Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँले विश्वकप जित्ने सम्भावना झन् बढ्यो, यो हेरी अनुमान लगाउनुस् को-को पुग्ला फाइनलमा?

Posted on July 2, 2018 by Salokya

स्पेनलाई पेनाल्टी सुटआउटमा रसियाले पराजित गरेसँगै नयाँ टिम विश्वकपको फाइनलमा पुग्ने सम्भावना झन् बढेको छ। फाइनलमा कुन कुन टिम पुग्ला अनुमान लगाउन सजिलो छ। तर केहीले बुझेनन् जस्तो छ। अस्ति यस्तै एउटा ब्लगमा ब्राजिल र बेल्जियम फाइनलमा पुग्छ भन्ने कमेन्ट आएको थियो। त्यस्तै स्पेन र क्रोएसिया फाइनलमा भन्ने पनि कमेन्ट देखियो। बुझ्नु पर्ने कुरा हो भने दोस्रो चरणका खेलमा दुई वटा समूह बनेको छ। जसलाई ब्राकेट पनि भनिन्छ। एउटा ब्राकेटमा भएका टिममध्ये एउटा मात्र क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने हो। माथिको ग्राफिक्स हेर्नुस्, बायाँतिर फ्रान्स, अर्जेन्टिना, उरुग्वे, पोर्चुगल, ब्राजिल, मेक्सिको, बेल्जियम र जापान छन्। त्यसमध्ये अर्जेन्टिना र पोर्चुगल पराजित भइसक्यो। यो समूहमा अब पूर्व विजेता तीन वटा छन्- फ्रान्स, उरुग्वे र ब्राजिल। अर्को बायाँतिरको समूह हेर्नुस्, त्यहाँ स्पेन, रसिया, क्रोएसिया, डेनमार्क, स्विडेन, स्विट्जरल्यान्ड, कोलम्बिया र इंगल्यान्ड छ। त्यसमध्ये स्पेन हारिसक्यो। यो समूहमा पूर्वविजेता इंगल्यान्डमात्र छ। यो ब्राकेटबाट पनि एउटा टिम फाइनल पुग्छ। 

ब्राजिल र मेक्सिकोबीच सोमबार हुने खेलमा ब्राजिल पराजित भए यो समूहमा अझै दुई वटा पूर्व विजेता बाँकी रहन्छ। तर दुईको भिडन्त (फ्रान्स Vs उरुग्वे) क्वार्टरफाइनलमै हुने हुँदा एउटा मात्र सेमिफाइनलमा पुग्छ।

यदि ब्राजिलले मेक्सिकोलाई जित्यो भने पनि ब्राजिलले क्वार्टरफाइनलमा आज खेल हुने बेल्जियम र जापानमध्ये एउटासँग र सेमिफाइनलमा उरुग्वे र फ्रान्सको विजेतामध्ये एउटासित खेल्नेछ।

ब्राजिल र बेल्जियमले जितेमा यस्तो हुनेछ-

असार २२ गते शुक्रबार राति ११:४५ मा ब्राजिल र बेल्जियम भिड्नेछन् सेमिफाइनलमा स्थान बनाउन। फाइनलसम्म स्थान बनाउन उसले क्वार्टरफाइनलमा बेल्जियम वा जापानसँग भिड्दै सेमिफाइनलमा असार २६ गते मंगलबार फ्रान्स वा उरुग्वेसित खेल्नेछ।

यदि आज ब्राजिललाई मेक्सिकोले हराएमा उसको क्वार्टरफाइनल भिडन्त आजै हुने बेल्जियम र जापानको खेलको विजेतासित हुनेछ।

अर्को ब्राकेटमा कोलम्बिया र इंगल्यान्डको खेल मंगलबार हुँदैछ। कोलम्बियाले इंगल्यान्डलाई पराजित गर्‍यो भने यो ब्राकेटबाट जेसुकै परिणाम आए पनि फाइनलमा पुग्ने टिम विश्वकप अहिलेसम्म नजितेको टिम हुनेछ। किनभने यो ब्राकेटमा अहिलेसम्म विश्वकप जितेको एउटा मात्र टिम छ इंगल्यान्ड।

मैले यसअघि गरेको अनुमानमा स्पेनको विजय गलत भएको छ। बाँकी तीन वटा मिलेका छन्। मेरो अनुमानमा इंगल्यान्ड र बेल्जियम बीच फाइनल हुनेछ। तपाईँको अनुमान के छ?

 

 

 

1 thought on “नयाँले विश्वकप जित्ने सम्भावना झन् बढ्यो, यो हेरी अनुमान लगाउनुस् को-को पुग्ला फाइनलमा?”

  1. Yam pun says:
    July 3, 2018 at 11:12 am

    विश्वकप २०१८, रसिया को फाइनल खेल ब्राजिल र इङ्ल्यान्डको बिच हुनेछ र जितको खुसियाली ब्राजिल र ब्राजिलका फ्यानहरुले मनाउने छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme