Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामदेवको अङ्गालोमा रहेकी नेपाली भनिएकी महिलाको वास्तविकता यो हो, कुरो बुझेर मात्रै दुष्प्रचार गरौँ

Posted on December 3, 2016 by Salokya

annapost_ramdev भारतीय योगगुरु बाबा रामदेवको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको भन्दै राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टको अनलाइन संस्करणले एउटा समाचार आज बिहान राखेको छ। ‘योग गुरु रामदेवको अँगालोमा रहेकी यी महिला को हुन् ?’ शीर्षकको यो समाचारमा प्रश्नमात्र छ, उत्तर छैन। समाचारमा ‘नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ’ लेखिएको छ। यी महिला नेपाली नै हुन् भन्ने कसरी ठहर गर्‍यो अन्नपूर्ण पोस्टले त्यो खुलेको छैन। इन्टरनेटमा सामान्य सर्च गर्‍यो भने मात्रै पनि वास्तविकता छर्लङै बुझिन्छ। सोसल मिडियामा आएका भेडे हल्लाकै पछि लाग्ने हो भने मूलधारे मिडिया किन आवश्यक पर्छ र। मूलधारे मिडियाको कर्तव्य हैन र, अलिकति तथ्य खोज्नु र पत्ता लगाउनु कि यो त दुई वर्ष पहिले नै भारतमा भाइरल भइसकेको फोटो हो र वास्तवमा ती महिला क्यान्सर पीडित हुन् भन्ने?

annapost_ramdev

अन्नपूर्ण पोस्टको समाचारमा लेखिएको छ- ‘एक योग गुरु जो सुकैसँग मिल्न सक्ने भएपनि नेपाल र भारतमा नै सामान्य नलिइने गरी महिलालाई समाएको दृश्यले शंका उब्जाएको हो।’

अन्नपूर्ण पोस्टलाई लागेको श‌ंका निवारण दुई वर्षअघि अर्थात् २६ नोभेम्बर २०१४ मै रामदेव स्वय‌ंले गरिसकेका छन्। उनले दुष्प्रचार गर्नेहरु, अलिकति त लाज मान भन्दै ती बहिनीको नाम प्रीति भएको, उमेर २७ वर्ष र क्यान्सरपीडित जीवन र मृत्युबीच स‌ंघर्ष गरिरहेको लेखेका थिए।

पतन्जली योगपीठकी संस्थापक सदस्यको परिवारकी यी बहिनीलाई उनले वेदान्ता अस्पतालमा भेटेर आशीर्वाद दिएको, प्राणायाम सिकाएको र आयुर्वेदिक औषधिहरु दिएको रामदेवले लेखेका छन्। साथमा प्रश्न सोधेका छन्- यस्ता रोगीहरुको बारेमा दुष्प्रचार गर्नेहरु, केही त लाज मान। यदि यी महिला तपाईँकी आमा, दिदीबहिनी, छोरी भएको भए के तपाईँ यस्तै भद्दा कमेन्ट गर्नुहुन्थ्यो?

ramdev2
दुई वर्षअघिको फोटो ल्याएर सोसल मिडियामा हङ्गामा मच्चाउने र त्यसलाई पत्याएर समाचार लेख्ने र कमेन्ट गर्नेले जवाफ दिन आवश्यक शायद ठान्ने छैनन् होला।

3 thoughts on “रामदेवको अङ्गालोमा रहेकी नेपाली भनिएकी महिलाको वास्तविकता यो हो, कुरो बुझेर मात्रै दुष्प्रचार गरौँ”

  1. Surendra Roka says:
    December 3, 2016 at 2:31 pm

    Mysansar Ko Blog Sayad 2007 Dekhi Follow Gardai Xu… Salokya Sir Tapaai Ko Jasto Research Garera Blog Lekhne Saayadai Kohi Nepali Patrakar Holaan 🙂

    Reply
  2. Arati Singh says:
    December 3, 2016 at 2:27 pm

    Nepali media is just after news. Not a researched news. Thank you My Sansar for researching and showing us the other side of coin on Kanchan Sharma’s and this case. Both are cases of defamation against the concern parties and had it been in western countries media could probably had ended up paying hefty compensation to Ms. Sharma’s ex family. RIP Nepali media!

    Reply
  3. Shankar says:
    December 3, 2016 at 3:06 pm

    धर्म को नाउमा राजनीति र ब्यापार गरेपनि एस्तो तुच्छ आरोप रामदेव लाइ लगाउनु दिमागको दिबालिया पन र जाल झेल हो | किन भने किताब मा लेखेको छैन , योग गुरु ले राजनीति र ब्यापार गर्नु हुन्न | फेरी पनि मेरो त् मन ले यो बाबा लाइ पटक्कै राम्रो मान्दैन |
    किन किन हालाँ कि हिन्दु धर्म र बुद्द धर्म र सबै धर्म मा येस्ता योग गुरु , पादरी, भिक्षु , मौलाना खुब भेटिन्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme