Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दोस्रो चरणमै हारेपछि अर्जेन्टिनाका पत्रिकाले लेखे- मेस्सी पुस्ताको अन्त्य, हेर्नुस् पत्रिकाहरुका कभर पेज

Posted on July 2, 2018 by Salokya


अर्जेन्टिनाको विश्वकप यात्रा आइतबार फ्रान्ससँग हारेपछि दोस्रो चरणमै समाप्त भएको छ। विश्वकप जित्ने मेस्सीको धोको यस पटक पनि पूरा हुन सकेन। नाटकीय खेलमा १ गोलले पछि परेको अर्जेन्टिना २-१ ले अग्रता लिन सफल पनि भइसकेको थियो। तर ११ मिनेटमा फ्रान्सले तीन गोल गरेपछि अर्जेन्टिनालाई खेलमा फर्कन समय नै पुगेन। यो हारलाई अर्जेन्टिनाका पत्रिकाहरुमा कस्तो छापियो त? हेरौँ चार वटा पत्रिकाका कभर पेज।

एल टेरिटोरो नामको पत्रिकाले मेस्सीले मुख छोप्दै गरेको फोटो राखेर हेडलाइन बनाएको छ- अर्जेन्टिना उदासीमा डुब्यो

ला नेसियोँ पत्रिकाले मेस्सीले टाउको झुकाउँदै गरेको फोटो राखेर हेडलाइन राखेको छ- छनौट, बाहिरियो र एउटा चक्रको समापन। फ्रान्सले कमजोरी उजागर गर्दै ४-३ गोल गरेको पनि सबहेडलाइनमा राखेको छ।

क्लारिन्क्स नामको पत्रिकाले अझ क्रुर हेडलाइन राखेको छ। मेस्सीले भूँइमा टाउको राखिरहेको फोटो राख्दै हेडलाइन लेखेको छ- मेस्सी पुस्ताको अन्त्य।

डेमोक्रेसिया नामको पत्रिकाले अरु पत्रिकाले झैँ अर्जेन्टिना बाहिरिएको खबरलाई मुख्य समाचार नबनाई मास्टहेडभन्दा माथि सानो समाचार बनाएको छ। त्यसमा हेडलाइन छ- एउटा पुस्ताको अन्त्य। सबहेडलाइन छ- अर्जेन्टिनाको दुःखद विदाइ।

 

1 thought on “दोस्रो चरणमै हारेपछि अर्जेन्टिनाका पत्रिकाले लेखे- मेस्सी पुस्ताको अन्त्य, हेर्नुस् पत्रिकाहरुका कभर पेज”

  1. Yam pun says:
    July 2, 2018 at 11:06 am

    खेलमा हारजित त भैहाल्छ । हारेर पनि दर्शकको मन जित्न सक्नु र जितेर पनि दर्शकको मन जित्नु नसक्नु मुख्य कुरा हो । हो, मेस्सी उहीँ हुन्, जो खेल हारेर पनि दर्शकको मन जितेका छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme