Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, संयुक्त राष्ट्र संघको महासचिवमा महिला निर्वाचित भएकी छैनन्, हावा वेबसाइटले झुक्याउँदैछ

Posted on August 24, 2016 by Salokya

screencapture-newsoperation-2016-08-7570-1472039973919 बुधबार एउटा समाचार फेसबुकमा निकै भाइरल हुँदैछ। त्यसमा लेखिएको छ- ‘संयुक्त राष्ट्रसंघको नया महासचिवमा लिला डि लिमा निर्वाचित भएकी छन्। लिला फिलिपन्सको सिनेटर समेत हुन्।’ कान नछामी कागको पछि लाग्नेहरुले यसैलाई सेयर गर्दै खुसी साट्दै बधाई दिइरहेका छन्। हो कि हैन भनी सामान्य रुपमा सजिलै पत्ता लगाउन सकिने यस्तो विषयमा समेत हचुवा तालले समाचार प्रकाशन गरेको र त्यसैलाई पत्याएर सेयर गरेको देख्दा कठै भन्नु बाहेक अरु विकल्प रहेन। हेरौँ क-कसले कसरी छापे? अनि सत्य के हो?

screencapture-muldharnews-content-un-html-1472039947082

screencapture-saptakoshionline-1472040978593

screencapture-newsoperation-2016-08-7570-1472039973919

screencapture-asiansamachar-2016-08-24-7463-1472039960883
देख्नुभो होला, सबैको हेडलाइनदेखि अङ्ग्रेजीको विकिपिडियाबाट कपि गरिएको टेक्स्टसम्म जस्ताको तस्तै छ। नक्कल गर्न पनि अक्कल त चाहियो। नत्र यसरी नै एक जनाले गल्ती गर्दा सबै त्यसकै पछि लाग्छन्। फेरि केहीले भने यसैलाई पत्याएर स्टायटस ठोक्न भ्याए। केही नमूना-

status1

status

के हो सत्य?

वास्तवमा यो एउटा फेक वेबसाइटको कमाल हो। त्यो फेक वेबसाइटले यसरी समाचार राखेको कसैले देख्यो होला, अनि त्यसैलाई पत्याएर एक जनाले के लेख्यो, धमाधम अरुले कपि गर्न थाले।
screencapture-theguard1an-breaking-leila-de-lima-elected-as-the-new-un-secretary-general-1472041478091
अब बिचराहरुलाई कसले सम्झाइदिने कि इन्टरनेटमा भेटिएका सबै कुरा ध्रुवसत्य हुन्नन् भनेर। अलिकति दिमाग चलाइदिएको भए आफू पनि मूर्ख भइन्नथियो अरुलाई पनि मूर्ख बनाउनु पर्दैन थियो।

वर्तमान महासचिव बान कि मुनको पदावधि सकिएकै छैन कसरी नयाँ निर्वाचित हुन्छ? उनको पदावधि ३१ डिसेम्बर २०१६ मा बल्ल सकिँदैछ। हो यस पटक महिला बनाउनु पर्ने आवाज नउठेका हैनन्। तर अहिलेसम्म निर्वाचनको प्रक्रिया नै सुरु भएको छैन, निर्वाचित भयो भनेर कसैले लेख्दैमा पत्याइदिने?

सबभन्दा पहिला त महासभाले उम्मेदवारहरु सिफारिश गर्नुपर्‍यो। त्यसलाई सुरक्षा परिषद्ले अनुमोदन गर्नुपर्‍यो। कम्तिमा नौ भोट चाहिन्छ यसका लागि। त्यसमा पनि पाँच स्थायी सदस्य चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाको त चाहियो नै।

त्यसपछि त्यो उम्मेदवारलाई महासभाले सामान्य बहुमतबाट पारित गर्नुपर्छ। यो सब प्रक्रिया सुरु नै नभई कसैले हचुवा तालमा लेखेको पत्याउने कस्ता?

अहिलेसम्म को बन्छ भनेर कसैलाई थाहा छैन। तर पूर्वी युरोपबाट अहिलेसम्म महासचिव नबनेकोले त्यहाँबाट बन्न सक्ने अनुमान छ। थप जानकारीका लागि युएन ब्लग हेर्न सक्नुहुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme