Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, एडिडासले भाइबरबाट सित्तैमा जुत्ता बाँडन लागेको हैन

Posted on June 17, 2019June 17, 2019 by Salokya

आजभोलि भाइबर वा ह्वाटस एप लगायतमा ग्रुप मेसेजिङ सर्भिसमा एडिडासले फ्रीमा जुत्ता बाँड्न लागेको भन्दै मेसेजहरु पठाउने क्रम बढेको छ। के साँच्चिकै एडिडासले जुत्ता बाँड्न लागेको हो त? साँचो हो हैन पत्ता नलगाई मान्छेहरु धमाधम यस्ता मेसेजहरु फरवार्ड गर्दैछन्। जसले गर्दा यो मेसेज अझ फैलिन सहयोग पुगेको छ। के रहेछ त यसको वास्तविकता?

एडिडास जुत्ता कम्पनीको स्थापना Gebrüder Dassler Schuhfabrik नामबाट ९४ वर्षअघि जुलाई १९२४ मा भएको हो। एडिडास नामबाट यो कम्पनीको नाम रहेको चाहिँ ६९ वर्ष मात्रै भयो। मेसेजमा ९५ औँ वार्षिकोत्सव भनेर राखिएको सही हो। अब जुलाई महिनामा सुरुको कम्पनी ९५ वर्ष पुग्दैछ।

तर कम्पनीले सित्तैमा जुत्ता बाँड्न लागेको भने हैन।

यस्तै खालको फेक मेसेजहरु भारत र बेलायतमा पनि फैलिएको देखियो। भारतमा गत वर्ष ह्वाट्स एपमा यस्तो फेक मेसेज भाइरल भएको थियो। भारतको न्युज १८ र टाइम्स अफ इन्डियाले समेत यो फेक मेसेज हो भनी समाचार बनाएको पाइयो।

बेलायतको मेट्रो न्युजले त एडिडास साउथ अफ्रिकाका पिआर मेनेजर लाउरेन हाकमानसित कुरा समेत गरेको छ। उनले भनेका छन्, सर्वसाधारणहरु सावधान हुनुस्, यो निश्चित रुपमा हल्लामात्र हो।

तपाईँहरु पनि जुत्ता र टिसर्ट पाउने लोभमा यस्ता लिङ्कहरुमा क्लिक नगर्नुस्। यिनीहरुले तपाईँको व्यक्तिगत जानकारी लिने मात्र हैन, पैसा पठाइदेऊ भन्दै ठगी गर्न सक्छन्। आफू पनि सावधान हुनुस् र अरुलाई पनि सावधान हुन सिकाउनुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme