Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसार पाठक प्रभाव : रोयटर्सले माफी त मागेन, तर गल्ती सच्यायो

Posted on June 6, 2012June 7, 2012 by Salokya

रोयटर्स अलर्टनेटको फेसबुक पेजमा गल्ती सच्याउन दबाब
नेपालको दोस्रो बढी बोलिने भाषा तिब्बती र दोस्रो ठूलो जाति बिहारी लगायतका हास्यास्पद, वाहियात तथ्य राख्ने रोयटर्सको अलर्टनेटलाई गल्ती सच्याउन लगाउन माइसंसारका पाठकहरु सफल भएका छन्। माइसंसारका पाठकहरुले यस्तो अभियान थालेको २४ घण्टा नबित्दै आज राति रोयटर्सले गल्ती सच्याएको हो। यहाँ हेर्नुस्।

माइसंसारले रोयटर्सको गल्ती औँल्याउदै ब्लग लेखेपछि विश्वभरबाट पाठकहरुले रोयटर्सको साइटमा, उसको फेसबुक पेजमा गएर गल्ती सच्याउन दबाब दिएका थिए।

रोयटर्सको अलर्टनेटमा राखिएको नेपालको कन्ट्री प्रोफाइलमा अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ नै भएको छ। यसअघि झण्डै सात हजार वर्ग किलोमिटर जग्गा ‘पच’ गरेर १ लाख ४० हजार ८ सय वर्ग किलोमिटर लेखिएको थियो।

त्यसैगरी दोस्रो बढी बोलिने भाषामा तिब्बतीलाई हटाएर मैथिली राखिएको छ। हिन्दु आधिकारिक धर्म रहेको तथ्य पनि सच्याइएको छ।

पहिलो जाति नेपाली अनि दोस्रो ठूलो जाति बिहारी भनेर कतै हुँदै नभएको जाति उल्लेख गर्ने रोयटर्सले अब भने त्यसलाई पनि सच्याएको छ।

यति ठूलो गल्ती गरेर सच्याइसक्दा पनि रोयटर्सले फेसबुक पेजमा सामान्य औपचारिकताका लागि पनि माफी मागेको छैन। गल्ती औँल्याइदिनेहरुलाई धन्यवाद मात्रै दिएका छन् उनीहरुले।

देशको सही सूचना विदेशीलाई थाहा दिनुपर्छ भनी अभियान चलाउने माइसंसारका सबै पाठकलाई धन्यवाद!

अझै गल्ती छन्
माइसंसारका पाठकले जे जे गल्ती औँल्याएका हुन्, त्यही मात्र सच्याइएको छ। बाँकी गल्तीहरु भने जस्ताको तस्तै छन्। संविधान सभा भंग भएको दुई साता पुग्न लाग्दा पनि साइटमा अझै लेखिएको छ-
Nepal’s only legislative body, the Constituent Assembly, is currently rewriting the country’s constitution.

हिजोको ब्लग

हाम्रो नेपालमा तिब्बती दोस्रो बढी बोलिने भाषा भएछ, अनि दोस्रो ठूलो जाति चैँ बिहारी रे

रोयटर्सलाई गल्ती सच्याउन दबाब दिउँ


माथिको हेडलाइन पढ्ने बित्तिकै कुन चाहिँ पागलको बरबराहट हो यो भन्ने लागिसक्यो होला तपाईँलाई। तर त्यस्तो हैन, यो त नाम चलेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको अलर्टनेटमा राखिएको नेपाल देशको विवरण हो। यहाँ क्लिक गरी हेर्नुस् त त्यो साइटमा के-केसम्म लेखिएको छ? जसले पनि सम्पादन गर्न सक्ने विकिपिडियामा यस्तो लेखिएको भए कुन चैँ उपद्र्याहाले बिगारिदिएको होला भन्दै सच्याउनेहरु हुन्थे। तर हेर्नुस् त बेलायती समाचार एजेन्सीको दुर्गति! अर्काको देशबारे यसो खोजेर लेख्‍नु नि। नेपालमा कहिलेदेखि तिब्बती भाषा दोस्रो बढी बोलिने भाषा हुन थाल्यो ? त्यसमा लेखिएको छ- Language: The official language is Nepali, but is only spoken by about half the population. There are numerous other languages, with Tibetan being the second most common language.

अनि नेपालको जातिका बारेमा यस्तो लेखिएको छ-
Ethnic Group: Nepali 53 percent, Bihari 18 percent. Other ethnic groups include the Tharu, Tamang, Newar, Magar and Abadhi.

५३ प्रतिशत चैँ नेपाली छन् रे। कस्तो ‘नेपाली’ भनेका हुन् कुन्नि। अनि बिहारी चाहिँ १८ प्रतिशत रे। बिहारी कहिलेदेखि नेपालको जाति हुन थाल्यो ?

त्यस्तै नेपालको कूल क्षेत्रफल पनि उसले गलत लेखेको छ। क्षेत्रफल १ लाख ४० हजार ८ सय वर्ग किलोमिटर भनिएको छ। कलेजमा ‘नेपाल परिचय’ भन्ने विषय पढ्नुभएको तपाईँहरुले याद गर्नुभएको हुनुपर्छ, हामीले पढ्थ्यौँ- नेपालको क्षेत्रफल- १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर। ७ हजार चानचुन जग्गा कता हराएछ त ?

यही रोयटर्सले नै झण्डै छ वर्षअगाडि नेपालको क्षेत्रफल १ लाख ४७ हजार वर्गकिलोमिटर लेखेको थियो। त्यतिबेला माइसंसारले लेखेको ब्लग पढ्न क्लिक गर्नुस‌्। अहिले ७ हजार चानचुन वर्गकिलोमिटर जग्गा कता हरायो रोयटर्स ? के कुनै देशको क्षेत्रफल भनेको जनसंख्या जस्तै वर्षैपिच्छे घट्ने/बढ्ने हुन्छ र ?

अनि नेपालको आधिकारिक धर्म हिन्दु भनेर त्यसमा लेखिएको छ। नेपालको अहिले आधिकारिक (अफिसियल) धर्म छ र ?

विरोध गरौँ

रोयटर्सको यो गल्तीलाई सच्याई माफी मगाउन जरुरी छ। नत्र नेपालको बारेमा यसले विश्वभर गलत सन्देश दिनेछ। कृपया यहाँ क्लिक गरी गलत सूचना राखेकोमा विरोध गर्दै माफी माग्न सभ्य भाषामा अनुरोध गरौँ।

फेसबुकमा हुनुहुन्छ भने तलको साइटमा गएर विरोधका आवाज घन्का‌औँ
http://www.facebook.com/TRFAlertNet

ट्विटरमा हुनुहुन्छ भने @alernet मेन्सन गरी विरोध गरौँ।

34 thoughts on “माइसंसार पाठक प्रभाव : रोयटर्सले माफी त मागेन, तर गल्ती सच्यायो”

  1. Deepak says:
    June 7, 2012 at 9:15 pm

    सप्पैले हेप्छन हाम्लाइ…..पिर लाग्छ….कतै एकान्तमा बसेर धुरुधुरु रून मन लाग्छ…

    Reply
  2. rojan says:
    June 7, 2012 at 9:07 pm

    माइ संसार को प्रभाव यहाँ बाट पनि प्रस्ट हुन्छ..देश का नेता हरु ले त देश कता गयो देश को के हाल हुदैछ कहिले चासो लिएनन् माइ संसार कै आशा छ विश्व भर का नेपाली लाइ संधै यसरि हरेक कुरा मा सचेत अनि अवगत गराइराख्नुस् सालोक जी.अब सिमा मा हराएका ७२ ओटा जंगे पिल्लर का कुरा लाई पनि उठाउने हो कि?

    Reply
  3. Chanakya Sharma says:
    June 7, 2012 at 12:29 pm

    Still there are huge and blunder mistakes like – ”Language: The official language is Nepali, spoken by 47.8 percent of the population. There are numerous other languages, with Maithali being the second most common language.” which is unbearable mistake. In fact, according to the recent census and previous census,-for the footnote of census checkhttp://census.gov.np/ Nepali language is spoken by around 70% of the whole population. As the given mistake of 47.8% is a open and grave threat to the Nepali language. By and large, such grave mistake ultimately may help to those who are barking for the Hindi language for giving as a major status in Nepal which is and will be greater threat for the Nepal and Nepali identity. So please all, once again inform and direct to this concern body to make corrections.

    Thanking you all for your supports.

    Reply
  4. bkpandey says:
    June 7, 2012 at 4:17 am

    साथी हो यो चाही माई संसार लाई मात्र होइन दुनियाभरी को स्वतन्त्र जनताले के संदेश पाएका छन् कि 21st सताब्दिमा press पनि bias भए पछी सायद माई संसार जस्तो माध्यम सम्पूर्ण जगतमा उपलब्ध गराउन पर्ने मैले देखे किनकी reuter जस्तो ले त गलत सुचना दिने भएपछी नेपालका पत्रकार ( धमला!!!) ,जसले महिनौ देखि तलब पाएका छैनन् कसरि निस्पछ्य समाचार दिन सक्छन!!!! सलोक्याजी बधाई छ .१९९० देखि प्रजातन्त्र को नाउमा कांग्रेस र उनका चम्चा ले बृहत भ्रताचार गरि पैसा छापे,त्यसपछि एमाले त जसरि भए पनि पैसा छाप्नु पर्छ भनेर गुन्डा को सुरछ्या गरि कमिसन पनि खाई राखेको बेला अनि माओबादी पनि खोइ के भन्ने आफै आफैमा काटमार गर्छन , रिमोट कन्ट्रोल देल्हीमा छ, अब कसले गरिब नेपाली लाई राहत दिने भनेर प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र यायो तर यसले पनि बिभिन्न बन्द,हड्ताल गरि मजदुर र यिनका परिवार लाई भोकै सुत्न पर्ने ब्यबस्था भन्दा राजा महेन्द्रको पंचायती व्यवस्था नेपालको माटो अनुकुल प्रणाली थियो. तपाई को आफ्नो विचार ???

    Reply
  5. ashok says:
    June 6, 2012 at 10:44 pm

    साथि हो, सच्चाउनु नै माफ माग्नु बराबर हो ! तर, रोइटरसले फेरी अर्को गल्ति दोहोरायो- कुनै कुनै डाटाको श्रोत केहि नै खुलाएको छैन ! मगरको जनसंख्या ७% उल्लेख गरिएको छ तर आधार के? पछिल्लो जनगणना अनुसार नेपालमा मगरको जनसंख्या १४% छ ! फेरी थारुहरुलाई अल्पसंख्याको रुपमा कुनै संख्या उल्लेख नगरिकन देखिएको छ !

    Reply
    1. Binaya Malla says:
      June 7, 2012 at 11:45 am

      रातारात डबल पो भएचन त…..फेरी पछिल्लो जनगणना को नतिजा प्रकासित भै सक्यो र ? यस्तै हिसाब ले त छेत्री हरु ३५% भए होलान…हाहाहा

      Reply
  6. Pravin Paudel says:
    June 6, 2012 at 9:40 pm

    did you guys noticed, it considers nepal to be a single point with latitude 28 degree and longitude 84 degree. It is a country, and not a point. The latitude should be from 26 to 31, and longitude from 80 to 89E. I cant believe they dont even know that…

    Reply
  7. Padam says:
    June 6, 2012 at 8:23 pm

    The Trust Principles are:

    That Thomson Reuters shall at no time pass into the hands of any one interest, group or faction;
    That the integrity, independence and freedom from bias of Thomson Reuters shall at all times be fully preserved;
    That Thomson Reuters shall supply unbiased and reliable news services to newspapers, news agencies, broadcasters and other media subscribers and to businesses governments, institutions, individuals and others with whom Thomson Reuters has or may have contracts;
    That Thomson Reuters shall pay due regard to the many interests which it serves in addition to those of the media; and
    That no effort shall be spared to expand, develop and adapt the news and other services and products so as to maintain its leading position in the international news and information business.

    Reply
  8. Keshav Bhojpure says:
    June 6, 2012 at 7:47 pm

    GMT पनि फरक छ ५.४५ हो नेपाल को तेहा ५.८ लेखेको छ !! अरु त साथीहरू ले लेखिसक्नु भएको छ !! मैले पनि बिरोध पत्र लेखि सके बाकी साथीहरूले फ्ब मा सहरे गरेर चौतर्फी बिरोध अझै गरिरहनु पर्छ !!

    Reply
    1. Krishna (...) says:
      June 6, 2012 at 10:35 pm

      It is 5.75 and will display as 5.8 if rounded up to nearest one decimal place. If you write in H:M format it is +5:45, not 5.45.

      Reply
    2. Ram Raj says:
      June 6, 2012 at 10:42 pm

      Time zone GMT +5.8 नै हो मित्र | खास मा GMT + ५:४५ लेख्नु पर्ने हो तर पोइन्ट मा भन्दा चै +५.८ नै हो |

      Reply
  9. aakash says:
    June 6, 2012 at 5:18 pm

    बिदेसी मिडिया धेरै बाठा हुन्छन् क्यारे तेसैले चिपलेका ………

    Reply
  10. Rabin says:
    June 6, 2012 at 1:37 pm

    मैले त येसो पो लेखे त:

    Dear Madam/Sir,

    Being a Nepali citizen, I am delighted to see my country information at you alertpage:
    http://www.trust.org/alertnet/country-profiles/nepal/
    However, I am appalled by the misleading information there.

    I am curious to know the source of your statistics data there. There are plenty of false information in the article regarding the language, religion, ethnic group, area and so on. Some examples include Tibetan being the second most common language there and bihari being the second most major ethnic group. These information are trying to erode the sovereignty of Nepal.

    It is totally understandable that the article is not up to date. However, we the viewers demand at least constant element like area to be accurate. Similarly, an entry with the date stating when the article was last modified would certainly help.

    I do not know if the author of the article just inserted some random data without doing actual research or deliberately trying to mislead the public. However, these tarnish your reputation as a reputable and reliable news agency.

    Finally, I hope to see a quick revised version of the article with corrections.

    Best Regards,
    Rabin

    Reply
  11. Chandru says:
    June 6, 2012 at 1:21 pm

    यो चाही मेरो चिठी …………………

    Dear sir

    Greeting from Kathmandu Nepal,

    Thank you for giving attention in our country’s structure but i am very sad after read your disseminated information about our speaking language . I would like to request you to release that articles which must be fact and don’t affect others reputation. I hope you will apologize to your fault and release new report with real searching data and facts .

    Thanks you,

    Reply
  12. Krishna says:
    June 6, 2012 at 1:18 pm

    नेपाल को कम्जोर अवस्था को फाइदा उठाएर जे पायो त्यो लेख्न त paidaina नि त….

    Reply
  13. Bijay Thapa, Saudi Arabia says:
    June 6, 2012 at 1:07 pm

    Dear sir/ madam
    I am a nepali citizen, and I was going through the informations you provided about Nepal. Some of the informations are completely wrong, and some are so ridiculous that make everyone laugh. I am not trying to offend you, but you need some studies regarding that. Few mistakes I found were, tibetian is considered to be second most speaking language. That is totally wrong, and I think almost zero percent speak tibetan language.

    The other paragraph about ethnic group says some 50% are nepali. That makes me laugh. all american citizen are american and all biritsh citizen are british. So all nepali citizen are nepali. Nepali is not ethnic group. You might have said aryan or something. And it says some percentage are bihari. What does that mean, are they from bihar India or what. I do not think that is ethnic group.
    I strongly believe that if you want to publish something, do some study and publish. Dont just put anything that your editor or reporter thinks.

    I strongly believe that you will take my advise seriously, and try to make improvement

    Reply
  14. Manoj H says:
    June 6, 2012 at 11:48 am

    यो चाही मेरो तर्फा बाट सम्पादक जिउ लै

    Hello Sir/Madam,
    I would like to have your attention regarding the following link http://www.trust.org/alertnet/country-profiles/nepal/ where the inappropriate information regarding our nation have been posted, which have offended me along with people of Nepal and those who love this country.

    The information regarding the Tibetan as second speaking language and Bihari as third is completely untrue and beside that Bihari is not by any means the ethnic group of our nation as they are the people residing in the Bihar state of India.
    So, me along with people of Nepal would like to request you for an apology for the false information provided in your link and would like to see the misleading information to be corrected ASAP. Thanking you for acting soon on this issue.

    Reply
  15. Ishwor says:
    June 6, 2012 at 10:50 am

    मेरो चिट्ठी यस प्रकारको छ :
    ====================

    Hello Sir/Madam,

    I was cought by surprise when I went through the info on Nepal in your page;

    http://www.trust.org/alertnet/country-profiles/nepal/.

    Being a Nepali, I could not resist writing to you after reading the information about Nepal and Nepalese. Most of the

    information is seemed to be published solely on assumption, no thorough research or study and review has taken

    place prior to online publication. It surely disseminates the wrong information on Nepal to the world.

    It is mentioned “Tibetan is the second most common language” which is ridiculously false and baseless.

    Furthermore, ‘Bihari’ is included in Ethnic Groups that too being shown as holding 18%. ‘Bihari’ are those who are

    belong to Bihar, India.

    I’ve never expected that such a well-known news agency could do this kind of blunder. So I humbly request you to

    rectify the error and publish the fact. I suggest you to follow the link below for real info:

    https://www.cia.gov/library/publications/the-world-factbook/geos/np.html.

    Thanks in advance.

    –Ishwor

    Reply
  16. Roshan Sharma, Australia says:
    June 6, 2012 at 10:18 am

    Overview of Reuters Journalism: Whether they are in Developed countries or Developing Countries:- “Main Stream Media is being run by Thugs in Developing Countries but Dogs are running the same on Developed Countries.”

    I vaguely remember but forgot the real issue which was highly debated topic on Mysansar:

    *** 1-2 yrs back there was something provocative information (i guess it was about the boarder issue) was published by Indian Embassey Employee whose name was similar to the Reuter’s journalist – Chhiring (छिरिंग )/ I think there is a connection between these two issues.

    As a professional and Accountable Media Houses Like Reuters it should
    Apologise for spreading biased and baseless propoganda and advise to consult relevant authorities and organisations to get to the facts before publishing any official data.

    To get the more facts about Nepal, please, contact the web site as below:

    http://www.info-nepal.com/dir/general/general.php

    Reply
  17. Ujjwal Acharya says:
    June 6, 2012 at 9:52 am

    यो पनि हेरुम –

    Religion: Hinduism, the official religion, is practised by 86 percent of the population. There are also Buddhist (8 percent), Muslim (4 percent) and Christian minorities.

    नेपालमा अझै हिन्दु धर्म official हो र?

    Reply
  18. Kirat sham says:
    June 6, 2012 at 7:18 am

    जसले जे भनेनि भैहाल्यो नि भोलि नेपाल मेरो भन्नु के बेर हैन र सरकार लाइ मतलब छैन बुद्ध भारतका हुन् भन्दा नेपाल सरकारको आधिकारिक धारणा सम्म त आएन भोलि नेपाल भन्ने प्रान्त भारत को हो भन्नु बेर लाउदैन, हामिमा चेतना जरुर हुनुपर्छा तर हाम्रो सरकारले यस्ता प्रकार कुरामा घम्भिर हुनुहुपर्छा wto मा नेपाल एक सदस्य राष्ट्र हो जहाँ geographical indication संगै patent right, copy right को नियम छ र त्यहाँ नेपाल मा मात्र हुने पाइने सम्पति हरु भारत ले आफ्नो बनाउछ, यार्सागुम्बा नेपाल मा मात्र पाइने एउटा महत्वपुर्ण जडिबुटी भारत ले आफ्नो देशमा मात्र पाइने भनेर register गर्न खोजेको कुरा कसलाई थाहा छ बासमती चामल को अधिकार भारतलाई छ तर त्यो नेपालमा नि उत्पादन हुन्छ खै त आवाज, नेपाली गलैचा को उद्योग खस्कनु नि भारत को ठुलो हात छ उसले मेरो उत्पादन भनेर विदेश मा बेच्छ अनि सर्बाधिकार WTO मा लिन्छ. यस्ता कुरा भन्दा नेपालका राजनीतिक र सत्ता पण्डित हरुले कहिले बुझ्ने नेपाल सामाजिक आर्थिक राजनीतिक संस्कृतिक रुप मा भारत बाट सोसन गर्दा हाम्रा देश चलाउने डाडु पन्यु हुने ले सोच्नु जरुरि छ

    Reply
  19. Ram says:
    June 6, 2012 at 7:03 am

    मैले त येसो पो लेखे त
    Dear Editor,
    As a citizen of Nepal it made me really sad to read completely wrong information about Nepal in your website. I would like to request you to post information based on the facts. The total area of Nepal, number of people speaking Nepali language, number of ethnic groups are everything wrong. (None of the Nepali citizen speak Tibetan language, There are no Bihari people in Nepal. Bihari refers to Indian people who lives in the Indian state of Bihar).
    It is very strange to see several mistakes about Nepal in the reputed websites like yours. I hope you will correct mistakes and pay serious attention while giving information about Nepal in future.

    web link:http://www.trust.org/alertnet/country-profiles/nepal/

    Cheers!
    Ram C Poudel

    Reply
  20. kranti says:
    June 6, 2012 at 6:07 am

    उनीहरुलाई सभ्य भाषामा कमेन्ट पठाउने कुरा त सहि भयो , गरिन्छ नै | तर नेपालको बारेमा सहि र आधिकारिक तथ्यांक के हो र कहा पाइन्छ भन्ने कुरा पनि साथसाथै पठाइदिन पाए उनीहरुले पढेर गल्ति महसुस गर्दै सच्याउथे कि !

    Reply
    1. Sisir says:
      June 6, 2012 at 11:11 am

      क्रान्ति जी ,
      दुखको साथ भन्नु पर्छ नेपाल सम्बब्धि एस्तो आधिकारिक जानकारी पाउन लगभग असम्भव प्राय छ … सरकारी website सबै झारा टार्ने खालका छन् .. सरकार कै तथ्यांक नै अलग अलग ठाउमा अलग अलग हुन्छ, update हुदैन … प्रधान मन्त्रि फेरिदा सम्म प्रधान मन्त्रीको site update हुन ३-४ दिन लाग्छ .. सरकारी चाला एस्तो छ ..

      तपाईलाई थाहै होला हामी नेपालीलाई नेपालको अधिकारिक सहि समय कति हो ,आफ्नो घडीमा के हेरेर समय सेट गर्ने हो सम्मको जानकारी सरकारले उपलब्ध गराउन सकेको छैन …बिडम्बना .. GMT कै भर पर्नु पर्छ …

      Reply
  21. bisauni says:
    June 6, 2012 at 3:04 am

    *** के लेख्ने भनी अलमल पर्नुभएको छ भने तलको कपि पेस्ट गर्दा हुन्छ Use following text if you are not sure what to write or you dont have time to type something ***
    Subject:
    Request for info correction.

    Message:
    Dear Sir/Madam,

    http://www.trust.org/alertnet/country-profiles/nepal/

    Regarding above mentioned link, information about Nepal. You have mentioned Tibetan as second Language and 18 percent Ethnic group are “Bihari”. I want to bring to your attention that Tibetan is not the second language of Nepal by any means and there is no ethnic groupd named “Bihari” in Nepal. And “Nepali” is not any ethnic group.

    I hope you will apologize to your fault and make appropriate corrections very soon. I advise you to do a research before providing information about something or somebody. Even a small research wouldn’t have resulted this kind of heavy blunder.

    Best Regards,
    ___________________
    तपाईंको नाम लेख्नुस्

    Reply
  22. avaya says:
    June 6, 2012 at 12:52 am

    It is ridiculous and unprofessional for the agency like Reuters to provide such a poor information about Nepal. There is no such an ethnic group as Nepali, is there? It says, “Nepali 53 percent, Bihari 18 percent. Other ethnic groups include the Tharu, Tamang, Newar, Magar and Abadhi.” What a ridiculous classification????

    Reply
  23. ashok says:
    June 6, 2012 at 12:49 am

    यसतो डाटालाई ट्याक्सी ड्राइभर डाटा भनिन्छ- सहि तथ्यांक संग्कलन गर्न आधिकारिक ब्यक्ती वा निकायसम्म पुग्न झमेला मानेर, अथवा पहुच नपुगेर, अथवा आवश्यक प्रक्रिया पुराउन नसकेर ट्याक्सी चड्दा ट्याक्सी ड्राइभरले दिएको तथ्यांक ! पश्चिमा मुलुकहरुले गर्ने काम नै यस्तो हो, के गर्ने ?

    Reply
  24. Pravin Paudel says:
    June 5, 2012 at 11:54 pm

    मैले पनि पठाय
    Dear sir/ madam
    I am a nepali citizen, and I was going through the informations you provided about Nepal. Some of the informations are completely wrong, and some are so ridiculous that make everyone laugh. I am not trying to offend you, but you need some studies regarding that. Few mistakes I found were, tibetian is considered to be second most speaking language. That is totally wrong, and I think almost zero percent speak tibetan language.

    The other paragraph about ethnic group says some 50% are nepali. That makes me laugh. all american citizen are american and all biritsh citizen are british. So all nepali citizen are nepali. Nepali is not ethnic group. You might have said aryan or something. And it says some percentage are bihari. What does that mean, are they from bihar India or what. I do not think that is ethnic group.
    I strongly believe that if you want to publish something, do some study and publish. Dont just put anything that your editor or reporter thinks.

    I strongly believe that you will take my advise seriously, and try to make improvement

    Thank you
    Pravin Paudel

    Reply
  25. nirudhakal says:
    June 5, 2012 at 11:26 pm

    रोयटर्स लाई माफी मात्रै ले पुग्दैन ,गल्ति अनूसार को कारबाही हुन पर्छ ,होइन भनि आफ्नु फाइदा को लागि अरुको राष्ट्र विरुद्ध जे पायो तेही बोल्नि ,लेख्नी अधिकार तेस्लाई कसले दियो ?यो ३००००००० नेपाली को र नेपाल राष्ट्र को प्रस्न हो छिट्टो उत्तर मागी पाउ,

    Reply
  26. Ashok says:
    June 5, 2012 at 11:14 pm

    after reading your post, i went to facebook of AlterNet. Saw some posts by Nepalese. n then i was shocked to see this post.

    Dear editor,

    This is Tshering Tenjing Sherpa from Nepal.
    The profile of Nepal is true. Because there are 50 % Nepalese lives Himalayan range and other cities. They almost speak Tibetan language.
    Sherpa,Yolmo,Mukumba,Lhopa, Nupripa,Denjungpa,Dokpa,Hyomopa,Limi etc all speaks tibetan language.

    But you mentioned there are Hindu majority. the Hindu people in Nepal are only 30 %. there are more than 60% are Buddhist in Nepal.
    Everyday people are changing their religion in Buddhist. In southern region mostly Tharu Ethnic people are becoming day by day Buddhist.in western Magar and Gurung are all Buddhist. The Government static is 99% wrong..

    Please rectify thre are 60 % peopls Buddhist and only 30 % hindu.

    Thank You very much.

    Tshering Tenjing sherpa
    Editor Publisher
    http://www.sherpaworld.com
    Chairman
    Dharma peak sherpa community.
    http://www.dharmapeak.org.np

    Reply
    1. गायत्री says:
      June 6, 2012 at 12:58 am

      किन कि त्यो छिरिंग तेन्जिंग भन्ने मान्छे नै तिब्बती शरणार्थी हो, नेपाली नै हैन अनि के गरोस त बिचरो| घोक्रेठ्याक लाएर लखेट्नु पर्ने यिनलाई सर्कारले !

      Reply
  27. Uttam says:
    June 5, 2012 at 11:01 pm

    “बर्बराहट” हिन्दि सब्द हो . तपाई जतिको बुज्रुकले एस्तो लेख्नु अलि सोभनीय भएन

    Reply
    1. Salokya says:
      June 5, 2012 at 11:51 pm

      हो र, हिन्दी हो र ? एक पटक नेपाली बृहत् शब्दकोशको ८८८ पृष्ठमा पनि हेर्ने कि ! शब्दकोश घरमा नभए यो लिङ्कमा फ्रिमा हेर्न/डाउनलोड गर्न पाइन्छ http://goo.gl/6W8DK

      Reply
  28. Shankar says:
    June 5, 2012 at 10:35 pm

    त्यो रोयटर्स १० बर्स पछाडि को सम्भावित कुरा लेख्दैछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme