Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीले बहिनीको बलात्कारीको टाउको काटेर घुमाएको फेसबुके खबर गलत, यस्तो छ फोटोको सत्य

Posted on October 4, 2018October 4, 2018 by Salokya


आफूलाई गायिका भनी चिनाउने सरस्वती लामाले बुधबार ४४ हजारभन्दा बढी फलोअर भएको आफ्नो फेसबुक प्रोफाइलमा एउटा स्टायटस लेखिन्- ‘एउटा बहादुर नेपाली सन्तोश छेत्रीले हालसालै भारतको करनाटकमा आफ्नो बहिनीको बलात्कारी आफै खोजेर त्यसको टाउको काटेर बजारमा घुमाउँदै गरेको अवस्थामा भेटिए। सलाम छ भाइ तिम्रो बहादुरीलाई। अहिले उनी पुलिसको हिरासतमा छन्। तपाईं के भन्नुहुन्छ उहाँलाई?’

त्यसमा उनले ‘सत्य हो कि के हो यस्तो’ आफ्नो तर्फबाट थपेकी छिन्। नत्र यही व्यहोराको वाक्यसहित फोटो र भिडियो थुप्रैले लेखेका र सेयर गरेका छन्। किरण सापकोटाले माइसंसारको फेसबुक पेजको मेसेजबाट यसबारे सत्य पत्ता लगाउन आग्रह गरेपछि खोज्दा यो खबर गलत भेटियो। तर फोटो भने सही रहेछ। के रहेछ त यो फोटोको सत्य? आउनुस् विस्तारमा बुझौँ।

फेसबुकमा भाइरल भएको खबरमा भारतको करनाटक लेखिएको छ। हो, यो घटना भारतकै कर्णाटक राज्यमा भएको हो। तर त्यसमा लेखिएको व्यहोरा भने गलत छ। ती व्यक्ति नेपाली सन्तोष क्षेत्री हैनन्। अनि उनले बहिनीको बलात्कारीलाई त्यसरी टाउको काटेको पनि होइन।

भारतीय मिडियामा गएको शनिबार आएको घटना हो यो। द न्युज मिनेटमा प्रकाशित समाचार अनुसार फोटोमा देखिएका व्यक्ति २८ वर्षका पशुपति हुन्। काटिएको टाउको भने २८ वर्षका गिरिशको हो।

मालाभाली नगरको पुलिस चौकीमा पशुपतिले गिरिशको टाउको लिएर आएका थिए शनिबार बिहान करिब पौने १० बजे। पशुपतिले प्रहरीलाई दिएको बयान अनुसार दुवै साथी थिए। आमाको बारेमा गिरिशले जथाभावी बोलेपछि पशुपतिसँग उसको झगडा परेको थियो।

कसरी बच्ने यस्तो फेक न्युजबाट?
एउटा घटनालाई अर्कै भनेर झुक्याउन खोज्नेहरुबाट सावधान हुनुपर्छ। नेपालमा अहिले बलात्कारको घटना भइरहेको भएर फेक न्युज फैलाउनेले भारतको घटनामा नेपाली विवरण राखेर सबलाई उल्लु बनाउन खोजेका हुन्। अरु त झुक्किहाले, हजारौँ फलोअर भएका गायिकाले समेत यो फेक घटनालाई फैलाउन सघाए।

तपाईँले पनि फेसबुकमा यस्तै फेक न्युज देख्नुभयो भने फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ। यसरी-

यो फेक भिडियो राखिएको पोस्ट हो। हेर्नुस् त त्यहाँ share नजिकै तीन वटा थोप्ला छन्। भिडियो नभई पोस्ट हो भने त्यसमा पनि मान्छे वा पेजको नामभन्दा अलि पर यस्तै तीन वटा थोप्ला हुन्छन्। त्यसमा क्लिक गर्नुस्। त्यसपछि यस्तो पेज खुल्छ-

त्यसपछि Give feedback on this video मा क्लिक गर्नुस्। पोस्ट हो भने Give feedback on this post देखिन्छ। त्यसमा क्लिक गर्नुस्।

त्यसपछि False news मा क्लिक गर्नुस् र send मा क्लिक गर्नुस्। सकियो। त्यसपछि तपाईँ चाहनुहुन्छ भने त्यो पोस्ट गर्नेलाई यो गलत हो, हटाउनुस् भनेर जानकारी दिन सक्नुहुन्छ।

(तपाईँले पनि सोसल मिडियामा देख्नुभएका कुनै विषयमा शंका लागे हामीलाई [email protected] मा वा माइसंसारको फेसबुक पेजबाट पठाउन यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। सम्भव भएसम्म हामी त्यसबारे खोजी ब्लग लेख्ने प्रयास गर्नेछौँ।)

1 thought on “नेपालीले बहिनीको बलात्कारीको टाउको काटेर घुमाएको फेसबुके खबर गलत, यस्तो छ फोटोको सत्य”

  1. मुकेश यादव says:
    October 4, 2018 at 7:26 pm

    यो सरसोती लामा भनेकी कुनै ढंग र कला नभएकी भोंडी “कलाकार” हो / जे पायो त्यहि लिखछिन उनि /

    यसको यु ट्युब मा हेर्नोस इनका भिडियो / अर्ध नग्न छाती दिखएर हल्लाएर उफ्रने कराउने र सुर न ताल को गाउने अनि दर्शक मा बसेका बोका हरु इनको अर्ध नग्न हल्लेको छाती हर्दै उफ्रने कराउने तालि पिटने

    न रुप न कला / अनि जे पायो त्यहि “सेयर” करने / कि त् इनको बुद्धि छैन , कि त् सस्तो लोकप्रियता को लागि जे पनि करन तयार र जो सित पनि करन तैयार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme