Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: जेपिटी हो कि होइन?

रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे

Posted on August 22, 2019August 22, 2019 by Salokya

सबभन्दा पहिला शीर्षकमा नझुक्किनुस् है। FBI को अर्थ अमेरिकाको Federal Bureau of Investigation हैन। यो त हाम्रो FBI हो। अर्थात् हाम्रा Facebooke Bureau of Investigation. हाम्रो FBI ले रवि प्रकरणमा गजब गजबको अनुसन्धान गरेर चितवन प्रहरी त के, CIB लाई समेत मात दिइसकेको छ। यही टोलीले गरेको अनुसन्धानको नतिजा फेसबुक र युट्युबमा सार्वजनिक भएपछि अहिले… Continue reading

नझुक्किनुस्, एडिडासले भाइबरबाट सित्तैमा जुत्ता बाँडन लागेको हैन

Posted on June 17, 2019June 17, 2019 by Salokya

आजभोलि भाइबर वा ह्वाटस एप लगायतमा ग्रुप मेसेजिङ सर्भिसमा एडिडासले फ्रीमा जुत्ता बाँड्न लागेको भन्दै मेसेजहरु पठाउने क्रम बढेको छ। के साँच्चिकै एडिडासले जुत्ता बाँड्न लागेको हो त? साँचो हो हैन पत्ता नलगाई मान्छेहरु धमाधम यस्ता मेसेजहरु फरवार्ड गर्दैछन्। जसले गर्दा यो मेसेज अझ फैलिन सहयोग पुगेको छ। के रहेछ त यसको वास्तविकता?

फेसबुकको फेक सूचना पत्याएर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई माफी मगाउने बहस

Posted on June 5, 2019 by Salokya

फेसबुक र ट्विटरमा अहिले राष्ट्रिय परीक्षा बोर्डको एसईई सम्बन्धी एउटा सूचना निकै सेयर भइरहेको छ।  एसईई परीक्षा २०७५ को नतिजासम्बन्धी सूचना शीर्षक राखिएको यो सूचनामा जेठ २० गते बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठक अनुसार उत्तर पुस्तिका जाँच्ने काम पूरा भई डाटा इन्ट्रीको काम सुरु भइरहेको र परीक्षाफल असार ५ गते हुने निर्णय भएको उल्लेख छ। 

फ्याक्ट चेक : के भारतीय मिडियाले नेपालको प्रधानमन्त्री भनेर देउवाको फोटो देखाएको हो?

Posted on May 31, 2019May 31, 2019 by Salokya

सोसल मिडियाहरुमा तपाईँले यो स्क्रिनसट निकै देख्नुभयो होला। फेसबुक र ट्विटरमा लेखिए अनुसार भारतको एउटा मिडियाले नेपालको प्रधानमन्त्री भन्दै कांग्रेस सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको फोटो देखाइदियो। व्यङ्ग्य पनि गरियो- भारतले बनाउन चाहेको प्रधानमन्त्री त यिनी पो हुन् भन्दै। के साँच्चै भारतीय मिडियाले ओलीको ठाउँमा देउवाको फोटो देखाएको हो त?

सगरमाथामा हस्तमैथुन : फेक ट्विटले हल्लाएछ नेपाली मिडियादेखि सरकारी कर्मचारीहरुसम्मलाई, हैट !

Posted on May 26, 2019May 26, 2019 by Salokya

@shahnizari ट्विटर ह्यान्डलबाट तीन दिनअघि (मे २३) मा एउटा ट्विट गरियो। त्यो उडन्ते व्यङ्ग्यात्मक ट्विटलाई साँच्चिकै भन्ठानेर नेपालका मिडियादेखि सरकारी कर्मचारीहरुसम्म गम्भीर भएको देखेर हाँसो उठ्यो। अझ केही मिडियाले त यसबारे समाचार समेत बनाएछन्। ‘सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ?’ नेपाल समाचारपत्रको अनलाइन संस्करण न्युजअफनेपालमा शीर्षक छ।

मन्त्री चढेको हेलिकप्टर दुर्घटना भन्दै १४ लाखभन्दा बढी पटक झुक्याउन सफल एउटा भिडियो

Posted on March 3, 2019 by Salokya

यो हप्ता युट्युबको नेपाल ट्रेन्डिङको नम्बर ४ मा “पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनामा परि १ नेपाली सेनाको पनि मृत्यु” शीर्षक राखिएको भिडियो पर्‍यो। यो ब्लग आइतबार राति तयार पार्दासम्म भिडियो १४ लाख ७१ हजारभन्दा बढी पटक हेरिसकिएको छ। माइसंसारले फ्याक्ट चेक गर्दा भेट्टायो- यो भिडियोको दृश्य नेपालको हैन, अस्ट्रियाको पो हो। धेरैले… Continue reading

#FakeAlert नझुक्किनुस्, झापामा केही भएको छैन, कसले भड्काउन खोज्दैछ फेसबुकमा फेक पोस्टबाट?

Posted on December 3, 2018December 3, 2018 by Salokya

थारु ग्रुप नामको एउटा पब्लिक फेसबुक ग्रुपमा गरिएको एउटा पोस्ट भाइरल भएको छ। यो ब्लग लेख्दासम्म यो फेक पोस्ट हजार पटक सेयर भइसकेको छ। सेयर गर्ने र कमेन्ट गर्नेहरु धेरैले आँखा चिम्लेर यसलाई विश्वास गरेको देखिएको छ। मान्छे झुक्याउनका लागि यो पोस्टमा #बिबिसी_निउज_नेपाल समेत लेखिएको छ। #please_share लेख्दै यो पोस्टमा झापा जिल्लामा इसाईहरुले हिन्दु परिवारलाई… Continue reading

फेसबुकको फेक राष्ट्रिय परिचयपत्र देखेर वरिष्ठहरुसमेत झुक्किएछन्

Posted on November 7, 2018November 7, 2018 by Salokya

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पूर्व सिइओ डा. गोविन्द पोखरेल, पत्रकारहरु हस्त गुरुङ र राजेन्द्र दाहालसमेत एउटा फेसबुक एपले अटोमेटिक जेनेरेट गर्ने राष्ट्रिय परिचयपत्रको नमूनाबाट झुक्किएर ट्विटरमा बहस गरिरहेको भर्खरै हेर्न पाइएको छ। हस्त गुरुङले ४ नोभेम्बरमा ‘म्याद गुज्रने गरि दिइने आवधिक राष्ट्रिय परिचयपत्र बाँड्न लागेछ सरकारले। नवीकरण गरिरहनु पर्ने राष्ट्रिय परिचयपत्र लिने कि नलिने सोच्नुहोला। परिचयपत्रको… Continue reading

नेपालीले बहिनीको बलात्कारीको टाउको काटेर घुमाएको फेसबुके खबर गलत, यस्तो छ फोटोको सत्य

Posted on October 4, 2018October 4, 2018 by Salokya

आफूलाई गायिका भनी चिनाउने सरस्वती लामाले बुधबार ४४ हजारभन्दा बढी फलोअर भएको आफ्नो फेसबुक प्रोफाइलमा एउटा स्टायटस लेखिन्- ‘एउटा बहादुर नेपाली सन्तोश छेत्रीले हालसालै भारतको करनाटकमा आफ्नो बहिनीको बलात्कारी आफै खोजेर त्यसको टाउको काटेर बजारमा घुमाउँदै गरेको अवस्थामा भेटिए। सलाम छ भाइ तिम्रो बहादुरीलाई। अहिले उनी पुलिसको हिरासतमा छन्। तपाईं के भन्नुहुन्छ उहाँलाई?’ त्यसमा उनले… Continue reading

प्रम ओलीविरुद्ध कांग्रेसीको प्रोपोगान्डा, यस्तो छ भाइरल फोटोको सत्य

Posted on October 2, 2018October 2, 2018 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा अहिले भाइरल भएको छ। फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको छ। फोटोमा कसैले नोटको बण्डल प्रधानमन्त्रीको हातमा राखिदिएको देखिन्छ। सामान्य बुद्धि लगाउँदा पनि थाहा हुन्छ, कसैले कसैलाई कमिसन दिनुपर्दा फोटो खिचेर दिइँदैन। त्यसो भए के यो फोटो… Continue reading

ओबामाको मोटरकेडलाई ओलीको भनेर लेख्दा सांसद नवीना लामा दङ :)

Posted on September 25, 2018September 26, 2018 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओली अहिले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्कमा छन्। इत्तिहाद एयरको विमानबाट अबु धाबीमा ट्रान्जिट हुँदै न्युयोर्क पुगेका प्रधानमन्त्रीलाई अमेरिकाले भव्य स्वागत गर्‍यो र न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्कर्टिङ गर्दै लग्यो भनेर एउटा फोटोसहितको फेक समाचार आएछ। विद्यार्थी नेतृबाट सांसदमा प्रमोसन हुनुभएकी नवीना लामा दङ भइन्। उनले आफ्नो फेसबुकमा यो समाचार… Continue reading

एसईई रिजल्ट : फेसबुकको फेक सूचनामा सर्वसाधारणमा मात्र हैन झुक्किए पत्रकार पनि

Posted on June 4, 2018June 5, 2019 by Salokya

फेसबुक र ट्विटरमा अहिले राष्ट्रिय परीक्षा बोर्डको एसईई सम्बन्धी एउटा सूचना निकै सेयर भइरहेको छ।  एसईई परीक्षा २०७५ को नतिजासम्बन्धी सूचना शीर्षक राखिएको यो सूचनामा जेठ २० गते बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठक अनुसार उत्तर पुस्तिका जाँच्ने काम पूरा भई डाटा इन्ट्रीको काम सुरु भइरहेको र परीक्षाफल असार ५ गते हुने निर्णय भएको उल्लेख छ। 

चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!

Posted on March 21, 2018March 23, 2018 by Salokya

वास्तवमा नेपालीहरुलाई ‘मुर्गा’ बनाउन साह्रै सजिलो छ। चिट्ठा पर्‍यो भनेर फेसबुक, भाइबर, इमेलमार्फत् कसैले भन्दा पत्याइहाल्छौँ हामी। अनि त्यही चिट्ठाको रकम लिन ट्याक्स तिर्नुपर्ने भनी उल्टो आफैले पैसा पठाएर ठगिन्छौँ हामी। भर्दै नभरेको चिट्ठा पर्दैन भनेर सामान्य लजिकसमेत लगाउन सक्दैनौँ हामी। एउटा यस्तै मान्छे मुर्गा बनेछन् चन्द्रमाको जग्गा किन्ने नाममा। तर उनले मिडियालाई नै मुर्गा… Continue reading

के हो यो सोसल मिडियामा निकै भाइरल भएको यो फोटोको सत्य?

Posted on February 25, 2018 by Salokya

बालक र बालिका लुक्दै गरेको यो फोटो तपाईँले धेरै ठाउँमा देखिसक्नुभयो होला। फोटोसँगै सिरियामा भएको युद्धबारे पनि उल्लेख हुन्छ। यो भाइरल फोटोको सत्य पत्ता लगाउन केही समय इन्टरनेट चहार्दा थाहा भयो, यो फोटो त ३ वर्षअघि नै इन्टरनेटमा देखिएको रहेछ।

एप राखेपछि मोबाइल चार्ज गर्न नपर्ने : सगुनको सेयर बेच्ने फन्डामात्रै कि साँच्चिकै?

Posted on December 3, 2017 by Salokya

केही हप्ताअघि संसार उछिन्दै नेपाली आविस्कार शीर्षकमा एउटा भिडियो सामाजिक सञ्जालमा निकै सेयर भएको देखियो। त्यसमा गजबको कुरा गरिएको छ। मोबाइलमा एउटा त्यस्तो एप राख्ने, जुन राखेपछि ब्याट्री चार्जरमा जोड्दै पर्दैन। त्यो एपले आफै ब्याट्री रिचार्ज गरिरहन्छ। अहिले हरेक शहरियाको हातमा मात्रै हैन गाउँमा समेत स्मार्टफोन पुगिसकेको छ। स्मार्ट फोनमा सबैभन्दा ठूलो समस्या व्याट्री छिटै… Continue reading

कपाल काट्ने किचकन्नी : इम्पोर्टेड हल्ला, आयात हुन थालेछ भारतबाट हल्ला पनि

Posted on August 21, 2017August 21, 2017 by Salokya

यतिबेला तराईका सीमावर्ती जिल्लाहरुमा आतंक फैलाउने काम भइरहेको छ- कपाल काट्ने किचकन्नी वा भूतको। अनौठो के भने यो भूतले केटीहरुको मात्रै कपाल काट्छ। कपाल मात्रै काट्छ, अरु केही गर्दैन। पर्सामा सुरु भएको यो आतंक बारा,रौतहट,सिरहा,रुपन्देही,नवलपरासीलगायतको सीमावर्ती जिल्लामा पुगिसकेको छ। खासमा यो इम्पोर्टेड हल्ला हो। भारतमा केही महिनाअघिदेखि यस्तै हल्ला भइरहेको छ। सोसल मिडिया र मिडियाका… Continue reading

ग्रहणअगाडि हल्लाखोरले काम पाए : धन्दा नमान्नुस्, मोबाइल टिभी अन राखे पनि केही हुन्न

Posted on August 7, 2017August 7, 2017 by Salokya

सोमबार राति चन्द्रग्रहण लाग्नुअगाडि हल्लाखोरहरुले काम पाए- सिंगापुर टेलिभिजनका अनुसार, आज राती १२:३० बजेदेखि ३:३० बजेसम्म हाम्रो ग्रह अति नजिक हुनेछ र विकिरण निस्कने भएकोले मोबाइल, टिभी लगायत अन्य दुरदर्शक यन्त्रहरु बन्द गरी आफनो शरिरबाट टाढै राख्न अनुरोध गरेको छ। अझ रक्षा बन्धनमा बाँधिएको डोरो नफुकाले मर्नेसमेत अफवाह फैलाइए। यस्ता अफवाहपूर्ण सन्देश एसएमएस र फेसबुकमार्फत्… Continue reading

रामदेवको अङ्गालोमा रहेकी नेपाली भनिएकी महिलाको वास्तविकता यो हो, कुरो बुझेर मात्रै दुष्प्रचार गरौँ

Posted on December 3, 2016 by Salokya

भारतीय योगगुरु बाबा रामदेवको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको भन्दै राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टको अनलाइन संस्करणले एउटा समाचार आज बिहान राखेको छ। ‘योग गुरु रामदेवको अँगालोमा रहेकी यी महिला को हुन् ?’ शीर्षकको यो समाचारमा प्रश्नमात्र छ, उत्तर छैन। समाचारमा ‘नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ’… Continue reading

नझुक्किनुस्, संयुक्त राष्ट्र संघको महासचिवमा महिला निर्वाचित भएकी छैनन्, हावा वेबसाइटले झुक्याउँदैछ

Posted on August 24, 2016 by Salokya

बुधबार एउटा समाचार फेसबुकमा निकै भाइरल हुँदैछ। त्यसमा लेखिएको छ- ‘संयुक्त राष्ट्रसंघको नया महासचिवमा लिला डि लिमा निर्वाचित भएकी छन्। लिला फिलिपन्सको सिनेटर समेत हुन्।’ कान नछामी कागको पछि लाग्नेहरुले यसैलाई सेयर गर्दै खुसी साट्दै बधाई दिइरहेका छन्। हो कि हैन भनी सामान्य रुपमा सजिलै पत्ता लगाउन सकिने यस्तो विषयमा समेत हचुवा तालले समाचार प्रकाशन… Continue reading

स्विमिङ पुलमा पौडी खेलेकै भरमा गर्भवती बनाउने नेपालका गजबका साइटहरु र सत्य जानौँ

Posted on August 22, 2016August 22, 2016 by Salokya

फेसबुक चलाउँदै गर्दा कसैले लाइक वा सेयर गरेको एउटा न्युजमा आँखा गयो। त्यसमा लेखिएको थियो- स्वीमिङ पुलमा पौडी खेलेकै भरमा किशोरीहरु गर्भवती,यस्तो छ रहस्य। सत्ययुगमा कुन चाहिँ ऋषिको वीर्य नदीमा बगेको थियो रे अनि त्यही खाँदा गर्भवती भयो रे भन्ने कथा सुनेकोहरुलाई अचम्म लागेन होला। पत्याए पनि होला कि। मलाई भने हुँदै नभएको कुरा। कुन… Continue reading

Posts navigation

  • 1
  • 2
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme