Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकपमा अब चार बाँकी : बेल्जियम वा क्रोएसियाले तारा पाउलान् कि फ्रान्स वा इंग्ल्यान्डले तारा थप्लान्?

Posted on July 8, 2018 by Salokya


रसियामा जारी विश्वकप २०१८ मा अब अन्तिम चार वटा टिम बाँकी भएका छन्। फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्ड। यी मध्ये फ्रान्स र इंग्ल्यान्डले एक पटक विश्वकप जितिसकेको भएर उनीहरुको जर्सीमा एक तारा पहिले नै छ। यस पटक दुईमध्ये एकले विश्वकप जिते तारा थप्न पाउने छन्। बेल्जियम र क्रोएसियाले भने अहिलेसम्म विश्वकप जितेका छैनन्। त्यसैले उनीहरु ताराविहीन छन्। यी चारमध्ये एक टिमले विश्वकप जित्नेछ तर त्यसका लागि दुई वटा खेल जित्नुपर्नेछ- सेमिफाइनल र फाइनल।

अब विश्वकपमा आइतबार र सोमबार विदा छ। मंगलबार पहिलो सेमिफाइनल हुनेछ फ्रान्स र बेल्जियमबीच। बुधबार अर्को सेमिफाइनल हुनेछ क्रोएसिया र इंग्ल्यान्डबीच।

फ्रान्सले राउन्ड अफ १६ मा अर्जेन्टिनालाई ४-३ ले र क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको हो। बेल्जियमले भने राउन्ड अफ १६ मा जापानलाई ३-२ ले र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ ले हराएको हो।

अर्कोतर्फ क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटबाट राउन्ड अफ १६ मा र आयोजक रसियालाई पनि पेनाल्टी सुटआउटबाटै क्वार्टरफाइनलमा हराएको हो। इंग्ल्यान्डले भने कोलम्बियालाई राउन्ड अफ १६ मा पेनाल्टी सुटआउटबाट र क्वार्टरफाइनलमा स्विडेनलाई २-० ले हराएको हो।

कसले जित्ला त विश्वकप?

2 thoughts on “विश्वकपमा अब चार बाँकी : बेल्जियम वा क्रोएसियाले तारा पाउलान् कि फ्रान्स वा इंग्ल्यान्डले तारा थप्लान्?”

  1. Mahesh Gautam says:
    July 9, 2018 at 10:35 am

    बेल्जियमले ।

    Reply
  2. rabi says:
    July 8, 2018 at 5:35 pm

    Belgium

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme