Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यता मोदीले काठमाडौँमा सन्दीपको नाम लिए, उता दिल्लीले आइपिएलमा उनलाई मैदानमा उतार्‍यो

Posted on May 12, 2018May 12, 2018 by Salokya

अन्ततः आइपिएलमा आज सन्दीप लामिछानेले खेले। यसअघि आइपिएलमा छनौट हुने पहिलो नेपाली खेलाडीको रेकर्ड राखेका सन्दीपले आज आइपिएल खेल्ने पहिलो नेपालीको रेकर्ड पनि राखे। यो सिजनमा लिग चरणबाटै यात्रा अन्त्य हुने निश्चित जस्तै भइसकेको अवस्थामा बल्ल सन्दीपलाई खेल्न दिइएको हो। उनको छनौट, खेल र राजनीतिसितको संयोग गज्जबको छ। केही उदाहरण हेर्नुस्।

 

  • नेपालको दुई दिने औपचारिक यात्रामा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा अभिनन्दनका क्रममा भाषण गर्दा एकाएक आइपिएल र सन्दीप लामिछानेको नाम लिइदिए। नेपाल क्रिकेटबाट पनि भारतसित जोडिएको प्रसंगमा।

–

मोदीले काठमाडौँमा सन्दीप लामिछानेको नाम लिएको केही घण्टामै उनलाई किनेको आइपिएल टिम दिल्ली देयरडेभिल्सले सन्दीपलाई पहिलो रोजाइमा राख्यो। यसअघिका ११ महत्त्वपूर्ण खेलमा टिममा नअटाएका सन्दीप आज भने मोदीले नाम उच्चारण गरेकै दिन परे।

  • दिल्ली टिमको मालिक जिएमआर ग्रुप हो। यो त्यही भारतीय कम्पनी हो जसले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको छ तर लगानी जुटाउन सकिरहेको छैन। नेपालमा भइरहेको आलोचनाका बीच यही ग्रुपको स्वाामित्व रहेको टिमले नेपाली खेलाडीलाई किन्नु पनि गजबको संयोग नै रह्यो। क्रिकेट, कर्पोरेट र भारतको राजनीतिको साइनोको सञ्जाल प्रष्ट्याउँछ। धन्न मोदीले यता नाम लिइदिए र सन्दीप आइपिएलमा छनौट भएर पनि खेल्न नपाउने खेलाडीका रुपमा फर्कनु परेन।

इन्डियाले पनि आइडिया जानेको छ क्या। आखिर यही आइपिएल एउटा हो, जसमा नेपालीहरु एन्टी इन्डियन हुन सक्दैनन्। सन्दीपलाई खेलाइसकेपछि जिएमआरको पनि वाहवाह, मोदीले पावर लगाएर खेल्न दिए भनेर मोदीको पनि वाहवाह हुन बेर छैन 🙂

1 thought on “यता मोदीले काठमाडौँमा सन्दीपको नाम लिए, उता दिल्लीले आइपिएलमा उनलाई मैदानमा उतार्‍यो”

  1. nimesh, KTM says:
    May 13, 2018 at 3:16 pm

    कुनै दिन नेपालका प्रधान्मंत्री के पी ओली आदिलाई आफैले नियुक्त गरेको भनेर नेपाली भूमिमै बसेर सिधै भन्ने दिन चाहि नाओस तथापि अदृश्य रुपमा त हुँदै छः है .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme