिचान छ कि !!

    Reply
  48. Shailendra says:
    June 11, 2012 at 2:22 am

    मेरो विचार मा Mobile राम्रो लिनुमा तेती गाली गर्नु पर्दैन तर उनले तेस्को कति उपयोग गरेको छ भन्ने कुरा हो|

    मलाई अहिले के लग्यो भने एमाओबादी हरुका नेता हरु अलि मेहनिती रहेछ किन भने उनीहरु अहिलेको एस्तो स्मार्ट फोन गर्न जान्नु भनेको नै आफ्नो ब्रेन लाई राम्रै संग उपयोग गर्न खोजेको जस्तो लग्यो| त्यो positive कुराहो| तेसैले हामीले तेती धेरै negative ढंग बाट नहेर्दा हुन्छकी!

    Reply
  49. Naresh says:
    June 11, 2012 at 1:37 am

    आफुले मेहनत गरेर पसिनाको कमाईले किन्न परेको भए थाहा पाउने थियो किमत र जे चाहिन्छ त्यो मात्र किन्ने थियो| उपहार लिएको र अरुको पैसाले जे किने नी भयो!
    अचेल भोलि सरकारी अड्डामा सानो काम गर्न पर्दा पनि एउटा मोबाईल उपहार माग्छन| जस्तो कि त्यो चाहि घुस होइन र नगद रकम मात्र घुस हो|

    Reply
  50. रोशन बाबु says:
    June 11, 2012 at 1:29 am

    हा हा हा !! iPhone प्रयोग गर्नेहरुले कुनै पनि App. राखेको छैन होला !!! देशलाई कसरि भताभुङ्ग पार्ने भनेर सोच्ने हरुलाई फेसबुकको “F” अनि ट्वीटरको “T” पनि थाहा छैन … गूगल + को त् कुरै नगरम जनतालाई अँध्यारो मा राख्ने ले के Social Site मा Update गर्थिये !!

    जय होस् हाम्रो खप्पर !!!

    Reply
  51. Ramesh says:
    June 11, 2012 at 12:16 am

    आफुले मेहेनत गरेर कमाउन पर्ने हैन प्रयोग भए नि नभए नि महंगै बोके भैगो नि | यस्ता विलासी साधन उपभोग गर्न आए स्रोत चै के होला हाम्रा नेता हरु को (चन्दा असुलेर आइफोन किन्य हैन होला .. 🙂

    Reply
  52. purushottam says:
    June 11, 2012 at 12:15 am

    हाम्रा नेताहरू सबै स्यालहरू हुन ,यिनीहरूलाई केही पनि थाहा छैन सत्ता मात्र एक यिनीहरूको फोकस हो कसरी प्रधान्मन्त्री र मन्त्री बन्ने सधैं यसैमा लागिरहन्छन ,देशको माया यिनीहरूलाई एक रती छैन ,यो स्मार्ट फोन बोक्नु सान देखाउन मात्र हो ,प्रबिधी को उपयोग गर्नु त राम्रो हो तर त्यो देश् र जनताको लागि गर्नु पर्छ पैसा कमाउने नाम् मा भस्टाचार र अनैतिक कामको लागि होईन ,प्रबिधी को उपयोग प्रबिधिकै लागि हुनु पर्‍यो ,तेसको मत्लब त्यो स्मार्ट आइ फोन बाट बिदेशि प्रबिधी र बिकाश अनि एकता कसरी सम्भब छ खोजी गर्न सक्नु पर्‍यो । लाछि दिमाग, चार चार बर्षमा एउटा संबिधान दिन नसक्नेले के आइ फोन बोक्नु लाज्मर्दो कुरा ,खोइ के दिमाग छ यिनीहरूसँग ? सडकमा गएर दुई चार सर्ब साधारण जम्मा गरेर पैसा र सत्ता को लागि भासण मात्र गर्न जान्दछ यिनीहरू ,थुक्कै गधा र मुढाहरू

    Reply
  53. Youba Raj says:
    June 10, 2012 at 11:43 pm

    माओबादी नया पाटी भएर नया निस्केको आइफोन लिएका होलान..!! बिदेसमा आइफोनबाट फेसबुक,ट्युटर जस्ता सामाजिक साइट चलाएर आफ्नो मत सबैलाई बाद्छन र सुझाब लिने काम गर्छन !! केहि जरुरि मिटिंग गर्नु परे यसमा भएको सबैलाई एकै चोटी सन्देस दिन सकिने फिचरको प्रयोग गरि सन्देस दिन्छन…..!! मिटिंग,भेटघाट अथवा कुनै पनि कार्यक्रमको सुची नोट गर्छन र समय मिलाउछन.. अटोमेटिक जानकारी पाउने अलरामले गर्दा उनिहरुलाई ठिक समयमा तयार हुन् सुचित गर्छ ……….आदि आदि

    Reply
  54. arun says:
    June 10, 2012 at 11:30 pm

    विदेश मा त फोन मा नेता हरु प्राय text मेस्सेज प्रयोग गर्छन र फेसबुक twitter जस्ता सामाजिक संजाल का site हरु बाट आफु लाइ जनता र कार्यकर्ता बीच update गरि रहे का हुन्छन हाम्रो देश मा जस्तो वोल्लो डाँडा बाट पल्लो डांडा सम्म सुनिने गरि mobile कुरा गरे को पनि देखिदैन फेरी नेपाल मा iphone को application हरु use गर्न पनि जान्नु र dollar मा pay गर्न सक्नु पर्यो नि. प्रबिधि संग तेस्तो फमिलिएर हुने नेता भय को भय देश मा बिज्ञान प्रबिधि को किन त्यो बिजोग हुने थियो र ? हाम्रो नेता भनौदा हरु लाई गुन्डागर्दी र भ्रस्टचार गर्न मात्र आउछ.

    Reply
    1. दिनेश बजगाईं says:
      June 12, 2012 at 6:32 pm

      “विदेश मा त फोन मा नेता हरु प्राय text मेस्सेज प्रयोग गर्छन”
      अरुण जी लाई ओबामा ले भनेको होला |

      Reply
  55. arun says:
    June 10, 2012 at 11:22 pm

    विदेश मा त फोन मा नेता हरु प्राय text मेस्सेज प्रयोग गर्छन र फेसबुक twitter जस्ता सामाजिक संजाल का site हरु बाट आफु लाइ जनता र कार्यकर्ता बीच update गरि rah

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme