Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो यो सोसल मिडियामा निकै भाइरल भएको यो फोटोको सत्य?

Posted on February 25, 2018 by Salokya


बालक र बालिका लुक्दै गरेको यो फोटो तपाईँले धेरै ठाउँमा देखिसक्नुभयो होला। फोटोसँगै सिरियामा भएको युद्धबारे पनि उल्लेख हुन्छ। यो भाइरल फोटोको सत्य पत्ता लगाउन केही समय इन्टरनेट चहार्दा थाहा भयो, यो फोटो त ३ वर्षअघि नै इन्टरनेटमा देखिएको रहेछ।

बीबीसीको शनिबारको समाचार अनुसार सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्। मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।

यही समाचारसँगै सम्बन्ध जोड्ने गरी यो फोटो भाइरल बनेको हो। तर केही समय इन्टरनेटमा खोज्दा देखियो, यो अहिलेको हैन, पुरानो फोटो रहेछ।

उदाहरणका लागि यो फोटोसहितको ट्विट २०१५ को फेब्रुअरीमा नै भइसकेको देखिन्छ

#يا_قلبي طفل سوري يحمي أخته من القصف الصليبي… اللهم اطعمهم من جوع وآمنهم من خوف #شاركنا_أجمل_سلفي pic.twitter.com/TWNIhdCusq

— مختلف (@muktlf) February 27, 2015

यो वेबसाइटमा पनि यो फोटो २०१५ मै आएको देखिन्छ-

रेड्डिटमा पनि यो फोटो एक वर्षअघि नै आएको देखिन्छ।

तीन वर्षअघि नै यो फोटो इन्टरनेटमा देखिए पनि कसले खिचेको र कहाँ खिचेको भन्नेबारे यकिन जानकारी भने मैले इन्टरनेटमा भेटिनँ। पछिल्लो पटक ट्विटरमा यो फोटो भाइरल गर्ने काम भने यो ह्यान्डलले गरेको देखियो-

IMAGE: Syrian child protecting his younger sister amid airstrikes. pic.twitter.com/hCr0bkM6No

— The Spectator Index (@spectatorindex) February 24, 2018

यो लेख्दासम्म साढे ५ हजार पटक यो रिट्विट भइसकेको छ जबकि माथि तीन वर्षअघि यही फोटो राखी गरिएको ट्विट ६ पटक मात्र रिट्वविट भएको छ।

निश्कर्ष :
सिरियामा अहिलेको युद्धमा बालबालिकाहरु प्रभावित भएका छन्। यो खबर सत्य हो। तर फोटो अहिलेको हैन, फोटो कम्तिमा पनि तीन वर्ष पुरानो हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme