Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्विमिङ पुलमा पौडी खेलेकै भरमा गर्भवती बनाउने नेपालका गजबका साइटहरु र सत्य जानौँ

Posted on August 22, 2016August 22, 2016 by Salokya

pregnant
फेसबुक चलाउँदै गर्दा कसैले लाइक वा सेयर गरेको एउटा न्युजमा आँखा गयो। त्यसमा लेखिएको थियो- स्वीमिङ पुलमा पौडी खेलेकै भरमा किशोरीहरु गर्भवती,यस्तो छ रहस्य। सत्ययुगमा कुन चाहिँ ऋषिको वीर्य नदीमा बगेको थियो रे अनि त्यही खाँदा गर्भवती भयो रे भन्ने कथा सुनेकोहरुलाई अचम्म लागेन होला। पत्याए पनि होला कि। मलाई भने हुँदै नभएको कुरा। कुन चैँले हावा न्युज लेखेछ भन्ने लाग्यो। खोज्दै जाँदा गजबका तथ्य भेटिए। तपाईँ पनि हेर्नुस्, मनोरञ्जन गर्नुस्।

लिङ्कमा क्लिक गरी हेर्दा यस्तो देखियो-
screencapture-paschimnews-archives-12762-1471838066297

लिङ्कमा क्लिक गरी हेर्नुस्

यहाँ अपत्यारिलो रुपमा यसो भयो रे उसो भयो रे लेखिए पनि स्रोत भने खुलाइएको छैन। अन्तिममा भने न्युज २४ बाट लेखिएको रहेछ। न्युज २४ टिभीको साइट हेरेँ त्यसमा त्यस्तो केही देखिएन। समाचारकै केही वाक्य राखेर गुगलमा सर्च गर्दा भने टन्नै वेबसाइट देखिए।

एउटा अर्को साइट यस्तो थियो-

screencapture-newsabhiyan-np-news-details-php-1471838410279

लिङ्कमा क्लिक गरी हेर्नुस्

यसमा पनि उस्तै कुरा। कपिपेस्ट नै। यसमा चाहिँ स्रोत एजेन्सीको सहयोगमा लेखिएको रहेछ। कुन एजेन्सी हो थाहापत्तो नाइँ।

अझ एउटा अर्को साइट पनि भेटियो, यसमा पनि उही कुरा। शायद यही नै नेपाली कन्टेन्टको स्रोत पो थियो कि

screencapture-onlinekhabar-2016-06-443383-1471838728400

लिङ्कमा क्लिक गरी हेर्नुस्

यसमा पनि स्रोत भने खुलाइएको रहेनछ। मिडिया रिपोर्ट भनिएको छ, तर कुन मिडिया रिपोर्ट हो खुलेको छैन। अरु फेसबुक पेज र ब्लगस्पट साइटहरुले त यही कन्टेन्ट कति हालेका रहेछन् कति- ती सबलाई यहाँ उल्लेख गर्न सम्भव छैन। विश्वसनीय ठानिएका वेबसाइटहरुले नै दिएको यो खबरलाई कसरी अविश्वसनीय मान्ने? लौ भएन बा, स्रोत खोज्नु पर्‍यो भनेर गुगलतिर लागेँ फेरि एक पटक। के भनेर सर्च गर्ने त? फ्लोरिडा, स्विमिङ पुल, प्रेग्नेन्ट सर्च गरेको- भेटियो सत्य।

के हो त सत्य?

यी समाचारको स्रोत यो रहेछ-

screencapture-worldnewsdailyreport-florida-16-girls-found-pregnant-after-teenager-ejaculates-in-pool-1471839273026

लिङ्कमा क्लिक गरी पढ्नुस्।  रमाइलो चाहिँ के भने worldnewsdailyreport.com साँच्चिकैको समाचार हैन, यस्तै उट्पट्याङ खाले फेक न्युज दिने वेबसाइट हो।

  • यसका केही पछिल्ला फेक समाचारका हेडलाइन यस्ता छन्-
    रुसी खेलाडीले खुम्चिएको अण्डकोषको कारण जिका भाइरसलाई दिए, स्टेरोयड्सलाई हैन
    जापानी ह्वेलिङ क्रुलाई किलर ह्वेलले जिउँदै निल्यो, १६ ठहरै,
    योको ओनोले भने, ७० को दशकमा मेरो हिलारी क्लिन्टनसित अफेयर थियो
    जर्मन वैज्ञानिकले मृत्युपछि पनि जीवन हुने प्रमाणित गरेर देखाए
    डोनाल्ड ट्रम्पले आफू निर्वाचित भए श्रीमतीका अरु फोटो पनि सार्वजनिक गर्ने वचन दिए
    फोहर पानीमा खसेपछि रियो ओलम्पिकका खेलाडी गर्भवती भए
    पापाराजीले हिलारी क्लिन्टनका नाङ्गा फोटो सार्वजनिक गर्ने धम्की दिए

अब कुनै दिन यस्ता समाचार पनि अनुवाद भएर आए अचम्म मान्नुपर्दैन।

भाइरल भएका विषयहरु सही हो कि गलत पत्ता लगाउने साइट स्नुप्सले यस विषयमा लेखेको छ। यसले पनि यो फेक न्युज नै भएको ठहर गरेको छ। फेब्रुअरी २०१६ मा सुरु भएर फैलिएको विषय रहेछ यो। लेख्छ-

This particular fake news item was originally posted on 26 January 2016 by the fake news site World News Daily Report. It was subsequently picked up by several similar sites, including Huzlers, Nigerian Infoand Not Allowed To.

समाचारमा उल्लेख भएको एउटा विषयमा भने आंशिक सत्य भेटियो। सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो भनिएकोमा गर्भै रहेको चाहिँ हैन गर्भ रह्यो भनेर एक पोल्यान्डकी महिलाले इजिप्टको होटललाई मुद्दा हालेको समाचार चाहिँ सार्वजनिक भएको थियो। यहाँ क्लिक गरी पढ्नुस्।

अब तपाईँ आफै भन्नुस्, स्विमिङ पुलमा पौडी खेलेर गर्भ बस्छ त ?

बस्दैन नभन्नु होला- यत्रा मिडियाले लेखेको कुरालाई गलत भन्ने? कि कसो त ?

5 thoughts on “स्विमिङ पुलमा पौडी खेलेकै भरमा गर्भवती बनाउने नेपालका गजबका साइटहरु र सत्य जानौँ”

  1. अंङ्क बसेल says:
    August 24, 2016 at 5:29 am

    हावा समाचार र वास्तविक समाचार छुट्टाउन नसक्नेहरू पत्रकार भए भने पत्रकारिता जगतकै बदनाम हुन्छ! पाठकहरु सचेत छन!

    Reply
  2. bibek Dhakal says:
    August 23, 2016 at 3:08 pm

    यो त केहि पनि हैन – केहि समय अघि एउटा पपुलर नेपालि अनलाइन खबर साइटले फेसबुकमा प्रकाशन गरेको निउजमा कुन जिल्लाको कुन गाउँमा (वडा नम्बर समेत खुलाएर) एक महिलाले भ्यागुताको बच्चालाइ जन्म दिएको र सोको बैज्ञानिक कारण चाही ति महिला नदीमा नुहाउने क्रममा भ्यागुताको सुक्रकिट भित्र छिरेर गर्वधारण भएको लेखिएको थियो. तेही निउजको फोटोमा चाही anecéphalie को कारण विकृत रुपमा जन्मेको एक नवजात शिशु देख्न सकिन्थ्यो.
    सबैभन्दा रमाइलो त् त्यो पोस्टमा कठैबरा, यस्तो पनि हुँदो रैछ, आदि भनेर प्रतिक्रिया दिंदै शेर गर्ने महानुभाव हरु पनि प्रसस्तै रैछन…

    Reply
  3. dipanjali says:
    August 22, 2016 at 4:21 pm

    hahahah hahahah kati hasnu

    Reply
  4. Shankar says:
    August 22, 2016 at 1:22 pm

    नेपाल मा पनि तेस्ता अचम्म लाग्दा घटना न सुनिएका हैनन्
    १) कुन चै गाउमा नेपाल मा दाइ को कट्टु बहिनीले झुक्केर लाउदा बहिनि गर्भवती भ इ न
    २) तल्लो पेट दुखेर गाउकी एक महिला हेल्थ पोस्ट जचाउन गएको , डाक्टर ले जाचेको २ महिना पछि गर्भवती भएको पत्ता लाग्यो , कारण डाक्टर ले प्रयोगगरेको पन्जा पहिले नै हेल्थ पोस्ट को एउटा केटो कर्मचारी ले प्रयोग गरेर गडबड गरेको रहेछ |

    एउटी माता ( सबिता )फत्फताई रहिछन नेपाल मा राजतन्त्र फेरी फर्किने | उहाको स्रोत भगवान सिब | उहाले सपनामा आएर भन्नु भएको रे |अस्ति मात्र गुगल ब्वाई ले ओलीलाई प्रधान मन्त्रि हुने भनेर भाबिस्यबानी ठ्याक्कै मिल्यो |
    छबिलाल दाहाल त् झन् आदित्या दाहाल को आफनै परे अब देश मा के गर्ने , के न गर्ने उनले सब आदित्यलाई सोधेर नै गर्ने स्रोत दाबि गर्छ |
    येस्ता गलत समाचार सुनेर संसार मा कत्ति गलत काम भएका छन् |
    जस्तो
    —–एड्स रोग निको हुने गलत भ्रम का कारण कम्ति मा ७ जाना जति बयस्क ले टिनेज कतिका बलात्कार गरेका छन् ( विश्व भर मा हाल सम्म , अझ त्यो भन्दा बढी हुन् सक्छ )
    —-धर्मयुग भन्ने इन्डियन पत्रिकाले एउटा समाचार छाप्यो | मानिस ले आफ्नो लिङ्ग आफैले काटेर हात मा लिएर सडक मा हिड्नु अरे , जहा पुगेर त्यो मान्छे ढल्छ , त्यहा बाट उ सिधै स्वर्ग जान्छ | उसको स्रोत थियो ”महाभारत को भिष्म पितामह ” न भन्दै केहि समय पछि दक्षिण भारत मा सोहि घटना घटेको थ्यो |

    Reply
  5. milan says:
    August 22, 2016 at 12:49 pm

    These medias are only looking for their benefits rather than for social betterments. The government take actions and the readers must ignore this type of News.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme