Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसईई रिजल्ट : फेसबुकको फेक सूचनामा सर्वसाधारणमा मात्र हैन झुक्किए पत्रकार पनि

Posted on June 4, 2018June 5, 2019 by Salokya

फेसबुक र ट्विटरमा अहिले राष्ट्रिय परीक्षा बोर्डको एसईई सम्बन्धी एउटा सूचना निकै सेयर भइरहेको छ।  एसईई परीक्षा २०७५ को नतिजासम्बन्धी सूचना शीर्षक राखिएको यो सूचनामा जेठ २० गते बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठक अनुसार उत्तर पुस्तिका जाँच्ने काम पूरा भई डाटा इन्ट्रीको काम सुरु भइरहेको र परीक्षाफल असार ५ गते हुने निर्णय भएको उल्लेख छ। 

सूचनाको अन्तिममा एक नाम नखुलेको व्यक्तिको हस्ताक्षर समेत राखिएको छ। राष्ट्रिय परीक्षा बोर्डका सार्वजनिक सूचनाहरुमा यसरी कसैको हस्ताक्षर राख्ने गरिएको बोर्डकै वेबसाइटमा भएका अरु सूचनाहरु हेर्दा देखिएन।

सूचनामा प्रशस्त गल्ती छन्। त्यसैले पत्रकारहरुले त्यसलाई उडाउन भ्याइहाले।

फेसबुक वा ट्विटरमा भेटिएका यस्ता सूचना सही हो कि हैन भनी भेरिफिकेसन गर्न बोर्डको वेबसाइट हेर्न वा बोर्डका पदाधिकारीहरुलाई सम्पर्क गर्नतिर लाग्नु भन्दा गल्ती देखियो भन्दै उडाउन हतार भयो।

कसैले यति गल्ती देखियो भनेर लेखे, कसैले त्यति मात्र हैन, थप यति गल्ती छन् भन्दै चिनो लगाए।

पत्रकारहरुबीच रमाइलो चल्यो। कसैले यो गल्ती पनि हुनसक्छ भने, कसैले सत्यता जाँच्ने र भ्रम हटाउने काम त्यतैको हुने बताए।

त्यसको सत्यता जाँच्ने र अावश्यक परे खण्डन-मण्डन गरी भ्रम दूर गर्ने दायित्व पनि त्यतै हुन्छ नि !

— Rajendra Dahal (@RDahal62) June 4, 2019

पत्रकारहरुबीच मात्र हैन, सर्वसाधारण- अझ विदेशमा भएका नेपालीहरुमाझ पनि यो सूचना चर्चामा रह्यो। प्रधानमन्त्रीलाई माफी माग्न लगाउने कि शिक्षामन्त्रीलाई भनेर समेत बहस भएको देखियो

बोर्डको वेबसाइटमा यस्तो सूचना राखिएको थिएन। न अहिलेसम्म एसईई (त्यतिबेला एसएलसी) को रिजल्ट यति गते प्रकाशित हुन्छ भनी अहिलेसम्म कहिले सूचना आएको नै देखिएको थियो।

के रहेछ त कुरा?

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई फोनमा सोधेँ – ‘फेसबुकमा राष्ट्रिय परीक्षा बोर्डको लोगो हालेर सूचना राखिएको छ। सत्य कुरो के हो?’

उनले भने, ‘यो गलत हो। बोर्डले अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन।’

‘राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म डेट फिक्स गरेको अवस्था छैन,’ उनले थपे। डेट फिक्स नै नगरेको अवस्थामा यस्तो सूचना प्रकाशित गर्ने कुरा पनि आएन। फेरि सूचना कुनै विश्वसनीय ठाउँमा आएको हुनुपर्‍यो नि, कि आधिकारिक वेबसाइटमा, कि पत्रपत्रिकामा। फेसबुकमा जसलाई मन लाग्यो उसले भ्रम छर्नलाई एउटा सूचना बनाएर यसो फ्याँकिदिने, अनि सही हो कि हैन पत्ता नै नलगाई त्यसैमा सबै कुद्‍न त भएन नि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme