Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

#FakeAlert नझुक्किनुस्, झापामा केही भएको छैन, कसले भड्काउन खोज्दैछ फेसबुकमा फेक पोस्टबाट?

Posted on December 3, 2018December 3, 2018 by Salokya


थारु ग्रुप नामको एउटा पब्लिक फेसबुक ग्रुपमा गरिएको एउटा पोस्ट भाइरल भएको छ। यो ब्लग लेख्दासम्म यो फेक पोस्ट हजार पटक सेयर भइसकेको छ। सेयर गर्ने र कमेन्ट गर्नेहरु धेरैले आँखा चिम्लेर यसलाई विश्वास गरेको देखिएको छ। मान्छे झुक्याउनका लागि यो पोस्टमा #बिबिसी_निउज_नेपाल समेत लेखिएको छ। #please_share लेख्दै यो पोस्टमा झापा जिल्लामा इसाईहरुले हिन्दु परिवारलाई कुटपिट गरेर कालो मोसो र जुत्ताको माला लगाएको लेखेर दुई वटा फोटो राखिएको छ। तर नझुक्किनुस्, यो खबर सही हैन। यसमा राखिएको फोटो पनि पुरानो र असम्बन्धित हुन्।

जुत्ताको माला लगाइएको फोटो ५ वर्षअघिको बेलबारी कान्डको हो। बलात्कारको आरोप लगाएको भन्दै दलित युवतीलाई स्थानीय बासिन्दाले अत्याचार गर्दाको फोटो हो यो। थप जानकारी

त्यसैगरी त्यो माथिको रगत बगेको महिलाको फोटो भने भारतको हो। भारतमा फेक न्युज फैलाउन पनि यही फोटोको प्रयोग भएको हेर्न यो लिङ्कमा क्लिक गर्नुस्

एउटा फेक फोटो राखिएको फेसबुक अकाउन्टबाट मान्छे भड्काउने गरी यस्तो पोस्ट किन गरियो? विचार गर्नुहोला। र, फेसबुकमा रिपोर्ट गर्नुहोला। साथै अझै पनि यो फेक पोस्ट सेयर गरिराख्नेहरुलाई सही जानकारी दिनुहोला।

(तपाईँले पनि सोसल मिडियामा देख्नुभएका कुनै विषयमा शंका लागे हामीलाई [email protected] मा वा माइसंसारको फेसबुक पेजबाट पठाउन यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। सम्भव भएसम्म हामी त्यसबारे खोजी ब्लग लेख्ने प्रयास गर्नेछौँ।)

2 thoughts on “#FakeAlert नझुक्किनुस्, झापामा केही भएको छैन, कसले भड्काउन खोज्दैछ फेसबुकमा फेक पोस्टबाट?”

  1. madan bajracharya says:
    December 3, 2018 at 10:25 am

    म नेपालमा बिदेश बात आयका बा नेपालकै क्रिस्चियनहरुले उनीहरुकै जिजस मात्रै इश्वर हो अरु सबै झुठो हो (जुन कुरा उनीहरुले भन्दै पनि आयको छ) भन्दै क्रिस्चियन बने भौतिक लाभ हुने लोभ देखायर नेपालीलाई क्रिस्चियन बनाउन खोजे अपराध नै गरे मान्छु/ तर कोहि नेपालि आफ्नै इछ्याले क्रिस्चियन बने तेसलाई गलत मान्दिन/ अब कुरा आउँछ कोहि नेपालि किन क्रिस्चियन बा मुस्लिम बन्दै छ र कसरि क्रिस्चियनले मुस्लिमले हिन्दुहरुलाई सजिलै सिट हिन्दु धर्म परिबर्तन गरन गराउन सकिरहेको छ भन्ने कुरामा/

    नेपालमा हिन्दु बनेकोमा “ठुलो र सम्पन्न बनेका सायदै मात्र कुनैले आफ्नो हिन्दु धर्म त्यागेर क्रिस्चियन बा मुस्लिम बनेको छ/ यस्तो धर्म परिबर्तन गर्नेहरु अधिकाश त् दलित बा पण्डितले सानोजताको अछुत भनेर पानि समेत छुन नदियको र मन्दिरमा पस्न समेत नदियकाहरुहरुनैछन्/ अब कुरा आउँछ के हिन्दु धर्मले मानिसलाई कोहि ठुलो जातको र कोहि सानो जातको मात्रै होईन छुन समेत नहुने हुन्छ भनेको भनेर सिकाउने पढाउने को हुन्?

    कुनै पनि धर्म मा त्यो धर्मको पण्डित पुजारी पादरी आदिले उनीहरुले धर्मको पाठ पढाउँदा उनीहरुले सिकायको धर्मको कुरालाई बिना प्रतिबाद र प्रतिप्रश्न सत्य मान्नु पर्ने बाध्यताछ/ अन्यथा तेस्तोलाई नास्तिक काफिर भयको आरोप लगाउञ्छन/ उनीहरुको अनुसार कोहि कुनै अत्याचारी बात पिडित हुनु पनि पिडितले पहिलेको जन्ममा पाप गरेकैले हो/उनीहरुको कुरा बिना प्रतिबाद र प्रतिप्रश्न मान्ने हो भने अत्याचारी बात पिडित भयको उल्टै पापी हुने भयो र अत्याचारी त् पापीलाई दण्ड दिने धर्माधिकारी पो भयो/ यसै कुरा बात पिडित भयकाहरुनै हिन्दु धर्म त्याग्दै आयकोछ/

    अहिले कानुनले पन्दितहरुले धर्मको नाममा गराउंदै आयको कयौं कुरालाई अपराध मानेको छ/ आज भन्दा करिव १२५ बर्ष पहिला पन्दितहरुको कुरा पत्यायर हिन्दु धर्मको नाममा लोग्ने मरे पछि स्वास्नीलाई सति पठाउने भनेर जिउन्दै जलाउने प्रथा बन्द नगरेको भय आज कुन महिलाले हिन्दु सिट बिबाह गर्थ्यो होला/ जव कुनै महिलाले कुनै हिन्दु सिट बिबाह नै गर्दैन भने कति जना हिन्दु आज नेपालमा बाकि रहन्थ्यो? कानुनले हिन्दु धर्मको नाममा पन्दितहरुले पुण्यको काम भनेर आम नेपालि माथि गरिंदै आयको कयौं गलत कुरामा बन्देज लगाई सक्यो/ तापनि पण्डितले पुन्य कार्य भनिने अपराधहरुमा कमि पनि आयको छैन/ त् कुनै क्रिस्चियनले धर्म प्रचार गरेकोले नेपालमा कोहि क्रिस्चियन बनेको होईन पण्डितले नै हिन्दु धर्मलाई मान्ने नसक्ने बनायकोले हो/ यो कुरा पन्दितहरुलाई हामीलाई भन्दा बढी थाह छ/ क्रिस्चियन मुस्लिम धर्म भन्दा हिन्दु धर्म नै श्रेष्ठ हुन्छ भनेर ब्यबहारमा पनि बुझाउनुनै कुनै हिन्दुलाई क्रिस्चियन मुस्लिम बन्न बात रोक्ने उपाय हो/ नभय अरुको धर्म नराम्रो भन्दैमा बा अरुको धर्म मास्न खोज्दैमा सफल हुँदैन; उदाहरण: आदि शंकराचार्यले नेपाल सम्मै आयर बुद्ध धर्म मास्न खोजेको थियो, उसले नेपालमा बुद्ध धर्म र बुद्धिस्त्लाई मास्न गरेको तहस नहसको प्रमाणहरु आज पनि कसैले पनि हेर्न देख्न सक्छ/ तर खोई त् …; आज उनी शंकराचारको चेला र अनुयाईहरु समेतले आफु हिन्दु भयको देखाउने टुप्पी काटेको बुद्धलाई मान्न बाध्यनै भयकोछ/

    क्रिस्चियन धर्म प्रचारलाई रोक्न क्रिस्चियनहरु माथि झुठो आरोप लगाउनु र बन्देज लगाउनु भन्दा आफ्नै हिन्दु धर्मको नाममा हुने गलत कार्यहरुलाई रोक्नु र तेस्तो गलत कार्यलाई दण्ड दिनुनै नेपालमा कोहि क्रिस्चियन बन्न बात रोक्ने प्रभावकारी हुन्छ/

    Reply
  2. Kumar Sapkota says:
    December 3, 2018 at 10:18 am

    धन्यवाद सालोक्य जी,
    जिम्मेवार पत्रकारिता र सजग बनाउने अगुवाई गर्नु भएको उदाहरनिय काम गर्नु भएको प्रसंसनिय छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme