Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एप राखेपछि मोबाइल चार्ज गर्न नपर्ने : सगुनको सेयर बेच्ने फन्डामात्रै कि साँच्चिकै?

Posted on December 3, 2017 by Salokya

केही हप्ताअघि संसार उछिन्दै नेपाली आविस्कार शीर्षकमा एउटा भिडियो सामाजिक सञ्जालमा निकै सेयर भएको देखियो। त्यसमा गजबको कुरा गरिएको छ। मोबाइलमा एउटा त्यस्तो एप राख्ने, जुन राखेपछि ब्याट्री चार्जरमा जोड्दै पर्दैन। त्यो एपले आफै ब्याट्री रिचार्ज गरिरहन्छ। अहिले हरेक शहरियाको हातमा मात्रै हैन गाउँमा समेत स्मार्टफोन पुगिसकेको छ। स्मार्ट फोनमा सबैभन्दा ठूलो समस्या व्याट्री छिटै सकिने हो। कहिल्यै ब्याट्री चार्जरमा जोड्नै नपर्ने गरी मोबाइल एपको भरमा चार्ज भइरहने हो भने गजब कुरा भएन त? यदि यो एप आयो भने सगुनलाई सामसङ्ग वा एप्पलले भने जति मिलियन्स् डलर दिएर किन्ने पक्का छ। तर के यो सम्भव छ?

सबभन्दा पहिला भिडियोमा गरिएको दावी हेरौँ-

यी महिला स्वाती दयाल हुन्। सगुनका सहसंस्थापक। सगुन एउटा सोसल साइट हो। यसको विज्ञापन तपाईँले थुप्रै नेपाली अनलाइनहरुमा देख्नुभएको होला। अहिले यो कम्पनीले विदेशमा बसेका नेपालीलाई लक्षित गरी आफ्नो सेयर पनि बेचिरहेको छ।

यी हुन् भारतको आइआइटी दिल्लीका डा. निलाद्री चटर्जी। यिनले पनि भिडियोमा एप चलाउँदा ब्याट्री आफै रिचार्ज हुने एप बनाउने बताएका छन्।

यस्तो बनाउन सकियो भने त क्रान्ति नै हुन्छ। हरेकको मोबाइलमा यो एप हुनेछ। किनभने एप राख्ने बित्तिकै चार्जरमा जोड्नै नपर्ने आफै रिचार्ज हुन्छ। एप राख्यो, हिँड्यो मोबाइल बोकेर। नोबेल पुरस्कारै हात पार्नुपर्ने हो यस्तो आविस्कार भयो भने त।

तर के यो सम्भव छ?

सबभन्दा पहिले आइआइटीकै डा. लाई सोधियो। यस्तो थियो उनलाई पठाइएको इमेल

In my understanding, with all due respect, Sir, the law of conservation of energy states that the total energy of an isolated system in a given frame of reference remains constant. I learnt from my school that no system without an external energy supply can deliver an unlimited amount of energy to its surroundings. Recently, I read several articles about energy harvesting techniques in wireless sensor networks; those techniques include solar, mechanical, and thermal technique.
I am really interested in your technique to recharge battery without external energy, i.e. only with an app, as mentioned in the video. Please refer the video https://youtu.be/38fD8Bw_S6c?t=11m59s
Watching the first part of this video, it seems like it is not about energy harvesting, but about ‘perpetual energy’ that can generate energy indefinitely without an energy source.

उनले इमेलमा दिएको जवाफ यस्तो थियो-

उनले त्यसरी एपबाट इनर्जी सिर्जना हुन नसक्ने अर्थमा आफ्नो जवाफ पठाएका छन्।

अनि मैले सोधेँ माइसंसारमा विज्ञानबारे सरल भाषामा बुझ्ने गरी लेखिरहनुहुने ‘विज्ञान बा’ लाई। असाध्यै व्यस्त हुने उनको जवाफ आउन निकै ढिला भयो। उनले यसो भने,

Wireless charging त सम्भव छ, तर त्यो पनि चार्ज गरेकै भयो । कुनै चार्जिङ डिभाइस नजिक नभइकन एपबाट मात्र आफै चार्ज हुने र एक पटक चार्ज गरे पछि कहिलै चार्ज गर्न नपर्ने कुरा त सम्भव छैन। 

अहिले सगुन विदेशमा रहेका नेपालीहरुलाई आफ्नो सेयर बिक्री गरिरहेको छ। सगुनको सक्रिय प्रयोगकर्ता धेरै कम छन् र आम मानिसले यो चलाउने कुनै विशेष कारण छैन। के यिनै कारणले हाल गैर आवासीय नेपालीहरुलाई पैसा लगाऊ भन्नका लागि उनीहरु यस्तै अफवाह फैलाउँदै त छैनन्?  खबरदार, दु:ख गरेर कमाएको कतार/साउदी अरेबियाका गरिब कामदारहरुको पैसा कसैको लहड (वा रहर)मा नडुबोस्। इन्फर्मेसन टेक्नोलाजीमा भन्न त केही पनि सकिन्न, तर पनि केही खास विशेषता बिना फेसबुक, ट्विटर वा इन्स्टाग्रामलाई च्यालेञ्ज गर्छु भन्नु अहिलेलाई दिवा सपना हुन पनि सक्छ। यदि सगुनले ५० प्रतिसश पनि इन्भेष्टमेन्ट विदेशीहरुसँग लिन सक्यो भने यसलाई मान्न सकिन्छ। नत्र, टेक्नोलोजी नबुझेका नेपालीहरुको मात्र लगानी लानु भनेको शंकाको विषय हो।

इनर्जीको विषयमा चासो राख्ने विदेशमा अध्ययनरत विद्यार्थीका माध्यमबाट अरु केही प्रोफेसरहरुलाई यसको बारेमा सोध्न लगाएको थिएँ। उनीहरुले यो प्रायः असंभव छ भनेका छन्।  यस्तो थ्यौरीलाई Perpetual Energy  (Perpetual motion) भनिन्छ। गुगल गरी हेर्दा यो विषयमा थप जान्न सकिन्छ।

कहिलेकाहीँ मिडियामा यस्ता दावी हुन्छन्। जस्तै आघा वाकार नामका पाकिस्तानी इन्जिनियरले पानीबाट चल्ने कार बनाएको दावी गरेका थिए। पाकिस्तानका वरिष्ठ पत्रकारदेखि वैज्ञानिक र राजनीतिज्ञहरु समेत मूर्ख कसरी बनेका थिए, यो लिङ्कमा क्लिक गरी पढ्नुस्।

भिडियोमा हेर्नुस् पत्रकारलाई डेमो देखाएको

यो चाहीँ एक जना प्रोफेसरले यस्तो हुदैन भनेको

यो भिडियो पनि हेर्नुस्, किन पानीबाट चल्ने कार सम्भव छैन, विज्ञको भनाई

म विज्ञानको विद्यार्थी परिनँ। तर अहिले हजारौँ नेपाली विदेशमा पढ्न गएका छन् र नेपालमा पनि धेरै विज्ञानका विद्यार्थीहरु छन्। यो के कुरा हो? एप राखेपछि “होक्स” हो कि साँच्चै “नोवेल पुरस्कार” कै हाराहारीको कुरा हो? कृपया आफूलाई भएको जानकारी वा आफ्ना प्रोफेसरलाई सोधेर जानकारी दिन सकिए जनहितका लागि त्यति कष्ट गरिदिनुहोला।

37 thoughts on “एप राखेपछि मोबाइल चार्ज गर्न नपर्ने : सगुनको सेयर बेच्ने फन्डामात्रै कि साँच्चिकै?”

  1. Thakur K.C says:
    December 8, 2017 at 4:40 pm

    मलाई पनि यो सगुनको एप प्रति शंका लागेर केशव स्थापित ज्यू लाई सोधें,,,दाई के यस्तो एप सम्भव छ त, भनेर,,,,,उनले भने-किन नहुने भाई, मैले सोचेको एप नै यस्तो हो, अझ म त भन्छु, मैले सगुन डट कम संग कुरा पनि गरिसकेको छु,,,मैले चुनाव जितेपछि तंपाईहरुले यस्तो यउटा एप बनाउनु पर्छ जसलाई जनताले मोबाईल फोनमा डाउनलोड गर्छन अनि ढ्याक्क एप खोल्छनु त्यसपछि त्यो एपले विभिन्न शहरहरुको नाम देखाउंछ, अनि त्यो शहरको नाममा किलिक्क गर्दासाथ, ठ्याक्कै त्यो किलिक्क गर्ने व्यक्ति त्यो शहरमा एकै मिनेटमा पुगिहाल्छ,,,न जाममा फसिने झन्झट, न मोटर चाहियो, न त मटरसाईकल नै,,,म त यो शहरलाई यस्तै हाईटेक बनाउंछु क्या,,,,,,,,उफ बल्ल विश्वास लाग्यो सगुनले बनाउन लागेको एपप्रति,,,,,,

    Reply
  2. Prakash says:
    December 7, 2017 at 7:04 pm

    Only in a country full of people who are delusional like ours do people believe in such a blatant lie. Please beware of this hoax. Do not invest a penny. You will regret sorely.
    Sympathy!!!

    Reply
  3. निरन्जन थापा says:
    December 7, 2017 at 9:11 am

    यो बकवास App हो ,

    App र Software को काम Hardware लाइ कसरि चल्ने भनेर Instruction दिने हो .जसरि बिना Speaker आवाज आउदैन तेसरी नै ,बिना Hardware, App ले Mobile मा नभएको Feature आउदैन .

    phone मा भएको Wireless Charging को लागि Inductive charging Coil हुन्छ,जुन hardware हो.

    अहिले को समय मा Smart Phone मा Battery Backup समस्या भै रहेको छ , येदी App बाट नै mobile charge हुने भए .Smasung ,Apple Sony, ले यो feature आफ्नो फोन मा राख्दैन थिए , जुन फोन को big selling पोइन्ट हुन्थ्यो.अब स्वयं smart फोन कम्पनी ले नराखेको feature App ले कहिँ हुन्छ ???? फोन कम्पनी बेबकुफ हुदैनन .

    नहुने वाहियात कुतर्क को हल्ला मात्र हो ..charging को कुरा छोडौ .इन्टरनेट नभएको बेला जुन smart phone मा FM RADIO छैन ..तेस्लाई FM बज्ने App बनाएर देखाऊ त ल …सकी गो नि ..

    Reply
  4. Krishna Prasad Kadariya says:
    December 6, 2017 at 6:42 am

    आशाबादी हुनु र सकारात्मक सोच राख्नु पर्छ . विज्ञानले तपाई हामीले सोचेको भन्दा धरै धरै फरक नतिजा नदियका भय नया आबिस्कार्हरुनै हुने थियनन हैनर . सलोक्यजिको आधार खोज्ने आनिमात्र बिश्वास गर्ने बानी धेरै राम्रो .

    Reply
  5. yogi says:
    December 6, 2017 at 3:42 am

    यदि तेस्तो हो भने त सगुनले पक्कै पनि पेटेन्ट दर्ता गरेको होलानी.. लामो कुरा किन गर्नु पत्ता लगाए भैगोनि….

    Reply
  6. ठुले नेपाली says:
    December 5, 2017 at 4:36 am

    पूर्व-प्रधानमन्त्री माधब नेपालज्युले भन्नुभए जस्तै होला । बिजुली एक ठाउँ बाट तार नजोडिकनै अर्कोमा ठाउँमा वायरलेसबाटै लैजान सकिने प्रबिधिको उपयोग गरी नेपालले आर्थिक क्रान्ति गर्ने कुरा गर्नुभयको थियो । शायद, सगुनले तेसैको पुर्व तयारी गर्दै रहेको जस्तो बुझिन्छ ।

    Reply
  7. Ratna Thapa says:
    December 5, 2017 at 3:07 am

    पक्ष र विपक्ष दुवैका धारणा पढियो, रमाइलो पनि लाग्यो | दुवै पक्षलाइ मेरो धेरथोर समर्थन पनि छ | तर सगुनको प्रयास सफल पनि हुनु सक्छ किन भने मैले सुनेको वाइफ़ाइबाट मोबाइल ब्याट्री चार्ज हुनु सक्छ रे, र सगुनको एप्प चलाउदा मात्र ब्याट्री चार्ज हुने त भनेकै छन् उनीहरुले | सगुनले यस्तो एप्प बनाउने होला जसले नजिकको वा उनीहरुको आफ्नै वाइफ़ाइ हट्स्पटसित कनेक्ट गरिराख्ने छ | ब्याट्री कम भएको देखाउने एप्प त कति छन कति अहिले, र सोही प्रविधि हेरेर सगुनको एप्प्ले कति हदसम्म ब्याट्री घटेको छ थाहा पाएर सो अनुसार स्वतः चार्जर एप्प वाइफ़ाइसित कनेक्ट हुनेछ र ब्याट्रीको लेभल बढ्नु सक्छ | शायद यो सम्भव छ होला र नै उनीहरुले जमर्को गरिराखेका छन | सफल भएमा नेपालीको शिर उचालिने छ; असफल भएमा उनीहरु शायद अर्को प्रविधिको अन्वेषणतर्फ लाग्ने छन | जे गर्नु पनि लगानी धेरै चाहिन्छ नै, त्यसैले उठाउदैछन लगानी | एन.आर.एन.केन्द्रित अभियान किन भएको होला भने उनीहरुले न्यूनतम हजार डलर भनेकोले र एनआरएनको भोज भतेर पार्टी र समारोहमा खेर जाने पैसा संकलित भएर सगुनले सदुपयोग गर्नु सक्यो भने राम्रै कुरा हो | हाललाइ अलिक पोजिटिभ सोच्नु पर्ला …..

    Reply
  8. KPSharma says:
    December 4, 2017 at 7:30 pm

    Who says it is not possible, energy is everywhere. Just see around, light energy(sunlight), sound energy(surrounding sounds), frictional energy(air friction,hand friction), mechanical energy(moving smartphone), we could convert these energies to chart smartphone batteries.

    But this technology is a future technology, so, I do not think sagoon has developed such kinda application, otherwise, they could have been already purchased by google/apple.

    Reply
  9. Kumod Parajuli says:
    December 4, 2017 at 1:29 pm

    यो इन्डियन कम्पनी ले नेपाली हरु मुर्ख हुन्छन भन्ने थाहा पाएछ !

    Reply
  10. Pralhad Dhakal says:
    December 4, 2017 at 5:20 am

    I am fan of your journalism 🙂 At least we have few in Nepal.

    Reply
  11. SUSHIL says:
    December 4, 2017 at 10:58 am

    उपग्रहबाट बिजुली बाँड्ने भए यो सम्भव छ होइन भने यो कुरा हामी सबैलाई खिर खुवाउन खोजिएको हो.
    कि त सोलारबाट चार्ज हुने मोबाइल हुनुपर्यो, कि त निकोला टेस्लाको भुत जागेर आउनुपर्यो.

    Reply
  12. Ajay Sharma says:
    December 4, 2017 at 9:50 am

    Possible nahi xinna esto..

    Reply
  13. KAMAL NEUPANE says:
    December 4, 2017 at 8:13 am

    Dear Salokya,
    How could you believe in such a groundless argument? No matter how haw bout your knowledge in science, its a very simple fundamental law of energy transformation. “Energy can’t be generated itself, it need to be transferred from one form to another”, such as chemical energy in battery to electric energy, fuel to heat energy.
    It’s all hoax.

    Reply
  14. deepak says:
    December 4, 2017 at 12:15 am

    त्यो ऎप भनेको सोलार चार्जर होला . डाउनलोड गरे पछि घाम मा राख्ने /

    Reply
  15. Pradip Shrestha says:
    December 3, 2017 at 9:35 pm

    Sarcasm Alert!!!
    As from Einstein’s special theory of relativity, mass and energy are equivalent. And energy can be produce from mass using E=mc^2. May be that app triggers nuclear reaction and generates energy consuming its own mass. 😀
    Sarcasm Alert!!!

    Reply
  16. Apper says:
    December 3, 2017 at 8:29 pm

    This is truly bullshit. Energy without source is not possible.
    Regarding Sagoon’s business model, they don’t have anything new. “Connect, Share, Earn” all these things are now in Facebook. And facebook has much more. Technologically facebook is far ahead then others in the world.

    Reply
  17. राजन says:
    December 3, 2017 at 5:12 pm

    Eiffel Tower बेच्ने Victor Lustig लाई पनि मात गर्ने ठग हरु रहेछ ।

    Reply
  18. Uday says:
    December 3, 2017 at 5:05 pm

    Not Possible . Only can minimize the power consumption rate by cleaning the unwanted running apps like some cleaner .

    Reply
  19. Halakshu Tirtha says:
    December 3, 2017 at 9:36 am

    मैले पनि sagoon लाई mail गरि सोधेको थेँ, reply मा यस 2018 को January मा यो apps lunch हुन्छरे, त्यसपछि सबै कुराहरु जान्कारि भैहाल्छ भनिएको थियो । अब हेरौं के रहेछ real fact.

    Reply
  20. maila says:
    December 3, 2017 at 12:08 pm

    बकवास हो .लेखेर राख्नु सगुन सकिन्छ . यसमा पैसा हाल्ने सब मुर्ख हुन्. काम लाग्ने कुनै याप छैन. फेसबुक को १/१०००००० पनि छैन एसको कवालिटि

    Reply
  21. Mahesh says:
    December 3, 2017 at 12:00 pm

    Wow, they are going out of their way to make false claim. Running their app will only consume energy not produce energy. Looks like they want to scam innocent Nepalese people abrod and take their money. Their battery auto recharge claim is a deceit.

    Also, regarding Sagoon shares, why don’t they raise money from venture capitalists from silicon valley who know how technology works and can also help to make progress instead of trying to make money out of people who doesn’t know how technology works.

    It’s possible that some Nepalese company will make product that can challenge Facebook or Google one day but Sagoon will not.

    Reply
  22. Yam Bahadur Pun says:
    December 3, 2017 at 5:56 am

    एप त आई सक्यो। काम न लाग्ने एप छ।

    Reply
  23. Amrit Bhandari says:
    December 3, 2017 at 4:35 am

    thagi dhanda

    Reply
  24. Navin Rayamajhi says:
    December 3, 2017 at 9:05 am

    सगुनको सेयर किन्नु भन्न को लागि अहिले अमेरिका मा नेपाली ठग्न नेपाली हरु नै ब्यस्त छन् र कति त ठगिसकेका पनि छन्. म बिज्ञान को जानकार त होइन तर कुनै उर्जा बिना नै एक पटक ब्याट्री चार्ज गरेपछि आफसेआफ चार्ज भइरहने कुरा अविश्वासिलो छ…..आगे भगवान को दया.

    Reply
  25. Rajendra Adhikari says:
    December 3, 2017 at 2:22 am

    1000% bakwas.

    Reply
  26. Dgirunng says:
    December 3, 2017 at 6:22 am

    यस्तो हावादारी कुरो| यो सगुन भन्नेले गोर्खेको लगानी डुबाउने भो|

    Reply
  27. Eka Raj Agasti says:
    December 2, 2017 at 11:03 pm

    मेरो अनुमान अनुसार चै त्यो एप सायद यस्तो एप हो जुन एउटा मोबाइल बाट अर्को मोबाइल मा वाएरलेस मार्फत ब्याट्री ट्रान्सफर गर्न सकिन्छ, जसरि कुनै गित, भिडियो हरु एउटा बाट अर्को मा ट्रान्सफर गरिन्छ। गित, भिडियो तथा फाइल डाटाहरु ट्रान्सफर गर्नका लागि केबल, ब्लु टुथ, इन्फ्रारेड या वाइफाइ मार्फत गरिन्छ र तेस्का लागि छिटो भन्दा छिटो डाटा ट्रान्सफर गर्ने विभिन्न एप हरु उपलब्ध छन। तेस्तै अहिले एउटा मोबाइल बाट अर्को मोबाइलमा पाओर ट्रान्सफर गर्नका लागि केबल मार्फत मात्रै सम्भब छ, बिना केबल पाओर ट्रान्सफरका लागि जस्लाइ वाएरलेस ट्रान्सफर भनिन्छ वाएरलेस चार्ज सपोर्ट गर्ने मोबाइल साम्सुङ ग्यालेक्सी s6, S7,S8, note 8, आइफोन 10 जस्ता मोबाइल हरु मा यस्तो खाल्को एपले काम गर्न सक्छ। दुबै मोबाइल मा एप ओपन गरेर एउटा मोबाइलको वाएरलेस चार्ज गर्ने ठाउमा जुन मोबाइल को पछाडी पट्टि को भाग मा हुन्छ त्यो भाग लाई अर्को वाएरलेस चार्ज गर्ने मिल्ने मोबाइल लाई छुवाएर ब्याट्री ट्रान्सफर गर्न सकिने बनाउन सकिन्छ। यसो गर्दा जुन मोबाइल बाट पाओर तानिन्छ तेस्ले वाइलेस चार्जर प्याड को जस्तै काम गर्छ। सायद सगुनले बनाउने एपले पनि यसै गरि ब्याट्री ट्रान्सफर गर्न सक्छ कि।

    Reply
    1. Raj Nawa says:
      December 2, 2017 at 11:30 pm

      Electricity can not be transferred on air. If it’s possible we will get electric shock everywhere. Please use your common sense try doing research before showing stupidity to the world

      Reply
    2. Eka Raj Agasti says:
      December 2, 2017 at 11:48 pm

      यो एअर ट्रान्सफर होइन, एउटा मोबाइल लाई चार्जिङ प्याड बनाएर ट्रान्सफर गर्ने भनेको हो, जसरी ग्यालेक्सि S6 लगायत आइफोन 10 लाई वाएरलेस प्याड मा राखेर चार्ज गर्न सकिन्छ तेसै गरि अहिले बजार मा वाएरलेस चार्ज सपोर्ट गर्ने पाओर ब्याङ्क हरु र मोबाइल कभर समेत पाइन्छ । तेस्तै तरिकाले ब्याट्री ट्रान्सफर हुने बनाउन सकिन्छ।

      Reply
  28. Acharya Sahik says:
    December 2, 2017 at 10:35 pm

    Hawa kura.

    Reply
  29. Pradip Neupane Nepal says:
    December 2, 2017 at 10:05 pm

    Ishwor Kuinkel dai kura yasto aayo ta ???

    Reply
    1. Ishwor Kuinkel says:
      December 2, 2017 at 10:07 pm

      Haitt bhai real ho ra bhaneko?

      Reply
    2. Pradip Neupane Nepal says:
      December 3, 2017 at 1:02 am

      Khoi Dai k pataunu k napataunu but honestly Dai I still don’t see much difference between Facebook and sagun and we all know google tried to come up something like that twice to compete with Facebook and they fail so I doubt sagun will go anywhere but as all investors are Nepali and some of them are my family member I wish they will do well.

      Reply
    3. Pradip Neupane Nepal says:
      December 3, 2017 at 1:19 am

      About battery recharge thing I don’t thing it is possible and if that was possible and they know how to make one do u think they will come to this level for shareholders??

      Reply
  30. bijay says:
    December 3, 2017 at 2:40 am

    यसरि बिना बिद्युत चार्जर ब्याट्री आफै चार्ज हुन सक्ने भएको भए त संसारमा बिद्युतको समस्या नै सकी हाल्यो नि ..यौटा बढेमानको मोबाइल फोन बनायो अनि त्यसमा सगुनको एप हाल्यो अनि त त्यसैबाट बत्ति बल्यो..

    मुर्ख बनाउनुको पनि यौटा हद हुन्छ नि.
    हुन त बिरामी हुँदा डाक्टरलाई छोडेर रामदेवको..अनि कुनै माताको अनि हालसालै सुन्निएको बाबाको सरर्णमा लाग्ने मान्छेको बिगबिगी भएको जमातमा जे गरेपनि हुन्छ

    Reply
  31. Madan K Suwal says:
    December 2, 2017 at 8:31 pm

    Next to impossible. Battery ma bhayako kehin ansa use hunchh kehi recharge ma pathauna sakinchh, ta ad ma bhane jastai kahile recharge garna naparne garna sakinna, lekher diyan. Laja.

    Reply
  32. डील्लीराम भण्डारी यात्री says:
    December 3, 2017 at 1:58 am

    ठुलै सोच्ने र दिमागी मान्छेले एप राखिसकेपछी त्यै एपको सहायताले हामिले मोबाइल स्क्रीनमा टच गर्दा वा घर्षण गर्दा पैदा हुने चाप र ताप लाइ energy मा परीबर्तन गरी ब्याट्री सम्म पुर्याउन खोजेको हो की??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme