Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : के भारतीय मिडियाले नेपालको प्रधानमन्त्री भनेर देउवाको फोटो देखाएको हो?

Posted on May 31, 2019May 31, 2019 by Salokya

सोसल मिडियाहरुमा तपाईँले यो स्क्रिनसट निकै देख्नुभयो होला। फेसबुक र ट्विटरमा लेखिए अनुसार भारतको एउटा मिडियाले नेपालको प्रधानमन्त्री भन्दै कांग्रेस सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको फोटो देखाइदियो। व्यङ्ग्य पनि गरियो- भारतले बनाउन चाहेको प्रधानमन्त्री त यिनी पो हुन् भन्दै। के साँच्चै भारतीय मिडियाले ओलीको ठाउँमा देउवाको फोटो देखाएको हो त?

फोटोमा देखिए अनुसार टेलिभिजन च्यानलको नाम tv9 हो। त्यसमा सँगै भारतवर्ष पनि लेखिएको छ। यस्तो पनि टिभी च्यानल छ र भन्ने लाग्यो सुरुमा। बुझ्दै जाँदा थाहा भयो, यो च्यानल यसै वर्षको मार्चदेखि मात्र सञ्चालनमा आएको रहेछ।

टिभी ९ हैदराबादमा मुख्य कार्यालय रहेको एसोसिएटेड ब्रोडकास्टिङ कम्पनी  (ABCPL) अन्तर्गतको टेलिभिजन च्यानल हो। कम्पनीले भारतका विभिन्न क्षेत्रीय भाषामा ६ वटा टिभी च्यानल चलाउँछ।

अरु भाषामा टिभी च्यानल चलाइरहेको यो कम्पनीले भर्खरै मात्र हिन्दी च्यानल भारतवर्ष सञ्चालनमा ल्याएको हो। यसको एडिटोरियल टिममा इन्डिया टिभीका पूर्व सम्पादक हेमन्त शर्मा, इन्डिया टिभीकै प्रबन्ध सम्पादक अजित अन्जुम, जि न्युजका पूर्व सम्पादक विनोद काप्रीसहित रहेका छन्। 

यो च्यानलको ट्यागलाइन रहेको छ- आओ देश बदलेँ। देश त के बदल्थे यिनीहरुले, हाम्रो प्रधानमन्त्री चाहिँ बदलिदिएका हुन् त?

हाम्रा केबल टिभीहरुमा यो च्यानल आउँदैन। त्यसो भए कसले यो टिभीको स्क्रिनसट सोसल मिडियामा हाल्यो त? त्यो त थाहा भएन। तर युट्युबमा खोज्दा यो टिभी भेटियो।

अनि खोजी हेर्दा नेपालका प्रधानमन्त्री भन्दै ओलीको ठाउँमा देउवाको फोटो राखेको पनि देखियो

http://www.mysansar.com/wp-content/uploads/2019/05/video-1559245468.mp4

हेर्नुस् भिडियो (भिडियोको ३ मिनेट ५३ सेकेन्डमा हेर्न सकिन्छ) –

नेपालीहरु युट्युबमा साह्रै एक्टिभ हुन्छन्, खेदो खनिरहेका हुन्छन्। तर हाम्रा प्रधानमन्त्रीको फोटो गलत राखेको यो भिडियोमा नेपालीहरुले कमेन्ट गर्न यो ब्लग लेख्दासम्म भ्याइसकेको देखिएन।

यो फोटोको स्रोत के हो त?

खोजी हेर्दा थाहा भयो- रोयटर्सको फोटो रहेछ यो। भारतकै लाइभमिन्ट वेबसाइटमा यस्तो प्रकाशन भएको रहेछ।

नयाँ च्यानलका नौसिखियाहरुले Nepal’s new prime minister K.P. Sharma Oli लेखिएको ठूल्ठूला अक्षर त हेरे होलान्, तर साना अक्षरको क्याप्सनमा ध्यान दिएनन् होलान्। त्यसैले ओलीको भनेर फोटो देउवाको हाले होलान्।

बिचरा उनीहरुलाई फोटो गलत राखेको भनेर पनि थाहा छ कि छैन कुन्नि। अब नेपालीहरुले युट्युब कमेन्टमा अट्याक गरेपछि बल्ल थाहा पाउने हुन् कि 😛

2 thoughts on “फ्याक्ट चेक : के भारतीय मिडियाले नेपालको प्रधानमन्त्री भनेर देउवाको फोटो देखाएको हो?”

  1. Suresh Gurung says:
    May 31, 2019 at 6:52 pm

    नेपालमा १ साल मा येति धेरै प्रधानमन्त्री बदलिन्छ त, उनीहरु पनि कन्फ्युज भए होलान नि बिचर.

    Reply
  2. Shankar says:
    May 31, 2019 at 2:36 am

    चाकडी मा जादा जादा भारतीय हरु झुक्के का हुन् कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme