Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यो ६ मिनेट जसले भारतलाई उसकै घरमा हराउँदै नेपाल साग च्याम्पियन बन्न सक्यो, हेर्नुस् अविस्मरणीय गोल

Posted on February 16, 2016February 16, 2016 by Salokya

1-NepVsInd (35)
सन् १९९३। नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको इतिहास पल्टाउँदा यो मितिमात्रै आउँथ्यो। त्यसयता नेपाल एक पटक फाइनलमा त पुग्यो तर जित्न सकेन।

यस पटक भने गज्जबै भयो। गणेश थापा भ्रष्टाचारका कारण र अरु टप खेलाडीहरु म्याच फिक्सिङका कारण निलम्बनमा रहेकै बेला नेपालले वर्षौँदेखिको गोलको खडेरीमात्रै मेटाएको छैन, धमाधम उपाधि पनि जितिरहेको छ। भारतलाई भारतमै हराउने नेपाली फ्यानको इच्छा पनि आजै पूरा भएको छ। यसका लागि महत्त्वपूर्ण र निर्णायक रह्यो ६६ देखि ७२ सम्मको त्यो ६ मिनेट।

पहिलो गोल

पहिलो गोल भारतले गर्‌यो। त्यसअघि पनि एक पटक भारतले बल पोस्टमा छिराएको त थियो तर अफसाइड। भारतको साँच्चिकै गोल ३३ औँ मिनेटमा भयो। आदित्य चौधरीले कुमम उदान्त सि‍ंहलाई पेनाल्टी बक्सभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए।

बिकेश कुथुले पेनाल्टीको बल सही ठाउँमा गेस गरेर डाइभ त हानेका थिए तर बल रोक्न भने सकेनन्। फलस्वरुप भारतले हाफ टाइमसम्म १-०को अग्रता लियो।

दोस्रो गोल : प्रकाशको शानदार फ्रिकिक

तर नेपाल पुरानो युगको नेपाल रहेन। गोल खाँदैमा हरेश खाइहाल्ने। गोल फर्काउनै नसक्ने। जहिले पनि मन जित्यो तर खेल जितेन भन्दै बस्ने। नेपालको फुटबल नवयुगमा प्रवेश गरेको छ। नेपालले आक्रमण गरी नै रह्यो। ६६ औँ मिनेटमा अन्जन विष्टलाई फाउल गरे वापत् फ्रिकिक नेपालले पायो।

त्यो फ्रिकिकलाई प्रकाश बुढाथोकीले यस्तो खतरासँग हान्दिए कि गोलकिपर हेर्‌याहेर्‌यै भएर बल पोस्टभित्र छिर्‌यो।

विजयी गोल नवयुगको


त्यसको ६ मिनेटमै अर्थात् खेलको ७२ औँ मिनेटमा फेरि प्रकाश बुढाथोकी कै नाम। प्रकाशले शानदार क्रस दिए जसलाई वन टच फिनिसिङ दिएर नवयुग श्रेष्ठले विजयी गोल ठोके। (नवयुगलाई एसिस्ट गर्ने क्रस एन्फाको साइटमा अन्जन रहेको भए पनि अरु मिडियाले प्रकाशकै नाम दिएकाले सच्याइएको हो) भारतका कतिपय आक्रमणलाई निष्फल बनाउनमा गोलकिपर बिकेश कुथु र डिफेन्सको पनि महत्त्वपूर्ण योगदान रह्यो। बधाई नेपाली टिम र सबै नेपाली टिमका समर्थकलाई। यो उत्सवको मौका हो।

राति अबेरै भए पनि काठमाडौँमा त यसरी जुलुस निस्केको थियो, तपाईँहरुले के गर्नुभयो? कमेन्टमा लेख्नुस् है-

15 thoughts on “त्यो ६ मिनेट जसले भारतलाई उसकै घरमा हराउँदै नेपाल साग च्याम्पियन बन्न सक्यो, हेर्नुस् अविस्मरणीय गोल”

  1. Sonam says:
    March 2, 2016 at 6:06 pm

    Congratulation Nepal 11. Keep it up.

    Reply
  2. Dhruba says:
    February 17, 2016 at 6:32 pm

    गणेश थापाहरू कति रोएका होलान कठै

    Reply
  3. Sujit says:
    February 17, 2016 at 1:36 am

    Congratulations Nepalese team

    Reply
  4. राजन says:
    February 16, 2016 at 7:05 pm

    खेलाडी लाइ कोटि कोटि धन्यवाद र हामी सबैलाइ बधाई ।

    Reply
  5. Tanchoppa says:
    February 16, 2016 at 6:57 pm

    फूटबल मा जितेर साफ गमे नै नेपाल ले जिते जस्तै लागि र छ | बधाई छ सबै लाइ |

    Reply
  6. anuj says:
    February 16, 2016 at 5:25 pm

    SAG Football Champion, NOT SAG Champion….
    Same mistakes earlier in the morning news in pahilopost.com and nagariknews.com

    Reply
  7. Raju Gurung says:
    February 16, 2016 at 10:12 am

    दोस्रो गोल हुँदा अन्जन विष्टले क्रस निकालिको हैन प्रकाश बुढाथोकीले हो

    बधाई छ सबैलाई

    Reply
  8. हरि says:
    February 16, 2016 at 9:24 am

    यस बिजयले हामी सबै नेपालीमा खुशीको लहर छाएको छ बधाई|
    गणेश थापा नै रहेछ नेपाली फुटबललाई खाडलमा हाल्ने र आफ्नो र आफ्नो परिवारको मात्र स्वार्थ हेरेर राष्ट्रिय स्वार्थलाई तिलान्जली दिने| यो कुरो पक्का बुझियो|

    Reply
  9. gorkhali says:
    February 16, 2016 at 9:01 am

    बधाई छ नेपाली टोलि लाई, धेरै पछि फूटबलले खुसि बनायो ..भ्रस्टहरु नहुदा कहाँ बाट कहाँ पुग्यो हाम्रो खेलाई …यी देशका सपुत हरुलाई सलाम छ,

    जय पशुपतिनाथ

    Reply
  10. Raja says:
    February 16, 2016 at 7:26 am

    Nepali sahas lai r nepali kheladiharulai badhai xa .

    Reply
  11. eklavya says:
    February 16, 2016 at 6:02 am

    Salokyaji its not khatra free kick we use to call it banana kick in nepal in which ball curl in the air turn to different direction its really difficult to guess where the ball is going and its awesome to watch and this one is just mindblowing ….

    Reply
  12. Michael says:
    February 16, 2016 at 5:27 am

    प्राय जसो विश्व मा कम ले खेल्ने क्रिकेट मा जब इन्डिया ले जित्छ , तब नब भारत टाइम्स लेख्छ इन्डिया ने पाकिस्तानको मुह तोड जबाफ दिया , इन्डिया ने श्रीलंका को रौधा , इन्डिया ने बंगाला देस को मरोडा| तेसैले आज हामि पनि भनम ” नेपाल ने इन्डिया को कुत्तेकी मौत मारदिया”

    Reply
  13. Mani says:
    February 16, 2016 at 3:55 am

    मा त रातभरी सुत्न सकिन अनि जितेको खुसियालीमा आसु आयो

    Reply
  14. Bijaya Subba says:
    February 16, 2016 at 2:55 am

    राष्ट्रघाती स्वार्थीहरूबाट मुक्त हुनुको सुखद परिणाम हो । नेपाली कमज़ोर हैनन् छैनन् । राज्य सन्चालकहरू नै कमज़ोर सावित भएका छन् ।

    Reply
  15. Surya says:
    February 16, 2016 at 2:20 am

    बधाई छ हामी सबै लाई. नवयुग चैं striker हो के.

    फ्री-किक पनि गज्ज़ब थियो, पेनाल्टी जस्तै…

    मलाई अझ बढी खुशी लागेको त नेपाली coach ले नै खेल जिताउन सफल भए.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme