Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओबामाको मोटरकेडलाई ओलीको भनेर लेख्दा सांसद नवीना लामा दङ :)

Posted on September 25, 2018September 26, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओली अहिले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्कमा छन्। इत्तिहाद एयरको विमानबाट अबु धाबीमा ट्रान्जिट हुँदै न्युयोर्क पुगेका प्रधानमन्त्रीलाई अमेरिकाले भव्य स्वागत गर्‍यो र न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्कर्टिङ गर्दै लग्यो भनेर एउटा फोटोसहितको फेक समाचार आएछ। विद्यार्थी नेतृबाट सांसदमा प्रमोसन हुनुभएकी नवीना लामा दङ भइन्। उनले आफ्नो फेसबुकमा यो समाचार सेयर पनि गरिन्। उनको पोस्टमा थुप्रैले उनलाई यो गलत हो भनेर कमेन्ट लेखेका छन्। तर उनले नपत्याएर होला, पोस्ट अझै डिलिट भएको छैन। सांसद नवीना दङ पर्ने त्यो फोटो खासमा कहाँको हो भनेर एकछिन इन्टरनेटमा खोज्दा ठ्याक्कै भेटियो। त्यो त खासमा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाको मोटरकेड पो रहेछ।


जुन फोटोलाई ओलीको र न्युयोर्क प्रहरीको स्कर्टिङ भनिएको छ, त्यो वास्तवमा सन फ्रान्सिस्कोको रहेछ। tomstorey नामको युट्युब युजरले May 28, 2010 मा अर्थात् आजभन्दा ८ वर्षअगाडि President Obama visited San Francisco on 26th May 2010. His motorcade passed by the hotel where I was staying. लेख्दै पोस्ट गरेको भिडियोबाट निकालिएको रहेछ यो स्क्रिनसट। त्यसमा प्रधानमन्त्री ओलीको फोटो राख्दै काल्पनिक समाचार बनाउँदा सांसद जस्ता व्यक्ति दङ परिन्।

हेर्नुस् त्यो भिडियो

उनकै फेक फोटोसहितको पोस्टमा राम ढुंगानाको एउटा रमाइलो व्यङ्ग्य पनि छ। पढ्ने कि-

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली आउने खबरले केही दिन अघि देखि नै उत्साहित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क स्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमान अवतरण गर्नुभन्दा केही घण्टा अघि देखि टर्मिनल नम्बर ४ मा कुरेर बसेका थिए।

केही बेर ढिला गरी ल्याण्ड भएको प्लेनको झण्डै आधा जसो सीट ओगटेका सुरक्षा संयन्त्र सहितका प्रतिनिधि मण्डलको नेतृत्व गरी नेपाली राष्ट्रिय पोशाकमा प्रधानमन्त्री ओली सवारी हुनु भयो। उहाँलाई स्वागत गर्न अमेरिका स्थित बिभिन्न राज्यबाट हिजो देखि नै भेला भएका दर्जनौ अरिंगाल मण्डलीहरु माला, खादा लिएर बसेका थिए। केही त एक हप्ता देखि आफ्ना सम्पूर्ण काम थाती राखेर प्रधानमन्त्रीको दर्शनभेटका लागि ब्यग्र प्रतीक्षित थिए।

प्रधानमन्त्री ओली सुरक्षा गेट बाहिर आउने बित्तिकै ट्रम्प र अमेरिकी सरकारका उच्च पदाधिकारीहरु वहाँको स्वागत गर्न गईहाले।आफ्ना दर्जनौँ प्रतिनिधिका बिचमा शानले हिडिरहेका प्रधानमन्त्री ओलीले ट्रम्पका हातमा एक बुके बाहेक माला र खादा केही नदेखेपछि देखेर पनि नदेखे झैं गरेर अघि बढ्न खोज्दा ट्रम्पले प्रम ओलीलाई ‘तपाईंलाई अमेरिकामा स्वागत छ’ भन्दै आफैले ओलीको हात तानेर मिलाएका थिए। प्रधानमन्त्री ओलीले त्यस बखत मुन्टो हल्लाएर ओके-ओके मात्र भन्नु भयो।

तर पनि टाढाबाट आएका थाकेको हुनुहुन्छ होला भनेर राष्ट्रपति ट्रम्पले अन्यथा लिएनन्, प्रम ओलीको सुरक्षा व्यवस्थाबारे ट्रम्प आफैले प्रत्यक्ष निर्देशन दिइरहेका र बुझिरहेका हुन्थे।जे.एफ.के. विमानस्थलदेखि ओलीलाई बस्न ब्यवस्था गरिएको होटलसम्म जाने बेलामा बाटो पूरै खाली गराईएको थियो तथा वहाँको सम्मानमा अमेरिकी जलसेनाले एक्काईस तोपको सलामी एयरपोर्ट हातामै दिएको थियो। प्रहरीको स्कर्टिंगमा कर्फ़्यू लागेको जस्तो भान हुन्थ्यो।

जल,स्थल,आकाशमा विशेष कमाण्डोले सुरक्षा दिइरहेका थिए।आकासमा प्रम ओलीको स्वागतमा बिशाल फायर शो गरिएको थियो। नेपालको बिकासक्रमबाट प्रभावित राष्ट्रपति ट्रम्पले ओलीसँग केही घण्टा वन-टु वन वार्ताको प्रस्ताव राख्दा प्रम ओलीले समय अभावले समय दिन नसकिने जवाफ दिनुभएको थियो।आफ्नो प्रस्ताव अस्वीकृत भएपछि निराश भएका ट्रम्पले ओली नेतृत्वको दुईतिहाई सरकारले ७ महिनाको बिचमा नेपालको बिशेष गरी यातायातमा सिण्डिकेट, अपराध नियन्त्रण र बिकास तथा प्रबिधिको क्षेत्रमा गरेको चमत्कारिक प्रगति सुनेर अमेरिकामा पनि त्यस्तै सुधार थाल्ने बताएपछि प्रधानमन्त्री ओलीले ओके-ओके भनेर २ मिनेट समय दिने भएपछि ट्रम्पको अनुहार एकाएक चम्किलो देखिएको थियो। ट्रम्पले ओलीसँगको भेट आफ्नो जीवनकै अविष्मरणीय र ऐतिहासिक भएको भनेर बताएको अरिङ्गाल मण्डलीको विशेष सूत्रले जानकारी दिएको छ। ओलीको सम्मानमा ट्रम्पले प्रतिनिधिमण्डललाई रात्रीभोज दिने तथा म्यानह्याटनका केही नाईट क्लबहरुमा शयर गराउने पनि खबर छ।

यो पनि हेर्नुस-
ज्ञानेन्द्रसहित फोर्ब्सले नेपालका १० धनाढ्यको सूची निकालेको समाचार पढ्नुभो? साँचो कुरा चाहिँ यहाँ छ है
के हो मिथ्या समाचार (फेक न्यूज) ? मिथ्या समाचार कसरी चिन्ने ? मिथ्या समाचार: के गर्ने ? के नगर्ने ?

तपाईँलाई पनि कुनै न्युज फेक हो कि हैन जस्तो शंका लागे माइसंसारलाई [email protected] मा पठाउन सक्नुहुन्छ। सम्भव भएसम्म हामी त्यसको नालिबेली खोतल्ने प्रयास गर्नेछौँ।

8 thoughts on “ओबामाको मोटरकेडलाई ओलीको भनेर लेख्दा सांसद नवीना लामा दङ :)”

  1. Pingback: युएनमा प्रम ओलीले गरेको भनिएको दमदार भाषणको दम यही रहेछ? Weather लाई Water, Sound लाई Second उच्चारण – Mysansar
  2. मुकेश यादव says:
    September 26, 2018 at 10:39 pm

    अनि कमल जी चाहिं काठमनडु को चिया पसल मा बसेर विकास र प्रकास का गप शप हाँकने पर्नु भयो कि विदेश मा काम करेर बसेर remotely अर्थविद र नेता बननु भएको हो ?
    यत्रो लामो थिसिस नै लेखनु भएछ बन्धु ले

    Reply
  3. मुकेश यादव says:
    September 26, 2018 at 10:35 pm

    अब फोटू र फाटु को त् के कुरा करौ र के अर्थ निकलाऊ / फोटू त् कत्ति आपत्तिजनक निकले ला होलान र फाड्नु फाटु त् के के जाति फाटे होलान सांसद र सांसदनी बनन का लागि त्यो त् जग जाहेर नै छ

    रहयो कुरा फेक न्युज र फेक भ्युज को होइन ? अरे सबै कुरा फाड्ने तक तैयार रहने ले फेक न्युज र फेक भ्युज राखन मा के सरम र लाज राख्छन होला ? लाज र सरम त् पची नै सकयो /

    आज जागिर र तलब र पोजिसन का लागि के के फाड्ने र कस्ता कस्ता पोजिसन मा जे पनि करने तैयार हुने जमाना मा के को लाज ? पैसा नै किंग हो मित्र हरु /

    Reply
  4. Aparichit Gaule says:
    September 26, 2018 at 7:26 pm

    Mero desh ko yuba neta pani …. khane khal ka xan

    Reply
  5. बासु says:
    September 26, 2018 at 5:08 pm

    अहिले त्यो शेयर छैन रहेछ। तर, बुद्धु नेता जस्तै भईछन् बिद्यार्थी नेतृ र साॅसद।

    Reply
  6. Birkhe says:
    September 26, 2018 at 4:50 pm

    सत्य तथ्य छुट्याउने काम कर्ज्य कर्ताहरुको हो तर हुँदै नभएका कुरालाई काल्पनिक बिम्ब दिएर फुर्क्यौने नेतालाई र नेता पनि जता जता कार्य कर्ता उतै स्वोह भो भने भोलि देशले नराम्रो परिणाम भोग्नु पर्छ तेसबेला को जिम्बेवारी ?

    Reply
  7. कमल says:
    September 26, 2018 at 3:01 pm

    अरु पनि थुप्रै यस्ता फोटोहरु छन्| पानी जहाज चलेको, रेल गुडेको र ग्यास प्याट्ट बालेर जति लाग्छ बिल तिरेको फोटो राख्ने संस्कार सिर्जना गर्ने को हुन्? हामी नेपालीहरु वास्तविकता र मिथ्यामा कुन ठिक हो, कुन बेठिक र कुन व्यंग हुन, ठम्याउनै नसक्ने गरी अल्झीएका छौ|

    ओलीज्यु अमेरिकामा गएको बेला अमेरिकावासी नेपालीले रेल र पानी जहाज कैले र कसरि चल्ने हो, मेलम्चीको पानी आउँन किन दुई दशक लागिरहेछ? एडीबीको कुब्यवस्थापनको समेत दुर्गन्ध आएको नेपालीले महसुस गरेका छन्, जवाफदेहिता खोई? आज छ भोलि छैन मन्त्रि र सचिवलाई मात्र एडीबीले दोष थुपारेर भएन, अन्तराष्ट्रिय ऋण संस्थाले पनि केहि त जिम्मेवारी वहन गरेर नेपाली जनतालाई जवाफ दिनपर्यो| एउटा मात्र अन्तराष्ट्रिय एयरपोर्टको बाथ रुम सम्म सफा र व्यवस्थित राख्न समेत वाह्य सहायता किन चाहियो? नेपालीको क्षमता नभएकै हो? चालिस लाख बढी कामदार बाहिर जान पर्ने स्थितिलाई काबुमा ल्याउन सरकारको योजना के छ? समय बित्दो छ|
    उखान, तुक्का र गफले मात्र काम बन्दैन| राजधानी धुलो, हिलो र धुँवामा कैले सम्म हो? बाटोको खाल्डाखुलडी सम्म समयमा पुर्न नसक्ने सरकार किन दिनहु महालाचार बन्दैछ? आफ्नोलाई काख र अरुलाई पाखा| यो त शेरे र कमल थापाको पारामै गयो नी, हैन?
    खै कसले भन्न सक्छ सिण्डिकेट हट्यो भनेर?जही तही सिन्डिकेट व्याप्त छ| सिन्डिकेट समाप्त गर्न खोज्यो कि अरिंगलले चिलीहाल्छ, कसरी समाप्त हुने? मन्त्रि वादललाई काम गर्न दिनपर्यो जो सुकै परोस सजायको भागी हुनपर्छ काम बिराए|
    सम्माननीय प्रधान मन्त्रिज्यु, देशमा सुशासन ल्याउन कटिबद्ध हुनुहुन्छ भने यी सुधारहरु तुरन्त गर्न तिर तत्परता देखाउनुहोला-समृद्धि उन्मुख कदमहरु चाल्नपर्यो|
    १. सरकारी जागिरमा कर्मचारी संगठन भन्ने चिजलाई विल्कुल निमट्यान्न पारिने गरी उखेलीदिनुस| सुधार र सुशासनमा समस्याको एउटा मूल वाधा यो पार्टी र त्यो पार्टीको संगठन हो| सरकारी तलब सुविधा खाएर जनताको काम गर्नु छैन, लाजै पचाएर संगठनको काम गर्न कसले दियो? त्यस्तालाई त सजाय पो दिनपर्छ| पार्टिमा आएर काम गरे भैगो, किन सरकारी जागिरमा| त्यस्ताहरु धमिरा र घुन हुन देशलाई खाएर अधोगतिमा लैजाने| अराजकता सिर्जना गर्ने| गफ चाहि राष्ट्रसेवक भनेर दिने र काम चाहि राष्ट्रघाती गर्ने| काम गर्न चाहने मन्त्रि पण्डितको हात बाधिदिनु भएन| सरुवामा कर्मचारी जाने मान्दैनन जब सम्म आफुलाई पायक परेको ठाउ हुदैन| संगठनलाई घोडो बनाएर चड्ने नेताहरु धेरै छन्| रिस्क लिएरै संगठन तोडिदिनुस| दुई तिहाई छदैछ, नेपाली जनताको हित र पक्षमा त्यसको सदुपयोग गर्नुस, कानुनी बनाएर संगठन समाप्त गरिदिनुस, देशको भलो चाहने साँचो नेपाली जनताले साथ् दिनेछन| चुनावमा नराम्रो संग हारेर ढुल्मुलिरहेको नेपाली कांग्रेसलाई यो चुनौती नै हुनेछ, हेरौ त कसरि समर्थन नगर्दो रहेछ| अपेक्षा गरौ, नेपाली कांग्रेस वन, घर र जन अनि धन सम्पर्क टोलिले पनि यो कदम समर्थन गर्ने नै छ|

    २. भ्रष्ट्चार झन् बढेर गएको छ| यस बिषयमा गम्भीर बन्न्पर्यो| गम्भीरता देखिएन| दण्डहीनता अझ बढेर गैरहेछ| भर्ष्ट्चार प्रति जीरो टोलेरेन्स अपनाएर बिभिन्न कार्यक्रम बनाउन पर्यो, दिग्दर्शन दिनपर्यो| माल, भन्सारमा टन्नै भ्रष्टःचार छ, शिक्षामा र स्वास्थ्यमा पनि उत्तिकै|
    अलि कडा कदम चाल्नुपर्यो|न्यायालय परिसरको के बयान गर्नु?

    ३. राजधानीलाई कसरि व्यवस्थित गर्ने बारे सल्लाह र दिशा दिन एउटा उच्च स्तरीय कमिटि गठन गर्नुस (तलब भत्ता सुविधा नलिने नपाउने गरी) जसको सल्लाह र दिशा निर्देश, प्रगति त्रयमासिक रुपमा मेडिया द्वारा सार्बजनिक गरिन पर्यो|
    (विदेश घुम्न बाहेक काठमान्डू र ललितपुरका मेयरले केहि खास काम गरेका देखिएनन|)

    ४ . मितव्ययिता अपनाउन पर्यो सरकारी तलब भत्ता र सुविधामा बस्नेहरुले, चाहे सांसद हुन, पार्टि पद वहन गर्ने, मन्त्रि वा कर्मचारी वा राष्ट्र बैंकका गभर्नर| विलासिता त्याग्न पर्यो उदाहरण बनेर| सबै क्षेत्रमा मितव्ययिता सम्बन्धी सरकारको निर्देशन सार्बजनिक गर्नपर्यो|

    ५. अरुबेला जेसुकै लाए पनि सरकारी काममा रहदा जाँदा पुरुषलाई दौरा सुराल र महिलालाई उपर्युक्त पहिरन अनिवार्य गराउनुस| मौसम अनुसार केहि छुट दिन परे खुलाउन सकिन्छ| जे पायो त्यही कपडा लाएर छाडा भए| पंचायत र राजतन्त्रको उर्दी दुर्गन्ध अब दौरा सुराल र चोलीमा हटिसक्यो| क्याप र चप्पल लाएर समेत सरकारी देखियो| लापरवाही, हेपाहा र छाडापनको यो पराकाष्ठा हो| छुट के भने कसैले सत्तामा आफ्नै जातिय वेश्भुशामा आउछन भने त्यो पनि लोकतन्त्रमा स्वागत गरिनपर्छ|

    ६. अन्तमा, नियम र निर्देशनले मात्र काम बन्ने होइन| अनुगमन, फलो अप र पालना अनिवार्य रुपमा हुनपर्यो| सरकार चिप्लिनुको एउटा कारण आफ्नै नियम निर्देशन सही पालना नभएर पनि हो| नगरे पनि भैहाल्छ भन्ने प्रबित्तिलाई जरै देखि उखेल्नु पर्यो|

    भोलि फेरी पनि चुनाव जितेर सत्तामा आएर मुलुकको सेवा गर्ने ध्येय राख्ने हो भने सुधारहरु तुरन्तै गर्नपर्यो| नत्र भने जनता नै अरिंगल बनेर नेकपामा खनिने दिन टाडा नहोला|

    Reply
  8. dipesh says:
    September 26, 2018 at 4:33 am

    एस्तो त छ हाम्रो युवा नेता अनि बिदार्थी नेता. एस्तो नेता मान्ने बिदार्थी कस्तो होला ? अन्ध भक्त हुदा आफ्नो सोच्ने छामता पनि हुदैन . Even pet animals like Dog thinks what is right and wrong and make decision and that saves the master but here the followers fails to show the right path to the leaders who are on wrong path. So, worst then the dog.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme