एक महिना लामो विश्वकप ज्वरोको आज अन्तिम दिन। फाइनल हुँदैछ फ्रान्स र क्रोएसियाबीच। अबको केही घण्टापछि दुई मध्ये एक टिमको जर्सीमा तारा हुनेछ। फ्रान्सले यसअघि एक पटक विश्वकप जितिसकेको भएर उसले जिते दुई वटा तारा हुनेछ भने क्रोएसियाले अहिलेसम्म विश्वकप नजितेको भएर आज जिते एउटा तारा हुनेछ। दुवै टिम गजबका खेल प्रदर्शन गरेर फाइनलमा पुगेका… Continue reading
Category: खेल संसार
उहिलेको विश्वकप अनि अहिलेको विश्वकप : हेर्दाहेर्दै कति फरक भइसक्यो है
यो धेरै अगाडि हैन, १२ वर्षमात्रै अगाडिको फोटो हो। त्यतिबेला अहिलेभन्दा बेसी वर्ल्डकप लाग्थ्यो काठमाडौँमा। गल्लीका घरघर विश्वकपमा सहभागी देशका झण्डाले ढाकेका हुन्थे। अनि बेचिन्थ्यो नेपाली समय अनुसारको टाइसिट। अहिले यस्तो टाइसिट कसैले बेच्दैन। अनलाइन पाइन्छ सबै। गुगलमा world cup मात्र टाइप गर्यो भने जुन ठाउँमा बसेको हो, त्यही देशको समयसहित खेल तालिका, लाइभ स्कोर,… Continue reading
विश्वकपमा अब चार बाँकी : बेल्जियम वा क्रोएसियाले तारा पाउलान् कि फ्रान्स वा इंग्ल्यान्डले तारा थप्लान्?
रसियामा जारी विश्वकप २०१८ मा अब अन्तिम चार वटा टिम बाँकी भएका छन्। फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्ड। यी मध्ये फ्रान्स र इंग्ल्यान्डले एक पटक विश्वकप जितिसकेको भएर उनीहरुको जर्सीमा एक तारा पहिले नै छ। यस पटक दुईमध्ये एकले विश्वकप जिते तारा थप्न पाउने छन्। बेल्जियम र क्रोएसियाले भने अहिलेसम्म विश्वकप जितेका छैनन्। त्यसैले उनीहरु… Continue reading
नयाँले विश्वकप जित्ने सम्भावना झन् बढ्यो, यो हेरी अनुमान लगाउनुस् को-को पुग्ला फाइनलमा?
स्पेनलाई पेनाल्टी सुटआउटमा रसियाले पराजित गरेसँगै नयाँ टिम विश्वकपको फाइनलमा पुग्ने सम्भावना झन् बढेको छ। फाइनलमा कुन कुन टिम पुग्ला अनुमान लगाउन सजिलो छ। तर केहीले बुझेनन् जस्तो छ। अस्ति यस्तै एउटा ब्लगमा ब्राजिल र बेल्जियम फाइनलमा पुग्छ भन्ने कमेन्ट आएको थियो। त्यस्तै स्पेन र क्रोएसिया फाइनलमा भन्ने पनि कमेन्ट देखियो। बुझ्नु पर्ने कुरा हो… Continue reading
दोस्रो चरणमै हारेपछि अर्जेन्टिनाका पत्रिकाले लेखे- मेस्सी पुस्ताको अन्त्य, हेर्नुस् पत्रिकाहरुका कभर पेज
अर्जेन्टिनाको विश्वकप यात्रा आइतबार फ्रान्ससँग हारेपछि दोस्रो चरणमै समाप्त भएको छ। विश्वकप जित्ने मेस्सीको धोको यस पटक पनि पूरा हुन सकेन। नाटकीय खेलमा १ गोलले पछि परेको अर्जेन्टिना २-१ ले अग्रता लिन सफल पनि भइसकेको थियो। तर ११ मिनेटमा फ्रान्सले तीन गोल गरेपछि अर्जेन्टिनालाई खेलमा फर्कन समय नै पुगेन। यो हारलाई अर्जेन्टिनाका पत्रिकाहरुमा कस्तो छापियो… Continue reading
दुई अनुमान मिल्यो, तपाईँ पनि गर्नुस् अनुमान : फाइनलमा कुन कुन टिम पुग्ला
पहिलो क्वार्टरफाइनल फ्रान्स र उरुग्वेबीच हुने अनुमान फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले र उरुग्वेले पोर्चुगललाई २-१ ले हराएसँगै मिलेको छ। अब आइतबार स्पेन र रसिया अनि क्रोएसिया र डेनमार्कबीच खेल छ। मेरो अनुमान तल भित्र राखिएको छ, तपाईँको अनुमान के छ, यो हेरी गर्न सक्नुहुन्छ।
विश्वकप फाइनलमा को-को पुग्ला? फरकै नखाने गरी यो हेरी अनुमान लगाउनुस्
यतिखेल विश्व भर विश्वकप फुटबलको ज्वरो चढेको छ। चोकचोकमा फुटबल विज्ञ जन्मिएका छन्। गोरु बेचेको साइनको नभएका देशहरु साख्खै बाउभन्दा प्यारो लाग्ने गरेको छ। क्रेजी फ्यानहरुका चर्तिकलाले रमाइलो बनाइरहेको छ। चार वर्षमा एकचोटी आउँछ यो मेलाको माहौल। यसमा रम्नु रोमाञ्चक हुन्छ। ३२ राष्ट्र कप जित्ने आशाका साथ रसिया आएका थिए। त्यसमध्ये आधा घर फर्किसकेका छन्।… Continue reading
यसपालिको विश्वकप : महारथीहरु पहिलो खेलमै जितबाट वञ्चित, तोडिएला ‘सिन्डिकेट?’
रसियामा भइरहेको यसपालिको विश्वकप अरु विश्वकपभन्दा फरक हुँदैछ। यसपालि महारथीहरु पहिलो खेलमै जितबाट वञ्चित भइसकेका छन्। नेपालीहरु सबैभन्दा बढी फ्यान छन् अर्जेन्टिना र ब्राजिलका। अर्जेन्टिनालाई जिताउन र्याली र पूजापाठसमेत भएको देखियो सामाजिक सञ्जालमा। तर अर्जेन्टिनाले आइसल्यान्डको पहिलो खेल जित्न सकेन। मेस्सीले पेनाल्टी मिस गरे। अर्जेन्टिना र ब्राजिलका फ्यानहरु कांग्रेस-कम्युनिस्ट जस्ता हुन्छन्। अर्जेन्टिना जित्न नसक्दा ब्राजिली… Continue reading
‘म्याच फिक्सिङ’ काण्ड : फुटबलरहरुलाई सफाई – यो त हुनु नै थियो
म्याच फिक्सिङ सम्बन्धी काण्डमा विशेष अदालतले आज त्यही फैसला गर्यो, जुन होला भनेर माइसंसारमा दुई वर्षअघि नै लेखिएको थियो। राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने? शीर्षकको ब्लग र म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय शीर्षकको ब्लगमा उतिखेर लेखेको थिएँ- अहिले चलिरहेको मुद्दा अनुसार होला जस्तो… Continue reading
अलविदा मणि शाह : ‘नेपाली म्याराडोना’को त्यो स्मरणीय गोल
सन् १९९३ को दक्षिण एसियाली खेलमा फुटबल फाइनल खेल। भारतले २-१ ले खेलमा अग्रता कायम गरिरहेको थियो। खेल सकिन मात्र ३० सेकेन्ड बाँकी थियो। नेपालले फ्रि किक पायो। सात जना भारतीय खेलाडी वाल बनेर उभिएका थिए। त्यसलाई पार गर्दै मणि शाहले प्रहार गरेको फ्रि किक गोलकीपरलाई जिल्याउँदै सीधै जाली चुम्न पुग्यो। खेल बराबरीमा पुगेपछि भएको… Continue reading
यता मोदीले काठमाडौँमा सन्दीपको नाम लिए, उता दिल्लीले आइपिएलमा उनलाई मैदानमा उतार्यो
अन्ततः आइपिएलमा आज सन्दीप लामिछानेले खेले। यसअघि आइपिएलमा छनौट हुने पहिलो नेपाली खेलाडीको रेकर्ड राखेका सन्दीपले आज आइपिएल खेल्ने पहिलो नेपालीको रेकर्ड पनि राखे। यो सिजनमा लिग चरणबाटै यात्रा अन्त्य हुने निश्चित जस्तै भइसकेको अवस्थामा बल्ल सन्दीपलाई खेल्न दिइएको हो। उनको छनौट, खेल र राजनीतिसितको संयोग गज्जबको छ। केही उदाहरण हेर्नुस्।
क्रिकेटबारे धेरै नबुझ्नेका लागि : नेपाली क्रिकेटले कस्तो ऐतिहासिक उपलब्धि पाएको हो? अब के हुन्छ?
नेताहरुले धमाधम बधाई दिएका सन्देश सोसल मिडियामा देख्नुभयो नै होला। बिहीबार नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन थियो। खासमा भएको के हो र अब के हुनेछ? क्रिकेट नबुझ्ने वा क्रिकेटको प्रक्रिया सामान्यमात्र बुझ्नेका लागि अन्यौल नै छ। माइसंसारको इमेल [email protected] मा केही पाठकले योबारे जिज्ञासा राखे। त्यसैको समाधानका लागि यो ब्लग लेख्दैछु। के भएको हो? नेपाली… Continue reading
क्या रोमाञ्चक नेपालको जित ! तर यो जित्दैमा विश्वकप खेल्न पाउने हैन है, त्यसका लागि त फेरि अर्को प्रतियोगिता जित्नुपर्छ
क्रिकेटमा हारजितको टुङ्गो अन्तिम बल नफाल्दासम्म हुन्न भन्ने भनाई आज वर्ल्ड क्रिकेट लिग डिभिजन २ को नेपाल र क्यानाडाबीचको खेल हेर्नेहरुलाई राम्रैसित महसूस भयो होला। नेपालले रोमाञ्चक जित हात पार्यो। खेल कतै लाइभ थिएन। त्यसैले क्रिकइन्फोको टेक्स्ट लाइभमा भर पर्नु बाध्यता थियो। बल-बलको अपडेट कति महत्त्वपूर्ण हुन्छ भन्ने रिफ्रेस गरी गरी बस्नेहरुलाई सोध्नु पर्छ। सोमपाल… Continue reading
नामिबियालाई उसकै मैदानमा नेपालले हराउँदाका पाँच रोमाञ्चक पल
आइसिसी वर्ल्ड क्रिकेट लिगमा निराशाजनक प्रदर्शनपछि डिभिजन टुमा घटुवा भएको नेपालले पहिलो खेलमा नामिबियालाई उसकै मैदानमा पराजित गर्दै रोमाञ्चक जित हात पार्यो। नेपालको ब्याटिङको सदाबहार खराब पारा हेर्दा डिभिजन टुबाट पनि घटुवा भएको खबर सुन्न पाइने संकेत देखिन्छ। त्यस्तो सुन्न नपरोस् भन्ने कामना गर्दै यो खेलका पाँच रोमाञ्चक पल हेरौँ- १) वसन्तको छक्काले पल्टिएको पासा ४७… Continue reading
युवा तथा खेलकुद मन्त्रीलाई प्रश्न : सात महिनामा सात प्रदेशमा सात रंगशाला सम्भव छ?
माननीय युवा तथा खेलकुद मन्त्री राजन केसीज्यू, नमस्ते, सर्वप्रथम नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीको गरिमामय पदमा आसिन हुनु भएकोमा ढिलै भए पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। गोरु बेचेको साइनो लगाउने हो भने तपाईं मेरो नाताले भिनाजु पर्नु हुन्छ। तर मैले यो पत्र त्यो सम्बन्धको आधारमा नभई एउटा खेलप्रेमी नागरिकले सम्बन्धित मन्त्रीलाई लेखेको… Continue reading
दर्शकले जितेको खेल : हेर्नुस् क्रेजी दर्शकका ४२ फोटो
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल नेपालले पाँच विकेटले हार्यो। तर दर्शकले भने खेल जिते। शनिबार कीर्तिपुर मैदानमा निकै चीसो हावा चलेको थियो। फागुन भए पनि पुस माघ सम्झाइदिने जाडो थियो। तर पटक पटकको झरीले पनि दर्शकलाई विचलित बनाएन। छाता हुनेहरु छाता ओढेरै र छाता नहुनेहरु रुझेर पनि टिम नेपाललाई हौस्याइरहे। टिकट काटेर भित्र… Continue reading
कञ्चनपुरमा सहिद भएका गोविन्द गौतमलाई कीर्तिपुर मैदानबाट श्रद्धाञ्जलि
कञ्चनपुरको नेपाल-भारत सीमामा फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। उनको राष्ट्रिय सम्मानका साथ भोलि आइतबार अन्तिम संस्कार गरिँदैछ। गोविन्दलाई आज कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र केन्याबीच भइरहेको खेलमा दर्शकले श्रद्धाञ्जलि दिए। उनीहरुले गोविन्दलाई श्रद्धाञ्जलि दिइएको ब्यानरका साथ ब्याक अफ इन्डिया नारा लेखेको ब्यानर पनि… Continue reading
वाह, कप जित्यो फुटबलमा ! कुन कप? हरुवा-हरुवाको टिम खेल्ने कप
नेपाली फुटबल फ्यानहरु आज निकै दङ्ग। नहुनु पनि किन? यो वर्ष लगातार तीन पटक उपाधि जित्यो नेपालले। सुरुमा बंगलादेशमा भएको बंगबन्धु कप जित्यो। त्यसपछि दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई हराउँदै स्वर्ण पदक। दुवै फिफाले मान्यता दिएको सिनियर स्तरको प्रतियोगिता भने थिएन। यो पटक भने एसियाली फुटबल महासंघ (एएफसी)मा आवद्ध भएको ६२ वर्षपछि नेपालले एएफसीले… Continue reading
त्यो ६ मिनेट जसले भारतलाई उसकै घरमा हराउँदै नेपाल साग च्याम्पियन बन्न सक्यो, हेर्नुस् अविस्मरणीय गोल
सन् १९९३। नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको इतिहास पल्टाउँदा यो मितिमात्रै आउँथ्यो। त्यसयता नेपाल एक पटक फाइनलमा त पुग्यो तर जित्न सकेन। यस पटक भने गज्जबै भयो। गणेश थापा भ्रष्टाचारका कारण र अरु टप खेलाडीहरु म्याच फिक्सिङका कारण निलम्बनमा रहेकै बेला नेपालले वर्षौँदेखिको गोलको खडेरीमात्रै मेटाएको छैन, धमाधम उपाधि पनि जितिरहेको छ। भारतलाई… Continue reading
भारतलाई हराएर गोल्ड मेडल ! खुसी त हुनै पर्यो नि :)
भारतलाई उसकै मैदानमा हराएर साग च्याम्पियन बन्दाको खुसी नेपाली खेलाडीको यस्तो रह्यो