Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप फाइनल आज : एक तारेले जित्ला कि बिना तारेले?

Posted on July 15, 2018 by Salokya


एक महिना लामो विश्वकप ज्वरोको आज अन्तिम दिन। फाइनल हुँदैछ फ्रान्स र क्रोएसियाबीच। अबको केही घण्टापछि दुई मध्ये एक टिमको जर्सीमा तारा हुनेछ। फ्रान्सले यसअघि एक पटक विश्वकप जितिसकेको भएर उसले जिते दुई वटा तारा हुनेछ भने क्रोएसियाले अहिलेसम्म विश्वकप नजितेको भएर आज जिते एउटा तारा हुनेछ। दुवै टिम गजबका खेल प्रदर्शन गरेर फाइनलमा पुगेका हुन्। त्यसैले कोहीभन्दा कोही कम हुन्न। दुवै टिमले यो विश्वकपमा खेलेका खेल अहिलेसम्म हारेका छैनन्।

फ्रान्सले समूह चरणमा अस्ट्रेलियालाई २-१ र पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग ०-० को बराबरी खेलेको थियो। क्रोएसियाले भने समूह चरणका तीन वटै खेल जितेको थियो। नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्यान्डलाई २-१ ले।

नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले, उरुग्वेलाई २-० ले र बेल्जियमलाई १-० ले हराएको थियो।

क्रोएसियाले भने डेनमार्कलाई पेनाल्टीमा ३-२ ले, रसियालाई पेनाल्टीमै ४-३ ले र इंग्ल्यान्डलाई २-१ ले हराएको थियो।

क्रोएसियाको एउटा विशेषता के रह्यो भने नकआउट चरणका सबै खेलमा पछि परेर पनि जितेको छ।

क्रोएसिया युगोस्लाभियाबाट टुक्रिएर सन् ९० को दशकमा जन्मिएको नयाँ देश हो जसले पहिलो सहभागितामा १९९८ नै सेमिफाइनल पुग्न सफल भएको थियो। त्यतिबेला क्रोएसियालाई सेमिफाइनलमा रोक्ने टिम फ्रान्स नै थियो। अहिले फाइनलमा पनि फ्रान्स नै प्रतिस्पर्धी भएको छ।

अर्को रमाइलो सन् १९९३ मा क्रोएसिया र नेपालको फिफा र्‍याङ्किङमा दुई अङ्कको मात्र अन्तर रहेछ। त्यतिबेला नेपाल १२४ मा थियो भने क्रोएसिया १२२ मा।

यस पटक विश्वकपमा मेरा अनुमानहरु खासै मिलेन। फाइनल बेल्जियम र इंग्ल्यान्डबीच हुने मेरो अनुमानलाई फेल ख्वाउँदै यी दुई टिम सेमिफाइनलमा हारे र तेस्रो स्थानका लागि हिजो खेले जसमा बेल्जियम विजयी भयो।

आजको फाइनलमा मेरो समर्थन पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई। तपाईँको नि?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme