Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्यायाधीशलाई गोली हान्ने यस्तो अनुहारको

Posted on June 7, 2012June 7, 2012 by Salokya


पुलिसले आज न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्नेमध्ये एकको स्केच सार्वजनिक गरेको छ। त्यतिबेला मास्क लगाएको भएर यति मात्र स्केच सार्वजनिक गरिएको रहेछ। घटनाको प्रत्यक्षदर्शीको बयानको आधारमा घटनामा संलग्न एक व्यक्तिको हुलिया यस्तो भनिएको छ- गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, अनुहारमा खटिराहरु भएको, आर्मी पुलिसको जस्तो छोटो कपाल काटेको, खाइलाग्दो जिउडाल भएको, अं. ५ फिट ६ इन्च उचाई भएको, मंगोल समुदायको जस्तो देखिने अं. वर्ष २७।२८ को पुरुष।

विज्ञप्तिमा थप यस्तो छ-
यस अनुसन्धान समितीलाई हत्याको सम्बन्धमा महत्वपूर्ण सूचना दिने व्यक्तीलाई उचित पुरस्कार प्रदान गरिने छ साथै सूचनादाताको परिचय गोप्य राखिने छ ।

यो घटना ULTRA MODERN ORGANIZED CRIME को विशेषतायुक्त भएकोले यस्ता अपराध बिरुद्ध Systematic & Scientific Approach of Investigation अवलम्बन गरी हामी घटनाको गहिराई सम्म पुग्न प्रयासरत छौं । अपराधका विविध पक्ष, प्राप्त सूचना र प्रमाणहरुको सुक्ष्म अध्ययन विश्लेषणको विधी अख्तियार गरी अनुसन्धानलाई तिव्रता दिईएको छ । बिगतमा भएका अन्य गम्भीर प्रकृतीका अपराधहरुको अनुसन्धानबाट प्राप्त ज्ञान, सिप र प्रविधीको प्रयोग गर्दै यो अपराधको अनुसन्धानलाई प्रमाणमुखी बनाउन गहन अपराध अनुसन्धानमा दक्ष प्रहरी जनशक्ती अहोरात्र क्रियाशिल रहेका छन् ।

घटनासँग सम्बन्धित देहायमा उल्लेख गरिए जस्ता कुनै पनि सूचना तथा जानकारी भए निम्न मोबाइल नंवरहरुमा खबर गरिदिन हुन अनुसन्धान समिति हार्दिक आग्रह गर्दछ ।
निम्न:
 तपाईको नजिकमा कोही कसैले मिति २०६९।०२।१८ गते सम्म पल्सर मोटरसाइकल चढ्ने गरेको र त्यसपछि नचढ्ने गरेको भएमा।
 तपाईको घर भाडामा बस्ने कोही व्यक्ति घटनाको दिनपछि अचानक कहीं कतै कोठा सरेमा वा सम्पर्कमा नआएमा।
 घटनालाई प्रत्यक्ष रुपमा देखेर पनि कुनै डर, त्रास वा अन्य कारणले कसैलाई नबताउनु भएकोमा।
 अनुसन्धानमा सहयोग पुग्ने अन्य कुनै जानकारी भएमा।
सम्पर्कको लागि: (१) ९८५१०४२४१२ (२) ९८५१०५२७७० (३) ९८५१११५०७७

[प्रहरीले सुरुमा पठाएको विज्ञप्तिमा संशोधन गरी अर्को विज्ञप्ति पठाएकोले त्यसै अनुसार माथि पनि संशोधन गरिएको छ]

22 thoughts on “न्यायाधीशलाई गोली हान्ने यस्तो अनुहारको”

  1. Tashi says:
    June 8, 2012 at 11:15 pm

    Ha Ha What a joke. If someboday has been riding pulsar bike and then he suddenly stops using it then should he be taken to the police custody. What a nonsense. There are many reason for not riding bikes. May be becasue of work abroad. May be because of work out of valley. They are saying that the shooter had very short hari. So all the police and army personnal have short hari. All the police too should be taken to custody and questioned why only to the pulsar bike riders. When the shooter was putting on the face then i am sure the nose of the shooter also will be covered. How the hell did police come to know that the shooter is from a Mongolian society. Are they underestimating Mongolians? If police doesn’t have any appropriate proof then they should shut their mouth and perform their duty honesty.

    Reply
  2. Manoj Ghimire says:
    June 8, 2012 at 3:55 pm

    नेपाली पुलिसलाई हामी सबैले सघाउन पर्छ, अपराद मुक्त समाज बनाउन सबै एक जुट हुनै पर्छ

    Reply
    1. Tashi says:
      June 9, 2012 at 11:30 am

      नेपाली पोलिसलाइ के सघाउने र… पुलिसले नै अपराधिलै सगैरहेको हुन्छ… थुप्रै पैसा लिएर.. यो नै सत्य हो .. पैसा देक्यो बने त महादेवको तेस्रो आँखा खुल्छ रे… होइन त साथीहरु ….

      Reply
  3. Gahan says:
    June 8, 2012 at 1:48 pm

    चालक र राम गिरि संगको सोधपुछ पनि प्रकाशमा आए राम्रो हुने थियो| बडीगार्डको त् आईसक्यो|
    पल्सर चोरीको थियो भने कसरि र कसले गरेको खोजी बाट पनि सुत्र फेला परेको होला| शहरमा जनसंख्याको चाप यसरी बढेको छ कुनै पनि यस्ता घटना कसैले न कसैले नदेखी भएको हुन् सक्दैन|

    Reply
  4. B Sharma says:
    June 8, 2012 at 1:32 pm

    Late or soon Nepal Police will success to tap the criminal. But no politics should be color in this case. Police Investigation should be fair. Public people also should help the police to get the successful result in time.

    Reply
  5. santosh says:
    June 8, 2012 at 1:14 pm

    नेपाल प्रहरी अपराध अनुसन्धान मा ज्यादै चतुर छ. त्यो कार ड्राइभर लाइ पकडेर थुनेको भए त अपराधी हरु झन् भाग्ने सम्भावना हुन्छ नि त तसैले तेस्लाई तारेख मा छोडेर तेस्ले को को संग सम्पर्क गर्छ या उसलाई कस कस ले सम्पर्क या भेट गर्छन सुस्म रुप ले अनुसन्धान गर्छ . अनि अपराधी लाइ पता लगाउछ . मेरो विचार मा.

    Reply
    1. mohan pun says:
      June 8, 2012 at 2:29 pm

      सन्तोष जी कुरा त ठिकै हो तर अपराधीले उसैलाईपनि जेलबाट निक्लदा साथ मार्दिन्छ नि /
      कम्सिकम driver त हातमा आछ्नी ….

      Reply
  6. paru sherestha says:
    June 8, 2012 at 12:26 pm

    गाडी चालक को पनि केहि मिलेमतो भयको जस्तो घटना हेर्दा किन कि दिपक राज गिरि को बाबु लाइ समेत गोलि हान्यो तर चालक लाई किन गोलि हानेंन ??
    चालक को राम्रो नीति भयको भय गोलि हान्न थाले पछी तेही नजिक को पुलिस लाइ खबर गर्न सक्थ्यो के हेरेर बस्यो त्

    Reply
  7. Sisir says:
    June 8, 2012 at 11:30 am

    सिमित साधन स्रोतका बाबजुद नेपाल पुलिसको अनुसन्धान पद्दति दछिड एशियामै उत्कृस्ट मध्ये मानिन्छ … बिदेशमा प्रसस्त आधुनिक तालिमहरु लिएका हुन्छन .. दिलो चाडो हत्यारा पत्ता लाग्नेनै छ ..
    जमिम शाह , फैजल अलि , मिर्जा दिलसाद , पाकिस्तानी कुटनीतिज्ञ कर्मचारी (अनिश अन्सारी सहित सबै सिकार नेपाली मुस्लिम हुन् ) आदि माथि गोलि प्रहार गर्ने सबै भारतीय हत्याराहरुको समेत नेपाल पुलिसले पहिचान गरिसकेकै हो तर ति सबै भारतीय गुप्तचरी एजेन्ट RAW को योजनमा (केहि भारतीय पुलिस र ब्यबसायिक हत्यार प्रयोग गरि ) भएको हुदा भारतीय सहयोग नहुदा मात्र पक्डाउ पर्न नसकेका हुन् …
    नेपाल पुलिसको ठुलो रोग भ्रस्टाचार, ढिलासुस्ती, नेताको चाकरीले गर्दा नै यो संस्था जनताको नजरमा खस्केको हो ..

    Reply
  8. SURENDRA SUBEDI hongkong says:
    June 8, 2012 at 9:45 am

    जे भए पनि नेपाल पुलिस को अनुसन्धान लाई सबै ले सहयोग गरौ / नेता फटाहा भएको ले,समय मा कडा कानुन न बनाएकोले गर्दा मारिने ,अपहरण ,लुट ,बलात्कार जस्ता काम ले प्रसय पाएको छ/ यस्तो जझन्य अपराद गर्ने लाई मेरो बस भए त सोझै फासी को सजाय दिने थिए / जे होस् नेता हरु को कमजोरी को फाइदा यस्ता मान्छे हरु ले उठाई रहेछन /जब सम्म शान्ति,स्थिरता,कानुनी साशन को प्रत्याभूति हुन्न तब सम्म नेपाल मा हुने नै यस्तै हो भन्ने हाम्लाई लाई रहेकोछ /

    Reply
  9. Bikram says:
    June 8, 2012 at 8:33 am

    Police should check all the CC camera in between pashupati and incident sight. Could be CC cameras of ATM facing to the street.

    Reply
    1. Sisir says:
      June 8, 2012 at 11:00 am

      पशुपति कि बगलामुखी ??

      Reply
  10. xyz says:
    June 8, 2012 at 6:57 am

    “ULTRA MODERN ORGANIZED क्रिमे” “Systematic & Scientific Approach of इन्वेस्तिगेशन” माने बा माने नेपाल प्रहरी को अंग्रेजी को प्रयोग
    एउटा कुरा ख्याल गरौ विवरण कुनै पनि पत्रकार संग नमिलोस

    Reply
  11. योगेश आदी, न्यूयोर्क says:
    June 8, 2012 at 6:55 am

    नेपाल प्रहरीको क्षमता उच्च छ, उही नेताहरूको फोनले बेला-बेलामा मनोबल नगिराउने हो भने; दक्ष छ /
    Good Luck… सत्य सेवा सुरक्षणम….!!

    Reply
  12. Magar Sudhar says:
    June 8, 2012 at 6:35 am

    नेपाल प्रहरी अनुशंधन्मा चुसत छ, एक दिन सत्य पता लाग्छ

    Reply
  13. siru says:
    June 7, 2012 at 11:25 pm

    नेपालको पुलिस निकै राम्रो काम गरेको छ एस्लाई हिजो चितवन मा जस्तो नगरी सबै ले सहयोग गर्न जरुरि छ

    Reply
  14. narendra says:
    June 7, 2012 at 9:51 pm

    खुरुक त्यो चालकलाइ समातेर राम्रो संग सोधनी पुछानी गरेमा यसको सबै जानकारी पत्ता लाग्छ. उसको सगलानाता यसमा पुरा छ. घटनाको प्रकृति बाट नै चालकले कारबाट भाग्नु अनि त्यति फरकमा पनि कारलाई ब्याक नगरी सुटरलाइ सजिलो बनाउनु चालकको लापरबाही होइनकी मिलोमोतो हो भन्ने आशंका लाग्छ.

    Reply
  15. kiran thapa u.s.a. says:
    June 7, 2012 at 8:48 pm

    पुलिसको बिज्ञप्ति धेरैनै राम्रो छ | बिगतमा त ! डा.भक्तमान को जस्तो केशमा र विभिन्न जटिल केसहरूमा सफलता हासिल गरेकोनै हो | अहिले सम्म एउटा संसद त जेल्मानै छ, र कति भिटोवाला संसदहरुत समाउन नै सकेको छैन | हेर्दै जाम् के के हुन्छ |

    Reply
    1. krishna k.c. says:
      June 8, 2012 at 12:30 pm

      नेपाल प्रहरी ले अपराधीलाई समाएपानी राजनीतिको खोल ओडेर हिडेका डाँका हरुले उम्काउन सक्छन् डन पालेर राजनीति गर्नेको अगाडी सोझा साझा प्रहरीको पनि केहिलाग्दैन | बम लाइ राजनीतिको ,इशु बनाइएको छ हत्तेरा पनि राजनीति गर्नेका पालुवा डन चमेरा र धमिरा बाटै खोज्नेहो भने पत्ता लाग्न सक्छ |

      Reply
  16. Bhakta Gurung Boston USA says:
    June 7, 2012 at 8:25 pm

    हत्यारा! हत्यारा!! हत्यारा!!! चाडै पत्ता लाग्ला किनकि नेपाल प्रहरीको अनुसन्धान ब्युरो अत्यन्त सक्षम छ!

    Reply
  17. अर्जुन says:
    June 7, 2012 at 8:14 pm

    चाडै रिजल्ट आओस। तर मास्क लगाएको मान्छेको पातलो दाह्री पालेको भनेर कसी भनियो कुन्नी। दाह्रीनै देखिने गरी कसरी मास्क लागाएछन् यी हत्याराले? की नेवार र मंगोलहरुको दारी पातलै हुन्छ भनेर भनिएको हो? प्रस्ट भएन है मलाई।
    जे होस प्रशाशन लागेकै छ यसको पछाडि। यो घटनाले गर्दा निकै ठुलो पाठ सिक्दैछन्। किन कि योजनाबद्द अपराध गर्दाअपराधीले आफूलाई बचाउने सम्पुर्ण उपाए अपनाउ छन्। हाम्रो प्रबिधि र चुस्तता निकै ठूलो हुन जरुरी छ।
    अपराधीलाई बडिगार्डले तानेका थियो भन्ने बित्तिकै बडिगार्डको हातमा अपराधीको DNA स्याप्पल, रौ वा लिपिड् हरु लागेको हुन सक्छ वा उस्ले लगाउने कपडाका साना भुवाहरु टासिएका हुन सक्छन्। त्यसले केही ईनफर्मेसनहरु दिन सक्थ्यो की? त्यस तिर ध्यान गयो कि गएन कुन्नी?

    Reply
  18. Ashok says:
    June 7, 2012 at 7:30 pm

    तल को पोइन्ट चै अलि भएन है.

    तपाईको नजिकमा कोही कसैले बिगतमा पल्सर मोटरसाइकल चढ्ने गरेको र हाल नचढ्ने गरेको भएमा ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme