Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्रिकेटबारे धेरै नबुझ्नेका लागि : नेपाली क्रिकेटले कस्तो ऐतिहासिक उपलब्धि पाएको हो? अब के हुन्छ?

Posted on March 16, 2018March 16, 2018 by Salokya

नेताहरुले धमाधम बधाई दिएका सन्देश सोसल मिडियामा देख्नुभयो नै होला। बिहीबार नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन थियो। खासमा भएको के हो र अब के हुनेछ? क्रिकेट नबुझ्ने वा क्रिकेटको प्रक्रिया सामान्यमात्र बुझ्नेका लागि अन्यौल नै छ। माइसंसारको इमेल [email protected] मा केही पाठकले योबारे जिज्ञासा राखे। त्यसैको समाधानका लागि यो ब्लग लेख्दैछु।

के भएको हो?
नेपाली क्रिकेट टिमले वन डे इन्टरनेसनल (ओडिआई) स्टायटस पाएको हो।

कसरी पाएको हो?
अहिले जिम्बाब्वेमा वर्ल्ड कप क्वालिफायर प्रतियोगिता भइरहेको छ। यो प्रतियोगिताको फाइनलमा खेल्ने दुई टिम २०१९ को विश्वकपमा छनोट हुन्छ। तर नेपाल समूह चरणबाटै बाहिरिएपछि त्यो सम्भावना समाप्त भयो। तर नेदरल्याण्ड्सबाहेक क्वालिफायरका उत्कृष्ट तीन एसोसिएट टिमले ओडिआई स्ट्याटस पाउने प्रावधान थियो। स्कटल्याण्ड र युएईले समूह चरण पार गरेर सुपर सिक्समा स्थान बनाउँदै उक्त उपलब्धि हासिल गरिसकेको छ। बाँकी एउटाका स्थानका लागि नेपाल, हङकङ र पपुवा न्युगिनीको खेल निर्णायक बन्यो। नेपालले पपुवा न्युगिनीलाई त हरायो नै, नेदरल्यान्डसले पनि हङकङलाई हरायो। त्यसैले सातौँ स्थानका लागि नेदरल्यान्डससितको खेल हुनु अगावै नेपालले ओडिआई स्टायटस पायो।

के छ महत्त्व?
नेपालले पहिलो पटक यस्तो मान्यता पाएको हो। यसअघि छोटो समयका लागि सन् २०१४ मा नेपालले टि २० इन्टरनेसनलको मान्यता पाएको थियो।

सधैँका लागि यो स्टायटस पाएको हो?
होइन। यसलाई अस्थायी ओडिआई स्टायटस भनिन्छ। आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस प्राप्त गरेको हो अर्थात् सन् २०१८ देखि २०२२ सम्म यो कायम रहने छ।

स्थायी ओडिआइ स्टायटस ककसको छ त?
विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीको पूर्ण सदस्यता पाएको १२ वटा टेस्ट खेल्ने देशहरुसित स्थायी ओडिआई स्टायटस छ। ती हुन्, अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, बंगलादेश, अफगानिस्तान, आयरल्यान्ड।

अस्थायीमा चाहिँ को छ त?
सन् २००५ देखि आइसिसीको एसोसिएट सदस्यहरुमध्यबाट पनि चार वटालाई अस्थायी ओडिआई स्टायटस दिने निर्णय भयो। नेदरल्यान्डस, युएई र स्कटल्यान्डसहित नेपालले अस्थायी स्टायटस पाएको हो।

अब हुन्छ के त?

  • नेपालले खेल्ने खेलहरुले पनि ओडिआई मान्यता पाउनेछ। (सबै खेलले भने हैन, ओडिआई मान्यताप्राप्त राष्ट्रसित खेलेका खेलले मात्र)
  • खेलाडीहरुका रेकर्ड यसअघि ओडिआईभन्दा मुन्तिरको ‘लिस्ट ए’ मा मात्र रहने गरिन्थ्यो भने अब चाहिँ ओडिआई मान्यता नै पाउनेछ।
  • वर्ल्ड क्रिकेट लिग सँगै चार दिनको इन्टरकन्टिनेन्टल कप समेत खेल्न पाउनेछ। इन्टरकन्टिनेन्टल कप जित्न सके टेस्ट स्टायटससमेत पाइन्छ।
  • यस्तै एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालले सहजै सहभागिता पाउन सक्छ। जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।
  • ओडिआई मान्यता पाउने टिमले आइसीसीबाट पनि ठूलो फण्ड (वार्षिक ७ करोडसम्म) सहयोग पाउनेछ। यो रकमबाट नेपालले स्तरीय विदेशी प्रशिक्षक ल्याउने, खेलाडीहरुको तलब भत्ता लगायत सेवा सुविधा नियमित दिने, अभ्यास खेलका लागि विदेश भ्रमण गर्न सहज हुने फाइदा पनि हुन्छ। तर यो सबका लागि सरकारबाट हस्तक्षेप भएको भन्दै आइसिसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुनुपर्छ। नत्र फन्ड आइसिसीले नै चलाउँछ।

6 thoughts on “क्रिकेटबारे धेरै नबुझ्नेका लागि : नेपाली क्रिकेटले कस्तो ऐतिहासिक उपलब्धि पाएको हो? अब के हुन्छ?”

  1. Niraj says:
    March 18, 2018 at 1:41 pm

    मेहनत गर्ने खेलाडी अब ७ करोड खाने नेता हुन्छ . हेर्दै जानुहोला .

    Reply
  2. Rohini says:
    March 17, 2018 at 12:27 am

    धन्यवाद सालोक्य जी !

    Reply
  3. Kopil Dahal says:
    March 16, 2018 at 11:26 pm

    Asia Cup ma sajilai sahavagita janauna sakxa bhaneko ke ho ? ke aba Nepal le asia cup ko qualifier khelnu pardaina ?

    Reply
  4. Ritesh Aryal says:
    March 16, 2018 at 9:08 pm

    It has really made me and million cricketers happy like me.

    Please keep the progress consistent and let the politics get away from it and keep progressing. My best wishes.

    Reply
  5. Rohini says:
    March 16, 2018 at 5:18 am

    सालोक्य जी
    अर्को प्रस्न: यदि यो अस्थाई ओडिआइ मा राम्रो प्रदर्सन गरेको खण्डमा नेपालले स्थाई ओडिआइ प्राप्त गर्न सक्छ कि सक्दैन? अर्थात् नेपालले भबिस्यमा कसरि स्थाई ओडिआइ प्राप्त गर्न सक्छ?
    धन्यवाद !

    Reply
    1. Salokya says:
      March 16, 2018 at 10:17 pm

      पक्कै पनि राम्रो प्रदर्शन गरे सम्भव छ। एक जमानामा हाम्रो जस्तै स्तर रहेको अफगानिस्तानको उदाहरण लिन सकिन्छ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme