Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथामा हस्तमैथुन : फेक ट्विटले हल्लाएछ नेपाली मिडियादेखि सरकारी कर्मचारीहरुसम्मलाई, हैट !

Posted on May 26, 2019May 26, 2019 by Salokya


@shahnizari ट्विटर ह्यान्डलबाट तीन दिनअघि (मे २३) मा एउटा ट्विट गरियो। त्यो उडन्ते व्यङ्ग्यात्मक ट्विटलाई साँच्चिकै भन्ठानेर नेपालका मिडियादेखि सरकारी कर्मचारीहरुसम्म गम्भीर भएको देखेर हाँसो उठ्यो। अझ केही मिडियाले त यसबारे समाचार समेत बनाएछन्। ‘सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ?’ नेपाल समाचारपत्रको अनलाइन संस्करण न्युजअफनेपालमा शीर्षक छ।

समाचार यस्तो छ-

समाचारमा विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेकाे समाचार समाजिक सञ्जालमा भाइरल बन्दा समेत यस विषयमा अनुसन्धान हुन सकेकाे छैन लेखिएको छ।

अनुसन्धान चाहिँ कसले गर्ने हो उल्लेख छैन। ए बाबा, पत्रकारले पनि यसो अलि अलि अनुसन्धान त गरे हुन्थ्यो नि, न्युज ठोक्नुअघि।

अझ समाचारमा असम्बन्धितहरुको फोटो समेत किन राख्नुपरेको, बुझिएन।

अनि देशसञ्चारमा भने यो समाचार राखेर पनि डिलिट गरिएछ बिना सूचना। अहिले यो समाचार राखिएको लिङ्कमा क्लिक गर्‍यो भने न्युज खुल्दैन। तर गुगलमा भने अहिलेसम्म देखिएको छ-

अनलाइनखबरले फ्याक्ट चेक : सगरमाथामा हस्तमैथुन गरेको तस्वीर ११ वर्ष पुरानो ! शीर्षकमा समाचार राखेको छ। त्यसमा त्यो फोटो ११ वर्षअघि खिचेको खुलेको भनी पर्यटन विभागकी निर्देशकलाई कोट गरिएको छ। विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताएको उल्लेख छ। पूरै समाचार पढ्दा फोटो चाहिँ ११ वर्ष पुरानो रहेको तर हस्तमैथुन चाहिँ गरेको हो कि हैन क्लियर छैन। फ्याक्टचेक भनिए पनि अन्यौल नै बनाउन खोजिएको छ समाचारका यी अंशले

त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

टिभी तिर के छ, हेर्न भ्याएको छैन। तर माउन्टेन टेलिभिजनको साइटमा पनि यो समाचार रहेछ-

‘अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन्’ मात्र हैन ‘उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको’ पनि समाचारमा उल्लेख रहेछ। पूरा समाचार पढ्न क्लिक गर्नुस्।

मूलधारकै मिडियाको यो हालत, अन्य फाट्टफुट्टे अनलाइन र फेसबुकमा आएको त कुरै नगरौँ होला। एउटा त्यस्तै उदाहरण

भएको के हो?

@shahnizari ट्विटर ह्यान्डलबाट मे २३ मा गरिएको ट्विट यस्तो थियो-

“Today, with all the records being broken on Big #Everest, we have finally seen the first act of male masturbation on the highest peak on Earth. Hugh E. Rexhun, aged 36, frm Virgin Islands performed his feat at 11.11h local time in front of 120 cheering onlookers#Everest2019 pic.twitter.com/fmsJKFZChl

— Karim Shah Nizari (@shahnizari) May 23, 2019

अलिकति मात्र कमनसेन्स प्रयोग गर्ने हो भने पनि यो व्यङ्ग्यात्मक ट्विट हो भनेर सहजै बुझ्न सकिन्छ। जस्तै हस्तमैथनु गर्ने भन्नेको नाम Hugh E. Rexhun राखिएको छ। हाम्रा मिडियाले ह्युग ई रेक्सहन भनेर समेत लेखेको देख्दा पेटै मिच्न त परेन तर हाँसो चाहिँ उठ्यो।

यसलाई अलि अर्कै हिसाबले ध्यान दिएर उच्चारण गर्नुस् त- ह्युज इरेक्सन हुन्छ कि हुन्न? अनि उनको उमेर ३६ लेखिएको छ। छत्तीसको अर्थ के हुन्छ त तपाईँहरुलाई भनिरहनु नपर्ला नि है। अनि देशको नाम हेर्नुस् फेरि भर्जिन आइल्यान्ड्स राखिएको छ। यतिबाट पनि यो व्यङ्ग्यात्मक ट्विट हो भने कमनसेन्स लगाउनु पर्ने हो। आजभोलि जे पनि रेकर्ड सगरमाथामा, यिनले त्यही भएर व्यङ्ग्य गरेको हुनुपर्छ।

यति कमनसेन्समा दिमाग नपुगे पनि यसो फोटोको वैधता जाँचे हुन्थ्यो। हुनत पर्यटन विभागले ११ वर्ष पुरानो भएको पत्ता लागेको भनिएको रहेछ। आफैले पनि सर्च गरे हुने हो। मैले सर्च गर्दा त एभरेस्टन्युज डट कममा यो एडिट नगरिएको फोटो सन् २००८ को आरोहण भन्दै राखिएको देखेँ।

नपत्याए यहाँ क्लिक गरी हेर्नुस्। यो पेजको लिङ्क। यो चाहिँ फोटोको लिङ्क

ठ्याक्कै यही फोटोलाई एडिट गरी ट्विटमा राखिएको छ। हेर्नुस् ट्विटमा राखिएको फोटो

कुरो बुझ्नु नै भयो होला। अरुलाई आँखा देखाउनु पर्ने मिडिया नै आँखामा पट्टी बाँधेर भ्रम छर्न थालेपछि नबुझ्नेहरुले खास कुरो कसरी बुझून्।

तर यो बुझाउने कुरा हैन, त्यो भ्रमपूर्ण कुरा चाहिँ बढी फैलिन्छ। किन?

मेरो विचारमा नकारात्मक कुरा नै बढी फैलँदो रहेछ। त्यसबाहेक जसले यो कुरा बुझे, उसले अब यो कुरा अरुलाई बुझाउन खोज्दैनन्। त्यसले पनि गलत कुरा फैलने तर सही कुरा नफैलने स्थिति आउने होला।

आखिर सबैलाई बुझाउने ठेक्का तपाईँ हामीले लिएका छौँ र। आज पनि अलि फूर्सद भएर यति लेखिटोपलेको। नत्र के खाँचो र मलाई दुनियाँ वेबसाइट चहार्दै हिँड्न। कि कसो? 🙂

1 thought on “सगरमाथामा हस्तमैथुन : फेक ट्विटले हल्लाएछ नेपाली मिडियादेखि सरकारी कर्मचारीहरुसम्मलाई, हैट !”

  1. कपिल प्रधान says:
    May 26, 2019 at 11:15 pm

    अब आन्दोलन गरौँ / तोडफोड आगजनी गरौँ / अलि अलि भएका सडक, बार, बंगैचा बिगारौं , टायर बालौं / बुद्ध जन्मेको सगरमाथा को देश लाइ अपमान गर्ने ? गाडी जलाऊं /

    लप्सी को बोट मुनि आगो दन दन , आगो दन दन
    बिर्सौं भन्छु , याद आउंछ झन झन ….झन झन….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme