Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालिको विश्वकप : महारथीहरु पहिलो खेलमै जितबाट वञ्चित, तोडिएला ‘सिन्डिकेट?’

Posted on June 18, 2018 by Salokya


रसियामा भइरहेको यसपालिको विश्वकप अरु विश्वकपभन्दा फरक हुँदैछ। यसपालि महारथीहरु पहिलो खेलमै जितबाट वञ्चित भइसकेका छन्। नेपालीहरु सबैभन्दा बढी फ्यान छन् अर्जेन्टिना र ब्राजिलका। अर्जेन्टिनालाई जिताउन र्‍याली र पूजापाठसमेत भएको देखियो सामाजिक सञ्जालमा। तर अर्जेन्टिनाले आइसल्यान्डको पहिलो खेल जित्न सकेन। मेस्सीले पेनाल्टी मिस गरे। अर्जेन्टिना र ब्राजिलका फ्यानहरु कांग्रेस-कम्युनिस्ट जस्ता हुन्छन्। अर्जेन्टिना जित्न नसक्दा ब्राजिली फ्यानहरु उफ्रिएका थिए। तर ब्राजिलले पनि पहिलो खेल जित्न सकेन। ब्राजिल पनि स्विट्जरल्यान्डसँग २० औँ मिनेटमा लिएको अग्रताका बावजुद बराबरीमा रोकियो।

डिफेन्डिङ च्याम्पियन जर्मनीका फ्यानहरुलाई त झन् बराबरीमा चित्त बुझाउने ठाउँसमेत रहेन। मेक्सिकोले अप्रत्याशित रुपमा जर्मनीलाई १-० ले हराइदियो।

स्पेन र युरो च्याम्पियन पोर्चुगलका फ्यानहरु पनि रमाउन पाएनन्। दुईबीचको खेल बराबरीमा टुङ्गियो। भलै पोर्चुगलका फ्यानलाई रोनाल्डोको ह्याट्रिक चित्त बुझाउने एउटा माध्यम बन्यो।

पूर्व विजेतामध्ये फ्रान्सले मात्र पहिलो खेल जित्न सकेको छ।

त्यसो भए के यस पटक विश्वकपमा पुराना शक्तिहरुको ‘सिन्डिकेट’ तोडिएला त? गाह्रो छ अहिले नै भन्न। किनभने भर्खर त पहिलो खेल भइरहेको छ। समूह चरणका बाँकी दुई खेल जितेमा यी महारथीहरु अर्को चरणमा जान सक्छन्।

अर्जेन्टिना अर्को खेलमा बिहीबार क्रोएसियासँग खेल्दैछ। त्यो खेलमा क्रोएसियाले जित्यो वा बराबरी गर्‍यो र उता नाइजेरियासँग आइसल्यान्डले जित्यो भने चाहिँ अर्जेन्टिना पहिलो चरणमा नै घर जाने वातावरण बन्न सक्छ।

ब्राजिलले शुक्रबार अर्को खेल कोस्टारिकासित खेल्दैछ। उसलाई पनि यो खेल जित्नै पर्ने हुन्छ।

पहिलो खेल हारेको जर्मनीले त झन् अब बाँकी दुई खेल जित्नै पर्ने दबाब छ। उसको अर्को खेल शनिबार स्वीडेनसित छ।

4 thoughts on “यसपालिको विश्वकप : महारथीहरु पहिलो खेलमै जितबाट वञ्चित, तोडिएला ‘सिन्डिकेट?’”

  1. Rajiv says:
    June 19, 2018 at 11:57 am

    “पूर्व विजेतामध्ये फ्रान्सले मात्र पहिलो खेल जित्न सकेको छ।” उरुग्वे ले चाही के जितेका रैछन त ?? इङ्गल्याण्ड पनि बिजेता नै हो तर यो लेख इङ्गल्याण्ड को खेल अगाडी को जस्तो लाग्यो ।

    Reply
  2. sameer pokharel says:
    June 18, 2018 at 2:56 pm

    उरुगुये पनि त पूर्व बिजेता हो नि, उसले जित्यो त पहिलो खेल…

    Reply
  3. ramu says:
    June 18, 2018 at 1:07 pm

    लेखकले सिन्डिकेटको अर्थ नै नबुझेको जस्तो लाग्यो।
    बिश्वकपमा खेल्ने ३२ टिम मध्ये कुनै पनि टिमले पनि जित्ने उतिकै मौका रहन्छ,कसैलाई प्रभामिकता दिईदैन,कमजोर भनिएका टिमले पनि अरुलाई पछारेर ७ खेल जित्न सके बिश्वकप जित्छ।अझ एसियाली र केहि अफ्रिकी टिम त आरक्षणमा ल्याईएको पनि भन्न सकिन्छ(त्यसैले पनि एसियाको च्याम्पियनले ५-७ गोल खाने र दोस्रो चरणमा समेत पुग्न नसक्ने अवस्था छ।तर सबैलाई अवसर दिनु पर्दछ।यो बिश्वको कप भएर।
    लेखकले के तोडिएका त अभिपत्य भन्न खोजेको हतारमा सिन्डिकेट भएको जस्तो लाग्यो धन्यबाद

    Reply
    1. Salokya says:
      June 18, 2018 at 1:21 pm

      त्यो हैन क्या। आजभोलि सिन्डिकेट शब्द चर्चामा छ नि, त्यही भएर व्यङ्ग्यात्मक हिसाबमा भनिएको हो । सिन्डिकेटलाई कोटभित्र हालेर ‘सिन्डिकेट’ गरेको देख्नुभएन ? कति सिरियसली लिनुभाको तपाईँले त 😛

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme