Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कपाल काट्ने किचकन्नी : इम्पोर्टेड हल्ला, आयात हुन थालेछ भारतबाट हल्ला पनि

Posted on August 21, 2017August 21, 2017 by Salokya

भारतीय हल्लाको न्युयोर्क पोस्टमा समेत समाचार छापियो।

यतिबेला तराईका सीमावर्ती जिल्लाहरुमा आतंक फैलाउने काम भइरहेको छ- कपाल काट्ने किचकन्नी वा भूतको। अनौठो के भने यो भूतले केटीहरुको मात्रै कपाल काट्छ। कपाल मात्रै काट्छ, अरु केही गर्दैन। पर्सामा सुरु भएको यो आतंक बारा,रौतहट,सिरहा,रुपन्देही,नवलपरासीलगायतको सीमावर्ती जिल्लामा पुगिसकेको छ।

खासमा यो इम्पोर्टेड हल्ला हो। भारतमा केही महिनाअघिदेखि यस्तै हल्ला भइरहेको छ। सोसल मिडिया र मिडियाका कारण हल्ला यति फैलिएर आतंक मच्चिएको छ कि केही गाउँमा त रातमा गस्ती नै गर्न थालिएको छ। अब त्यही हल्ला नेपालमा पनि आयात गरेका हुन् कसैले।


अहिलेसम्म सीमावर्ती जिल्लाहरुमा मात्रै यस्तो हल्ला फैलिएको छ। राजधानीमा यसको कुनै प्रभाव परेको छैन। तर उतातिर यस्तो हल्लाले कति आतंककै रुप लिएको छ भन्ने कुरा जान्न त्यहाँका बासिन्दाहरुसँग कुरा गर्नुपर्छ। हल्ला निकै फैलिएकैले होला, पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलनै गरेर भन्नुपर्‍यो- हल्लाको पछि नलाग्नुस्। साउन २९ गते पहिलोपटक वीरगञ्ज १८ नगवाकी बगडी चमारित कपाल काटिएर बेहोस भएर अस्पताल भर्ना भएकी थिइन्। त्यसपछि भदौ ४ गतेसम्म सात दिनमा २० वटा कपाल काटेको घटना भएको पर्साका एसपी सुदीप गिरीले बताए।

अचम्मको कुरा के भने सबै घटनामा केटी। केटाको कतै कपाल काटिएको छैन। नौ जनाको राति र ११ जनाको दिउँसै कपाल काटिएको रहेछ। तर कसैले पनि कपाल काट्नेलाई देखेको भने रहेनछ। यसै पनि भूत भन्दै आतंक मच्चाइएको छ, तर्सिएरै बेहोस हुँदा हुन्। अनि होस आउँदा कपाल काटिएको भेटिन्छ रे।

भूतले छोएपछि त केही नराम्रो हुनुपर्ने हो। तर यस्ता महिलाहरु केही घण्टा अस्पतालमा बस्दा रहेछन्। सलाइन पानी चढाएको केही समयमै डिस्चार्ज भएर फर्कँदा रहेछन्। किनभने बीपीदेखि सबैकुरा नर्मल। भनेपछि मानिसहरुमा फैलिएको आतंकनै मूल जरा रहेछ भन्ने बुझ्नुपर्‍यो।

भारतमा यो हल्ला यति फैलिएको छ कि बीबीसी हिन्दीले समेत यसबारे समाचार बनाएको थियो। बीबीसी हिन्दीका अनुसार सबैभन्दा पहिला यस्तो घटनाको खबर जुलाई महिनामा राजस्थानबाट आएको थियो। त्यसपछि हरियाणा र राजधानी दिल्लीमा समेत यस्तो भएको कुरा सुनियो।

भारतमा पनि यस्तो कपाल काट्ने आक्रमणकारीलाई कसैले देखेका छैनन्। तर्कवादी सनाल एडामरूकूले यो यो “मास हिस्टिरिया” या “जन भ्रम” का उत्कृष्ट उदाहरण भएको बताएका छन्। उनले भनेका छन्, “यसको पछाडि कुनै चमत्कार या अलौकिक शक्ति छैन। यी घटनाहरु रिपोर्ट गर्ने महिलाहरु निश्चित रुपमा कुनै आन्तरिक मनोवैज्ञानिक द्वन्द्वसँग जुधिरहेका होलान्। जब उनीहरुले यस्तै घटनाबारे सुन्छन्, तब आफूमाथि पनि यस्तै भएको जस्तो महसूस गर्छिन्। यस्तो कहिलेकाहीँ अवचेतनावस्थामा पनि हुन्छ।’

यस्तो हल्लाले त्यतिबेला नराम्रो रुप लिन्छ, जब कसैको हत्या हुन्छ। कपाल काट्ने डायन भन्ठानेर आगरामा एक वृद्ध विधवा महिलालाई कुटपिट गर्दा अगस्त महिनाको सुरुमा ज्यानै गयो। धन्न नेपालमा त्यस्तो कुनै काम भएको छैन।

हल्लालाई हल्लाले काट्छ भने जस्तै अहिले भारतमा फेरि एउटा म्याकी नामको कीराले चाहिँ कपाल काट्ने हो भन्ने अर्को हल्ला फैलाइएको छ। कीराको भिडियोसहितका पोस्टहरु अहिले सोसल मिडियामा छ्यापछ्याप्ती भेटिन्छ। भिडियो तल नखुले यहाँ क्लिक गरी हेर्नुस्

नेपालमा यस्तै हो भनी यस्ता घटनाबारे कसैले बताइसकेका छैनन्। तर हुबहु भारतकै जस्तो कपाल काटिने, बेहोस हुने अनि कसैले नदेख्ने लक्षण मिलेकोबाट यो त्यहीँबाट आयातित हल्ला हो भन्ने प्रष्ट हुन्छ। कसैले अध्ययन गरे यहाँ पनि मास हिस्टेरिया वा जनभ्रमकै उदाहरण हुनसक्छ।

जे भए पनि डराउनु पर्ने कुरा केही छैन, आखिर कपाल अलिकति काटिए पनि हुने केही हैन, सब कुरा नर्मल नै हुने रहेछ। त्यसैले आतंकित नहोऔँ।

17 thoughts on “कपाल काट्ने किचकन्नी : इम्पोर्टेड हल्ला, आयात हुन थालेछ भारतबाट हल्ला पनि”

  1. प्रविण says:
    August 23, 2017 at 4:31 pm

    भारतमा भएका राम्रा कुरा चाँही नेपाल भित्रदैन यस्तै नचाहिने नचाहिने कुरा मात्र भित्रिन्छ । नेपाल भारत सम्बन्धमा पासपोर्ट र भिषा अनिवार्य गर्‍यो भने यस्ता किरा वा जन्तु नेपाल भित्रिन पनि नियन्त्रण हुने थियो ।

    Reply
  2. binesh says:
    August 22, 2017 at 6:59 pm

    धेरै पहिले यस्तै आयातित हल्लाको पछि लागेर गणेशको मुर्ति लाइ दुध खुवाएको याद आयो

    Reply
  3. Mohan Baniya says:
    August 22, 2017 at 10:57 am

    hawa..

    Reply
  4. Jeevan Anand Karn says:
    August 21, 2017 at 7:47 pm

    मास हिस्टीरीया को ब्याख्या जे जस्तो भए पनी तर्क शास्त्री को तर्क जग बिना को घर जस्तो छ।
    कपाल कस्ले काट्यो? कसरी कट्यो? कपाल कटेपछी टाउको दुख्ने, बेहोस हुने यो भ्रम वा कल्पना होइन, वास्तवीकता हो।
    अनुत्तरीत प्रश्न हरू को तर्क कुतर्क जस्तै हो।

    Reply
  5. सिर्जने says:
    August 21, 2017 at 10:42 pm

    मास हिस्टिरिया भए कपाल चै कल्ले काट्यो त? इन्डियामा मान्छेलाई बेहोस बनाइ कपाल काटेर बेचेको हुनसक्छ / लामो कपाल बिक्रि हुन्छ भन्ने त सबैलाई थाहा होला / केटा मान्छेको छोटो कपाल बिक्रि हुदैन / सम्भावना!

    Reply
  6. Raju Tamang says:
    August 21, 2017 at 1:13 pm

    केही होइन हल्ला मात्र हो।रातो नम्बर बाट फोन आउदा फोन उठये मरिन्छ भनेको जस्तै हो।

    Reply
  7. प्रविण says:
    August 21, 2017 at 2:15 pm

    सुरक्षा ब्यवस्थालाई डाईभर्ट गरी कुनै षडयन्त्र साधना गर्नको लागि रचिएको प्रोपोगाण्डा पनि हुन सक्छ । समाचारको पुष्टी गर्न नपर्ने कानून भएकोले हो वा अर्कै मिलेमतोको कारणले हो यस्ता अवफाह फैल्याउन नाम चलेकै ठुला भनाउंदा संचार माध्यमहरु पनि यसमा लागेको देखिन्छ ।

    Reply
  8. Ridam Yakthungba Subba says:
    August 21, 2017 at 7:21 am

    Yo bepar ho varat ma thulo company xa yo 1kg barabar dherai mulya parxa yo bahana banaeka hun

    Reply
  9. Aait Bahadur Maden says:
    August 21, 2017 at 10:07 am

    यो २१ सौ सताबीदि जाँ बैज्ञानिक युग मा यस्ता कुराले स्थान पाउनु लाज लाग्ने कुरा हो

    Reply
  10. aashish says:
    August 21, 2017 at 9:38 am

    MASS ह्य्स्तेरिया भन्छ एस्तो लाई

    पहिला भनि अरु case भएको छ नेपाल मा

    Reply
  11. Parbat Katwal says:
    August 21, 2017 at 2:31 am

    Total drama….

    Reply
  12. Bir Dev Singh says:
    August 21, 2017 at 1:06 am

    भुत त हुन्छ मैले देखेको छु त्यो पनि ३ चोटि तर यो हर्कत चाहि भुतको हैन

    Reply
  13. Mitra Sharma says:
    August 21, 2017 at 12:42 am

    वास्तवमा जनभ्रम नै होला नभए पनि अलिकति कपाल काटिदैमा आत्तिनु पर्ने केही रहेनछ ।सबै नर्मल नै हुने रहेछ ।

    Reply
  14. Binod Sunuwar Mukhiya says:
    August 20, 2017 at 11:25 pm

    Hahahahhh

    Reply
  15. Hari Rawat says:
    August 20, 2017 at 11:13 pm

    ab jasle aafno kapal ma ghamnd gareki xe tyasko katne ani kichkinnile kateko bhanne.
    😀

    Reply
  16. Shukla Ji says:
    August 20, 2017 at 9:15 pm

    समाज को पिछडापन र अशिक्षा थाह हुंछ

    Reply
  17. Nanda Rai says:
    August 20, 2017 at 8:55 pm

    Yo cha hi kapal ko katera paisa kamaune chor ko kam ho saru kehi hoina kapal yekdam mahango ma bikri hune bhako le ho

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme