Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ग्रहणअगाडि हल्लाखोरले काम पाए : धन्दा नमान्नुस्, मोबाइल टिभी अन राखे पनि केही हुन्न

Posted on August 7, 2017August 7, 2017 by Salokya

सोमबार राति चन्द्रग्रहण लाग्नुअगाडि हल्लाखोरहरुले काम पाए- सिंगापुर टेलिभिजनका अनुसार, आज राती १२:३० बजेदेखि ३:३० बजेसम्म हाम्रो ग्रह अति नजिक हुनेछ र विकिरण निस्कने भएकोले मोबाइल, टिभी लगायत अन्य दुरदर्शक यन्त्रहरु बन्द गरी आफनो शरिरबाट टाढै राख्न अनुरोध गरेको छ।

अझ रक्षा बन्धनमा बाँधिएको डोरो नफुकाले मर्नेसमेत अफवाह फैलाइए। यस्ता अफवाहपूर्ण सन्देश एसएमएस र फेसबुकमार्फत् फैलिएको छ। तर धन्दा नमान्नुस्, यो अफवाह मात्रै हो। मोबाइल, टिभी अन राखे पनि केही हुन्न। डोरो बाँध्दैमा केही हुने हैन। हरेक ग्रहणमा यस्तो अफवाहहरु फैलाउने काम हुन्छ।

हावा कुरा सिंगापुरको टेलिभिजनले किन प्रसारण गर्नु। प्रसारण गर्नुपरे बीबीसी, सिएनएनले गर्लान् नि। अझ त्यस्ता सन्देशमा गुगल चेक गर्नु पनि भनिएको रहेछ-

Tonight at 00: 30 to 03: 30 make sure to turn off the phone, cellular, tablet, etc … and put away from your body. Singapore television announced the news. Please tell your family and friends. Tonight, 12:30 to 3:30 for our planet will be very high radiation. Cosmic rays will pass close to Earth. So please turn off your cell phone. Do not leave your device close to your body, it can cause you terrible damage. Check Google and NASA BBC News. Send this message to all the people who matter to you. FORWARDED AS RECEIVED

ल ठीकै छ, गुगल सर्च गरौँ न त। गुगलमा Cosmic rays hoax टाइप गरेर सर्च गर्नुस्, लगभग ३९४,००० नतिजाहरु देखिनेछन्। त्यसमा प्रष्ट हुन्छ यो खाली अफवाह मात्रै हो।


स्नूप्सका अनुसार यस्तो हल्ला वर्षौँअघिदेखि चलिरहेको छ तर यसको कुनै वैज्ञानिक आधार छैन।

अझ चेक बीबीसी पनि भनेको छ हैन? ल हेर्नुस् बीबीसीमा के छ?

सन् २०१० मा यस्तै हल्ला घानामा फैलँदा आतंक नै मच्चिएको थियो। त्यतिबेला पनि नासा र बिबिसीलाई नै कोट गरी कस्मिक रेको हल्ला फैलाइएको थियो। हल्ला यति फैलियो कि सरकारका मन्त्रीले नै रेडियोबाट यो हल्लामात्रै हो भन्नु परेको थियो। पढ्नुस् समाचार।

अझै पनि कसैले यस्तो हल्ला तपाईँलाई फैलाउन खोज्दैछ भने उसलाई बेस्कन हपार्नुस् र सत्य बताउनुस्। तपाईँ हामीले हल्लालाई फैलन रोक्न गर्नसक्ने यति नै हो।

1 thought on “ग्रहणअगाडि हल्लाखोरले काम पाए : धन्दा नमान्नुस्, मोबाइल टिभी अन राखे पनि केही हुन्न”

  1. Harke says:
    August 8, 2017 at 5:45 pm

    त्यहि भएर त मा संधै भन्छु, गोबर सोहोर्ने हातमा अत्याधुनिक प्रबिधि थमाई दिए पछि misuse त हुने नै भयो. हा हा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme