Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम ओलीविरुद्ध कांग्रेसीको प्रोपोगान्डा, यस्तो छ भाइरल फोटोको सत्य

Posted on October 2, 2018October 2, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा अहिले भाइरल भएको छ। फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको छ।

फोटोमा कसैले नोटको बण्डल प्रधानमन्त्रीको हातमा राखिदिएको देखिन्छ। सामान्य बुद्धि लगाउँदा पनि थाहा हुन्छ, कसैले कसैलाई कमिसन दिनुपर्दा फोटो खिचेर दिइँदैन। त्यसो भए के यो फोटो नक्कली हो त ? यसबारे पत्ता लगाउन माइसंसारका एक पाठकले फेसबुकबाटै अनुरोध गरेपछि खोज्दा यस्तो भेटियो।

यो क्याप्सनसहितको फोटो ३ जुनमा पोस्ट भएको रहेछ। हिजोदेखि पुनः सेयर हुने क्रम बढेको रहेछ। यो ब्लग तयार पार्दासम्म यसलाई ४४० जनाले सेयर गरिसकेका छन्।


यो फोटो जसले पोस्ट गरेको हो, उसको प्रोफाइल हेर्दा कांग्रेसको प्रचार सामाग्री देखिन्छ। त्यसैले उनी कांग्रेसी कार्यकर्ता भएको देखिन्छ।

के फोटो फेक हो त ? त्यति धेरै रकम चेकमा नदिई नगद नै किन भन्ने शंका लाग्नु स्वभाविक छ। तर फोटो चाहिँ फेक नभई सत्य नै रहेछ।


२०७५ वैशाख २१ गते अनलाइनखबरमा यो फोटोको सक्कली स्वरुप प्रकाशित छ। यही फोटोमा अरु कसैको अनुहार नदेखिने गरी जुम गरी प्रधानमन्त्रीको र नोटको बण्डलमात्र देखिने गरी काटेर प्रोपोगान्डा फैलाइएको रहेछ।

अनलाइनखबरकै समाचार अनुसार नोटको बण्डल खासमा साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ संकलन गरिएको रकम रहेछ। एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी पत्नी सरिता राईलाई हस्तान्तरण गरेका रहेछन्।

यति धेरै रकम किन नगदै दिनु परेको भन्ने चाहिँ प्रश्न हो। नेपाल राष्ट्र बैँकले १० लाखभन्दा बढी रकमको कारोबार चेकमार्फत् गर्नुपर्ने निर्देशन दिएको छ। यो ३० लाखभन्दा बढी रकम हो। हातहातै नगद दिँदा उठ्ने शंकाको फाइदा प्रोपोगान्डा फैलाउनेले लिए।

यसअघि तत्कालीन एमाले अनि माओवादीका कार्यकर्ताहरुले सोसल मिडियामा यस्ता प्रोपोगान्डा गरेको देखिन्थ्यो। अहिले भने त्यसको सिको कांग्रेसले समेत गर्न थालेछ।

(तपाईँले पनि सोसल मिडियामा देख्नुभएका कुनै विषयमा शंका लागे हामीलाई [email protected] मा पठाउन सक्नुहुन्छ। सम्भव भएसम्म हामी त्यसबारे खोजी ब्लग लेख्ने प्रयास गर्नेछौँ।)

2 thoughts on “प्रम ओलीविरुद्ध कांग्रेसीको प्रोपोगान्डा, यस्तो छ भाइरल फोटोको सत्य”

  1. मुकेश यादव says:
    October 8, 2018 at 6:13 am

    बहुत विश्लेष्ण करें भन्ने दम्भ भए जसतो छ दमन बज्रपिपिहा याने वजार चार्ज ज्यु लाइ

    जो आए पनि दक्षिण को आशिर्वाद नपाई केहि हुने छैन बज्रपिपिहा जी , सुनी लिनुस /

    यस्ता ससता विश्लेष्ण त् चार कलास मा पढने ले करछन बुझी लिनुस

    ऐनै-ऐना को रहेछ यो मेरो घर !
    रगतको तातोपनाले जोगाउँ भन्थे,
    सबै चर्की गयो आफ्नै अगाडि
    …चर्की गयो सब आफ्नै अगाडि
    थाहा पाएँ त्यो …अनि पानी पो बनेर

    Reply
  2. madan bajracharya says:
    October 2, 2018 at 1:20 pm

    मावोबादीसिट नमिले पनि यमालेले अहिलेको भन्दा कम मत पाउने अबस्थानै थियन/ यमालेलेलाई कांग्रेस मावोबादी भन्दा जनप्रिय बनायको यामलेले तेती बेला भारतको दवावको अगाडी नझुकेकोले हो/ भारतको दवाव र नाकाबन्दीको अगाडी नझुके कांग्रेसीले बिरोध गर्छ भन्ने कुरा त् भारतको नाकाबन्दीको सामना गरेको बिरेन्द्र बिरुद्ध कांग्रेसीले गरेको विरोधले स्पस्ट गर्छ/ तेतिबेला गणेशमानले भने जस्तै भेडा रोग लागेको नेपालीले कांग्रेसीलाई चिन्ह सकेन/ तर भारतको दवावमा नझुक्ने राजालाई त् “संबैधानिक मात्रै हुने” बनायर पछि कहिले पनि भारतको बिरोध गर्न नसक्ने बनाउन सफल भयको कांग्रेसी यसपाली भारतको दवाव अनुसार “भोलि मधेसबादिले चाहेमा सम्पूर्ण तराईलाई नेपाल बात अलग्गिने समेत बनाउन सकिने गरि संबिधान संसोधन गर्न दियको दवाव नमान्ने ओलीले नेतृत्व गरेको यमाले बिरुद्ध माखो पनि मार्न सकेन कांग्रेसीले/ हुनत कांग्रेसीले मावोबादी समेतलाई प्रयोग गरेर आफ्नो बलबुत्ताले भ्याय सम्म प्रयत्न त् गरेकै हो/ तापनि काँग्रेसीहरुको कुनै दाउ कुनै डिजाईन ग्रायण्ड डिजाईनले यमालेलाई नेपालीको बहुमत पाउन बात रोक्न नसकेर राजनीतिमा टुहुरा अनाथ जस्तै बनेको कांग्रेसी तिलामिलाउनु स्वाभाविक नै हो/

    तर यसो हुँदैमा ढुक्क चाहि हुनु हुँदैन/ किन भने पहिला पहिला नेपालमा अस्थिर र गठबन्धन गरेरै मात्र सत्ताको नेतृत्व पाउने सरकार बन्नुमा भारतलाई सजिलो हुन्थ्यो तर यसपाली स्थिति उल्टो छ/ भारतले भने जस्तै मधेसीले चाहेमा तराईलाई नै नेपाल बात अलग्याउन सकिने गरि संबिधान संसोधन गर्न दुई तिहाई बहुमत भयकै सरकार चाहिन्छ/ तेसैले दिल्ली सम्झौता गर्नु अघि “नेपालमा भारतको स्वार्थमा बाधक बंदिन्न” भन्ने समेत यमालेमा हुलेर दुई तिहाईको बहुमत भयको सरकार बनाउनु पनि कुनै झेली खेल हुन् सक्छ/ तेसैले …./

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme