Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाह, कप जित्यो फुटबलमा ! कुन कप? हरुवा-हरुवाको टिम खेल्ने कप

Posted on November 16, 2016November 20, 2016 by Salokya

img_1238-001
नेपाली फुटबल फ्यानहरु आज निकै दङ्ग। नहुनु पनि किन? यो वर्ष लगातार तीन पटक उपाधि जित्यो नेपालले। सुरुमा बंगलादेशमा भएको बंगबन्धु कप जित्यो। त्यसपछि दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई हराउँदै स्वर्ण पदक। दुवै फिफाले मान्यता दिएको सिनियर स्तरको प्रतियोगिता भने थिएन। यो पटक भने एसियाली फुटबल महासंघ (एएफसी)मा आवद्ध भएको ६२ वर्षपछि नेपालले एएफसीले आयोजना गरेको प्रतियोगिता जित्यो। अँ खुसी त हुनै पर्‍यो। नेपालले आफ्नो स्तर अनुसारको खेल जित्यो, यसमा खुसी नै हुनुपर्छ। तर खेलमा हाम्रो हैसियत कस्तो छ भन्ने थाहा पाउन यो कप कस्तो हो भन्ने पनि बुझौँ। खासमा सोलिडारिटी कप भनेको हरुवा हरुवाहरुको टिम खेल्ने कप हो। कहाँका हरुवा? विस्तृत पढ्नुस्।

एएफसी सोलिडारिटी कप प्रतियोगिता पहिलो पटक आयोजना भएको हो। यसअघि एएफसीले एएफसी च्यालेन्ज कप आयोजना गर्थ्यो। तर च्यालेन्ज कप र सोलिडारिटी कप उस्तै भने हैन।

च्यालेन्ज कप जित्नेका लागि एसिया कपमा दुई स्थान छुट्याइएको हुन्थ्यो। तर जब एसिया कप सन् २०१५ पछि १६ देशको साटो २४ देशको फरम्याटमा गयो, च्यालेन्ज कपको अस्तित्वमा च्यालेन्ज भयो। अन्ततः यो नामको प्रतियोगिता नै हुन छाड्यो। सन् २०१४ को च्यालेन्ज कप नै अन्तिम रह्यो।

अहिले नेपालले जितेको सोलिडारिटी कप भने हरुवा हरुवा टिम खेल्ने कप हो। च्यालेन्ज कपमा भए जितेर एसिया कप खेल्न पाउने भन्ने हुन्थ्यो तर यसमा त्यो छैन।

यो प्रतियोगिता खेल्न दुई किसिमका नौ हरुवा टिम योग्य बनाइएको थियो। एउटा सन् २०१८ को फिफा वर्ल्ड कप र २०१९ को एसियन कप छनौट प्रतियोगिताको पहिलो राउन्डमै हारेका टिमहरु, अर्को २०१९ को एसियन कप छनौट प्रतियोगिताको दोस्रो राउन्डको प्लेअफमा हारेका टिमहरु।

पहिलो राउन्डमा हारेका ६ टिम थिए- नेपालसहित ब्रुनाइ, मकाउ,मंगोलिया, पाकिस्तान र श्रीलंका।

दोस्रो राउन्डमा हारेका ३ टिम थिए- बंगलादेश, टिमोर लेस्टे र लाओस।

तर पाकिस्तान र बंगलादेशले प्रतियोगिता नखेल्ने बताएपछि सात टिममात्रै उपाधिका लागि भिडे। भुटान पनि दोस्रो राउन्डको हरुवा टिम भएकोले खेल्न योग्य थियो। तर उसले सुरुमै यसमा रुचि देखाएन। बंगलादेशले चाहिँ दोस्रो राउन्डमा हारिसकेपछि यो हरुवा कपमा नखेल्ने भन्यो। पाकिस्तानले चाहिँ पहिलो चरणको हरुवा भएर ड्र निकालिसकेपछि बल्ल खेल्दिनँ भनेको थियो।

सात टिममात्रै भएको प्रतियोगिता भएको हुँदा हरेक ग्रुपका टप दुई टिम सेमिफाइनलमा जान्थे। त्यसमा पनि नेपाल भएको समूहमा त बंगलादेश र पाकिस्तानले नखेल्ने भएकोले तीन टिममात्रै थियो। टिमोर लेस्टेसँग 0-0 बराबरी र ब्रुनाइलाई ३-० ले पराजित गरेर नेपाल सेमिफाइनलमा पुग्यो। सेमिफाइनलमा लाओससित २-२ को बराबरीपछि टाइब्रेकरमा ३-० ले पराजित गर्दै फाइनलमा पुगेको थियो।

फाइनलमा मकाउलाई १-० ले जितेपछि नेपालले कप जित्यो।

नेपालले आफ्नो स्तर अनुसारको कप जित्यो। खेलाडीले देशको नाम राखेको भन्दै सरकारले पुरस्कार घोषणा गर्न ढिलाइ गरेन। त्यसै पनि सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिएर आलोचना भइरहेको मौका छोपेर प्रधानमन्त्री प्रचण्डले हरेक खेलाडीलाई तीन लाख दिने घोषणा गरिदिए।
prachanda
राज्यकोष सत्तामा जो गयो, उसले मनपरी चलाउन पाउने। गुगल ब्वाइलाई पनि एक करोड दिएको छ, सुजाता कोइरालालाई पनि ५० लाख दिएको छ। कस्तो खालको उपचारमा कति दिने भन्ने मापदण्ड नै छैन।

खेलमा पनि उस्तै। बंगबन्धु कप जित्दा २ लाख, साग गोल्ड मेडल जित्दा ५ लाख घोषणा गरियो। यी दुई भन्दा फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रतियोगितामा चाहिँ तीन लाख रुपैयाँ।

कुन स्तरको खेलमा जित्दा कति दिने भन्ने एउटा मापदण्ड पनि बनाउने कि कुर्सीमा जो छ उसले मनलाग्दी जति घोषणा गरे पनि हुने बनाउने?

अनि प्रधानमन्त्रीले आफै प्रधानमन्त्री हुँदा एक फुटबल खेलाडीलाई बाँडेको अपार्टमेन्ट पुरस्कार अझैसम्म पाएका रहेनछन् त। बिचरा राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान राकेश श्रेष्ठ भन्दैछन्- ‘२०६८ सालमा मलाई पुष्पकमल दाहालले उक्त अपार्टमेन्टको डमी हस्तान्तरण गर्नुभयो। अहिले पाँच वर्षपछि त उहाँ नै नेपालको प्रधानमन्त्री हुनुहुन्छ। उहाँले सोच्नुहोला यस विषयमा। यो सन्देश उहाँसम्म पुगोस् कि पाँच वर्षसम्म पनि राकेशले अपार्टमेन्ट पाएको रहेनछ।’ (थप पढ्न प्रचण्ड प्रधानमन्त्री भइसके, फुटबलर राकेश अपार्टमेन्टको ‘डमी’ सुमसुम्याउँदैछन्)
08-img_6421
तत्कालीन प्रधानमन्त्रीसँगै उभिएका तत्कालीन एन्फा प्रमुख फिफाबाट निलम्बित भइसक्दा पनि अझै एन्फाकै गाडी चढेर हिँड्छन्। उनैले घोषणा गरेर प्रधानमन्त्रीलाई दिन लगाएको अपार्टमेन्ट खेलाडीले किन पाएन भनेर प्रधानमन्त्रीले एक छिन सोच्ने फूर्सद पाउलान् त?

42 thoughts on “वाह, कप जित्यो फुटबलमा ! कुन कप? हरुवा-हरुवाको टिम खेल्ने कप”

  1. Rim says:
    November 18, 2016 at 4:31 pm

    मा त कमेन्ट पढ्न आको हजुर, कन्टेन्ट पढ्दा सिरियस हुनेहरु कमेन्ट पढेसि हास्नु हुनेछ, मौका नछुटौनुस

  2. Sanjay says:
    November 18, 2016 at 5:30 am

    I sense ‘Pride’ in your blogs. Undoubtedly you write after a comprehensive investigation which I appreciate. But pointing out only the mistakes does not make you a great writer.

    Every win comes after a great battle. Your language demeans that achievement. Think what would have you written if they lost the game – more negative right? You could have tried to write the same thing in more positive language/ tone.

    Perhaps ANFA is not doing its best but players are doing their best. So please adulate the players!

  3. पवन पोख्रेल says:
    November 17, 2016 at 7:43 pm

    पत्याउनुस नपत्याउनुस 7 बर्ष भो यो ब्लग पढ्न थालेको
    आज आएर कमेन्ट नै लेख्नु मन लाग्यो
    मेन कुरो के हो ,कसरी यस्तो भो,नियम कस्तो छ,कन्फ्युज हल्ला को समाचार को चुरो जस्ता सबै कुरा सब प्रमाण सहित पढ्न पाइन्छ। उमेश दाइ को लेखन शैली मलाइ चै सहि लाग्छ दाइ को प्रभाव ले #पहिलो पोस्ट ले नि गति लिरहेको छ
    निरन्तरता दिनु होला
    यो त भो भाको अनि लागेको कुरा…

    तर यो लेख चाहिँ अलि भएन के…
    अझ अघिल्लो लेख मा नि *सत्य कुरा लेख्दा धेरै लाई मन परेन
    भनेर* ल्याङ ल्याङ

    सत्य के हो त्यो थाहा भयो। हाम्रो फूट्बल कुन अवस्था मा छ भन्ने कुरो महसुस त भयो तर लेख मा
    मेन त टाइटल नै खल्लो खाको छ खिल्ली उडाएको जस्तो
    लेखमा तितो यथार्थ छ तर त्यो जानकारि (कुन कप कस्ले खेल्ने कप) अलि पछि (खेलाडी लाई मङ्सिर को चिसो मा सडक परिक्रमा) भन्ने लेख मा वा आज भोलि आएको समय सापेक्ष हुन्थ्यो कि दाइ

  4. Gaurav says:
    November 17, 2016 at 4:59 pm

    थापा काजी भएको भए यही कप पनि हार्थ्यो

  5. Pradeep MS says:
    November 17, 2016 at 3:46 pm

    सालोक्य जी को प्रायजसो बिचार अनि तर्कमा सहमत हुने म मनुवा, आज भने असहमत छु,
    यहाँ सालोक्य जी लगाएत केहि Readerहरुले पनि “कन्टेन्ट पढ्नु, कन्टेन्ट पढ्नु, कन्टेन्ट पढ्नु” भनेर रतिएको पाईयो, अझ “पहिला कन्टेन्ट पढ्नु अनि कमेन्ट गर्नु” पनि भनिएको छ | अब मलाई कसैले भनिदिनुस कि दुनियामा कुन चाहीं विद्वानले शिर्षक नपढी सिधै कन्टेन्ट पढ्छ???
    अनि कन्टेन्टमा यो Gameको बारे प्रस्ट्याउनु, पुरष्कारको मापदण्ड बारे प्रश्न उठाउनु र साथै दिईएको पुरष्कार अहिले सम्म नपाएको सम्बन्धमा पनि आवाज उठ्नु पर्छ भन्ने कुरा राख्नु सह्रानीय छ | तर यहाँ कुनै पनि स्तर को सफलता मा कति खुसि हुने, अथवा भनौं कति Ft. को उचाई उफ्रने भन्ने मापदण्ड पनि खोजिएको गलत लाग्यो र त्यसले खेल प्रेमी दर्शकहरुलाई अपमानित भएको महसुस हुनु सोभाविक हो | त्यसैले कन्टेन्ट ठिक हो Positive छ भन्नेले शिर्षकलाई पनि साधारण र सकारात्मक अझ भनौं जुन सुकै स्तरको खेल भए पनि जितेर आउने खेलाडी तथा खेल-प्रेमी लाई हौसला मिल्ने खालको राख्दा के Mysansar का पाठक घट्ला र ???

  6. CR luitel says:
    November 17, 2016 at 4:59 am

    Shakya ji yo blog ho uhako bichar ho yasma yo hunu ra to hunu hoina? Keladi lai lekheko hoina uniharulai thahachha you kun kisima ko jeet bhaneko kura
    Yasma derai chinta nalinus
    Aram le sochnus Keladi ra des ko chinta ani khelkud ko chinta sabai nepali lai chha Tapai lai jati

  7. अनुप थापा says:
    November 17, 2016 at 2:46 am

    अब नेपालको फूटबल टिममा शालोक्य र माईसंसारको टिमलाई पठाउनु पर्ने बेला भएको छ।यिनीहरुले बिश्वकपनै जितेर देखाउने छन।

    शिर्षकमै हरुवा-हरुवा भनेर जसरी हेपाहा प्रबृति देखाएको छ यो एउटा निच सोच भएको मान्छेले मात्रै लेख्न सक्छ।के सोलिडारिटी कपको अर्थ हरुवा-हरुवाको कप भन्ने हुन्छ?हेप्नेको पनि त सीमा हुन्छ नि हो।बिश्व कप र एशिया कप छनोटका लागि अघिल्लो चरणमा पुग्न नसकेका देशहरु जो करिब दुईबर्ष सम्म ठूला प्रतिस्पर्दाबाट बन्चित रहन्छन,उनिहरुको हौशला स्वरुप यो कप खेलाईएको हो भन्ने कुरो बुझौ।सानोतिनो प्रतिस्पर्दा नै किन नहोस तर नेपालका फूटबल खेलाडीहरुले लगतार तीनवोटा कप जितेका छन यस्लाई हलुको तवरले नलिऔ।देशले खेलकुदमा लगानी नगरेको भए पनि खेलाडीहरुले आफ्नो ब्यक्तिगत तर्फबाट भए पनि राम्रा गरी रहेका छन।त्यसैले पनि खेलाडीहरुको उच्च सम्माण हुनु पर्छ।

  8. Desh Bandhu Sharma says:
    November 17, 2016 at 2:19 am

    मलाइ पनि यो लेख अलि नकारात्मक लाग्यो । हरुवाहरुको टिम भए पनि आखिर नेपालले फाइनल जितेकै हो । साग वा बंगबंधु भन्दा यो ठुलो र स्तरिय प्रतियोगिता पनि हो । त्यसमा पनि आफु भन्दा फिफा बरियतामा ११ औं स्थान माथि रहेको लाओस लाइ समेत नेपालले यस प्रतियोगितामा हराएको छ । नेपालको सेमी फाइनल र फाइनल दुबै खेलमा उत्कृष्ट प्रदर्शन थियो । त्यसैले नेपाली फुटवल टिमले गरेको प्रगतिको स्वागत र प्रशंसा गर्नु पर्छ , खेलाडीको मनोबल गिराउने नकारात्मक टिका टिप्पणी गर्नु राम्रो होइन जस्तो लाग्छ मलाइ ।

  9. Mahendra Gorkhali says:
    November 17, 2016 at 1:29 am

    सबैको कुरा आ-आफ्नो ठाउँमा ठिकै छ….दुखः र धिक्कार के मा लाग्यो भने मन परी लाखौँ लाख नगद पुरस्कार दिने घोषणा हाम्रो नेपालको रद्दी मंत्री परिषदले गर्दो रैछ | लाख र करोड त नेताज्यूहरुको मुखैमा झुन्डिएको छ | सोझा जनता र व्यापारीहरुबाट कर उठाउने, भ्याट र स्याट लायेर सामानहरु महँगो पार्ने, अर्बौं रुपिया टेलिकमले नाफा कमायो भन्ने, अनि त्यो सबै उठेको कोष चाहिं, मनपरी खेलाडीलाई बाँड्ने, रुघा खोकी लागेको मान्छेलाई पनि अमेरिका लानु करोड दिने, अर्कीलाई ५० लाख दिने, वाह…..बरु बिजुली, पानी र टेलिफोनको चार्ज कम्ती गर्नु नि सरकारले | दक्षिण एसियामा नै महँगो टेलिफोन शुल्क तिर्नु मजबूर पारेर नेपाली गरीब जनताबाट लुटेर अरबौं नाफा भयो भन्ने…..साँची भन्नु हो भने नेताहरु ब्रह्मलूट नै गर्दा रहेछन, कर किन तिर्नु अब ?

  10. Ramesh Adhikari says:
    November 16, 2016 at 10:28 pm

    माइ संसारलाई धन्यवाद यो लेखको लागी। मैले पनि एही नै सोच्दै थिए।

    मेरो बिचारमा एस्ले नेपालको फूटबल कती तल्लो स्तरमा छ र हामी नेपालीहरु जीतको लागि कती तिर्खालु छौ भन्ने देखौछ। हाम्रो फुत्बलको स्तर मकओ, ब्रुनै, मङोलिया, तिमोर लिस्ते जस्तो देसको स्तरमा देख्दा म त दुखित छु । आफ्नो स्तर माथि लान नसकेर एस्तो भुरभुरी कप जितेर संसार जिते जस्तोगरी मनाउन पर्ने हाम्रो बाध्यता। हेर हाम्रो गती !

  11. Ramesh says:
    November 16, 2016 at 10:27 pm

    माइ संसारलाई धन्यवाद यो लेखको लागी। मैले पनि एही नै सोच्दै थिए।

    मेरो बिचारमा एस्ले नेपालको फूटबल कती तल्लो स्तरमा छ र हामी नेपालीहरु जीतको लागि कती तिर्खालु छौ भन्ने देखौछ। हाम्रो फुत्बलको स्तर मकओ, ब्रुनै, मङोलिया, तिमोर लिस्ते जस्तो देसको स्तरमा देख्दा म त दुखित छु । आफ्नो स्तर माथि लान नसकेर एस्तो भुरभुरी कप जितेर संसार जिते जस्तोगरी मनाउन पर्ने हाम्रो बाध्यता। हेर हाम्रो गती !

  12. Ramsingh says:
    November 16, 2016 at 9:51 pm

    At least they gave a reason to smile for Nepali People. Why Nepali Journalism cannot digest positivity? Although this is a blog, get some positivity in your thinking.

  13. कमल says:
    November 16, 2016 at 8:21 pm

    हामी माझ आजकल नकारात्मक पत्रकारिता हावी छ | लेख सबै ठीक छ सलोक्य भाई खाली शीर्षक नकारात्मक भयो | हुन पनि यदी शीर्षक सोलिडारिटी कप को अर्थ अथवा के हो त सोलिडारिटी कप ? यस्तो खाले शीर्षक भएको भए सयद धेरै मान्छे हरुले लेख नपढ्न पनि सक्थे | यो नेपाली पत्रकारको मात्र दोश होईन, यो संसारभर कै पत्रकार को चलन हो

  14. अबीरल यात्री परदेशी says:
    November 16, 2016 at 7:35 pm

    खबर पढीयो, ज्ञान हाँसील गरीयो ! राजनीती सीस्टम मा चलेको भए पो केही आशा गर्नु सरकार बाट !
    अनी रमाइलो चै “शिर्षक मात्र पढेर कमेन्ट ढोक्नेहरु को कमेन्ट पढ्दा रमाइलो लाग्छ” 🙂
    जय नेपाल

  15. Sunny shahi says:
    November 16, 2016 at 6:44 pm

    Actually i m happy that nepal won this tournament but yo pani sahi ho that this news explain us to know about trophy.ahile thaha vo challenge cup ra solidarity cup ko bareema.ahile sabjana nepal le jiteko ma khusi 6n yap me too.but challenge cup banda hunu nai new formation changes to Asian Cup.he is also right so cup ko bareem ni thaha hunu jaruri 6.ani 2018 fifa world cup ko qualifier ma nepal ko purai kheladiharuko sahavagita thiyo so lose vayo aba tw totally new playersani naya formation ma nepal aisakyo.now i hope faithfully Nepal will qualify in 2022 World Cup Qualifier Qatar.Best of luck team Nepal.

  16. नेपालयन says:
    November 16, 2016 at 5:00 pm

    सालोक्य जी
    नमस्ते!

    राष्ट्रियता भन्ने नदेखिने चिज यस्तो हुँदो रहेछ, नभएको चिज पनि हिमालभन्दा ठूलो लाग्ने! देखिंदै नदेखिने तर चट्टान झैं बलियो र साह्रो। कोमल यस्तो मानौं कर्के हेराइले नै चर्केको मुटु जस्तो। कुनैपनि अवस्थामा आहत हुनै नचाहने! चारैतिरबाट घोर निराशा, असफलताको कालो मोसो दलिएको हामी नेपालीहरूको अनुहारमा कमसल नै भएपनि, क्षणिक नै भएपनि खुसीको फूल ,हाँसोको मूल देखिन्छ भने त्यसो हुन दिनुपर्छ। धेरै भो नेपालीले दुख खेपेको । खुशी हुने बहाना खोसिदिए, मुस्कान ओठमा नफुल्दै झटारोले झारे पाप लाग्छ।

  17. manoj limbu says:
    November 16, 2016 at 4:10 pm

    nepali haru vaneko utpatyang veda jati haru hun,yahi kheladi le jitda wahi wahi garne ,haryo vane gali garne,neta lai pani tyastai cha,k k na jityo vanera ufrine haru bas huttihara haru hun.

  18. ललित कुमार तामाङ्ग says:
    November 16, 2016 at 1:46 pm

    समग्रमा ब्लगरले ठिकै लेख्नु भएको छ । कम्तिमा यो खेल कस्ता खालका खेल थियो भन्ने बुझियो । प्रधानमन्त्री ले कुन कप जित्दा कति पुरुष्कार दिनु पर्दथ्यो यी कुराहरुको अध्ययन गरेर मात्र निर्णय गर्नु पर्दथ्यो । हचुवाको भरमा होइन । प्रधानमन्त्री ले एक पुरुस्कार घोषणा गरेर अझै पनि बितरन गरेको रहिन्छ, त्येस बिषयको उठान गर्ने कार्या पनि भो । हुन त नेपालीहरु आधा पढ्ने चौथाई सोच्ने अनि प्रतिक्रिया चाही दोब्बर गर्ने गर्छन ।

  19. Rohini says:
    November 16, 2016 at 11:42 am

    यो कस्तो खालको गेम हो भन्ने मलाई खुल्दुली थियो | माइसंसार लाइ धन्यवाद | नेपाल साच्चै बलियो टिम हो भने अब को साफ गेम जित्नु पर्छ |

  20. Aviskar Gautam says:
    November 16, 2016 at 4:19 am

    कोहि पनि एकै चोटि उफ्रीएर माथी पुग्दैन सानो सानो खुड्किलोहरु पार गर्दै उचाईमा पुग्ने हो।।
    सगरमाथा चढ्छु भन्दै कोहि एकैचोटी टुप्पोमा उड्दैन फेद बाटनै सुरुवात गर्छ।
    हाम्रो टिमको स्थिति कस्तो थियो पैले त्यो अनुरुप त यो जितमा हामी आकाशमा त के जुनमा गएर उफ्रीए पनि कम हुन्छ।।

    1. manoj limbu says:
      November 16, 2016 at 4:05 pm

      hahaha,yaha ufrera mathi pugne kura chaddiyum,yo tournament vane ufrida ufrida pachariyeko haru ko cup ho.

  21. Season Ido says:
    November 16, 2016 at 3:21 am

    My sansar, whatever we didn’t care but at current date they are playing well batter then previous team who was corrupted, so respect them not regard Oke
    Long live nepal
    Long leave nepali

  22. Yopesh Pradhan says:
    November 16, 2016 at 3:12 am

    Je bhha pani jeet bhaneko jeet nai ho… AFC le manyata diyeko bhayera ranking maa ta farak parlaa ni…??
    Jay hos Nepali Kheladi ko…
    Na ta euta practice garne stadium na ta ramro kehi subhida nai chha tai pani khelchhan hamra kheladi haru…
    Be positive Mysansar

  23. Binod Yakthungba says:
    November 16, 2016 at 3:11 am

    Misleading Heading! whatever the content you have provided as a whole, its still derogatory to all Nepalese football fan and Nepalese. I find somehow insulting to us.

  24. Mysansar says:
    November 16, 2016 at 2:48 am

    सही हो भनेर आफैले स्वीकारेपछि सकिगो। आफैलाई सोध्नु अब जवाफका लागि।

  25. Samir Lama says:
    November 16, 2016 at 2:42 am

    लेख ठिकै हो तर शीर्षकले चैं खिल्ली उडाएको जस्तो सुनियो। ‘हरूवा’ र ‘छनौट हुन नसकेका’ भन्नु एउटै हो तर फरक सुनिन्छ।

    1. Mysansar says:
      November 16, 2016 at 2:52 am

      वर्ल्डकप वा एसिया कप नै जिते जस्तो गरेर उफ़्रनेलाई धरातल देखाउन शीर्षकमा यो शब्द प्रयोग गरिएको हो

      1. Alikhit says:
        November 17, 2016 at 11:44 am

        के सानो कुरामा पनि धेरै खुशी हुने अधिकार हामिलाई छैन ? खुशी हुन खोज्दा किन धरातल देखाईयो ?

        1. MySansar says:
          November 17, 2016 at 12:06 pm

          खुसी हुन कसैले रोकेको छैन। कसैले केही लेख्दैमा तपाईँको खुसी ब्रेक लाग्छ र? मज्जाले खुसी हुनुस्। माइसंसारको काम सत्य र तथ्य देखाउनु हो। तपाईँ त्यसलाई आँखा बन्द गरेर अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ।

    2. Janak Lamichhane says:
      November 16, 2016 at 2:54 am

      Mysansar ufrane ko k dos yo ta player lai hepeko jasto bhayena. aru ko sano khusi ma ni dha garne bani raixa writer ko. tapai pani topper nai hudai yeti lekhne ta hunu bhako haina hola ani tapai ko ba aama le ni xoro pass bhayo bhanera khusi manaunu nai bhako hola. see urself and judge other

    3. Mysansar says:
      November 16, 2016 at 3:03 am

      प्लेयरलाई कसले हेपेको छ? घोषणा गरेको ५ वर्षसम्म पुरस्कार किन दिइएन? किन यसबारे अहिले उफ्रनेहरु चासो राख्दैनन्? त्यो बुझ्न पहिला पूरै पढ्नु परो, शीर्षकको भरमा कमेन्ट गरेर हुँदैन

    4. Janak Lamichhane says:
      November 16, 2016 at 3:05 am

      content ma kei problem xaina hajur atleast title ta testo narakhno bhanna khojeko ho. sapai le contnt padera basdainan and title matra ta kasto suninxa aafai hernos na

      1. chandra says:
        November 17, 2016 at 12:45 am

        मलाई त मन पर्यो यो लेख. सब कुरा ठिक छ. सिर्शक पनि ठिक छ. Truth is always bitter!

  26. Govinda Shrestha says:
    November 16, 2016 at 2:01 am

    Sabai FIFA ranking ma last tira parne haruko match raicha Asia cup nai jite jasto gare

  27. Rabhushan Baniya says:
    November 16, 2016 at 1:21 am

    यस्तो मानसिकता छ। अनि काँहा बाट हुन्छ विकास। जीत भनेको जीत हो। चाहे ५ रुपैया वा ५ करोड। सम्पुर्ण टिम र समस्त फुटबल फ्यान हरुको यस जितले कति आत्मबल बढेको छ, यो लेखक फुटबल मनपराउने भएको भए था होला। stop spreading negativity…

    1. Mysansar says:
      November 16, 2016 at 2:25 am

      जित होइन कसले भन्या छ? यो प्रतियोगिता यस्तो हो भन्ने सत्य कुरा पनि देखाउन नपाइने? वर्ल्डकप हो भनेर लेख्नुपर्ने? हेडलाइन बाहेक अरु के लेख्या छ पनि पढ्ने गर्नुपरो

  28. Shrestha Vivek Raj says:
    November 16, 2016 at 12:42 am

    अनि के “हरुवाहरु”को खेलमा पनि हार्नु पर्ने भन्ने हजुर को मनसाय हो “विद्वान” लेखकज्यु ? कस्तो बिचित्र सोच !

    1. Mysansar says:
      November 16, 2016 at 2:22 am

      हार्नुपर्छ भनेर कहाँ लेखेको छ विद्वान पाठक ज्यु? यो tournament यस्तो खालको हो भन्न पनि नपाइने कस्तो विचित्र सोच?

  29. Shrawan Magar says:
    November 15, 2016 at 11:36 pm

    thik lekheko raicha … sab gali garne haru ..satya napachne haru hun … 🙂

  30. Udeep Shakya says:
    November 15, 2016 at 9:22 pm

    thuikka mysansar. kasto lekh ho yo? ladai ra khel bhaneko thulo sano hunna! khelne le jyan diyera kheleka thiye. tesmathi pani nepal lai antarrastriya khel fifa bariyata ko lagi ati mahatwa purna cha. har jeet le nepal lai rankings ma mathi puryaucha. ketaharu le tetro mihinet ka saath jitayeko cup lai yasari apaman garne lai “ja guu kha” bhanne bahek kehi sabdai aayena. apasabda boleko ma mafi magdachu.

    1. Mysansar says:
      November 16, 2016 at 2:32 am

      जसले जे सिकेको छ, त्यही लेख्छ। अपशब्द लेखेर बहादुरी देखाउन बानी परेकोले त्यही गर्छ। यो प्रतियेगिता यस्तो खालको हो भनेर सत्य लेख्दा अपमान हुन्छ? हेडलाइन हैन कन्टेन्ट पढ्नु परो पहिले।

    2. Udeep Shakya says:
      November 16, 2016 at 3:40 am

      Thik bhannu bhayo. Tesaile tapaile pani ustai article chapnu bhako ni! headline pani padheko chu, content pani padheko chu salokya jee! Nepal ko Position 186th cha, tesaile mathi uklina yasto pratiyogita pani khelnai parcha. Pakistan ra Bangladesh po haruwa hun jo paristhi ko samana garne aat garenan ra pratiyogita bata bahiriye. Nepali team le ta yaslai datera ladeko cha. Natra ta yaslai blogger bhaneko “jati safal blog chalak bhaye pani asafal patrakar” bhanera bhane jhai huncha salokya jee. bastabikta testo hoina harek step ko afnai mahatwo huncha, ki kaso salokya jee?. afai bichar garnus. tesmathi ti vai haru praya 20-25 barsa ka chan. lekh chapda tapai uniharulai hausala didaihunu huncha ki manasik aghat? tyo pani dhyan ma rakhnu hos! balla talla nepali football ma nirantar bijaya ko suruwat gareka chan. afno sasto lokpriyata ko lagi arka ko kura katnu ta bhayena ni tapaijasto responsible manche le! je hos bholi parsi tapai afna chora chori le katai kei takma jitera lyaye bhane “ke ke na olympic jite jasto. haruwa competition jitera aayis” bhanne khal ko pratikriya chai nadinu hola. lol

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme